Monday, October 25, 2010

राजनेताहरु प्रतिको अपिल

नेपाली राजनीतिमा कुनै वेला माथिको आदेश भने पछि तैचुप मैचुप हुने अवस्था थियो यो स्थिति अहिले पनि छ त्यो माथि हाल दलका शिर्ष नेताहरुमा सरेको छ । यतिवेलाको नेपाली राजनीति दलका नेताहरुको प्रत्यक्ष निर्देशनमा संचालित छ । राजनीति मात्रै हैन कुटनीति जलनीति संविधान कानून सवै क्षेत्रमा नेताहरुको वर्चश्व हावी छ । तर दुर्भाग्यवश केही समय यता नेताहरुको आत्मविश्वाशमा डरलाग्दो गिरावट आएको छ । जनताको कार्यकर्ताको छिमेकी र अन्तराष्ट्रिय समुदायको विश्वसनीयता नराम्ररी गुमेको छ । जनतादेखि नेता कार्यकर्तासम्म र समर्थक शुभचिन्तकदेखि राष्ट्रिय अन्तराष्ट्रिय मित्रहरु सम्मले नेताहरुले वोलेको कुरा पूरा हुन्छ भन्ने कुरामा शंकाले हेर्ने गरेका छन् अझ भनौ हुदैन भन्ने पूर्व अनुमान गर्न पर्ने अवस्था सिर्जना भएको छ । यसका पछाडि या त यो नेता र कार्यकर्ता वीच नेता र जनता वीच नेता र नीति वीच स्वदेशी र विदेशी वीच ठूलो खाडल पैदा गरिदिने र लामो युद्ध संघर्ष र वलिदानीका जगमा उभिएका नेता नीति र विचारमाथि धावा वोल्ने गुरु योजनाले काम गरेको छ या त हाम्रा नेता हाम्रो नीति र हाम्रा विश्वास वीच कही न कही तालमेलको अभाव छ या नेताहरुको विश्लेषण क्षमतामा कमि छ या त विश्लेषण नै गलत छ या त नेताहरु मनोगत भएका छन् या त नेताहरु प्रति जनताको विश्वास छिण हुदै छ या त नेताहरुले जनतामाथि विश्वास गर्न छाडेका छन्् । या त यो पुस्ताका नेताहरुले अव थप गर्न सक्ने अवस्थामा छैनन् अथवा अरु कुनै कारण छ । जे होस नेताहरुप्रति जनता आश्वस्त हुन सकेका छैनन् र उनीहरु जे भन्छन् काम त्यसको उल्टो गर्छन अथवा नेताहरु जे भविश्यवाणी गर्छन परिणाम त्यसको ठीक उल्टो निस्कन्छ । यस्तो चर्चाले वजार पाएको छ । यो अति नकारात्मक चित्र यतिवेला किन हावी भएको छ यो प्रश्नको सही उत्तर हामीले खोज्नै पर्ने भएको छ ।

पहिलो कुरा नेपाली राजनीति प्रतिकृयाको र निषेधको चरित्रवाट अघि वढेको हो । १०४ वर्षको राणा शासन होस वा ३० वर्षे पंचायत १२ वर्षे संसदीय काल होस वा त्यस पछिका चार वर्ष सवैमा मुलुक र जनता स्पष्ट दुई ध्रुवमा वाडिने र एकले अर्काका विरुद्ध अभियान चलाउने कुरा नै राजनीति हुने विगतको परम्परा हो राणा शासनमा राणा शासन को विरोध गर्नु राजनीति पंचायतमा उसको विरोध गर्नु राजनीति संसदीय कालमा संसद र माओवादी जनयुद्ध दुवैको विरोध गर्नु राजनीति विरोध र भण्डाफोर गर्नु वाहेक निर्माण र रचनाको अभ्यास नेपालको राजनीतिमा विरलै मात्रै भयो । राजतन्त्रको अन्त पछि पनि शत्रु खोज्दा खोज्दै नेपाली राजनीति अल्मलियो । यो अवसरलाई सदुपयोग गर्ने र नेपाली समाजका मुख्य शत्रु सामन्तवाद सामन्तवादी संरचना र त्यसले पैदा गरेका विकृतिहरु हुन उसको नेता राजतन्त्र ढले पछि अव त्यसका अवशेषहरुलाई ढाल्ने निमिटयान्न पार्ने मिशनका साथ नेपाली राजनीति अघि वढनु पर्छ भन्ने कुरामा मतक्य देखिएन । वरु यस्तो वेलामा अत्यन्त अलमल र एकअर्कामा शत्रु खोज्ने र नभेटाए आफै भित्र शत्रु खोज्दै रचनाको अवसर गुमाउने खतरा पैदा भएको छ । यो प्रवृतिमा आमूल परिवर्तन यतिवेलाको मुख्य आवश्यकता हो ।

आन्दोलन संघर्ष र वलिदान नेपाली राजनीतिका मुख्य प्रवृत्ति हुन । निर्माण र रचना र व्यवस्थापन हाम्रो राजनीतिमा प्राथमिकतामा कैलै परेनन् । त्यसो त आजभन्दा झण्डै २०० वर्ष अघि सामन्तवाद विरुद्ध विजय हासिल गरेका विकसित मुलुकहरु पूजिवादको विकास संगै समाजवादमा फडको मार्न पर्ने मा साम्राज्यवादमा पतन भए जस्तै नेपाली राजनीति पनि प्रत्येक दशकै जसो ठुला ठुला आन्दोलन गर्न सकेन तर त्यसलाई व्ववस्थापन गर्न नसक्ने परिणाम स्वरुप आन्दोलनमा पराजित शक्ति पुन हावी हुने अवस्थाको सिर्जना भएको छ त्यो खतरा नेपाली राजनीतिमा अहिले पनि विद्यामान छ । ध्वंश र निर्माणको द्धन्दवादको प्रयोगमा माक्स्रवादीहरुले पनि राम्रो उदाहरण प्रस्तुत गर्न नसकेको अवस्था विद्यामान छ । माक्स्रवादीहरु सदा सर्वदा ध्वसकारी जस्तो मात्रै र गैर माक्स्रवादीहरु निर्माणका नाममा पुरानो ध्वसं गर्न सदा सर्वदा ईन्कारै मात्रै गर्ने जस्तो प्रवृत्रि देखिएको छ । जवकि नेपाली समाज माक्सर्ंवादी र गैरमाक्स्रवादीहरुको सकृयतामा नै संचालित र प्रभावित छ ।

परिवर्तनहरु आकश्मिक वन्ने खतरा नेपाली राजनीतिको अर्को समस्या हो । राजनीति संभावनाको खेल हो । यो प्रपोगण्डामा आधारित पनि हुन्छ भनिन्छ तर नेताहरुले देखेको सपना विपनामा परिणत हुदा सपना देख्नेहरु नै अलमलमा परेजस्तो देखिने गरेको हाम्रो सन्दर्भ छ । राणा शासनको अन्त गर्ने सपना साकार भयो तर त्यसपछिको राजनीतिलाई व्यवस्थापन गर्ने कुरामा राणा विरोधी हैन तिनै राणाहरुको सहारा लिनु पर्ने राणा शासनको अन्त पछि पनि राणा नै प्रधानमन्त्री कस्तो विडम्वना पंचायत पछि पनि करिव करिव त्यही स्थिति दोहोरियो पंचायत मै हाली मुहाली गरेकाहरुवाट संचालन गर्न खोजियो त्यही रोग आज गणतन्त्रमा पनि देखिदैछ । पंचायत वहुदल र पछिल्लो शाही कालका हाली मुहालीकर्ताहरु अझ रायमाझी आयोगका खतुकीहरु आज क्रान्तिकारीहरु र प्रजातन्त्रवादीहरुका पृयपात्र वनेका छन् । मल्लिक आयोग रायमाझी आयोग जस्ता जनताका आस्था वटुल्न सफल प्रतिवेदनहरु उपहासका डंगुर वनेका छन् । ती प्रतिवेदन तयार गर्नेहरु हासोको पात्र वनेका छन् । आखिर यस्तो किन हुन्छ । केवल शक्तिको खेलका कारण मात्रै यस्तो हुन्छ कि कही न कहि विचारमा खोट छ

राष्ट्रियताका कुरा गरौ देशभक्तिका कुरा गरौ वैदेशिक हस्तक्षेपको कुरा गरौ अझ भारतीय हस्तक्षेपको कुरा नै गरौ नेपाल प्रतिको असमान सन्धीका श्रृखलाहरु जे जति भएका छन् तिनमा राजाहरुकै संलग्नतामा भएका छन् । राजतन्त्रले भारतीय हस्तक्षेपका विरुद्ध गद्दिमाथिको असुरक्षा हुने हदसम्म कहा लडेको छ जसरी नेपाली राजनेताहरुले आफनो कुसर्ी जोगाउने हदसम्म देशभक्तिको नारा फलाक्ने काममा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई अपवाद मान्ने हो भने अरु उदाहरण कहा पाईन्छ र

मानव समाजको ईतिहास दास युग देखि सामन्तवाद र सामन्तवादका विरुद्ध पूजिवाद र पूजिवादलाई समाजवादले प्रतिस्थापन गर्ने यसको नियमित तथा सुल्टो कार्यतालिका हो । विकसित मुलुकहरुले आजभन्दा २०० वर्ष अघि सामन्तवादसंगको निर्णायक युद्ध जिते र पूजिवादको जगमा केही लोककल्याणकारी योजना अवलम्वन गर्दै केही मुल्य मान्यताहरु विकास गरे यद्यपि यो पर्याप्त भएन र पूजिवाद आफैमा टिक्न सकेन फलस्वरुप साम्राज्यवादमा पतन हुदा नया खाले सामन्तवादी चरित्र ग्रहण गर्न पुग्यो । तर हामीले नेपाली समाजको रुपान्तरणकालागि सामन्तवादको अन्त र पूजिवादको विकासको चरणको त्यो चक्र पार गर्नै वाकी छ । त्यो चक्र पार नगर्दै हामी सामन्तवाद संगै गठजोड गर्दै पूजिवादसंग लडन खोज्यौ भने समाज विकासको सुल्टो चरणसंग मिल्न जाने छैन । यही वेमेलका कारण नेपाली राजनीति विकास र संवृद्धिका दृष्टिले पछाडि परेको छ र पछि परिरहनेछ ।

प्राप्त उपलव्धीहरुलाई जोगाउन सक्ने खुवीको अभाव नेपाली राजनीतिको मुख्य समस्या हो । यो वा त्यो नाममा वस्तुगत परिस्थितिको ठीक आंकलन गर्न नसक्ने वा नक्कली आंकलन गरेर अरुभन्दा फरक देखाउने होडमा रमाउदा यो क्षमता आर्जन हुन नसकेको स्पष्ट देख्न सकिन्छ । २००७ को आन्दोलनले राणाहरु त हटे तर प्रजातन्त्र जोगाउन सकिएन फलस्वरुप २०१७ सालको फौजी काण्ड घटयो र ३० वर्षे पंचायत भोग्न परयो । २०३६ सालको उपलव्धी पनि चाने चुनचुने थिएन तर जोगाउन नसकद्यै अर्को ०४६ सालको आन्दोलन गर्न पर्ने भयो त्यो पनि जोगाउन नसक्दा असोज १८ माघ १९ हुदै शाही शासन भोग्न परयो । आज झण्डै अढाई सय वर्षको राजतन्त्र अन्त भएको छ तर गणतन्त्र संस्थागत गर्ने नया संविधान लेख्न सकिएको छैन । ईतिहास दोहोरयाउदै यो उपलव्धी पनि जोगाउन सकिएन भने नेपालका आजसम्मका आन्दोलनका सवै रुपहरु असफल प्रमाणित हुनेछन् । राजनीति र राजनेताको क्षमतामाथि पनि प्रश्न चिन्ह लाग्ने छ । यो पुस्ताको जीवनकालमा अर्को क्रान्ती वा निर्णायक आन्दोलनको कल्पना नगरे पनि हुन्छ यदि यो परिवर्तनलाई जोगाउन सकिएन भने यस्तो संगिन मोडमा उभिएको नेपाली राजनीतिले सुझवुझयुक्त नेतृत्व नीति र विचारको अपेक्षा गरेको छ पहिलो विकल्पमा र प्राथमिकतामा पनि संविधानसभा गणतन्त्र धर्मनिरपेक्षता र समावेशी नेपाल खडा गर्न सफल नेताहरु नै पर्नु भएको छ दोश्रो वा तेश्रो विकल्पमा पनि तिनै नेताहरुकै टिम परेको छ । अर्को कुनै नजिकको विकल्प समेत नभएको यस्तो अवस्थामा राजनेताहरुको आग्रह विनाको वस्तुनिष्ट विश्लेषण सहितको नीति र विचार र तदनुकुलको कार्यक्रम मात्रै देश र जनताले अपेक्षा गरेको छ । राजनेताहरु गंभिर वन्नुहोस ।

पजषषबिमिभखपयतब२नुबष्ि।अयु

Thursday, October 21, 2010

नेपाली क्रान्तिको लेखाजोखा र अवको कार्यभार

नेपाली कम्युनिष्ट आन्दोलनका साठी वर्ष वितेका छन् अधिकांश अवधि कोठे वहस टुट फुट र विसर्जनमा विताए पनि थोरै अवधि तर घनिभूत रुपमा क्रान्तिका आधिवेहेरीहरु पनि ल्याउन सफल रह्यो नेपाली क्रान्ति त्यसैले नेपाली कम्युनिष्ट आन्दोलनका विगत साठी वर्ष मिश्रित अनुभवका रहे । क्रान्ति जोखिम नमोलि संभव हुदैन । जोखिम मोल्दा केही अवधि यसले क्रान्तिकारी रुपान्तरणका परिणाम पनि दियो भने त्यही जोखिम व्यवस्थापन गर्न नसक्दा भयंकर सुधारवाद विसर्जनवाद र आत्मसमर्पणमा पनि पुग्यो । नेपाली क्रान्तिको प्रादुर्भाव दमनको सामना समर्पण र सुधारवाद हुदै शाही कम्युनिष्टमा पतन एउटा धारा रहयो भने अर्को धारा शुद्धतावादी जडमतिवाद र यान्त्रिकताको वकालत गर्दै जादा माक्स्रवादको पण्डित त खुवै तयार पारियो तर व्यवहारमा सिन्को पनि भाचिएन । यी दुवैका अतिवाट विकास भएको क्रान्तिकारी धार एकता केन्द्रमा संगठित भएको के थियो फेरि त्यसमै पनि विसर्जनवाद र क्रान्तिकारी वादको जन्म भयो । स्मरण रहोस २०५२ सालमा जनयुद्ध शुरु गर्ने कि नगर्ने विवादमा एकता केन्द्र फुटेको थियो भने जनयुद्धमा जानेले आफूलाई माओवादीमा रुपान्तरण गरयो भने जनयुद्धमा नजानेलाई विसर्जनवादी भनेर विल्ला लगाएको थियो भने जनयुद्धमा जानेहरुलाई नजानेहरुले फासीवादी सम्मको आरोप लगाएका थिए । जनयुद्धका दश वर्ष पश्चात शान्ति प्रकृया र संविधानसभाको चुनाव पश्चात माओवादी सवैभन्दा ठूलो पार्टी वनेपछि दुवै धार विसर्जनवादी र फासीवादी क्रान्तिकारी भएका छन् र एकिकृत माअेावादी पनि भएका छन् ।

२०२८ सालको झापा विाद्रोहलाई उग्रवामपन्थी भडकाव र दुश्शाहसवाद देख्ने संयूक्त मोर्चा र संयुक्त आन्दोलनको चर्चा गर्ने पुष्पलाल लाई गद्दार देख्नेहरु पनि एक पछि अर्को गर्दै क्रान्तिकारी हुन पुगे र ईतिहास पनि सच्याउने हदसम्म आई पुग्यो । अरु त अरु रायमाझी आयोगका दोषी भनिएका शाही कदमका समर्थक मात्रै हैन माओवादीलाई आततायी भन्न शिफारिस गर्ने शाही मन्त्री राधाकृष्ण मैनालीको माओवादी प्रवेशले पनि झापा विद्रोह एमालेको सुधारवाद शाही राष्ट्रवाद हुदै फेरि क्रान्तिकारी वन्न पुगेको अवस्था छ । यो परिघटनालाई जनयुद्ध र झापा विद्रोहको तार जोडिएको संज्ञा दिने कुरा पनि भएको थियो । यी परिघटनाले नेपाली क्रान्तिको सांगो पांगो विश्लेषण गर्न अझै हतार गर्न हुदैन भन्ने कुरा कै वलियो सन्देश दिने गर्दछ ।

लोकतन्त्रका कुरा गर्दा दिल्ली लाई श्रोत मान्ने र राष्ट्रियताको कुरा गर्दा दरवारलाई आदर्श मान्ने विगतको पचास वर्षको कम्यूनिष्ट ईतिहासलाई जनयुद्धले सच्याउन सकेकै कारणले मात्रै जनयुद्ध सफल भएको भनिएको थियो अव पनि यो सच्चाई सकिएको छैन । तर वेला वखत राष्ट्रियताको रक्षाकालागि पूर्व राजाहरुसंगको हिमचिम र दिल्लीसंगको युद्धको घोषणा गर्नु पर्ने तर्क वा लोकतन्त्र भन्दा भारतलाई नै आदर्श मान्ने र पूर्व राजाहरुसंग युद्धकै नीति अवलम्वन गर्नु पर्छ भन्ने दुवै तर्क देखा पर्ने गरेका छन् । पूच्छरवाद नेपाली क्रान्त्रिको मुख्य समस्या हो भने यो पूच्छरवादको अन्त स्वतन्त्र र मौलिक धार खडा गरेर मात्रै हुन्छ यो वा त्यो संग टासिएर हुदैन भन्ने कुरा जगजाहेर छ ।

फेरि यतिवेला लोकतन्त्र र राष्ट्रियता दलाल नोकरशाही पुजी र राष्ट्रिय पूजी वाह्य हस्तक्षेप र आन्तरिक उपनिवेश यी सवैको व्याख्या मौसमी हुन पुगेका छन् । सामन्तवाद र राष्ट्रियता एउटै वन्न पुग्दा गरेको गल्ती वेलावखतमा दोहोरिने गरेको छ । हामी अझै ईतिहासको कठघरामा छौं आग्रह र पुर्वाग्रहले हैन ठंडा दिमागले विश्लेषण नगर्ने हो र विचारमा स्पष्ट नहुने हो भने फेरि पनि दश वर्षे जनयुद्धले स्थापित गरेको स्वतन्त्र धार मौलिक धार भुत्ते हुने खतराका साथै जनयुद्धका उपलव्धी गुम्न कुनै आईतवार कुर्नै पर्दैन । समयले यही वताएको छ ।

वैदेशिक हस्तक्षेप यतिवेलाको मुख्य चासोको विषय हो । वैदेशिक हस्तक्षेप सोझै हुने गरेको छ कि स्वदेशी दलाल मार्फन भएको छ यो भने खुटयाउन जरुरी छ । हामी वैदेशिक हस्तक्षेपका विरुद्ध लडन देशभक्तहरुको मोर्चा वनाउने भनिरहेका छौ तर यसो गर्दा हामीले जसलाई देशभक्त भनेका छौं तिनै शक्तिहरु त विदेशी एजेण्ट वनेर हस्तक्षेपको चाजेापाजो त मिलाएका छैनन् अथवा हामी जो संग भिडने भनेका छौं वास्तवमा त्यही त हाम्रो मित्र त परेको छैन हेर्न वांकी छ । युद्ध जित्ने र हार्ने कुराको ठेगान शत्रुको पहिचान आफनो शक्तिको पनि पहिचान र उपयुक्त समयको छनोट जस्ता कुरामा निर्भर गर्ने गर्दछ । उखान छ तलाई हेर मलाई हेर वेला हेर । हामी त्यही विधिमा चुक्यौ भने नहार्नु पर्ने युद्ध हार्ने छौं र नजित्नु पर्नेले जित्नेछ । यो गल्ती हामीले गर्न हुने छैन । नेपाली क्रान्ति यतिवेला यही दोसाधमा उभिएको छ ।

नेपाली क्रान्तिको जग गुरिल्ला युद्धमा आधारित छ । छापामार रण कौशलले मात्रै सँन्ँँे शक्तिले ठूलो शक्तिलाई परास्त गर्न सक्छ । सानो शक्तिले ठूलो शक्तिलाई परास्त गर्न शत्रुको पहिचान शत्रुको शत्रुलाई मित्र वनाउने विधि र शत्रु मध्य पनि कमजोर शत्रुमाथिको पहिलो निशाना जित्ने ग्यारेण्टी गरेर मात्रै आक्रमण शत्रु मध्य पनि थोरैलाई मात्र शत्रु वनाउने अर्थात शत्रुको घेरा साघुरो पार्ने र मित्रको घेरा फराकिलो पार्ने जस्ता थुप्रै विधिहरुको अवलम्वन हामी गर्ने गर्दछौं यसैको परिणाम हामीले येा उपलव्धी हासिल गरेका हौं । जे विधिवाट उपलव्धी हासिल गरयौ त्यही विधिप्रति कृतघन भयौं भने प्राप्त उपलव्धी पनि घुम्ने खतरा रहन्छ । यो अहिलेको ज्वलन्त प्रश्न हो ।

यतिवेला हाम्रो पार्टी अलमलमा छ । जे पारित गरेको छ त्यसमा जमेर कार्यान्वयन गर्ने मन छैन । जे पारित भएको छैन त्यसमा वहस छ जे सुधारवादी भनिएको छ सम्पूर्ण समय त्यसमा खर्चिएको छ । व्यवहारमा एउटा लाईन वहसमा अर्को लाईन र दिमाग र कर्मममा अर्को लाईन परेर नेपाली क्रान्ति मझधारमा उभिएकोछ भनेर कसैले भन्यो भने गल्ती भन्यो भन्न सकिने अवस्था यतिवेला छैन । त्यसकारण यतिवेला शान्ति संविधान र आर्थिक सामाजिक रुपान्तरण हाम्रो मिशन हो तिसलाख जनताले दिएको मत त्यसकालागि हो भने हामीले त्यो नीति कार्यान्वयन गर्ने कुरामा कुनै कन्जुस्याई गर्न हुदैन । त्यसो हैन हाम्रो त माक्स्रवादले भनेको कुरा अर्कै हो भने तिसलाख जनतालाई राम्ररी सम्झाउन परयो जनताले वुझेको शान्ति संविधान र रुपान्तरण माक्स्रले भनेको भन्दा सुधारवादी भयो भने जनतलाई माक्स्र पढाउन परयो हैन जनताले दिएको जनादेश विद्रोह सत्ता कव्जा थियो भने दुई वर्ष संविधान सरकार र शान्तिमा अलमलिनु नै गल्ती थियो । हैन हिजो ठिकै थियो भने आज त्यसलाई निष्कर्षमा पुरयाउने प्रयत्न गर्नु कसरी गल्ती हुन्छ । वहस खुलेर गर्न जरुरी छ । हाम्रो मतले हामीले भनेको संविधान नवन्ने निश्चित छ त्यसकारण संविधान वनाउने कुराको वहस गर्नु भनेको दक्षिणपंथ हो भनेर भन्ने गरेको पनि सुनिएको छ त्यसो हो भने हाम्रो वुताले विद्रोह हुने र टिकाउन संभव छ यदि छ भने किन ढिला गर्ने हैन त्यस्तो अवस्था हैन भने वरु संभावना त संविधान वनाउने नै छ त्यसकालागि प्रयत्न किन नगर्ने यदि संविधान नवन्ने निश्चित हो भने आजै राजिनामा दिएर विद्रोहमा जाने आव्हान किन नगर्ने संविधान नवन्ने निश्चित भएकै हो भने यसो भएपछि पनि संविधानसभामा वसिरहनु संविधानसभाको हैसियतले प्राप्त हुने सवैखाले सुविधा लिईरहनु भत्ता खानकैलागि र गाडि चढनकैलागि वसिरहनु अर्को अवसरवाद हो के यो अवसरवादसंग लडन पर्दैन

हामीले नेपली क्रान्ति मौलिक तरिकाले हुन्छ भन्दै गर्दा भाईचारा पार्टीहरुले सुधारवादमा फस्न लागेको भनेर आलोचना गर्दा हामी जुन दमका साथ त्यसलाई प्रतिवाद गर्दथ्र्यौ खोई आज त्यो दम २१ औ शताव्दीको जनवादलाई एमालेको वहुदलिय जनवादको शंशोधनवादी जलप भनेर आलोचना गर्दा हामीले प्रचण्डपथको नया आयाम माक्स्रवादमा विकास भनेर जुन गर्वका साथ वहस गथ्र्यो खै आज त्यो उर्जा कार्यनैतिक लचकता र रणनैतिक दृढताको हतियार प्रचण्डपथको विशेषता भनेर हामी जति गर्व गथ्र्यो खै आज कहा गयो त्यो लचकता र दृढताको व्याख्या विसर्जनवाद र फासीवादवाट फेरि ग्रसित हुन थालेको त हैन

ठोस परिस्थितिको ठोस विश्लेषण माक्स्रवाद हो भने हाम्रो आजको ठोस परिस्थिति के हो हामी सामन्तवादको अन्त गरिसेको अवस्था हो भने निसन्देह हामी समाजवादी क्रान्तिमा लाग्न पर्छ त्यसकालागि पूजिवादी क्रान्ति सम्पन्न भैसकेको हुन जरुरी छ । नौलो जनवाद प्राप्त गरेको यो अवस्था हो भने समाजवादी क्रान्ति अवको वाटो हुन पर्दछ हैन नौलो जनवादी क्रान्ति वांकी छ भने हामी अझै पनि सामन्तवादसंग लडन वांकी छ । सामन्तवादसंग लडन पूजिवादसंग मिल्न जरुरी छ । त्यसकाण हामी सामन्तवादवाट मुलुकलाई मुक्त गर्ने अभियानमा छौै यसो हुदा सामन्तवाद नै यतिवेलाको मुख्य शत्रु हो र सामन्तवादसंग लडन पूजिवादलाई साथमा लिनै पर्दछ पूजिवाद र सामन्तवादसंग एकैसाथ लडेर कुनै पनि मुलुकले क्रान्ति सम्पन्न गरेको छैन र नेपालमा पनि त्यो गर्न सके त राम्रो हो तर वस्तुगत परिस्थितिले त्यो संभव देखाउदैन ।

नेपाली क्रान्तिको नेतृत्व माओवादीले नै गर्न पर्दछ । यसकालागि मालेमावाद र नेपाली धर्तिमा जन्मिएको विचार श्रृखला प्रचण्डपथ नै हो । यसकालागि वस्तुगत परिस्थितिको ठोस विश्लेषण जरुरी छ । यसो गरिरहदा नेपाल अर्ध सामन्तवादी समाजवाट पूजिवादमा फडको त मार्दै छ त्यसकालागि सामन्तवादको नाईके राजतन्त्रको मात्रै अन्त भएको छ यसका अवशेषहरुको अन्त भएको छैन । त्यसकारण सामन्तवाद सम्पूर्ण रुपले अन्त भएको भ्रम पालेर अवको प्रधान शत्रु पूजिवाद मन्ने गल्ति पक्कै गर्ने छैन । पूजिवाद प्रमुख शत्रु वने अवको मार्ग समाजवाद हुन पर्छ यसकालागि सामन्तवादसंग साठगाठ गर्न हुदैन किनकी सामन्तवादसंग साठगाठ गरेर समाजवाद हात लाग्दैन । तसर्थ सामन्तवाद समुल नष्ट नभएसम्म लडने उसै संग हो र उसंग लडदा पूजिवादीहरुको सहारा लिनै जरुरी छ । पूजिवादसंग लडने समाजवादी क्रान्तिको कुरा नगर्ने हो भने यस प्रकारको क्रान्त्ािको अर्थ पूजिवादका विरुद्ध सामन्तवाद पकाउने प्रतिक्रान्ति हुनेछ परिणाममा पुन सामन्तवाद फर्कने नै हुनेछ । नेपाली सन्दर्भमा अन्त भैसकेको राजतन्त्र फर्काउने नै कुरा हुनेछ । चुनवाड वैठकको महत्वपूर्ण उपलव्धी गुमाउने कुरा हुनेछ साथसाथै संविधानसभा र गणतन्त्रकालागि वलिदान गर्नेहरु प्रतिको ठूलो धोकाधडी पनि हुनेछ ।

अन्तमा आजको माक्स्रवाद आजको साम्राज्यवाद आजको वर्गहरुको रुपान्तरणको स्थिति र खास गरी मध्यम वर्गको उदय र क्रान्तिकालागि आवश्यक पर्ने शर्त र अवस्थाहरुको सिर्जनाकालागि तयार हुनै पर्ने पूर्वाधारहरुका आधारमा नेपाली क्रान्तिको मार्ग चित्र कोर्न जरुरी छ । दिर्घकालिन जनयुद्धको वाटो तय गरेर पनि अल्पकालिन विद्रोह गरे जसरी नै उपलव्धी हासिल भएका कारणले छिटटै क्रान्ति नै सम्पनन गर्न सकिने लालसा जाग्नु क्रान्तिप्रतिको ईमान्दार प्रयत्न सिवाय केही हुदैन भन्ने कुरा टुपाक अमारुहरुवाट पनि सिक्न पर्छ सगसंगै रिमसंग आवद्ध क्रान्तिकारीहरु जसरी क्रान्तिको माला मात्रै जप्ने कुरा पनि व्यर्थ हुन सक्दछ यिनै दोसाधाट क्रान्तिको मार्गचित्रको विकास गरौं आवेशमा आएर हैन आगेव मात्रै र आग्रह र चाहनाले मात्रै क्रान्ति हुदैन क्रान्तिकालागि विवेक र आवेगको संयोजन मिल्न जरुरी छ ।

Featured Post

Why presidential system?

We are in historical moment. After a six decade long struggle Nepal became able to have an election of Constituent Assembly. Issue of Consti...