Thursday, July 23, 2009
जनउत्तरदायी प्रशासन आजको आवश्यकता
जनउत्तरदायी प्रशासन आजको आवश्यकताखिमलाल देवकोटाथालनी राज्य संचालनको मुखय आधार प्रशासन हो यसले कस्तो भूमिका निर्वाह गर्छ भन्नेकुराका आधारमा त्यो राज्य कस्तो छ भन्ने पहिचान गरिन्छ अर्थात कुनै देशको परिचय त्यो देशको प्रशासनलुेदिने गर्दछ भनिन्छ। त्यो मुलुको संस्कार त्यो मुलुकको सरकार त्यो मुलुकको संस्कृति त्यो मुलुकको प्रशासनमा निर्भर गर्दछ पनि भनिन्छ अर्थात त्यो मुलुकको समग्र चरित्र त्यो मुलुकको प्रशासन यन्त्रमा भेटिन्छ भन्ने गरिन्छ । किन यतिका विाषयहरु प्रशासनयन्त्रमा जेाडने गरिन्छ किनकि प्रशासन यन्त्र भनेको राज्यको मेरुदण्ड हो । प्रशासनयन्त्र भनेको राज्यको स्थायी सरकार हो प्रशासन यन्त्र भनेको राज्य टिक्ने चल्ने र ढल्ने मुख्य आधार पनि हो । यतिका महत्व वोकेको प्रशासन यन्त्रका वारेमा काफी चर्चा हुन जरुरी छ । त्यसै धेयका साथ यो संक्षिप्त आलेखमा केही प्रकाश पार्ने जमर्को गरिएको छ । राज्य के हो प्रशासनको वारेमा चर्चा गर्नु अघि राज्यका वारेमा अवधारणा प्रष्ट हुन जरुरी छ । राज्यका वारेमा विविध धारणाहरु छन् संझौतावदीहरुले राज्य भनेको संझौताको उपज हो शासक र शासित विचको संझौता त्यही संझौतामा आधारित भै राज्य चल्दछ भन्ने भनाई पनि पाईन्छ भने राज्य भनेको रैतिहरुलाई कजाउने यन्त्र हो जहा दास र मालिक हुन्छन् एकथरी जन्मजात शासक हुन्छन् शासन गर्ने उनीहरुको अधिकार नै हो अर्काथरी शासित जो जन्मजात शासित हुने शासकको आदेश पालना गर्ने उसको कर्तव्य हुन आउछ । माक्स्रवादी मान्यतामा राज्य भनेको एक वर्गले अर्को वर्गमाथि अधिनायकत्व लादने निकाय हो । वर्गिय समाजमा एक वर्गले अर्को वर्गकालागि दवाउनकैलागि राज्य नामक संयन्त्रकोविकास गरिएको हो जसमा प्रशासन हुन्छ पुलिस हुन्छ अदालत हुन्छ यी सवै राज्यका साधनहरु हुन् । यही मान्यता वैज्ञानिक हो वर्गविहिन समाजको स्थापना हुनु अघि वर्गहरु हुन्छन्वर्गहरुका स्वार्थहरु एक आपसमा टकराउछन् तसर्थ त्यसको समाधानार्थ एक वर्गले अर्को वर्गलाई दमन अनिवार्य शर्त हुन्छ त्यसै आवश्यकतालई पूर्ति गर्नकालागि राज्यको कल्पनना गरिएको हो र राज्य हुदासाथ प्रशासन अनिवार्य नै हुन्छ । राज्यको। माक्संवादी परिभाषा ग्रहण गरिसके पछि प्रशासनयन्त्रको भूमिका यसको महत्व र आवश्यकता र यसको भूमिका समेतका वारेमा अनुमान गर्न सकिन्छ । जव राज्यको मुख्य आधार प्रशासन यन्त्र हो भने यसको भूमिकाले राज्यको स्वरुपमा नै वदलाव ल्याइदिन्छ । किनकि प्रशासन यन्त्र राज्यको नीति कार्यान्वयन गर्ने मुख्य साधन हो । यो स्थायी सरकार हो राजनैतिक सरकार आउछ जान्छ तर यो सरकार स्थायी रहन्छ । यसकारण यसको अनुहारमा सरकारको् अनुहार देखिन्छ । प्रशासनयन्त्र राज्यको नीति कार्यान्वयन गर्ने साधन भएका हुनाले यसको आफनै नीति हुदैन यसको आफनै नीति भयो भने यसले सरकारको नीति लागु पनि गर्दैन । त्यसकारण प्रशासनयन्त्र राज्यको नीतिलाई अक्षरस पालना गर्ने यन्त्र वन्न पर्दछ । जनमुखी चरित्र अनिवार्य शर्तकुनै पनि राज्यको स्वरुप जनमुखी भएन भने त्यो टिक्दैन भन्ने कुरा आजसम्मका ईतिहासले पुष्टि गरेको छ । यतिहुदाहुदै पनि जनविरोधी सरकार र राज्यहरु पनि विभिन्न भेष र वाहानामा टिक्ने गरेकाछन् टिक्ने प्रयत्न गरेकाछन् यो भने सत्य हो तर उ जस्तो सुकै भए पनि प्रशासन यन्त्र जनमुखी हुनै पर्छ किन भने जनतामा प्रत्यक्ष जोडिनेनिकाय भनेको सरकार हैन प्रशासन नै हो जनताले दुख पायो भने पहिलो आलोचक राज्य वा सरकार हैन प्रशासन यन्त्र नै हुने गर्दछ । जस पाउने हो भने पनि सरकाले भन्दा पहिला प्रशासनयन्त्रद्दले नै त्यो अवसर पाउनेछ । यसकारण प्रशासनयन्त्रको चरित्र जनमुखी हुन जरुरी छ । जनताको सेवक हुन जरुरी छप्रशासनयन्त्रको महत्वका हिसावले उ स्थायी सरकार हो उ जनतासंग जोडिन्छ राज्यको प्रतिनिधित्व पनि गर्छ पहिलो जस पाउने निकाय पनि त्यही हो यसो भन्दा प्रशासन यन्त्रले आफूलाई विस्रन्छ र उ आफै राज्य आफै सरकार र आफै शासक वन्ने गल्ती गर्छ र आफूलाई नै जनताको शासक संझने ठूलो मूर्खता गर्छ । तयसकारण प्रशासन यन्त्र र त्यसमा काम गर्नै हरु जनताका शासक हैनन जनताका सेवक हुन् भन्ने कुरा आत्मसात गर्न जरुरी छ । जनताको सेवक कसरी हुने भन्ने कुरा मुख्य कुरा हो । उसले आफूलाई प्रशासनयन्त्रमा रहेकै कारणले आफू अधिकारसम्पन्न भएको ठान्छ भने उ आफूलाई सुविधाग्राही ठान्छ भने राज्यले उपलव्त्रध गराएको सुविधाको व्यवस्थापन मात्रै उसको ध्यान हो भने उ कैल्यै जनताको सेवक हुनैसक्दैन । उसले ठान्न पर्छ उ जनताको सेवक हो उ जनताको सेवा गर्ने कर्तव्यवाट लैस छ जनताको सेवा गर्ने शर्तमा उसलाई राज्यले जिम्मा दिएको छ र राज्इले सुविधा पनि दिएको छ । जनताको सेवा गर्ने कर्तव्यवाट च्यूत भयो भने उसले ठूलो वेईमानी गरेको ठहर्छ भन्ने कुरा वुझन जरुरी छ । जनताको सहयोगी हुन जरुरी छ प्रशासन यन्त्र जनमुखी हुने भनेकै जनताको सहयोगी हुने भनेको हो राज्यले प्रशासनयन्त्रको सिर्जना आफनो नीति कार्यान्यन गर्न सहज होस भन्नकालागि गरेको हो । त्यसकारण राज्यको आफनो नीति कार्यान्वयन गर्ने कुरामा प्रशासन यन्त्रले सहजकर्ताको भूमिका निर्वाह गर्छ कि वाधा सिर्जना गर्ने भन्नेकुरा नैमुख्य हो । कैले काही जनताको काममा सहजकर्ताको हैन वाधा सिर्जना गर्ने आफनो अधिकारको पहिचानगराउन कोशिस गर्ने राज्य वा सरकारले हैन आफूले दिने आफनो हातमा सवैकुरा निहित छ भन्ने कुरा प्रदर्शन गर्ने यस्तो तरिका जनमुखी प्रशासनको विरुद्धमा हुन्छ । प्रशासनयन्त्र जनताको सहयोगी वन्नै पर्छ यदि त्यासो वनेन भने यसले आफूलाई राज्यको श्रोत साधन र सुविधा को उपयोग गर्न लायक वनाउदैन । राज्यको नीति वुझेको हुनपर्दछ प्रशासन यन्त्र नै यस्तो हतियार हो जस मार्फत नै जनताले आफनो अधिकारको वहाली गराउन पाउछन् । जनताले आफनो अधिकार प्राप्त गर्ने निकाय प्रशासनयन्त्र जसले राज्यको नीति वुझेकोहुन जरुरी छ नीति वुझेर मात्रै हुदैन सोनीतिको मर्म र भाव पनि वुझन जरुरी छ यो नीति किन आउन परयो भन्ने कुरा यसको पृष्ठभूमि पनि वुझन जरुरी छ यसले समाजमा पार्ने प्रभावका वारेमा पनि उ जानाकार हुनै पर्छ र यसले जनतालईदिने कुराका वारेमा पनि उ विज्ञ हुनैपर्छ । तव मात्रै उ साच्चैको राष्ट्र सेवक हुनेछ । स्थायी सरकारको भूमिका निर्वाह गर्न सक्षम हुनेछ । यसपछि मात्रै उसले जनताको सेवा गर्न सक्षम हुनेछ । तवमात्रै उ जनताप्रति उत्तरदायी हुन संभव हुनेछ । राज्यको नीतिको प्रतिरक्षा गर्ने पनि हुनुपर्छ प्रशासन यन्त्र राज्यको नीति लागु कर्ता मात्रै हैन उ त राज्यको नीतिको प्रतिरक्षा गर्ने कर्तापनि हो राज्यको नीतिको संरक्षणकर्ता पनि हो उसले सोनीति लागु गर्दाका वखत कुनै वाधा व्यवधान आई परेमा सोको प्रतिवाद गर्ने दायित्व पनि उसले। स्वीकार गर्नु पर्दछ । तव मात्रै उ जनताको नीतिको संरक्षणकर्ता हुन्छ । जनताप्रतिको उत्तरदायित्व प्रशासन यन्त्र कैलै काही आफूलाई शासक ठान्दछ । आफूलाई मालिक ठान्दछ आफू नै सरकार भएको भैम पनि पाल्दछ । यति गर्दा गर्दै पनि उसले आफू जनताको कामकालागि राखिएको भन्ने ठानेपनि हुन्थ्योत्योपनि विस्रन्छ अनि विडम्वना हुन्छ । उसले आर्फलाई नियुक्त गर्ने अधिकारी सम्झन्छ आफूलाई कारवाही र पुरस्कृतगर्ने अधिकारी सम्झन्छ र आफूलाई तलव दिने निकाय सम्झन्छ त्यसपछि उसले अरु सवै विस्रन्छ यतिवेला पनि विडम्वना आई पुग्छ उसले विस्रनै नहुने कुरा के हो भने उ जनताकोलागि हो उसले जनताकोलागि काम गर्नुपर्छ उसले खाने तलव जनताको करवाट उठेको हुरुन्छ र उसलाई नियक्त गर्नु पर्ने कारण पनि जनता नै हुनु अरु हैनन्भन्ने कुरा राम्ररी वुझन जरुरी छ । यति भयो भने मात्रै उ राज्यको नीति कार्यान्वयनको उपयुक्त स्थानमा रहनुको अर्थ हुन्छ अन्यथा उसले राष्ट्र सेवकको भूमिका प्राप्तगर्न सक्दैन । जनहितकारी भूमिका राष्ट्र सेवककले जनताकोलागि वाधा हैन जनताकाृ हित गर्ने जनतालाई सघाउने भूमिका निर्वाह गर्ने हुदै हो । यसका अतिरिक्त पनि सेवा ग्राहीहरुको आफनो कामको व्याख्या आफनो कामको आवश्यकता र आफनो कामको सम्वन्धका वारेमा पनि थप जानाकारी दिलाएर आफनो कर्तव्य पूरा गर्नु पर्दछ । अन्यथा उसले राष्ट्रसेवक हुनुको मर्म पूरा गरेको ठहरिदैन । आजको दुनियामा जनताप्रति उत्तरदायि प्रशासनको अभावमा राज्य लोकतान्त्रिक जनावदी हुनै सक्दैन । जनवादी र लोकतान्त्रिक त कुरै छाडौ सनकी शासकको ईच्छा पूरा गर्ने साधन पनि हुन सक्दैन त्यसैले अमेरिका जस्ता पूजिवादी मुलुकहरुमा पनि कर्मचारी प्रशासनमा स्पोईल सिष्टमको अवलम्वन त्यसैगरिएको होईन जहा राष्ट्रपतिको निर्वचनको परिणाम आउदा नआउदैनैतिकताका आधारमा आधा कर्मचारी वदलिन्छन् र नया नेतृत्वलाई आफनो भूमिका पूरा गर्न मार्ग प्रसस्तगरिदिन्छन् । यसले पनि के वताउछ भने जनताकोजनादेश प्रशासनयन्त्रले वोक्देन वुझदैन पनि जनताको जनादेश भनेकोृ राजनैतिक व्यक्तिले नै वोक्दछ राजनैतिक नेतृत्वको ईच्छालाई कार्यान्वयन गर्ने नै उसको कर्तव्य हुन्छ । यदि उक्त राजनैतिक नेतृत्वको ईच्छा पूरा गरेन भने उसले आफूलाई अलग गर्नुपर्छ भन्ने मान्यता प्रशासनमा पनि ग्रहण गरिन्छ । अन्तमा जनताको सेवामा आफनो भविश्य देख्ने जनताको सुविधानमा आफनो कार्यक्षमता देख्ने जनताको सन्तुष्टिमा आफनो प्रगति देख्ने जस्ता चरित्रहरु जनउत्तरदायी चरित्रहरु हुन् । आजको नेपाली सन्दर्भमा जनउत्तरदायि यिनै चरित्रले लैस प्रशासनयन्त्रको खांचो छ । राजनैतिक परिवर्तनको यो संघारमा आई पुग्दा सामन्ती राजतन्त्रले सिर्जना गरेको यथास्थ्िितवादी र प्रतिगामीहरुले प्रशिक्षित गरेको प्रशासन यन्त्रलाई नै लिएर जनउत्तरदायी सेवाको परिकल्पना संभव हुदैन । यतिवेलाको यो गंभिर चुनौति पनि हो यिनै चुनौतिहरुलाई सामना गरेर मात्रै समाज रुपान्तरण गर्न सकिन्छ सच्चाई यही नै हो । राष्ट्रसेवक केवल राष्ट्र सेवकमात्रै हैनन् उनीहरु कामकालागि पैसा तिरिएका सेवक पनि त हैनन् । उनीहरु पनि नागरिक हुन नागरिक हुनुको दायित्व पनि छ भन्ने वुझेर तदनुकुलको आचरण व्यवहार गर्न अनिवार्य छ । आफनै व्यवहार र आचरणले प्रचलन हरु वसाल्ने कुरा पनि हो । आफनै आचरण र व्यवहारले पुराना प्रचलनहरु हटाउदै जाने पनि हो भन्ने कुरालाई आत्मसात गर्दै आफूलाई सही अर्थको राष्ट्रसेवक प्रमाणित गरेर जनताप्रति उत्तरदायी सावित गरेर मात्रै आफू राष्ट्र सेवक हुनुको दायित्व पूरा गरेको ठहर्छ ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
Why presidential system?
We are in historical moment. After a six decade long struggle Nepal became able to have an election of Constituent Assembly. Issue of Consti...
-
SECURITY SECTOR REFORM Democratization of Nepal Army By Hari Krishna Devkota Submitted to Nepal Transitio...
-
1 Single and open fact: Medical debt is an especially notable phenomenon in the United states the US being the world's only develope...
No comments:
Post a Comment