Monday, July 27, 2009

संकमणकालिन राजनीतिको जटिलता र यसको भविश्य
खिमलाल देवकोटा



थालनी
संक्रमणकाल आफैमा पिडादायक अवधि हो । यसले नहासको चाल न बकुल्लाको चालको अवस्थामा गुज्रन सवैलाई वाध्य पार्छ । यो कटु सत्य हो । यति हुदा हुदै पनि संक्रमणकाल केवल चुनौतिको काल मात्रै हैन यो अवसर पनि वन्न सक्छ र यो अवसरलाई उपयुक्त ढंगले समायोजन गर्न सकिएन भने त्यो अवसर समस्या वनेर आउने संभावना प्रवल वन्दछ । यही समस्या र चुनौति वीचको द्धन्दमा सही विश्लेषण सहितको सही निर्णयले मात्रै यसको वैज्ञानिक र वस्तुवादी व्यवस्थापन गर्न सक्दछ ।

विषय प्रवेश
मुलभूत रुपमा उक्त मान्यताका आधारमा संक्रमणकालको वारेमा बुझाईमा एक रुपता व्यवस्थापनमा दृढता र उपयोगमा अग्रगामी क्रान्तिकारित यतिवेलाका मुख्य विषय हुन् । संक्रमणकाललाई सही ढंगले रुपान्तरण गर्न नसक्ने मुलुकहरु ीकत अनन्त युद्धमा फसेका छन् कि त विभाजनको संघारमा पुगेका छन् कि त असफल राष्ट्रको सूचिमा परेकाछन् यो कटु यथार्थ हो । त्यसकारण यो अवधिको सदुपयोग गर्न जान्दा र जनान्दा के परिणाम आउन सक्छ भन्ने कुरा एकातर्फ छैदैछ त्यस अघि यसले के परिणाम ल्याउन सक्ला वा तत्सम्वन्धमा के अवस्थाको सिर्जना हुन सक्ला भनेर सही आंकलन गर्न पर्ने नै हुन्छ । त्यसै गरीे त्यसलाई सकारात्मक मोड दिन पनि भगिरथ प्रयत्न गर्नै पर्दछ । त्यसकानिम्ति निम्न कुरामा ध्यान दिन उपयुक्त हुने ठान्दछु ।

पहिलो
संक्रमणकाल नया संभावनाहरुको ढोका खोल्ने अवसरका रुपमा देखा पर्न सक्छ । के अनुमान गरिएको हुन्छ भने संक्रमणकालले पुराना मान्यताहरुलाई भत्काईदिएको हुन्छ । पुराना आग्रह र पूर्वाग्रह मेटिएका हुन्छन् । नया मान्यताको तिव्रतामा माग भएको हुन्छ । नया छितिज खोलिएको हुन्छ । नया संभावनाले प्रवेश पाउने हुदा जताततै नया विषयको सूचना संचार भएको हुन्छ । यो उत्साहको खवरले नया संभावनालाई डोहोरयाउने र समाज रुपान्तरणले गनि लिने हिजोको सवै दुगुर्णहरु विसर्िने हिजोका गल्तीहरु न्ादोहोरयाउने कुराको प्रतिवद्धता दृढतापूर्वक व्यक्त गर्दै जाने अवस्थाको सिर्जना हुन्छ । मानिसहरु सवै नया उत्साह र उमंगका साथ नया परिवेशमा आफुलाई समायेाजन गर्ने प्रकृयामा उत्साहपूर्वक सहभागी वनाएको हुन्छ । त्यसकारण संक्रमणकालले संभावनाहरुको आधी वेहेरी ल्याईदिन्छ ।

दोश्रो
संक्रमणकाल नया जनादेशको प्रतिविम्व पनि हो । नया जनादेश नया कार्यशैली नया तौर तरिका यसका मुख्य विशेषताहरु हुन् । सवै नया वनाउन कोशिस गर्दा कतिपय अवस्थामा नयाको रट त लगाई रहने तर नया के हो भन्ने कुराको ज्ञानको अभाव खटिकरहने संभावना पनि त्यतिकै हुन्छ यस्तो पिडादायक अवस्थावाट पार पाउन नयाले उपाय निकाल्न नसक्ने पुरानाले आफनो आदत नछाडने अवस्थाको वीचवाट गुज्रन पर्दा यसले कुल योगमा परिणाम सकारात्मक नदिने खतरा पनि आई पर्ने संभावना त्यतिकै छ जसले यथास्थितिमा रुमलेर नेपाली समाजलाई क्रान्तिकारी रुपान्तरण हुनवाट रोक्ने प्रयत्न गर्न सक्दछ ।

तेाश्रो
संक्रमणकाल सवै संभावनाहरुको काल खण्ड पनि हो परिवर्तनको संभावना जति हुन्छ पछि फर्किने संभावना पनि त्यतिकै हुन्छ अर्थात अग्रगमन र प्रतिगमनको तिव्र संघर्ष यो काल खण्डमा हुने गर्दछ । नया परिवर्तनकामीहरु आफनो कारणले प्राप्त परिवर्तन भएकाले आफू अनुकुल हिडाउने कोशिस गर्नेछन् भने आफनो सत्ता खोसिएकाहरु कुनै पनि वहानामा पुनप्राप्त गर्न सकिने झिनै भए पनि आशामा प्रतिवद्ध हुने गर्दछन् । मौका पर्नासाथ प्रतिगामीहरुले आफनो गुमेको सत्ता पुन प्राप्त गर्नकालागि अहोरात्र प्रयत्न गर्ने नै छन् । यो प्रयत्न फेरि कतै पुनरमुसिको भवः भन्ने अवस्थामा नपुरयाओस भन्ने तर्फ पनि हामी सचेत हुन जरुरी छ । प्रतिगमनको खतरा संक्रमणकालमा सदा रहीरहन्छ यसतर्फको सचेतता अपनाउनु त्यसप्रति आफनो् योजनाहरु निर्माण गर्नु अग्रगमनकारी क्रान्तिकारीहरुको प्राथमिक कर्तव्य नै हो ।

च्ौाथो
संक्रमणकालको अर्को खतरा भनेको तरल राजनीतिका कारणले अराजकतावादीहरुले मौकाको फाईदा उठाउने र त्यसले निकाल्ने परिणामलाई सामना गर्न नसक्ने अवस्था सिर्जना गर्ने कुरा मुख्य हो । धमिलो पानीमा माछा मार्ने अवस्थाको सिर्जना यतिवेला अराजकतावादीहरुपरिवर्तन नचाहनेहरु र समाजलाई पुरानै अवस्थामा फर्काउन चाहनेहरुवाट हुने संभावना छ । यसवाट मुलुकलाई जोगाउने जिम्मा परवर्तन चाहने अग्रगामी र क्रान्तिकारीहरु कै हो । यस विषयम चुकियो भने पनि संक्रमणकाललाई अवसरका रुपमा ग्रहण गर्न सकिने छैन । यसतर्फ पनि क्रान्तिकारीहरुको दायित्व रहने गर्दछ ।

प्ााचौ
संक्रमणकालको अर्को खतरा भनेको वैदशिक चलखेल हो । वैदेशिक चलखेल त्यो पनि संक्रमणकालिन अवस्थामा अत्यन्त खतरनाक वन्न सक्दछ । विदेशी शक्ति केन्द्रहरुका आ आफनै ऐजेण्डा हुने गर्दछन् । उनीहरु आफनो ऐजेण्डा पुरा गर्नकालागि तदनुकुलको वातावरण तयार गर्ने दिशामा तल्लिन हुने गर्दछन् । यस कुराले मुलुक अस्थिर हुनुका साथसाथै अराजकता असन्तुष्टि र आफनो खास पहिचान र मिशनका अभावमा सो राष्ट्र नै असफल हुने खतरा पनि त्यतिकै रहनसक्छ । यस तर्फ पनि गंभिर रुपमा ध्यान दिन सकिएन भने क्रान्तिकारी रुपान्तरण धरापमा पर्न सक्छ । क्रान्तिका उपलव्धीहरुको पूजिकरण गर्ने सुनौलो अवसर पनि गुम्न सक्छ । यस तर्फ पनि अग्रगमनकारी क्रान्तिकारीहरुको ध्यान जान जरुरी छ ।

अन्तमा
संक्रमणकाल चुनौति र अवसर दुवै हो । चुनौति केवल चुनौति कै अवस्थामा रहीरहने त्यसले आफनो मार्ग परिवर्तन नगर्ने अवस्था रह्यो भने अवसर अवसरकै रुपमा रहने र त्यसले पनि गति लिने अवस्था आयो भने ठूलो परिवर्तन पश्चात पनि यो रुपमा जे सुकै देखिए पनि सारमा यथास्थितिको नै पक्षपोषण गर्दछ । विद्यामान चुनौतिहरुलाई सामना गर्दै चुनौतिहरु ज्हा छन् त्यही रोक्दै प्राप्त अवसरहरुलाई पुजिकृत गर्दै अगाडि वढन सकियो भने यसले क्रान्तिकारी रुपान्तरणलाई मार्ग प्रशस्त गर्दछ । चुनौतिलाई अवसरमा परिणत गर्न सकियो भने संक्रमणकाल अग्रगामी र क्रान्तिकारी छलाडको दिशामा मोडिन्छ । लामो समयदेखिको समाज विकासको गत्यारोध अन्त हुन सक्दछ । यसो गर्न सकिएन भने फेरि निरन्तर क्रान्तिको सिद्दान्तलाई दह्रो संग पक्रदै अघि वढनुको विकल्प छैन तर क्रान्तिको पनि पुनरावृत्ति हुदैन । केवल जानेमानेको वाटो मात्रै हिडने कोशिस गरियो भने त्यो पनि अग्रगमन हुन सक्दैन । वरु क्रान्तिकारी प्रतिगमन हुनेछ । विद्यामान परिस्थितिको सही आकलन गरेर यही धर्ति र यही धरातलमा टेकेर प्राप्त भएका उपलव्धीहरुको जगेर्ना गर्दै अघि वढनुको विकल्प छैन । लडनु बहादुर हुनु एउटा कुरा हो तर समाज रुपान्तरणमा त्यसको उल्लेख्य भूमिका हुनु अर्को कुरा मात्रै हैन महत्वपूर्ण कुरा पनि हो । सही विश्लेषणका आधारमा सही निष्कर्ष निकाल्ने र सो निष्कर्षमा विश्वस्त नेतृत्वको टिमले कार्यकर्ता मात्रै नभएर वहुसंख्यक जनतालाई नै आस्वश्त पार्न सके मात्रै क्रान्तिको भविश्य जोगाउन सकिन्छ अनि पुष्टि पनि हुनेछ कि यसरी मात्रै भावी क्रान्तिको नेतृत्व गर्न सकिन्छ । <

No comments:

Featured Post

Why presidential system?

We are in historical moment. After a six decade long struggle Nepal became able to have an election of Constituent Assembly. Issue of Consti...