Thursday, July 30, 2009

समाज रुपान्तरणको दिशामा देखिएका वाधाहरु

थालनी

यतिवेला नेपाली समाज तिव्र रुपान्तरणको प्रकृयावाट गुज्रैको छ । समाज विकासको मूल प्रवृत्ति सकारात्मक छ र यसले क्रान्तिकारी रुपान्तरणलाई नै अवलम्वन गरि आएको छ । तर हरेक सकारात्मक भित्र नकारात्मक हुन्छ भन्ने मान्यतालाई स्वीकार र्ने हो भने यो प्रवृत्ति भित्त पनि वाधाहरु छने त्यसभन्दाच पहिला यो क्रान्तिकारी रुपान्तरणको प्रकृयालाई रोक्न कोशिस गर्ने प्रवृत्ति पनि कम मात्रामा हामनिकारक छैन । यिनै क्रान्तिकारी रुपान्तरणका नकारात्मक प्रवृत्तिहरुको पहिचान गर्ने प्रयत्न यस पटक गरेको छु । क्रान्तिकारी रुपान्तरणलाई सघाउ पुरयाउने वाहेक लेखकको अन्य कुनै मनसाय वा नियत नरहेको कुरा जानाकारी गराउन चाहन्छु र यस लेखले कसैलाई चोट पुग्न गएछ भने पनि त्यो व्यक्तिाई र्हैन प्रवृत्तिलाई हो भनेर आत्मसात गरिदिन पनि मेरो विनम्र अनुरोध छ ।

मूल्यवोधमा आएको ह्रास

यतिवेला राजनैतिक वृत्तमा विचारको वहस शुन्य प्राय भएको छ । विचारको स्थान व्यक्तिगत कृयाकालपका टिप्पणी र व्यवहारको वहसले लिएको छ । स्वयंसेवा वलिदानी भन्दा पनि प्राप्तीले प्राथमिकता पाएको अवस्था छ । यो अवस्थाले मानवमुक्तिको जो मुल्यवोध हो त्यसमा ठुलो ह्रास आएको छ । जव मुल्यमै ह्रास आउछ तव त्यसको आदर्शप्रति अन्याय त हुन्छ नै कुठाराघात समेत हुने निश्चित छ । क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुका वैठक पनि सिद्दान्त दर्शन मूल्य र आदर्शका वहसले स्थान पाउन छोडेकाछन् या सिद्दँन्तको जामा त पहिरयाईएकाछन् तर तयसको अन्तर्यमा पुग्दा वहस सिवचारको हैन रहेछ कुनै कुरा प्राप्तीकालागि गरेको फगत सौदावाजी रहेछ भनेर धेरै पटक पुष्टि भैसके पछि अव मानिसहरुलाई वुझन अप्ठारो छैन । वुर्जवा पार्टीहरु पर्दा खोलेर खुल्लम खुल्ला पद पैसा र सुविधाकालागि वहस गर्छन । क्रान्तिकारीहरु सिद्दान्तको पर्दा हालेर त्यसै स्तरको वहस गर्छन । झवाटट हेर्दा सिद्दान्तको वहस गरे जस्तै देखिन्छ पार्टी क्रान्ति र मुक्तिको चिन्ता नै देखिन्छ तर त्यसको अन्तर्यमा पुगेर हेर्दा अर्थात पर्दा च्यातिदा उही ठाउमा पुगिन्छ । यसले विस्तारै मानव मूल्यको अवमूल्यंन मात्रै गर्दैन दर्शन सिद्दान्त र आदर्शप्रतिको ठूलो व्यग्य पनि गर्ने गरेको छ ।

पद प्रतिष्ठाको प्राप्ती र टिकाउकालागि राजनैतिक वहस

मानवमुल्य र आदर्शमा कुठाराघात भए पछि वाकंी त के नै रह्यो र तैपनि वहस चलेकै छ वहसको जिवन्तता पनि वाकी नै छ वहसमा सिद्दँन्तको लेपन पनि राम्रै छ क्रान्ति प्रतिको चिन्ता पनि राम्ररी व्यक्त हुने गरेकै छ यसले मानिसहरुलाई मानवमूल्यवोधमा ह्रास आएको भन्ने मेरो माथिल्लो वुदाप्रति सहमति जनाउन अप्ठारो पारिदिन्छ । तर विषय अन्तैछ भनने कुरा निष्कर्ष निस्के पछि मात्र थाह लाग्छ । केही समय पहिला नेकपा एमालेको महाधिवेशन भयो महाधिवेशनमा सवै वामहरु मिल्न पर्छ भन्ने स्पिरिट पनि राम्ररी सतहमा नै आयो तर आफै भित्र मिल्न सकेन । अनौठो त यो भयो कि राजनैतिक प्रतिवेदन सर्वसम्मतिले पारित हुन्छ तर पद भागवण्डामा मिल्दैन । कम्यूनिष्ट पाटर्ीै हो राजनैतिक दस्तावेज एउटा पारित हुन्छ नेतृत्व अर्कोले दावी गर्छ । अर्थात राजनैतिक प्रतिवेदन सर्वसम्मतिले पारित हुन्छ मतदान हुदैन तर पद वाडफाडमा मतदान हुन्छ मतदान मात्रै हुदैन त्यहा किनवेच खरिद विक्री र गुट परिवर्तन पनि हुन्छ निष्कर्षमा नेतृत्व अकैले दावी गर्छ । महाधिवेशनको दस्तावेज भन्दा चुनावको रौनक कतिहो कति वढी हावी हुन्छ । कम्यूनिष्ट पार्टीका महाधिवेशनहरु दर्शनका विश्वविद्यालय हुने गर्ने पहिला पहिला आज चुनावी रंगमंच भए भनेर परिभाषा गरयो कसैले भने त्यसमा चित्तमात्रै दुखाएर हुनेवाला केही छैन । यो रोग अरु पार्टीमा पनि छिटपुट देखिएकै हो विचारको जामा लगाएर वहसको थालनी गर्ने तर पद पाए पछि चुप लाग्ने पद प्राप्तीकालागि भयंकर क्रान्तिकारी नारा उराल्ने अन्तर्यमा त्यो नारा पद प्राप्तीको हुने पद प्राप्त गर्न नसके पार्टी फृुटको संघार सम्म पनि लैजान पछि नपर्ने यो प्रवृत्ति कम्युनिष्ट प्रवृत्ति र्हैन यसले कम्युनिष्ट खोल भित्र वाटै प्रतिकृयावादीकै सेवा गर्छ ।

लाईन क्रान्तिकारी व्यवहार पश्चागामी

नेपाली कम्युनिष्ट आन्दोलनको आधा शताव्दी वात वहादुर वनेरै वितेको सत्य हो । आधा शताव्दी पछि नेपाली कम्युनिष्ट आन्दोलन काम वहादुरमा प्रवेश गरयो तव यी वहसहरु थन्किएका थिए अर्थात यी वहसहरुले उपयुक्त निकाश पाएका थिए । जव फेरी नेपाली कम्युनिष्ट आन्दोलन शान्ति प्रकृयामा प्रवेश गरयो तव उसलाई त्यस अनुकुल आफुलाई अनुवाद गर्ने कुरामा कहि न कतै कमजोरी रहेको कुरा स्पष्ट छ । तसर्थ कुरा क्रान्तिकारी नै गर्नु पर्ने तर व्यवहार पुरै पश्चागामी कुरामा यो सरकारमा वस्नै हुदैन सरकारवाट हटिहालनु पर्छ भन्ने तर सरकारी नियुक्ति र सुविधाकालागि हात पसारेरै हिडने यो लाईन सुधारवादी भयो पनि भन्ने तर त्यही लाईनले सिर्जना गरेका पदहरुकालागि मरिहत्ते गने त्यो पद नपाएका खण्डमा पार्टी नै फुटने हल्ला पनि मच्चाउने र त्यही स्तरको हर्कत गर्ने काम प्राय कम्युनिष्ट पार्टीहरुमा देखिने गरेको पुरानै रोग त हुदै हो सो रोग नया पार्टी माओवादीमा पनि सल्किन थालेको कुरा पर्यवेक्षकहरुले वताउन थालेकाछन् । सेन ाभर्ति रोक्नु पर्छ भनेर अन्तर्वार्ता दिने तर मेरो मानिस भर्ना गरिदिनु परयो भनेर चिट लिएर जंगी अडडा धाउने गरे माओवादी भन्ने हरुको भनाई पूरै असत्य हो भनेर भनिहाल्ने पनि आधार भेटिन्न । कमाउ मन्त्रालयमा आफनो मान्छे राजनैतिक नियुक्तिमा आफनो मान्छे मन्त्री हुनकालागि मै मात्रै योग्य अरु सवै अयोग्य भन्ने व्यवहारले अग्रगामी सोचको प्रतिनिधित्व गर्नै सक्दैन त्यो व्यवहार र सोच पश्चागामी नै हो यस्तो सोच थुप्रै कम्युनिष्ट पाटीहरुमा समेत थोर वहुत देखिन थाल्यो । यो पश्चागामी चिन्तनका विरुद्ध निर्मम संघर्ष गर्न जरुरी छ ।

जसरी पनि पद हात पार्ने रणनीति

विचार संगठन र कार्यशैली जो कसैकालागि पनि अकाटय सम्वन्ध भएका विषयहरु हुन । विचार र नेतृत्वलाई अलग्याउन मिल्दैन । तर प्रतिकृयावादीहरु क्रान्तिकारीहरुलाई परास्त गर्न एउटा महत्वपूर्ण हतियारका रुपमा विचार र नेतृत्व नेतृत्व र जनता जनता र पार्टी संगठन विचमा फाटो ल्याउने विधिलाई प्रयोग गर्न उद्दत भएका छन् । २१औ शताव्दीका कम्युनिष्टहरुलाई सिध्याउने भनेको आम नरसंहार हुनै सक्दैन त्यसका सटटा अन्तर ध्वस गर्नु पर्छ भन्ने हो र तयसकालागि नेतृतव र विचार विचार र संगठन विच दरार सिर्जन ागर्ने कोशिश गर्दछन् । यो उनीहरुको सचेत प्रयत्न हो । ठीक यसै सेरोफेरोमा उनीहरुको ईच्छा पूरा गरिदिने काम क्रान्तिकारी पक्ति भित्रैवाट पनि हुने गरेको पाईन्छ । विचार र नेतृत्वलाई अलग्याउने धेयले विचारमा सहमति गर्ने नेतृतवमा भाग वण्डा गर्ने खेल भित्रिन्छ यो स्वभाविक हुदै हैन । तर परिवर्तित सन्दर्भमा जसरी पनि पद प्राप्त गर्ने नियतले थालिने वहस कुनै पनि हालतमा क्रान्तिकारी हुन सक्दैन वरु क्रान्तिकारी आवरण भित्रवाट प्रतिकृयावादीलाई सेवा गर्ने कुरा वाहेक अरु केही हुन सक्दैन । जसरी पनि पद प्राप्त गर्ने कुराले २०४६ सालको जनआन्दोलन संझौैतामा टुगियो । २०६१ असोज १८ आयो अर्को जसरी पनि पद प्राप्त गर्ने नियतका कारण घटयो जुन माघ १९ मा गएर उत्कर्षमा पुग्यो । २०६३ बैशाख ८ गते पनि जसरुि पनि पद प्राप्त गर्नु पर्छ भन्ने कुराले झण्डै धोका दिदै थियो तर बैशाख ११ त आयो यो पनि पद प्राप्तीकै योजनताका कारणले राजतन्त्रको अन्त विना नै टुगियो । यी सवैका परिणाम हामी आज भोग्दै छौ । जे होस समाज रुपान्तरणको प्रश्न पद प्राप्तीको संझौतासंग जोडिएको विषय छ ।

अरुलाई दक्षिणपंथी देख्दै गर्दा आफू घोर दक्षिणपंथी भासमा जाकिने खतरा

कम्यूनिष्ट आन्दोलनभित्रको अर्को महारोग भनेको आफू संलग्न रहेको पार्टी वाहेक अरु कोही पनि क्रान्तिकारी होईन हुनै सक्दैन भन्ने र त्यसो भन्दै जादा आफु र आफनो पार्टी घोर दक्षिणपंथी भासमा जाकिदै गएको हेक्का नै नहुने जस्ता कुराहरु यतिवेलाका जल्दा वल्दा समस्याहरु हुन् । एक पार्टी र अर्कौ पार्टी वीच एक नेता र अर्को नेता वीच एकले अर्कालाई दक्षिणपंथी भनी लगाईने गरेको आरोप नया हैन यो सामान्य जस्तै हो । यसकारण हिजो कोठे वहस गर्दा वातवहादुर कम्युनिष्ट हुदा य ीआरोपहरुको पुष्टि गर्ने ठाउ थिएन सवै कोठामा नै हुन्थे जव कम्युनिष्ट आन्दोलन काम वहादुरमा प्रवेश गरयो र साच्चै क्रान्ति कुरा मा हैन काममा गर्ने कुराको थालनी गरयो तव मापन गर्न सजिलो भयो को क्रान्तिकारी हो र को दक्षिणपंथी हो भन्ने कुरामा दुविधा रहेन यतिवेला पनि कार्यक्षेत्रमा खटने जनतामा जाने जनताप्रतिको दायित्व वोध गर्ने पक्ति का वारेमा प्रश्न उठयो भने जनताले सो को निदान गरिदिन्छन् तर जो जनतामाझ जादैन जान मान्दैन जान पर्दा पनि ईन्कार गर्छ उनीहरुकालागि झटट हेर्दा त कठिन होला केही समय त भ्रम पार्न सक्ला तर उसका काम व्यवहारले उसले व्यक्त गरेको चिन्ताको दायराले र उसका कृयाकलापले मात्रै उसले आफुलाई जतिसुकै क्रान्तिकारीको दावा गरे पनि उसलाई दक्षिण वा घोर दक्षिण वताई छाडने छ । त्यसकारण क्रान्तिकारी वा दक्षिणपंथ सो को नाप्ने मापदण्ड भनेको जनता नै हो जनतासंगको सम्वन्ध नै हो जनताको मुक्तिको प्रश्न नै हो । तसर्थ जनतासंगको सम्वन्ध र उत्तरदायित्वलाई वेवस्ता गरेर भईने क्रान्तिकारीता फगत केही क्षणको हुने छ अनतत त्यो दक्षिणपन्थमा पतन हुनेछ । नेपाली कम्युनिष्ट आन्दोलनको दशा त्यही भएको छ । आफुलाई अवलदर्जाको क्रान्तिकारी वताउने रविन्द्र र मुमारामहरु क्हा छन् क्रान्तिकारी वताएरै नथाक्नेहरु कसरी दुई थप्पड खानासाथ आत्मसमर्पण गरे राधाकृष्णहरु कहा छन् जो विगि्रए उनीहरुले जनता विसे्रर क्रान्तिका कुरा गर्ने गरेका थिए् भन्ने कुरा ईतिहास साक्षी छ । त्यसकारण जनताको सम्वन्ध भुल्नै नसकिने विषय हो ।

हाम्रा विरासत र प्रवृत्तिहरु

दलिय व्यवस्थाको शुरुवात देखि नै कांग्रसले वहुमत ल्याएकै हो तर फुट किन भयो त्यही पार्टीको अर्का व्यक्तिलाई प्रधानमन्त्री हुनु थियो दलको नेता हुनु थियो पार्टी सभापति हुनु थियो त्यो मह्त्वकांक्षा जागेका कारणले त्यो व्यवस्था आफै अफाप सिद्ध भएर गयो । एमाले दोश्रो स्थानमा थियो उसमा पनि यो रोग देखा परयो तेश्रो पार्टी जनमोर्चामा पनि केही सैद्धान्तिक जामा त पहिरयाईयो तर फुट भयो संसदीय दलको नेतका विवाद पार्टी अध्यक्षका विवाद जे होस विवाद यस्तै थिए त्यस पछि अरु पार्टीका विवाद त अनगिन्ती छन् जसले मन्त्री पद नपाएका कारणले पार्टी फुटेका छने पद प्रतिको मरिहत्ते पन आम नेपाली राजनीतिको मूल प्रवाह हो त्यो मूल प्रवाहको विरासतलाई तोडन क्रान्तिकारी कम्युनिष्टहरु तयार छन् कि छैनन् त्यस मामलामा सक्षम छन् कि छैनन् यो प्रश्न अनुत्तरित छ उत्तर क्रान्तिकारी पार्टीले नै दिनृ पर्छ र सिद्दान्तको झगडा छ नै भने पदमा मिल्न हुदैन पदको झगडा हो भने सिद्दान्तमा ल्याएर तेस्र्याउन हुदैन । जे हो त्यही गर्न पर्छ जे हो त्यही जनसमक्ष पनि पस्किनु पर्छ । अन्यथा जनताले खवरदारी गर्न पाउनुपर्छ । पार्टी केही नेताहरुको मात्र पेवा हैन । पार्टी आम जनता कार्यकर्ता समर्थक शुभचिन्तक र नेताहरु सवैको हो । नेताहरुको मात्रै हैन र त्यस्तो वनाउन पनि हुदैन ।

निष्कर्षमा

कतिपय झगडाहरु पदका हुन्छन् सो को उपचार सिद्धान्त विचार र राजनीतिमा खोजियो भने त्यहा भेटिदैन । सिद्धान्तको झगडाको उपचार पदमा खोजेर पनि हुदैन । तसर्थ जे हो त्यही पदको झगडा हो भने सैद्धान्तिकृत गर्न जरुरी छैन सर्ंैद्धान्तिक झगडा हो भने पद पाए लगत्तै मुख वन्द हुन पनि भएन वरु पद नलिएरै निष्ठाको लडाई लडनु पर्छ । लडाई लडने पद पाउदै गर्दा लडेका कारणले पाएको भन्ने पनि अर्थ लाग्न सक्छ भने पदकालागि सैद्धान्तिकृत गरेको आक्षेप पनि लाग्न वेल हुदैन तर लडदै जाने पद पाउदै जाने फेरि लडने त्यो भन्दा ठूलो पद पाउने हो भने पदकालागि लागि लडाई हैन कसरी भन्न सकिन्छ । वास्तवमा लडनेहरुले लडन सहजहोस भन्नाकालागि पनि पद त्याग्नै पर्छ । यस कुराको पुष्टि त कमरेड अध्यक्षले संघर्षकालागि पदत्याग भनेर मात्रै हैन गरेर नै देखाईदिनु भयो त्यो आदर्श पार्टी भित्र पनि पछयाउने हो कि सवै पार्टीलाई चेतना भया ।




No comments:

Featured Post

Why presidential system?

We are in historical moment. After a six decade long struggle Nepal became able to have an election of Constituent Assembly. Issue of Consti...