Thursday, July 23, 2009

न्ाया नेपाल निर्माणको अवधारणा के किन र कसरी १सारांशःएकात्मक र केन्द्रिकृत राजतन्त्रात्मक मुलक संघीय र गणतन्त्र वनेको छ । यो कल्पना जनयुद्धका नायक कमरेड प्रचण्ड को थियो जनयुद्धका नायक प्रचण्डको उक्त योजना जनयुद्धको योजना निर्माणका वखत नै थियो । त्यसकारण संघीय गणतन्त्र सहितको नया नेपाल एउटा दर्शन हो । यो एउटा अवधारणा हो । नया नेपाल आर्थिक सामाजिक रुपान्तरणको अभियान पनि हो । नया नेपाल राज्यको अग्रगामी पुनरसंरचनाको पर्यायवाची शव्द पनि हो । सामाजिक न्याय र समानता यसको आदर्श हो । नया विचार र नया नेतृत्व यसको आत्मा हो । पुरानो नेपालले थोपरेका विकृति र विसंगतिको अप्रेशन पनि हो । निरंकुश राजतन्त्रको हाली मुहाली भएका वखत महान जनयुद्धको थालनी संगै नया नेपालको अवधारणा अघि सारेको थियो । मुख्यतः गणतन्त्रसंघीयतासमानुपातिक समावेशी सहभागिता मुलुकको वर्गिय जातीय क्षेत्रीय िलंगिय समस्याको समाधान राष्ट्रियता जनतन्त्र र जनजिवीकाको ग्यारेण्टी राष्ट्रिय स्वाभिमान सहितको आत्मर्भिर अर्थतन्त्र स्वशासन सहितको आत्मनिर्णयको अधिकार जस्ता आधारभूत मान्यताहरु नया नेपालका अवधारणा हुन् । यी अवधारणामा संविधानसभाको निर्वाचन सम्पन्न भएको छ गणतन्त्र कार्यान्वयन भएको छ जनताको गणतन्त्र संस्थागत गर्ने नया संविधान लेख्नुछ । स्वशासन र आत्मनिर्णयको अधिकार सहितको संघीयता व्यवस्थित गरी राज्यको अग्रगामी पुनरसंरचना गर्नु छ । आर्थिक सामाजिक रुपान्तरणलाई व्यवस्थित नगरी जनताको जीवनस्तर उकास्न सकिदैन । द्धन्दको रुपान्तरण नगरी शान्ति कायम हुन संभव छैन शान्ति विना विकास र सम्वृद्धि पनि संभव छैन । तसर्थ परिवर्तन सहितको शान्ति आजको आवश्यकता हो । यसकालागि नेपाली समाजमा जरा गाडेको सामन्तवाद र त्यसका विविध रुपहरु मुख्य वाधक वनेका छन् भने अर्को तिर वाह्य हस्तक्षेप मुख्यत साम्राज्यवादी र विस्तारवादी हस्तक्षेप नेपाली स्वाभिमान माथिको आक्रमण नै हो । यी चुनौतिहरुसंग जुध्ने समस्या पनि नया नेपाल निर्माणको मुख्य समस्या हो । यसकालागि समाज विकासको प्रकृयामा अर्ध सामन्ती र अर्ध औपनिवेशिक चरित्र र विशेषताहरुको निर्मूल गर्ने कुरा मुख्य कुरा हो । अग्रगामी राजनैतिक सोच र चिन्तन आत्मनिर्भर अर्थतन्त्रका साथमा आर्थिक सम्वृद्धि अग्रगामी पुनरसंरचनाका साथमा स्वश्ाासन र आत्मनिर्णयको अधिकार सहितको संघियता नया नेपालका मुख्य विशेषता हुन । नया नेपाल शान्त सम्वृद्ध समानता र सामाजिक न्यायमा विश्वास गर्ने समानुपातिक र समावेशी नेपाल निर्माण गर्ने आधार वन्ने छ । यसकै आधारमा नया नेपाल निर्माण हुने छ । २लेखकको परिचय खिमलाल देबकोटा अधिवक्त तथा संविधानसभा सदस्य अन्तरिम संविधान मस्यौदा समिति सदस्य ३विषय प्रवेश नया नेपाल आज सवैको घोक्ने विषय भएको छ तर के हो नया नेपाल भन्ने वारेमा कमै मानिसहरु वताउन सक्छन् तर धेरै मानिस यसको पक्षमा छन् तर जो मानिस सवभन्दा धेरै नया नेपालको कुरा गर्छ तिनै मानिसहरु नया नेपालको मर्म प्रति सवभन्दा कम सहमत हुनै गरेकाछन् । नया नेपाल जनयुद्धकै वेला जनयुद्धका नायक कमरेड प्रचण्डले वोल्नुृ भएको विषय थियो जतिवेला नया सत्ता र पुरानो सत्ताको चर्चा वढी हुनै गथ्र्यो त्यतिनैवेला नया नेपाल र पुरनो नेपाल नया मान्छे र पुराना मान्छेहरुका वारेमा पनि चर्चा हुनै गर्दथ्यौ । त्यही चर्चा यतिवैला फेरि जोडतोडकासाथ चलेको छ । त्यही नया नेपाल के हो भन्ने वारेमा व्यापक चर्चा र चासकौ विषय वनेको छ त्यसै वारेमा चर्चा गर्नै प्रयास गरिएकौ छ । नया नेपालको वारेमा चर्चा गर्नु अघि पुरानो नेपालका वारेमा प्रष्ट हुन जरुरी छ । नेपाल किन नया नया वनाउनु परेको हो यसको कारण र आधार प्रष्ट हुन जरुरी छ त्यसैगरी नेपाल नया वनाउने भनेको के हो र नया नेपाल कसरी संभव छ भन्ने वारेमा चर्चा हुनु जरुरी छ । अन्यथा अहिले नया नेपाल जसले भनेको हो उसको स्वर सुनिन छाडेको छ भने जसले सिको गरेका हुन उनीहरुको चर्को स्वर सुनिन थालेको छ । नया नेपाल पुराना नेपालका पहरेदारहरुले प्रयोग गरिराखेकाछन् त्यसकारण उनीहरुवाट हुने गरेको नया नेपालको व्याख्या त्रुटिपुर्ण छ ।अर्थात जे नया नेपालको व्याख्या आउने गरेको छ त्यो यथार्थमा नया नेपाल नहुने र जे होईन त्यही व्याख्या हुने अवस्थावाट गुजि्रएको छ । त्यसकारण यस वारेमा प्रष्ट हुन जरुरी छ । पुरानो नेपाल राजतन्त्रात्मक नेपाल एकात्मक नेपाल एक जात एक वर्ग एक िलंग र एक क्षेत्रले हालीमुहाल गर्ने नेपाल जसले जातीय क्षेत्रीय वर्गिय िलंगिय उत्पिडनलाई वडावा दियो नेपली समाजको रुपान्तरणको गतिलाई अवरुद्ध पारियो राष्ट्रिय स्वाभिमान ईज्जत र प्रतिष्ठा गुमेर गयो । मुलुक देशभित्र सामन्तवादी शासकहरुवाट चरम दमन र उत्पिडनमा परयो भने देश वाहिरवाट नांगो हस्तक्षेप सहनु परयो । एक सार्वभौम मुलुक हुदा हुदै पनि यसले आफनो सार्वभौमिकताको व्यवहारिक अनुभूि तगर्नै नसक्ने हालतमा पुरयाईदियो । मुलुक पुरै पराधिन अवस्थामा पुग्यो । फलत अन्याय अत्याचार कुरिति र भ्रष्टाचारवाट नेपाली समाज क्षत विक्षत हुन पुग्यो । यस्तो अवस्थामा नेपाली समाजको पुरानो संरचना नया परिवेश र परिवर्तनलाई आत्मसात गर्न असक्षम रहयो भने नेपाली शासकहरुको पुरानो मानसिकता विकसित चेतना वोकेका जनताकालागि पाच्य भएन । तसर्थ संरचनागत हिसावले नेपाली समाजको अग्रगामी पुनरसंरचना र राजनैतिक आर्थिक हिसावले नेपाली जनताको विकसित चेतनाको स्तरमा राजनैतिक परिवर्तनको आत्मसातीकरण गर्ने अवस्था र विकसित घटनाक्रम र चेतनासंगै नेपाली जनताको आर्थिक सामाजिक रुपान्तरण अर्को विषय थियो । त्यसकारण पुरानो सत्ताको आधार र उपरी संरचना दुवै समय सापेक्ष हुन सकेनन् । समय जनताको चेतना र नेपाली समाजमा विद्यामान कुसंस्कार र सोको राजनैतिक प्रणाली वीचमा अन्तरविरोध तिव्र रुपमा वढन गयो तव क्रान्ति विद्रोह र परिवर्तनको आकांक्षा साकार हुने लक्षण देखा परयो यही क्रममा नया नेपालको प्रसंग उठेको हो । नया नेपाल यी सवै समस्याहरुको समाधान हो । नया नेपाल २१औ। शताव्दीको आवश्यकता वमोजिमको परिवर्तन र परिमार्जन पनि हो । नेपाली समाजको पुनरसंरचना पनि हो । नेपाली समाजमा सिर्जना भएका सवैखाले विकृति र विसंगतिहरुको अन्त पनि हो । नया नेपाल शान्त सम्वृद्ध परिवर्तनलाई आत्मसात गर्ने अग्रगामी सोच र चिन्तन वोकेको नेपाली जनताको चाहनाको परिपूर्ति गर्न सक्ने स्वाधिन र स्वाभिमान नेपाल हो नया नेपाल सवैखाले शोषण र उत्पिडनवाट मुक्ति सवैखाले समस्याहरुको सामाधान दिन सक्ने २१औं शताव्दीको नेपालको आकांक्षा परिपूर्ति गर्न सक्ने समग्र अवधारणा हो । ४माओवादी प्रतिवद्धतापत्रले परिकल्पना गरेको नया नेपाल र यसका आधार१। असमान सन्धी सम्झौता ः नेपालको आत्मनिर्भर र दिगो विकासको लागि वृटिश-भारतको पालादेखि विकसित भएको नेपाल-भारत असमान सम्वन्धको गम्भीर समीक्षा गरेर त्यसमा समयानुकुल परिवर्तन गर्नैपर्दछ । त्यसको निम्ति मुख्य रुपमा सन् १९५० को नेपाल-भारत शान्ति तथा मैत्री सन्धी खारेज गरेर पंचशीलको सिद्धान्तका आधारमा र आपसी हितमा नयाँ सन्धी गरिनुपर्छ । त्यसरी नै अन्य सन्धी-सम्झौताहरुको पनि पुनरावलोकन गरेर आवश्यकता अनुसार संशोधन वा परिमार्जन वा खारेज गरिनु पर्दछ । यसवारे गम्भीर कुटनीतिक तथा अन्य पहल गरिनेछ ।२। सीमा व्यवस्थापन ः नेपाल-भारत खुला सीमाना व्यवस्थित र नियन्त्रित गरिनुपर्छ । सुस्ता कालापानी लगायत ठाउँठाउँमा देखिएका सीमा विवादवारे यथासक्य छिटो सत्यतथ्यका आधारमा र आपसी हितमा टुंगो लगाउनुपर्दछ । यीवारे प्राथमिकताका साथ पहल गरिनेछ ।३। गोर्खाभर्ति केन्द्र ः नेपाली नागरिकहरु विदेशी सेनामा भर्ती हुने गोर्खा भर्ती केन्द्र जस्ता लज्जास्पद परम्पराको अन्त्य गरिनुपर्छ र उनीहरु सवैलाई स्वदेशभित्रै सम्मानपूर्ण र उत्पादनशील रोजगारीको व्यवस्था गर्नुपर्दछ । यसवारे देशभित्र सहज वातावरण निर्माण गरेर आवश्यक कदम चालिने छ । ४। भारत र चीनसंगको सम्वन्ध ः पंचशीलका सिद्धान्तका आधारमा विश्वका सवै देशहरुसंग मैत्रीसम्वन्ध राखिनेछ । भारत र चीन जस्ता दुइ ठूला छिमेकीहरुसंगको सम्वन्ध सन्तुलित र सुदृढ वनाउन विशेष प्रयत्न गरिनेछ । विश्व अर्थतन्त्रको नयाँ ईाजन वन्न थालेका चीन र भारतको तीव्र आर्थिक विकासवाट लाभ लिन नेपाली शासक वर्गको विगतको ुबफर स्टेटु मानसिकता परित्याग गरेर दुइ देश वीचको अन्तरसम्वन्धको गतिशील पुल वन्ने नीति अनुसरण गरिनेछ । ५। वैदेशिक रोजगार ः नेपाली युवायुवतीहरुलाई रोजगारीको निम्ति विदेश पलायन हुनु पर्ने वाध्यात्मक स्थितिको अन्त्य गरिनेछ र स्वदेशमा नै उपयुक्त रोजगारीको व्यवस्था गरिनेछ । तत्कालकालागि वैदेशिक रोजगारमा गएका नेपालीहरुको हकहितको संरक्षण गर्न विशेष ध्यान दिइनेछ र उनीहरुमाथि हुने गरेका सवै खाले शोषण र उत्पीडनको अन्त्य गर्न प्रभावकारी कदम चालिनेछ ।६। प्रवासी र गैर आवासीय नेपाली ः भारत लगायत विश्वका विभिन्न देशमा रहेका प्रवासी नेपालीहरुको हकहितको रक्षाको निम्ति नेपाली दूतावासहरु मार्फत् विशेष प्रयत्न गरिनेछ । गैर-आवासीय नेपालीहरुलाई दोहोरो नागरिकताको व्यवस्था गरेर उनीहरुको शिप र पुँजी नेपालमा लगानी गर्न प्रोत्साहित गरिनेछ ।७। सन्धी सम्झौता अनुमोदन ः जलश्रोत लगायत नेपालका महत्वपूर्ण प्राकृतिक साधनश्रोतको वाँडफाँड सम्वन्धी र नेपाललाई दीर्घकालीन रुपले गम्भीर असर गर्ने विदेशीहरुसंग भएका सन्धी-सम्झौता समझदारी र लिखतहरुको अनुमोदन केन्द्रीय व्यवस्थापिकाको दुइतिहाइ वहुमतवाट गर्ने प्रावधान राखिनेछ र त्यसको दृढतापूर्वक पालना गरिनेछ ।८। विदेशी ऋण ः नेपाललाई विदेशी ऋणको दुष्चक्रवाट मुक्त गर्न र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास गर्न चरणवद्ध योजना लागू गरिनेछ । अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरु र विदेशीहरुको योजना र शर्त वमोजिम ऋण अनुदान लिने परम्पराको अन्त्य गर्दै राष्ट्रिय आवश्यकता र हित अनुकुल आफ्नो योजना शर्त र पहलमा वैदेशिक ऋण सहयोग लिने पद्धति अनुसरण गरिनेछ ।९। भुटानी शरणार्थी ः भुटानी शरणार्थीहरु निःशर्त आफ्नो घर फर्कन पाउनु पर्ने कुराको पूर्ण समर्थन गर्दै उनीहरुलाई ससम्मान स्वदेश फर्काउन अन्तर्राष्ट्रिय रुपमा आवश्यक पहल गरिनेछ । १० गणतन्त्र र राज्यको पुनस्रंरचनाराजनीतिक ढाँचामा आमूल परिवर्तन विना नयाँ नेपाल निर्माण समभव छैन । त्यसैले गणतन्त्रलाई संस्थागत गर्ने संघात्मक ढाँचामा राज्यको पुनस्रंरचना गर्ने शासनयन्त्रका हरेक अंगको लोकतान्त्रीकरण गर्ने कार्यलाई ने।s।पा।माओवादी ले उच्च प्राथमिकता दिनेछ । राजनीतिलाई कमानमा राखेर मात्र दुनियाँ वदल्न सकिन्छ भन्ने मान्यतालाई माओवादीले दह्रोसंग पक्रनेछ । साथै वर्तमान असमान आर्थिक-सामाजिक धरातलमा खडा भएको लोकतान्त्रिक गणतन्त्र एउटा औपचारिक लोकतन्त्रमा मात्र सीमित रहने सम्भावना रहन्छ र त्यसलाई वहुसंख्यक श्रमजीवी र उत्पीडित जनसमुदायको वास्तविक लोकतन्त्रमा वदल्न जनताको संघर्षलाई निरन्तर जारी राख्नु पर्दछ भन्ने मान्यतालाई पनि हामीले राम्ररी आत्मसात गर्नेछौं । त्यसैले यो संक्रमणकालमा परिकल्पना गरिएको स्वाधीन र जनमुखी संघीय लोकतान्त्रिक गणतन्त्रलाई दृढतापूर्वक कार्यान्वयन गरेर नयाँ नेपाल निर्माणको आधारशिला खडा गर्न ने।s।पा।माओवादी पूर्ण प्रतिवद्धता व्यक्त गर्दछ ।११। संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयनअन्तरिम संविधानमा व्यवस्था भए वमोजिम संविधानसभाको पहिलो वैठकवाट संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयन गरिनेछ र अढाइ सय वर्षदेखिको सामन्ती शाहवंशीय राजतन्त्रको विधिवत् अन्त्य भएर देश नयाँ गणतान्त्रिक युगमा प्रवेश गर्नेछ ।- संविधानसभाले नयाँ संविधान नवनाएसम्मको अन्तरिम कालका लागि संविधानसभाका सदस्यहरुले राष्ट्र-प्रमुखको रुपमा कार्यकारी राष्ट्रपतिको निर्वाचन गर्नेछन् । - राजनीतिक सहमतिका आधारमा नयाँ अन्तरिम सरकारको गठन गरिनेछ ।- राज्यलाई जातीय तथा क्षेत्रीय आत्मनिर्णयको अधिकार र स्वायत्त शासन सहितको संघात्मक ढाँचामा रुपान्तरण गर्ने प्रस्ताव प्रस्तुत तथा पारित गरिनेछ ।- समुन्नत नयाँ नेपालको आर्थिक आधार तयार गर्न ुनयाँ संक्रमणकालीन अर्थनीतिु सम्वन्धी प्रस्ताव प्रस्तुत तथा पारित गरिनेछ ।- गरीवीको रेखामुनि रहेका वेरोजगार सुकुम्वासी अपांग वृद्धवृद्धा द्वन्दपीडित शहीद तथा वेपत्ता नागरिकका परिवार आदिलाई तत्काल र

No comments:

Featured Post

Why presidential system?

We are in historical moment. After a six decade long struggle Nepal became able to have an election of Constituent Assembly. Issue of Consti...