Thursday, July 23, 2009
थालनीःसंविधानप्रति जनताले के अपेक्षा गर्ने त्यो अपेक्षा संगसंगै जनताले के दायित्व निर्वाह गर्ने यो विषय आजको मुख्य चर्चाको विषय हो । आजका मितिसम्म संविधानसभाले आफनो कार्यकालको झण्डै एक चौथाई समय व्यतित भैसकेको छ । यो एक चौथाई अवधिमा संविधानसभाले सवार्धिक महत्वको निर्णय राजतन्त्रको अन्त्य र गणतन्त्रको कार्यान्वयन गरयो साथसाथै नारायणहिटी दरवार १५ दिनभित्र खाली गर्न सार्वजनिक महत्वको प्रस्ताव पनि पारित गरयो । राष्ट्रपति उपराष्ट्रपतिको निर्वाचन गरयो प्रधानमन्त्रीको निर्वाचन गरयो र संविधानसभा नियमावली पारित गरयो र अव संविधान लेखनकालागि आन्तरिक व्यवस्थापनका विषयमा व्यस्त रहेको छ । अव यस पछि भने जनताले अपेक्षा गर्ने विषय र जनताले निर्वाह गर्ने दायित्वका वारेमा वहस गर्न जरुरी भएको छ । संविधानसभा के हो संविधानसभा लामो समयदेखि असंभव वनाइएको हुदाहुदै पनि आज संभव भएको छ । यस्तो अवस्थामा यो संभव भएको छ कि यसको अगाडि शान्ति प्रकृयालाई तार्किक निष्कर्षमा पुरयाउने नया संविधान निर्माण गर्ने र आर्थिक विकास गरी जनताको अपेक्षा पुरा गर्ने मुलभूत चुनौति छ । मुलुकभर एकमात्र निर्वाचित निकाय जसले औपचारिक रुपमा राजतन्त्रको अन्त र गणतन्त्रको स्थापना गर्न सक्यो । अढाईसय वर्ष लामो राजतन्त्रको अन्त गर्न सक्ने संविधानसभा जनताका अपेक्षा पुरा गर्न किन सक्दैन राजको स्थानमा राष्ट्रपति वनाउन सक्यो संविधानसभाले यति शक्तिशाली प्रतित हुने निकाय हो संविधानसभा । यसले जनताको अपेक्षा पूरा गर्नै पर्छ । संविधानसभा र जनताको अपेक्षाःसंविधानसभावाट नेपाली जनताले नया संविधानको अपेक्षा गरेकाछन् । संविधान जनताले खोजेकाछन् भन्नासाथ नया संविधान दिनु मात्रै संविधानसभाको काम हैन । हामी कहां संविधान नभएको कारणले संविधान लेख्न खोजिएको हैन । हामीलाई जस्तोसुकै भए पनि संविधान भए हुन्छ भन्ने स्थितिमा हामी छैनौ । खासगरी ०४७ सालको संविधान भएकै वखत सो संविधानले परिकल्पना गरेको राज्यसत्ता विरुद्ध हतियार उठेको हो । अझ सो संविधान जारी भएको पाच वर्ष पनि नपुग्दै यसका विरुद्ध हतियारवद्ध युद्धको थालनी भएको हो । नया संविधानमात्रै हैन जनताको अधिकार सुनिश्चित गर्ने संविधान चाहिएको हो । नया संविधानमात्रै हैन समावेशी संविधान चाहिएको हो । नया संविधान मात्रै हैन सार्वभौमसत्ताको प्रयोग गर्न सक्ने संविधान चाहिएको हो । आम जनताको आफनो संविधान भन्ने अनुभूति हुने संविधान चाहिएको हो । स्वाधिन स्वाभिमान र आत्मनिर्भर मुलुक वनाउन सक्ने संविधान चाहिएको हो । सामन्तवादी सामाजिक संरचनाको अन्त गरी जनवादी जनमुखी संरचना निर्माण गर्ने कुरासामन्तवादका सवै रुपहरुको अन्त गर्ने कुरा वैज्ञानिक भूमिसुधार कार्यक्रम लागु गरेर अन्यायोचित भूमि वितरण प्रणालीको अन्त गर्ने कुरासामाजिक न्यायका सवै पहलुहरुको समुचित संवोधन हुने कुरा पनि संविधानसभावाट जनताले अपेक्षा गरेकाछन् । अन्तरिम संविधानमा शिक्षा स्वास्थ्य र रोजगारीलाई मौलिक हकका रुपमा स्थापित गर्न त सकियो तर त्यसलाई कानूनमा व्यवस्था भए वमोजिम हुने भनियो अनि कानून आजसम्म पनि वनाईएन अर्थात संविधानमा मौलिक हकका रुपमा शिक्षा स्वास्थ र रोजगारीलाई परिचित गराए पनि यथार्थमा कानूनी हकका रुपमा मात्रै ती विषयहरु रहे अव त्यो व्यवधान हटेर शिक्षा स्वास्थ्य र रोजगारीमा राज्यले दायित्वका रुपमा स्वीकार गर्ने र जनताको अधिकार हो भन्ने कुरा स्थापित गर्ने कुरा अवको संविधानको मुख्य विषय हो । संविधानसभाप्रति जनताको दायित्वःशिक्षा स्वास्थ्य र रोजगारी राज्यको दायित्व र जनताको अधिकार भन्ने कुरा स्थापित गर्ने विषय संविधानसभा आफैले र सित्तैमा गर्छ कि गर्दैन मानिसहरु शंका गर्ने गरेकाछन् किनभने संविधानसभामा सवै परिवर्तनकामी अग्रगामी चेतना वोकेका मानिसहरुको मात्रै उपस्थिति छैन । संविधानसभा नामै सुन्न नचाहने मानिसहरु पनि छन् यथास्थितिभन्दा अघि वढन नचाहने मानिसहरु पनि शक्तिहरु पनि छन् । जो मानिसहरु पुरानै संविधान छोडन चाहदैनन् जो मानिसहरु पुरानै संविधानलाई संसारको अवल दर्जाको संविधान भनेर कैलै थाकेनन् । पुरानै संविधानको रक्षाकालागि लडिरहने प्रतिवद्धता व्यक्त गर्ने दल र मानिसहरु पनि त छन् संविधानसभामा अझ त्यतिले नपुगेर पुरानो संविधानभन्दा पनि मुलुकलाई पछि धकेल्नु पर्छ भनने प्रतिगामीहरुको पनि उपस्थिति छ संविधानसभामा त्यसकारण संविधानसभाको यो उपस्थिति र संरचनालाई गंभिरतापूर्वक ख्याल गरेर तदनुकुलको रणनीति अवलम्वन गर्न जरुरी छ संविधानसभाप्रति चिन्ता जाहेर गर्ने जनताको तप्कावाट यस तर्फ विशेष ध्यान पुग्न जरुरी छ । त्यसकारण संविधानसभावाट जनमुखी संविधानको अपेक्षा गर्ने जनताको पक्तिले केवल अपेक्षामात्रै गरेर हुदैन त्यो अपेक्षा प्राप्तीकालागि आफनो दायित्व पनि निर्वाह गर्नेपर्छ । त्यसकालागि जनमत तयार गर्ने जनताका पक्षमा विषयवस्तु सम्प्रेषण गर्ने त्यस प्रकारको महोल तयार गर्ने त्यसका विरुद्धको अफाव र संसयलाई मेटन पनि कोशिश गर्ने काम भने पुरा गर्नै पर्छ । जनताको खवरदारी विना दुनियाका कुनै पनि संविधान जनमुखी वनेका छैनन् । संविधान निर्माणका क्रममा जसले वढी कृयाशिलता देखायो जसले पहलकदमी लियो उसले आफनो पक्षमा संविधान लेखाउछ भन्ने कुरा राम्ररी वुझन जरुरी छ । जनताको दवावका सामु कसैको केही लाग्दैन त्यसकारण यथास्थितिवादी जनता पनि आफनो स्वर्ग कायम राख्न उद्धत रहने छन् भने त्यो भन्दा वढी अग्रगमन चाहनेहरु कृयाशिल हुन जरुरी छ । यसकालागि जनताको तहवाट निम्न भूमिका निर्वाह गर्न जरुरी छ १ संविधानसभाको लक्ष के हो भन्ने कुरा वारम्वार हेक्का दिलाईरहने जसले संविधानसभाको लक्षवाट कोही पनि विमुख कुन नपाओस । यसकालागि संविधानसभाको निर्वाचनकालागि जनताले गरेको योगदान लगानी र वलिदानीको स्मरण पनि गराईरहन जरुरी छ । यसका साथसाथै स्ंविधानसभाकालागि चलेको वहसमा कसले के तर्क राखेको थियो भन्ने कुराको हेक्का सहित कसले के भूमिका निर्वाह गर्नेछ भन्ने पनि आंकलन गर्न जरुरी छ त्यसकै आधारमा जनमत तयार गर्ने र निरन्तर दवावकै माध्यमवाट जनमुखी संविधान लेखाउन वाध्य पार्ने अवस्थाको सिजर्ना गर्न जरुरी छ । २ नेपाल अव अर्ध सामन्ती र अर्ध औपनिवेशिक मुलुक रहन सक्दैन । अव मुलुक स्वाधिन वन्न जरुरी छ स्वाधिन र स्वाभिमान मुलुकको घोषणा संविधानमा व्यवस्थित गरिने संवैधानिक प्राव्धानहरुवाट गर्न जरुरी छ ।३ जनताले आजसम्म रैतिका रुपमा आफूलाई उभ्याउदै आए । सार्वभौम भनिएका नेपाली नागरिक दोश्रो दर्जाका रहे । अवको संविधानमा कमसेकम त्यस्तो अवस्था रहनु हुदैन भन्ने कुरामा जनताले आफनो दायित्व निर्वाह गर्न जरुरी छ ।४ जनताले राहतको अपेक्षा पनि नया संविधानमा खोजेका छन् । शिक्षा स्वास्थ्य रोजगारी र खाद्यसंप्रभुताको विषय पनि अव निर्वाध रुपमा चाहिएको छ । ५ नया संविधानवाट सामाजिक न्यायको हकलाई व्यवहारिक रुपमा प्रयोग गर्न पाउने स्थितिको सिर्जना भएको हेर्न जनताले चाहन्छन् भने जनताले तदनुकुलको चेतनामूलक र दवावमुलक भूमिका पनि निर्वाह गर्न जरुरी छ ।अन्तमा संविधानसभाले जनताको संविधान वनाउनु पर्छ । जनताले संविधान निर्माण गर्दा आफनो सहभागिता रहेको कुरा स्वीकार गर्नु पछ । जनताले आफनो संविधान भन्ने कुराको अनुभूति गर्नै पर्छ सवै जनताले मेरो संविधान भन्ने अनुभूति नहुदासम्म सो संविधानको पालना र सो संविधानको रक्षाकालागि जनताको अग्रसरता पनि संभव हुन सक्दैन त्यसकारण जनताको नियन्त्रण निगरानी र हस्तक्षेपमा संविधानसभाले संविधान निर्माण गर्ने काम गरोस भनने जनताको चाहना हो भने त्यसकालागि संविधानसभालाई वाध्य वनाउन जनतमत तयार गनेै र नियन्त्रण निगरानी र हस्तक्षेप गर्ने जनताको भूमिकालाई सुनिश्चित गर्न जनता स्वयं अग्रसर हुनै पर्दछ । यसपछि मात्रै जनसंविधान जनताको संविधान निर्माण हुनेछ र मुलुकलाई सुखी र सम्वृद्ध पनि वनाउनेछ ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
Why presidential system?
We are in historical moment. After a six decade long struggle Nepal became able to have an election of Constituent Assembly. Issue of Consti...
-
SECURITY SECTOR REFORM Democratization of Nepal Army By Hari Krishna Devkota Submitted to Nepal Transitio...
-
1 Single and open fact: Medical debt is an especially notable phenomenon in the United states the US being the world's only develope...
No comments:
Post a Comment