Tuesday, March 10, 2020

समानताको आन्दोलनमा नेपाल

समानताको आन्दोलनमा नेपाल: आठ मार्चलाई अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको रुपमा विश्वभर मनाउने गरिन्छ । त्यसैको सन्दर्भमा नेपालमा पनि उक्त दिन महिला कर्मचारीका लागि कार्यालयमा विदा दिएर, महिला अधिकार र समानताका लागि प्रतिवद्धता व्यक्त गरेर दिवस मनाइयो ।
महिला अधिकारकानिम्ति समर्पित दिवस, महिलाका लागि समानता, समान सहभागिता र महिलाविरुद्ध हुने सबैखाले भेदभावको अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरेर मनाइने यो दिवस संसारभर मनाईने सम्भवतः सबैभन्दा पुरानो र साझा दिवस हो । यति महत्वको दिवस १८९४ को क्लारा जेटिकनको वहुचर्चित आलेख र सन् १९०८ मा अमेरिकाको न्युयोर्क शहरमा मताधिकारका लागि गरेको प्रदर्शनबाट थालनी भएको अर्थमा हेरिन्छ । समान कामका लागि समान ज्याला, आठ घण्टा काम, आठ घण्टा मनोरन्जन र आठ घण्टा आरामको मान्यता स्थापित गर्ने आन्दोलन अभियानकै रुपमा थालनी भयो । यो कार्यक्रमको प्रभावका कारणले अर्को वर्ष फेबु्रअरी २८ का दिन अमेरिकाको समाजवादी पार्टीले पहिलो राष्ट्रिय महिला दिवसका रुपमा घोषणा ग¥यो । यसैक्रममा संयुक्त राष्ट्रसंघीय दिवसका रुपमा मनाउन थालेपछि विश्वव्यापी बन्यो ।

Featured Post

Why presidential system?

We are in historical moment. After a six decade long struggle Nepal became able to have an election of Constituent Assembly. Issue of Consti...