Friday, June 23, 2023

नागरिकले नागरिकता पाउने कुरामा कसैले दुख मनाउ गर्न पर्दैन अनागरिकले नागरिकता लिएमा उजुर गरौ खारेज गराउ त्यो व्यवस्थाको पनि उपयोग गरौ

 


आखिर आमाको नामवाट नागरिकता दिने कुरा अन्तरिम संविधान २०६३ ले नै प्रष्ट गरेको थियो । जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिनै पर्ने थियो । गैर आवासीय नेपाली नागरिकलाइ संविधानले तोके वमोजिम नागरिकता दिनै पर्ने थियो । नया संविधानमा संघीय कानुन वमोजिम भनेका कारणले यो नागरिकता ऐन वन्न जरुरी थियो । त्यसो त अरु सवै ऐनलाई संविधानसंग वाझिएको हकमा वाहेक संघीय कानुन मानेर काम चलाएकै थियो नागरिकतामा राजनीति गर्नृ थियो त्यसैले अन्तरिम संविधान जारी भएको झण्डै १८ वर्ष भयो आमाका नामवाट नागरिकता दिने कुरा एक समानताको हकको कुरा थियो महिला अधिकार स्थापित गर्ने कुरा थियो । आमालाई अधिकार सम्पन्न वनाउने कुरा थियो तर दुर्भाग्यवश राष्ट्रपतिको पदको दुरुपयोग र अदालतको समेत दुरुपयोग गर्दै आजसम्म रोकियो । गैर आवासीय नागरिकता पनि संविधान जारी भएको मिति देखि नै दिन पर्ने थियो तर आजसम्म नदिए वापत राज्यले क्षतिपुर्ति दिन पर्छ समेत भनेको थिए । तर आज अनाहकमा राजनीति गर्नेहरुको चेहरा उदांगो भएको छ । संविधानको कार्यान्वयन हुने अवस्थाको सिर्जना भएको छ । संविधानमा लेखिए वमोजिमको नागरिकताको प्राव्धान लागु हुने भएको छ । यसमा कसैले दुख मान्न पर्ने कुरा छैन । नागरिकतावाट वंचित हुनुहुनेहरुले नागरिकता पाउने भएकाले खुशी मनाउने कुरा छ । संविधानका पक्षधर सवैले संविधान कार्यान्वयन भएकोमा खुशी मनाउन राम्रै होला । आयन्दा यस्ता मामलामा सस्तो राजनीति कसैले पनि नगर्ने कि ?

Monday, June 19, 2023

समाजवादी माेर्चा नेपाललाइ वधाइ


समाजवाद चाहनेहरूकालागि खुशीकाे खवर नेपालमा समाजवादी माेर्चा नेपालकाे घाेषणा भएकाे छ । यद्पि नेपालकाे संविधान घाेषणा भएकाे ८ वर्ष पछि याे माेर्चा गठन भएकाे छ । नेपालकाे संविधानले समाजवाद उन्मुख राज्य व्यवस्था र समाजवादी अर्थतन्त्रकाे अाधार तयार गर्ने कुरा गरेकाे छ । संविधानकाे याे मर्म पुरा गर्न याे माेर्चालाइ सफलता मिलाेस अाजका दिनमा  दिने सुभकामना यही नै हुनेछ । याे माेर्चा समाजवादकाे दिशामा  विमुख हुनेहरूकालागि चुनाैति र समाजवादीहरूकालागि अवसरकाे संयन्त्र वन्ने छ । यसै माेर्चाका माध्यमवाट समाजवादी यात्रा नजिकिनेछ । दलाल पुजिवादीहरूकालागि याे माेर्चा भारी पर्नेछ । समाजवादीहरूकालागि सहारा वन्ने छ ।

Featured Post

Why presidential system?

We are in historical moment. After a six decade long struggle Nepal became able to have an election of Constituent Assembly. Issue of Consti...