Wednesday, December 12, 2012

सरकारका सफलता वारे




बाबुराम भटटराई नेतृत्वको सरकारले आफना सय दिन पार गरेको छ । यस पछि यो सरकारका वारेमा समिक्षा गर्न थालिएको छ । यद्यपि सरकारका सय दिनको समिक्षा गर्ने कुरा संसदीय प्रणालीको मान्यता हो सय दिनलाई मधुमासको संज्ञा दिने सो अवधिभर विपक्षीले पनि विारेध नगर्ने र सरकारले पनि आफनोयोजना मुताविक आफना कार्ययोजनाहरु अगाडि वढाउन स्वतन्त्र हुने यो अवसर पनि हो । तर वर्तमान सरकारका हकमा यो कुनै पनि अवस्था विद्यामान छैनन् । प्रथमतः संविधानसभाको म्याद नै तिन महिना भएका कारण्ले यो सरकार जम्मा जम्मी तिन महिनाकालागि गठन भएको थियो । दोश्रो यो सरकार संसदीय मान्यता अनुकुलको सरकार पनि हैन र तेश्रो सय दिनभित्र विपक्षीहरु चुप लागेर वसेको अवसथ पनि हैन सरकार वनेको दोश्रो दिन देखि नै यो सरकारको विरुद्धमा विपक्षीहरु सदन घेर्न र आलोचना गर्न कस्सिएर लागेको अवस्था थियो । त्यसैले सय दिनको समिक्षा गर्नु यो सरकारकालागि उपयुक्त कुरा होईन र आवशयक कुरा पनि होईन तर नियमित रुपमा सरकारको कामको समिक्षा गर्ने यसका सवल पक्षहरुको सम्वृद्धि गर्ने र दुर्वल पक्षहरु घटाउदै लग्ने गर्नकालागि पनि नियमित र आवधिक समिक्षाको खाचो परिरहन्छ त्यही मान्यताका आधारमा यसको समिक्षा गर्न जरुरी छ ।
आरम्भमा सिमा र कमजोरीहरुः
सदनका दोश्रो र तेश्रो दल जो विगत विस वर्षदेखि लगातार सत्तामा रहदैआएका थिए उनीहरु सदनमा प्रतिपक्षमा रहेको अवस्था र सरकारका कामको गुण र दोषका आधारमा हैन पूर्वाग्रहका आधारमा आलोचनाका वर्षा गर्न आरम्भ गरेका कारण मन्त्रीमण्डल पुरा गर्न नपाउदै यसले समस्याहरुको सामना गर्न परयो । संयुक्त सरकारको वाध्यता र दलभित्रकै आकांक्षीहरुको लालसा समेतका कारणले मन्त्रीमण्डल भिमकाय वन्न पुग्यो । प्रधानमन्त्री वन्नु अघिको धोविघाट गठवन्धनका आफना आग्रह र आकांक्षा पुरा हुन नसक्दा त्यसले सिमा नाघेर विरोधका कोकोहोलो मच्चाउन थाल्यो यी र यस्तै वाध्यता र सिमाका कारणले सरकार अपेक्षित गतिमा आफना काम कारवाही अघि वढाउनमा स्फुर्ति देखाउन सकेन त्यसका कारणले सिर्जना भएको समस्या सरकारकालागि नकारात्मक शिक्षाका रुपमा रहे । नकारात्मक वाट पाठ सिक्दै भविश्यमा त्यस्ता कमजोरी नदोहोरयाउने वाचा गर्दै अघि वढनु अहिलेको आवश्यकता भएको छ ।
सफलताका तथ्यहरुः
सरकार गठन भएको लगत्तै प्रधानमन्त्रीले स्वदेशी उत्पादनको मुस्ताड गाडी चढेका कारणले अत्यधिक सकारात्मक सन्देश छाडन सफल भयो । निकै लामो समयसम्म मन्त्रीमण्डलको आकार सानो कायमराख्न सफल भएका कारण र राज्य मन्त्रीहरुको नियुक्ति नगर्दासम्म सन्देश राम्रै गएको थियो जो कुरा पछि सम्म कायम राखन सकेका भए अझै राम्रो हुने थियो । तथापि सरकारको सफलता यसको आकारमा हैन यसको काम कारवाहीमा हेर्न जरुरी छ ।
अन्तराष्ट्रिय चासोः
डाक्टर बाबुराम प्रधानमन्त्री भए पछि लगत्तै संयुक्त राष्ट्र संघमा संवोधन गर्ने अवसर मिल्यो । सो संवोधनका वखत व्यक्त विचार र अन्तराष्ट्रिय समुदायले राखेको चासो नेपाल र नेपाली जनताकालागि नै पूजी वन्यो भने प्रधानमन्त्री र सरकारकालागि यो सफलताको कुजी नवन्ने कुरै भएन । यसका साथै भारत भ्रमण त्यस पछिको सार्क सम्मेलनमा गरिएको संवोधन नेपाल र नेपाली जनताकालागि दुगामी महत्व राख्ने परिघटना वन्न पुगे । भ्रमण र संवोधन आफैमा महत्वका विषय नहोलान तर संवोधन र त्यसलाई अन्तराष्ट्रिय समुदायले लिएको चासो अवश्य पनि अर्थपूर्ण हुनेछ । यो अर्थपूर्ण चासो यो सरकारका सम्वन्धमा भएको छ जो यस अघिका सरकारका पालामा संभव भएको थिएन ।
राष्ट्रिय चासोः
देश भित्र शान्ति र संविधानलाई आफनो अर्जुन दृष्टि वनाउने तर सरकार छाडदा सोही काम आफुले गर्न नसकेको स्वीकार गर्दै राजिनामा दिन परेको उदाहरण नेपालको सन्दर्भमा प्रशस्तै छन् । तर यो मात्रै सरकार यस्तो हो जसले विगत पाच वषर््ा सम्म पनि र विगतका पाचैवटा सरकारले पनि गर्न नसकेका कामहरु यो सरकारले गरयो । देशभित्र राष्ट्रिय सहमतिकोवातावरण तयार गर्न यो मात्रै सरकार सफल भयो । एमाले र कांग्रेस जस्तापार्टीहरु प्रतिपक्षमा रहेर सरकारको खोईरो खन्न नछाडे पनि शान्ति प्रकृयाका सम्वन्धमा र संविधान लेखनका प्रकृयामा उनीहरुका सामु अर्को कुनै विकल्प थिएन भन्ने कुरा अव वल्ल प्रष्ट हुन थ्ल्यो र यो कुरा व्यवहारमा देखिन पनि थाल्यो यो राष्ट्रिय परिस्थिति यो सरकारलागि सफलताको अर्को कुंजी वन्न पुगेको सांचो हो ।
शान्ति प्रकृयामा प्रगतिः
खासगरी शान्ति प्रकृयामा हुनुपर्ने प्रगति जनमुक्ति सेनाको समायोजन पुनरस्थापना विगत पाच वर्षदेखिका विवादका र थाति रहेका विषयहरु थिए तर ती विषयहरुले मौका पाएका थिइएनन जो मौका यो सरकारले मात्रै उपलव्ध गरायो र सो कुरा संभव भयो साढे छ हजार जनमुक्ति सेनाको समायोजन गर्ने कुरा वांकीलाई पुनरस्थापना गर्ने कुरा र केहीलाई स्वैच्छिक अवकाशमा लैजाने कुरा दलहरु वीच सहमति जुटाउन यो सरकार सफल भएको छ जुन कुरा यो भन्दा अघिका सरकारहरुले गर्न सकेका थिएनन् त्यही कुरा यो सरकारले गरेको छ यो नै सरकारको सवैभन्दा उपलव्धी पुर्ण काम हो भन्न सकिन्छ । कार्तिक १५ गते सम्पन्न सात वुदे सहमतिका आधारमा यो काम पुनरवर्गीकरणसम्म सम्पन्न भएको छ । शान्ति प्रकृयाको यो कामलाई देश भित्र र वाहिर सर्वत्र यसको स्वागत र समर्थन भएको छ ।
राज्यपुरर्सरचना आयोगको गठनः
संविधान निर्माणका लागि अत्यन्त कठिन र विवादमा रहेको तथ्य भनेको राज्य पुनरसंरचना आयोग को गठन थियो । लगभग पाचै वर्षदेखि गठन गर्नखोजिएको तर नसकिएको कामयतिवेला आएर संभव भएको  छ जसका आधारमा संविधान लेखनको काम अव संभव छ भन्ने विश्वास पैदा गरेको छ । यसका आधारमा संविधान लेखनको काममा निकै ठुलो फडको मारेकोछ भन्न सकिने अवस्था छ । यसको पनि सर्वत्त सवगत र समर्थन भएकोछ जसका कारणले यो सरकारको सफलतामा यसालाई दर्ज गर्न सकिन्छ ।
अन्तराष्ट्रिय सम्वन्धमा सुधारः
लामो समयदेखि अन्तराष्ट्रिय रुपमा नेपाल सरकार र खासगरी माओवादी पार्टीको सम्वन्धमा चिसो पन आएको थियो ।माओवादीलाई अरुले हेर्ने दृष्टिकोण अविश्वास र आशंका एका तिरथिए भने अर्कातिर माओवादी आफैको व्यवहार पनि त्यति रुचिको विषय थिएन अन्तरािष्ट्रय रुपमा चिसिएको यस्तो सम्वन्धलाई सुधार गर्न नितान्त जरुरी थियो जो काम यो सरकारका पालामा मात्रै संभव भएको छ । भारतसंगको लामो समयदेखि थाति रहेको दोहोरो कर मुक्ति संझौता र दुई पक्षीय लगानी सुरक्षण संझौता जस्ता विषयले नेपालकोशान्ति र संविधानको यात्रा आर्थिक विकासमा मात्रै संभव छ भने राजनैतिक उपलव्धी आर्थिक विकासले मात्रै थेग्न सक्छ अन्यथा यसले दुर्घटना व्यहोर्न वेर लाग्दैन तसर्थ वैदेशिक लगानी भित्रयाउनुको अर्को कुनै विकल्प छैन । यो आवश्यकतालाई वोध गरी यो सरकारले आपसी हित र सम्वन्धलाई ख्याल राख्दै संझौता गर्न सफल भएको छ । यसकारण सरकारको सफलतामा यो पनि थपिन जान्छ । कागले कान लग्यो भनेर कान छाम्न छोडेर कागका पछाडि दौडनेहरुकालागि र दिल्लीमा भएको संझौता हेर्दैै नहेरी र के कारणले राष्ट्रहितमा छैन भन्न नसक्नेहरुले सडकमा मसाल वाल्नेहरुकालागि कुनै जवाफ दिन आवश्यक ठान्दिन ।
नेपालमा प्रधानमन्त्री निर्वाचित हुने र विदेशीले वधाई संगै आफनो मुलुक भ्रमणको निम्ता दिने प्रचलन रहेका वखत र कुनै प्रधानमन्त्रीका पालामा हजार कोशिस गर्दापनि निम्तो नआएका कारणले विदेश भ्रमण नै गर्न नपाएकाहरुकालागि कुरा अर्कै हो भने विदेशी प्रधानमन्त्री वा उच्च ओहदाको अधिकारीको भ्रमण पनि प्राय असंभव र अनावश्यक ठानिने गरेको परिवेशमा चिन र भारतका प्रधानमन्त्री एवं रुसका राष्ट्रपतिको समेत भ्रमणको चासो रहनु अन्तराष्ट्रिय सदभाव त हुदै हो यो सरकारको सफलताको अर्को संकेत पनि हो ।
पर्यटनलाई आर्थिक विकासकोआधार वनाएको मुलुककालागि अन्तराष्ट्रिय ट्राभल एडभाईजीमा नेपाललाई नकारात्मक सूचिमा राख्ने कुराले  निकै घाटा पुरयाएकोथियो संयोग वा सफलता जे भन्नोस अमेरिका संसरको शक्तिशाली मुलुक जसले नेपाल भ्रमणनगर्न आफना नागरिकहरुलाई सुचित गदै आएकोमा हालै मात्रै नेपाल सुरक्षित गन्तव्य भएको सुचना जारी गरेर ठुलै राहत प्रदान गरेको छ यसका साथसाथै सत्रारुढ दल माओवादीलाई आतंककारी सूचिमा राखेको अवस्थामा पुनरविचार गरी सो सूचिवाट हटाउन उसले आरम्भ गरेको छ । वरु विभिन्न वाहानामा वन्द आयोजना गर्नेहरुलाई भिसा उपलव्ध नगराउने घोषणाले पनि अर्को तहल्का मच्चाएको छ ।
विदेशी सहयोगको ओइरोः
यो सरकार गठन भए देखि नै विदेशी सहयोगका लागि दाता राष्ट्रहरुउदार भएको र नेपालको शान्ति प्रकृयामा आफु सहभागि हुन पाउन राखेको चासो र जिज्ञाशाले पनि सकारात्मक सन्देश दिएकै छ त्यसका अतिरिक्त पनि अन्य विकास आयोजनाहरुमा सहयोग गर्न चासो व्यक्त गरेको कुराले पनि देश विकासकोलागि अर्थको अभाव नहुने कुरा देखिएको छ जो कुरा पनि सरकारको सफलताको कुजीका रुपमा हेर्नसकिन्छ ।
दलहरु वीचको सहकार्यको थालनीः
यस अघिका सरकार गठन हुदा खास गरी संविधानसभाको निर्वाचन पश्चात वनेका सरकारहरु हार्दिकतापुर्वक संविधानसभामा भएका दलहरु वीचको सहकार्य प्राय असंभव नै थियो तर यही सरकार गठन भए पश्चात प्रतिपक्षमा रहेका दलहरुले पनि सरकारका निर्णयहरु र शान्ति र संविधानका मामलामा सहकार्यको थालनी भएको छ । प्रतिपक्ष स्वयंले पनि आफनो ओपचारिक निर्णयमा आफु सरकारको विकल्प नखोज्ने र शान्ति र संविधानका मामलामा आफु प्रतिपक्षमा नरहने कुरा व्यक्त भएको छ । यो नेपालको राजनीतिमा अत्यन्त महत्वको अवधि हो । जो परिवेश सरकारकालागि अत्यन्त सकारात्मक पनि हो । यो सकारात्मक परिवेशको सदुपयोग गर्ने कुरा आजको आवश्यकता त ह’दै हो । यो परिवेश आफै सिर्जना भएको हैन बाबुराम सरकारका कारणले तयार भएको अवस्था हो ।
विदेशी मित्रराष्ट्रहरुको चासोः
लामो समयदेखि विदेशी मित्रराष्ट्रहरुवाट नेपालको भ्रमण नगरिराखेको सन्दर्भमा यही सरकार गठन भए देखि नै नेपालप्रतिको चासोमा वृद्धि भएको छ । विदेशी मित्रराष्ट्रका सरकार प्रमुख र पदाधिकारीहरुको नेपाल भ्रमण नेपाल भ्रमणकालागि चासो र जिज्ञासा व्यक्त भएको सन्दर्भ यस परिवेशमा महत्वको विषय वनेको छ । भित्र राष्ट्र भारतका वित्तमन्त्री प्रणम मुखर्जीको भ्रमण लगत्तै प्रधानमन्त्रीको भ्रमणको तयारी चिनिया टोलीको उच्चस्तरीय भ्रमण लगत्तै चिनीया प्रधानमन्त्रीको भ्रमणको तयारी भएको तर चिनिया गाउ ग्वान्जाउमा भएको राजनैतिक अलमलका कारणले र चिनकै व्यापार वर्षको समापनको अवसरमा व्यस्त हुन पर्ने भएका कारणले पनि भ्रमण मिति पर सरेको सम्म अवस्थाले पनि विदेशी मित्रराष्ट्रहरुको नेपाल भ्रमणको चासो व्यक्त भएको कुरा पनि वर्तमान सरकारको अकर्षणको विषयका रुपमा लिन जरुरी छ । संयुक्त राष्ट्रसंघीय महासचिव वान्की मुनको भ्रमण मात्रै हैन प्रत्यक राजनैतिक घटना र विकासक्रममा सकारात्मक सरोकार र चासोको विषय हो ।
वन्द हडतालको न्यूनिकरणः
वर्तमान सरकार गठन भए पश्चात नेपाली कांग्रेसले आव्हान गरेको वन्द वाहेक नेपाल वन्दका कार्यक्रमहरु भएनन् । यो मात्रै पनि यो सरकारको सकारात्मक सोच र चासोको विषय हो । वन्द हडतालको सन्दर्भमा मुलुक अत्यन्त अक्रान्त भैरहेको सन्दर्भमा यस खालको वन्द हडतालवाट मुक्ति पाउने कुरा मात्रै पनि ठूलो उपलव्धी हो । यतिवेला खासगरी असन्तुष्ट समुहहरु पनि बाबुराम सरकारले केही न केही गर्छ त्यसकारण यसलाई गर्ने अवसर दिन पर्छ भनेर प्रतिक्षा गरेका कारणले पनि यतिवेला अपेक्षाकृत शान्ति देखा परेको छ । यो पनि सरकारको सफलताको संकेत हो ।
समावेशीकरण विधेयकको तयारीः
ग्णतन्त्र संघीयता धर्मनिरपेक्षता समानुपातिक समावेशिता जनयुद्ध र जनआन्दोलन एवं मधेश विद्रोहका उपलव्धीहरु ह्ुन । समावेशिताको नारालाई व्यवहारमा उतार्न आजसम्मका सरकारले गरेका प्रयत्नहरु साकार नभएको अवस्थामा यो सरकार उक्त प्रतिवद्धतालाई कार्यान्वयन गर्ने चरणमा देखा परेको छ । राज्यले नेपाली समाजलाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यको अग्रगामी पुनरसंरचना गर्ने वचन व्यक्त गरेको छ । तदनुरुप आजसम्मका कुनै पनि सरकारले यो पक्षमा पहलकदमी लिएको पाईदैन तर यो सरकार गठनका वखत नै व्यक्त गरेको प्रतिवद्धताका आधारमा आफुले  यो काम आरम्भ गरेको छ । यसले पुर्णता प्राप्त गरेको खण्डमा यो नेपालकै ईतिहासमा अत्यधिक उपलव्धीको विषय हो ।
हम्रा मान्छे हैन राम्रा मान्छेको छनोटः
सरकारले नया नियुक्तिहरुमा मापदण्ड तयार गर्ने काम गरयो हिजो जस्तो राजनैतिक भर्तिकेन्द्रका रुपमा यसलाई अंगिकार गर्ने अवस्था रहेन र यसो गर्दा योग्य र सक्षम मानिसहरु पाखा पर्ने स्पष्टै दृखियो भन्ने कुरामा सरकार सहमत भयो र अव क्षमताका आधारमा निश्चित मापदण्डका आधारमा नियुक्ति गर्ने प्रचलन वसाल्न सरकार लागि परयो संवैधानिक नियुक्तिमा पनि सरकारले सवैलाई सहमत गराएर यसै अनुरुपको प्रचलन वसाल्न कोशिस गरेको छ । यसले शुसासनमा नया आधार तयार गर्ने देखिन्छ ।
निष्कर्षः
अन्तमा सरकार गठन हुनु र विघटन हुनु आफैमा महत्वका कुरा हैनन् सरकारले आफैले निर्धारण गरेका प्राथमिकतामा कति सफल भयो वा उक्त मिशनमा उ कतिको दृढ छ भन्ने वारेमा उसको मुल्यांकन गरिन पर्दछ । यसरी मुल्यांकन गर्दा वर्तमान सरकारले निर्धारण गरेको दिशामा उसको दृढता उसले अवलम्वन गरेको कार्यदिशा र उसले हासिल गरेका उपलव्धीलाई नियाल्ने हो भने वर्तमान सरकारले सफलताको खुटिकला चढदैछ भन्ने कुरामा विवाद छैन ।

article published in before 6 month

No comments:

Featured Post

Why presidential system?

We are in historical moment. After a six decade long struggle Nepal became able to have an election of Constituent Assembly. Issue of Consti...