Friday, July 28, 2017

विषयः पदीय जिम्मेवारी त्याग गरेको वारे ।

श्री संयोजकज्यु मिति २०७४।०४।१०
नया शक्ति पार्टी नेपाल, केन्द्रिय कार्यालय

विषयः पदीय जिम्मेवारी त्याग गरेको वारे ।

विश्व राजनीतिमा स्थापित राज्य नियन्त्रित सामाजवाद र उदारवादी पुजिवाद दुवैले विश्वसमाजलाई विभाजन गर्न सके समाधान दिन सकेनन् । त्यसैले विश्व राजनीतिमा यी दुवैको विकल्पको खोजी भैरहेको सन्दर्भमा नेपालमा पनि त्यसको खोजी हुनु स्वभाविकै थियो र वैकल्पिक राजनीतिको स्थान विश्व राजनीति र नेपाली राजनीतिमा पनि पर्नु अनिवार्य थियो । सो संगसंगै नेपाली समाजमा राजनैतिक विकासका हिसावले ध्वसंको राजनीतिवाट निर्माणको राजनीतिमा प्रवेश गरेको ऐतिहासिक घडीमा ध्वंसकालागि तयार गरिएका पार्टीहरु अव जस्ताको तस्तै काम नलाग्ने भएको विशिष्ठ अवस्थामा नेपालमा वैकल्पिक राजनीतिको खाचो महशुस गरी विगत केही वर्षको अन्तरक्रिया मार्फत नया शक्ति पार्टी नेपालको घोषणा गत वर्ष मात्रै गरिएको थियो । 

पार्टी घोषणा लगत्तै जनतामा जानुपर्नेमा आरम्भदेखि नै पार्टी उल्टो वाटो हिडन शुरु गरयो । रंगशालाको लाखौको जमातवाट कमलादिमा केही हजार लिएर पुग्यो वाकी छुटे । त्यहावाट पनि ववरमहलमा केही सय मान्छे लिएर आयौ । ववरमहलवाट पनि तिन सहसंयोजक लिएर संयोजकज्यु पार्टी कार्यकक्षमा प्रवेश गर्नुभो । त्यस पछिको लगभग असी प्रतिशत समय परिषद सदस्य थप्ने कार्यसमिति सदस्य थप्ने र वढुवा गर्ने ध्यानमा नै प्राय वैठकहरु सकिन थाले । पटक पटक मैले असहमति राख्दै आए तर सुनुवाई भएन । पार्टीको वैकल्पिक राजनीतिको हेक्का सम्म पनि हुन छाडयो । 

जनतामा जान,े जनसेवा गर्ने, हेल्प डेस्क राखेर जनताका काम गरिदिने जस्ता वाचा केवल कल्पनामा सिमित रहे । पार्टी नवन्दै गुटै गुटमा नेताहरु रमाउन पुगे । फलत निर्वाचन आयो । निर्वाचनमा कर्म अनुसारको पल आउनु कुनै नौलो कुरा थिएन । अनपेक्षित परिणाम हात परयो । तत्पश्चात निर्वाचनको निर्मम समिक्षा गरेर अघि वढने वेलामा झन पदाधिकारी वडाफाड नगरेका कारले यो अवस्था आयो अव पदाधिकारी वाडफाड गरौ भन्ने दिशा तर्फ वहस मोडियो । 

२०७० सालको निर्वाचनमा आफु संलग्न रहेको पार्टी पहिलोवाट तेश्रोमा झर्दा नैतिकका आधारमा अध्यक्षले राजिनामा दिन पर्छ भनियो निकै जोड गरियो नया शक्तिको खाचो यसकारण पनि छ भनेर त्यसैलाई पनि कारण वनाईयो । तर आज आफुलाई पर्दा ती प्रसंगवश पनि देखा परेनन । त्यसैले कहि न कहि समस्या छ । यस्तो लागेर कसै न कसैले जिम्मा लिन पर्छ भन्ने महशुश भै मैले नैतिक जिम्मेवारी लिदै पार्टी प्रवक्ता, संचार विभाग प्रमुख र कार्यकारी समितिको पद परित्याग गर्ने निष्कर्षमा पुगेको व्यहोरा यस अघि अनौपचारिक छलफलमा व्यक्त गरेकै थिए । सोही कुरालाई अहिले औपचारिक रुपमा यो जिम्मेवारी परित्यागको पत्र प्रेसित गरेको छु । वैठकमा जानाकारी गराईदिनुहुन अनुरोध छ । 

भुराजनीति तिव्रतामा निर्मृम ढंगले फेरिएर अघि वढदैछ । यो परिवेशमा नेपालका राजनैतिक दलहरु दृढतापुर्वक देश र जनताको हितमा उभिएर देशभक्त वन्ने कि कसैको ईच्छा पुर्ति गरिदिने साधनमा परिणत गर्दै दलाल वन्ने भन्ने गंभिर मोडमा परिक्षाको घडीमा उभिएकाछन् । नया शक्ति पार्टी जुनसुकै चुनौतिलाई सामना गर्दै देशभक्तिको झण्डा उठाउन सक्षम हुनेछ भन्ने कुरामा म विश्वस्त छु । 

मैले यस अघि दिईएको पदीय जिम्मेवारी त्यागे पनि वैकल्पिक राजनीतिको महान अभियानमा अग्रपक्तिमा रहेरै योगदान गर्ने प्रण र प्रतिवद्धताको विश्वास दिलाउछु । 

खिमलाल देवकोटा
नया शक्ति निर्माण अभियन्ता




Remarks by Madan Rai

अादरणीय डा भट्टराइ तथा साथीहरू,

हंसिलाे र केही अन्तर्मूखि स्वभावका हाम्राे अति सक्षम अभियान्ता र बैकल्पिक राजनीतिक संस्कार अभियानका नेपाली गूरू खिमलाल देवकाेटाले राख्नुभएकाे बिषय एकदम सही लाग्याे मलाइ । हामीले पटक पटक त्रुटीहरू गरी रहेका छाैं । जसकाे कारण हाम्राे बैकल्पिक राजनीतिक शक्तिकाे क्षयीकरण भएकाे हामी सबैले हाम्रै सामुन्ने भाेगी राखेकै छाैं। सत्यलाइ धेरै समय लुकाउन सकिदैन । मानिस भएपछि गल्ती स्वभाविक भैरहन्छ ।  मैले पनि खाेटाङमा भएकाे निर्वाचन परिणाम र मलाइ जिम्मा दिइएकाे कृषि तथा भूमि मामिला बिभागकाे काम सही ढंगले सम्पादन गर्न नसकेकै कारणले अाफुले संयाेजक ज्यू समक्ष पद मूक्तिकाे लागि राजीनामा पठाएकाे हुँ । भलै अाजकाे भेलामा संयाेजक ज्यूले कसैकाे राजीनामा स्वीकृत नभएकाे कुरा जानकारी गराउनु भयाे । 
राजीनामा दिनु नैतिक जिम्मेवारी लिनु हाे । र याे नैतिक हिसाबले एकदम सही तरिका हाे जस्ताे लाग्छ मलाइ पनि । तर यसकाे मतलब याे हाेइन कि हामीले थालेका दलकाे महान उद्धेश्यअनुरूप काम गर्न छाेडेकाे हाे । मैले केही अघिल्लाे घगीमा असफल भएपनि एउटा गतिल्लाे पाठ सिकेकाे छु र अाउनेदिनहरूकाे लाग नयाँ कदमकाे लागि अरू बढि सजगता र उर्जाकासाथ तयार पनि भएकाे छु । 

याे ४ दिनकाे भेलामा म ज्यादै उत्साही भएकाे छु । देशभरीबाट अाउनुभएका अभियान्ताहरूकाे अात्मबिश्वास, अाश र उर्जा देखेर नयाँ शक्तिसंग साँचिकै गज्जबकाे सिपालु र कटिबद्ध नेपालीहरू भएकाे याे पटक पनि महशुश गरें । मधेसीथारू, खसअार्य, जनजाती, महिला, दलित अन्यकाे मिश्रण, अन्तर्घुलन र अठाेट हेर्न लायक छ । अब अागामी मंसीर सम्ममा हामीले याे सिपालु र एकाबद्ध नयाँ शक्ति जमातलाइ एक ढिक्का बनाएर नयाँ शक्तिलाइ राष्ट्रिय दलकाे रूपमा स्थापित गर्न परिचालन गर्न सक्नु पर्दछ । नयाँ शक्ति दल राष्टि्य दलकाे रूपमा स्थापित भएपछि अाउने माघ फागुनभित्र महाधिवेशन गरेर दलकाे संगठनलाइ स्थायी र पूर्ण बनाउन लाग्नु पर्छ भन्ने कुरा यसै मेलबाट सुझाउ प्रस्तुत गर्न चाहन्छु । 

जहाँसम्म खिमलाल सरकाे कुरा छ । जायज छ । राजीनामा स्वीकृत नभएपछि अब हामीले अाअाफ्नाे कामलाइ यथावत सम्पादन गरेर अागामी संघीय निर्वाचनमा एकढिक्का भएर नयाँ शक्तिलाइ राष्ट्रिय दलकाे रूपमा स्थापित गराैं । अैले सम्म जे भयाे भएगरेका कमीकम्जाेरीलाइ निर्मताकाथ सच्याउँदै एक भएर अघि बढ्न सबैसंग प्रार्थना गर्दछु । 

म पनि साउनकाे २५ गतेभित्र अाफ्नाे जिल्ला खाेटाङ जानेछु र अाकश्मिक काममा बाहेक संघीय स्तरकाे चुनाउ सम्पन्न नभै काठमाडाै फर्किने छैन । मलाइ फाेन, फेसबुक, भाइबर र इमेलमा सम्पर्क गर्न सकिनेछ । 

सबैकाे जय हाेस । नेपाल समृद्ध हाेस । नयाँ शक्ति राष्ट्रिय दल हाेस । बैकल्पिक राजनीतिक संस्कृति स्थापित हाेस ।

सबैलाइ गनगन गरी रहने

उही मदन राइ बुढाे ।

No comments:

Featured Post

Why presidential system?

We are in historical moment. After a six decade long struggle Nepal became able to have an election of Constituent Assembly. Issue of Consti...