Tuesday, April 20, 2021

कोल्टे फेरिएको राजनीति

कोल्टे फेरिएको राजनीति: यतिबेला राजनीति कोल्टे फेरिएको छ । सत्तामा भएकाहरूलाई सत्तामा हुनुको कुनै स्वाद छैन, उता सडकमा भएकाहरूलाई भोलि नै सत्ताधारी होइने लालसाले गाँजेको छ । आन्तरिक रूपमा राजनीति कोल्टे फेरेको फे¥यै छ । यो केवल घरेलु राजनीतिको मात्रै पटकथा हैन । विश्व राजनीतिको सामान्य बाछिटा हो । यसै विषयमा समसामयिक राजनीतिको संक्षिप्त आकलन गर्ने यो आलेखको ध्येय रहेको छ । अमेरिकामा ४६ राष्ट्रपतिमध्ये जम्मा तेह्रजनाले बाहेक दोस्रो अवधिमा पराजय भोगी एक अवधिमा नै ह्वाइट हाउसको दरबार छोड्न प¥यो । उता भ्लादिमिर पुटिन भने सन् १९९९ देखि अकण्टक सत्ताको शिखरमा आसीन हुनुहुन्छ । र अझै दुई कार्यकालका लागि कायम रहने लालसा व्यक्त गर्नुभएको छ । उता जर्मन चान्सलर एङ्गेला मर्केलले लगातार दुई दशक लामो सत्ताको नेतृत्व गर्नुभयो । ७० पुग्न लागेका सि जिन पिड झण्डै एक दशकदेखि सर्वोच्च नेताका रूपमा एक दार्शनिकका रूपमा विकासका लागि एक विश्वदृष्टिकोण निर्माताका रूपमा आफूलाई परिचित गराउनुभयो । लामो समय शासनको बागडोर समाल्नेहरूले कुनै न कुनै पहिचान बनाएर आफू र आफ्नो मुलुकलाई विश्वसामु चिनाएका छन् ।

Sunday, April 18, 2021

कोल्टे फेरिएको राजनीति

 कोल्टे फेरिएको राजनीति

खिमलाल देवकोटा, वरिष्ठ  अधिवक्ता


यतिवेला राजनीतिमा कोल्टे फेरिएको छ । सत्तामा भएकाहरुलाई सत्तामा हुनुको कुनै स्वाद छैन कतिवेला सत्ता ढल्ने हो ठेगान छैन उता सडकमा भएकाहरु भोलि नै सत्ताधारी होईने लालसाले गाँजेको छ । आन्तरिक रुपमा राजनीति कोल्टे फेरेको फेरेई छ । तर यो केवल घरेलु राजनीतिको मात्रै कथा हैन । विश्व राजनीतिको सामान्य वाछिटा हो । यसै विषयमा समसामयिक राजनीतिको संक्षिप्त आँकलन गर्ने यो आलेखको धेय रहेको छ ।

अमेरिकामा छयालिस राष्ट्रपतिमध्य जम्मा नौजनाले दोश्रो अवधिमा पराजय भोगी एक अवधिमा नै ह्वाईट हाउसको दरवार छोडन परयो । उता भ्लादिमिर पुटिन भने सन १९९९ देखि अकण्टक सत्ताको शिखरमा आशिन छन् र अझै दुई कार्यकालकालागि कायम रहने लालसा व्यक्त गरेकाछन् । उता जर्मन चान्सलर एँगेला मर्केल लगातार दुई दशक लामो सत्ताको नेतृत्व गरिन् । सत्तरी पुग्नलागेका सि जिन पिड झण्डै एक दशकदेखि सर्वोच्च नेताका रुपमा एक दार्शनिकका रुपमा विकासकालागि एक विश्वदृष्टिकोण निर्माताका रुपमा आफुलाई परिचित गराए । लामो समय शासनको वागडोर समाल्नेहरुले कुनै न कुनै पहिचान वनाएर आफुलाई र आफनो मुलुकलाई विश्व सामु चिनाए । राजनेताले अर्को पुस्ताको वारेमा चिन्तन गर्छ, नेताले अर्को चुनावसम्मकालागि चिन्तन गर्छ । तर न नेता न राजनेता वरु खलनायकहरुले आफु आफनो परिवार वा गुट वाहेक अरु सवैलाई शत्रु,वुद्धु,ग्वँवार वा यस्तै यस्तै उपनामवाट कटाक्ष गर्ने काम गर्दछ । कुनै वेला विश्व राजनीतिको केन्द्र अमेरिका युद्ध निर्यात गर्दथ्यो । यही प्रकृयामा ईराक ईरान वार, अमेरिका ईराक वार, अफगानिस्तान वार जस्ता अनेकन वारहरु अमेरिकाका फस्टाउदा व्यवसाय वनेका थिए । कालान्तरमा आफगानिस्तानमा जुन सरकारलाई अवदस्त गरी तिनका विरुद्ध वार एगेन्स्ट टेरोरको नाममा युद्ध छेडेको थियो झण्डै एक दशक मात्रै पछि तिनै आतंकवादीहरुसंग अमेरिकाले वार्ता गर्ने र वैधानिक सत्ताले वार्ताको शर्तहरु मानिदिन पर्ने अवस्थामा पुरायो भने सिरियाका विद्रोहीहरुलाई अमेरिकी साथ र समर्थनमा वैधानिक सिरियाली सत्ता थर्कमान हुन पर्ने अवस्था आई लागेका छ । कुनै वेला चीन अमेरिकाको शत्रु थियो । युद्धको घोषणा कुनै पनि वेला हुन सक्ने आँकलन गरिएको थियो । कोरोनाको फैलावटका कारण अमेरिका थला परयो । चीन देश भित्र कोरोना नियन्त्रण गर्दै विश्वभर कोरोना विरुद्ध लडने सामागी्रहरुको उत्पादन सहित भ्याक्सिन उत्पादन र निर्यात गर्नमा व्यस्त रहयो । तव यो तनाव केही समयकालागि मत्थर भयो । फेरि पनि चीन पहिलो अर्थतन्त्र हुने दौडमा भएका कारणले व्यापारमा परिणत भएको राजनीति अव चीनको हातमा जाने खतरावाट तर्सिएर चीन विरोधी विश्व अमेरिकी धुरीमा अरु राष्ट्रहरु वलात टासिन पुगेको आजको अवस्था हो । संसारभर घाम नअस्ताउने देशका रुपमा चिनिने वेलायत आज युरोपियन युनियनवाट छुटिटएर अमेरिकाको सहयोगी वन्न विन्तीपत्र हाल्ने अवस्थामा पुगेको छ । विचका दोक्ला राष्ट्रहरु चीन र अमेरिका दुवैवाट दोहन गर्ने र आफनो स्वार्थ अनुकुल धुरी समात्ने प्रवृत्ति देखा परेको छ । विश्व राजनीतिमा फेरिएको यो कोल्टे कहा पुगेर विसाई मार्ने हो र यसका वाछिटाहरु साना मुलुकहरुमा के र कस्तो पर्ने हो कसैले आँकलन गरेको पाईदैन ।

नेपाल शित युद्धका वेला पनि असंलग्न राष्ट्रका रुपमा आफनो छवी वनाएर वस्यो । पछिल्लो चरण असंलग्न आन्दोलनको नेतृत्व र पहलकर्ताको रुपमा पनि भुमिका निर्वाह गरयो । त्यो अवधिमा यसले मुलुकलाई कति फाईदा गरयो भन्ने वारेमा लेखा जोखा हुन वाँकी नै होला । तर भयानक पहिलो र दोश्रो विश्व युद्धका वखत नेपालीहरु युद्धमा सामेल भए पनि नेपाल देश आफै भने कसैको पक्ष वा विपक्षमा रहेन । त्यसैका कारण नेपाल कसैको उपनिवेश रहेन भन्ने गरिन्छ । भाडाको सिपाही सरी भारतीय र वेलायती सेनामा सहभागी भएर भारत र वेलायतका पक्षमा र अरु कुनै नेपालको दौत्य सम्वन्ध भएको राष्ट्रका विपक्षमा लडेको , लडने गरेको र आजपर्यत्न पनि त्यो स्थितिमा अन्तर नआएको तथ्यले भने वारम्वार सत्ताको वागडोर समाल्नेहरुलाई गिज्याउन पर्ने हो । कुनै वेला संयुक्त राष्ट्रसंघको पुनरसंरचना हुदा, सोको स्थायी सदस्यहरु थपिदा , सो थपिएको सिटमा भारतले उम्मेदवारी दिदा नेपालले भारतको पक्षमा मतदान गर्नेछ भन्ने दस्तावेजमा हस्ताक्षर गर्ने प्रधानमन्त्री पनि हामीसंगै हुनुहुन्छ भने श्रीलंकाको विरुद्धमा राष्ट्रसंघमा मतदान हुदा दक्षिण एशियाली मुलुक सवैले र उत्तरी छिमेकी मुलुकले विपक्षमा मतदान गर्दा सार्क मध्यकै एक मुलुक भारतले अनुपस्थिति जनाउदा भारतकै पछि लागेर नेपाल पनि अनुपस्थित भै सार्क राष्ट्रको अध्यक्ष मुलुक अरु सवै राष्ट्रका विरुद्धमा र चीनका विरुद्धमा र भारतका पक्षमा आफुलाई खडा गर्ने काम गर्दा न नेपालको असंलग्न र तटस्थ नीतिको वचाउ भयो न चीन र भारतका विचमा समान सम्वन्ध कायम राख्ने नेपालको संविधानको परिकल्पना मुताविक राष्ट्र हितका पक्षमा काम भयो भन्न सकिएला । यति हुदा पनि राजनीतिले कोल्टे फेरेको औपचारिक घोषणा छैन । राष्ट्रवादको पहिचान वनाएको नेपाली जनमतले थाह पाएको छैन वा वास्ता गरेको छैन वा उ पनि फेरिएको हो भन्न सकिने अवस्थामा छैन । अझ नेपालको विडम्वना त के रहयो भने जसलाई समर्थन गरयो उसले त्यसलाई समर्थन नठान्ने वरु रणनीति ठान्ने । जसले समर्थन प्राप्त गर्न सकेन उसले विरोधी ठान्ने कुरा त सोझै वुमिmने कुरा भयो । यसो गर्दा नेपालको पक्षधरताले वैधता र सहुलियत नपाउने उल्टो विरोधी कमाउने कुटनीति हालैका दिनहरुमा देखा पर्ने गरेको छ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एम सि सि) नेपाली चासोको विषय वन्न नसक्ने वरु अमेरिकी र भारतीय चासो वन्ने । अनि कुनै मुलुकका खुविया एजेन्सीसंग नेपालले संझौता गरेको भन्ने दस्तावेजहरु सार्वजनिक हुने सम्मका घटना क्रमहरुले राजनीति केवल कोल्टे मात्रै फेरेको छैन । यसले काँध नै फेरेको छ भन्ने आँकलन गर्न सकिन्छ ।

अवको भुमिका के भन्ने कुरा नै सर्वाधिक महत्वको विषय हो । विगत विगत नै त्यसवाट पाठ सिक्ने हो भविश्य अनिश्चित छ त्यसप्रति पनि धेरै चिन्ता गर्ने हैन तर वर्तमान सवैभन्दा महत्वको घडी हो यो अवधिमा गर्ने निर्णयले भविश्यलाई दिशा निर्देश समेत गर्दछ भन्ने भनाईमा विश्वास गर्ने हो भने नेपालले आफनो संविधानमा लेखे मुताविकको आसंलग्न परराष्ट्र नीति र छिमेकीहरुसंगको समदुरीको नीति नै कामय गर्नुको विकल्प छैन । उत्तर र दक्षिणका दुई छिमेकी मध्य एकले गरेको प्रस्तावको पक्ष र अर्कोको प्रस्तावको विपक्षमा उभिने र अन्तराष्ट्रिय मन्चमा एकाको विरुद्ध अर्कोको पक्षमा खुलेआम लाग्ने कुराले नेपालको परराष्ट्र नीतिको उलंघन त हुदै हो संविधानको उलंघन हुने प्रष्ट छ । संविधानको उलंघन हुदै जादा कालान्तरमा मुलुक छिमेकीहरुको दवदवामा पर्ने अनावश्यक दवावमा पर्ने र अनावश्यक हस्तक्षेपलाई आमन्त्रण गर्ने कामको थालनी हुनेछ भन्ने कुरामा कुनै द्धिविधा छैन । भारत र पाकिस्तान दुवै नेपालको दौत्य सम्वन्ध कायम भएका देशहरु मात्रै नभएर सार्क राष्ट्रका सदस्यहरु पनि हुन । नेपालीहरु भारतीय सेनामा कार्यरत छन् । उनीहरु पकिस्तानका विरुद्धको लडाईमा अग्रमोर्चामा खटिने गर्दछन् । भारतीय भुमिका रक्षाकालागि हरेक पटक वलिदान गर्न वाध्य छन् । अनि नेपाल स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न राष्ट्र भन्ने पहिचानको के अर्थ हुन्छ । दोक्लाम युद्धमा भारत र चीनको लडाई जारी छ कुनै पनि वेला त्यो भडिकन सक्ने खतरामा छ । यहा पनि भारतीय सेनामा कार्यरत नेपालीहरुलाई चीनका विरुद्ध लडाउने भारतको चाहना प्रष्ट वुझिन्छ । यतिवेला चीनले नेपाली जवान वा नेपाल माथि नै आक्रमण गरेमा नगर भन्ने नैतिक हिम्मत नेपाल सरकारले कहाँनेर वाँकी राखेको छ ? यस्तो संवेदनशिल मामलामा नेपाल सरकारले आफनो दायित्व वोध गर्न पर्छ कि पर्दैन ? प्रश्न उठन सक्छ यो अवस्था आजको हैन । हिजैको होला तर राष्ट्रको वाग्डोर समाले पनि राष्ट्रवादको पगरी गुथेपछि यी कुरा गर्न पर्दैन भन्ने कहि कतै छ र ? अर्को प्रश्न पनि उठन सक्छ हिजो के हेरेर वसेको त ? हो हिजो भन्दा आज फरक हो भन्ने दावा गर्ने हो भने हिजो गर्न नसकेका सवै काम आज गर्न पर्छ । आज ती काम भैदिउन भन्ने अपेक्षा पनि जनताले गरेका छन् भन्ने कुरा पनि साँचो हो । यति कुरा गर्न सकिएन भने फेरि पनि जुन जोगी आए कानै चिरेका भन्ने उखान फेरि चरितार्थ हुनेछ । भाषण र देशवासीका नामका सन्देशहरु ए तो कहनेका वात है न करनेका नही भन्ने पनि सावित हुनेछ । आगे हाकिम कै मर्जी ।

2078-01-04


Tuesday, April 6, 2021

नेतृत्वको निर्माण र क्षयीकरण

नेतृत्वको निर्माण र क्षयीकरण: पार्टीहरू यतिबेला तीव्र निर्माण र विनिर्माणको प्रक्रियाबाट गुज्रिएका छन् । पार्टी मानिसको जीवनका लागि कि पार्टीका लागि जीवन भन्ने मामलामा धेरै अगाडिदेखि नै टुङ्गो लागेको विषय हो । पार्टी मानव जीवनका लागि हो, मानव कल्याण र मानव हितका लागि हो भन्ने निष्कर्ष हो । त्यसो हो भने पार्टी नेतृत्व मानव समाज र कल्याणका लागि हो । राजनीतिक नेतृत्व विद्यमान समाजको परिवर्तन गर्ने र परिवर्तित समाजको नेतृत्व गर्ने कार्यकारण सम्बन्ध नै समाज र नेतृत्वका बीचको सम्बन्धको सही परिभाषा हो । यसै मान्यतामा आधारित भएर यतिबेला विश्व मानव समाजदेखि नेपाली समाजसम्म र विश्व राजनीतिक नेतृत्वदेखि नेपाली राजनीतिसम्म निर्माण र विनिर्माणको चक्रव्युहमा फसेको छ । यसै सन्दर्भमा नेपाली परिवेशमा सीमित रहेर नेतृत्वको सङ्कट र अपेक्षाका विषयमा केन्द्रित रही यो आलेख तयार गरिएको छ ।

Featured Post

Why presidential system?

We are in historical moment. After a six decade long struggle Nepal became able to have an election of Constituent Assembly. Issue of Consti...