Wednesday, December 12, 2012

सातौ विस्तारित वैठक र नेपाली क्रान्तिको समिक्षा



भुमिकाः

नेपाल विगत साठी वर्षदेखि थाति रहेको संविधानसभाको निर्वाचन गर्न र संविधानसभा गठन गर्न सफल भयो । झण्डै अढाई सय वर्ष पुरानो राजतन्त्रको अन्त गरेर गणतन्त्र घोषणा गर्न पनि सफल भयो । एकात्मक राज्य व्यवस्थाको अन्त गरी संघीय संरचनाको स्थापनाको पनि संवैधानिक घोषणा र प्रतिवद्धता व्यक्त भयो । असमावेशी राज्यका ठाउमा समावेशी राज्य अव राजनीतिको एक महत्वपुर्ण अध्याय नै वन्न पुग्यो । हिन्दु अधिराज्यका ठाउमा नेपाल धर्मनिरपेक्ष पनि वन्यो । यतिका महत्वपुर्ण उपलव्धीहरुमा माओवादी आन्दोलन र माओवादी पार्टीको सर्वाधिक भूमिका नै रहेको स्पष्ट छ । नेपाली नया जनवादी क्रान्तिका आधा आधी कार्यभार पुरा गरिएको र वांकी कार्यभार पुरा गर्न पार्टीको रणनीति र कार्यनीतिमा विकास र परिमार्जन गर्न पर्छ भन्ने छलफल चलिरहेकै वखत यो सातौ विस्तारित वैठक सम्पन्न भएको छ । नया जनवादी क्रान्तिका महन्वपूर्ण उपलव्धी हासिल गर्दै आएको पार्टी भने यो कालखण्डमा अस्तव्यस्तमा गुज्रिएको थियो । वांकी क्रान्ति पुरा गर्न पार्टीको विचार संगठन र कार्यशैलीमा परिवर्तन र विकास गर्न जरुरी छ भन्ने नै यो विस्तारित वैठकको निष्कर्ष हो ।

एकिकृत नेपाल कम्युनिष्ट पार्टी(माओवादी) संविधानसभाको चुनाव लगत्तै एकिकृत वन्यो तर एकिकृत योजनाका साथ जान सकिरहेको थिएन । पार्टी आन्तरिक कलहले ग्रस्त थियो । पार्टीका वुझाई व्यवहार र कार्यशैली भिन्न भिन्न थिए । सांच्चै भन्ने हो भने पार्टी कमिटिहरु डरलाग्दा भिड जस्तै थिए तिनको वैठक सम्भव थिएन लेवी नियमित गर्ने कुरा टुटेको थियो । पार्टी मर्दै जाने गुट मौलाउदै जाने अवस्थामा पुगेको थियो । पार्टी जगाउन गरिएका प्रयत्नहरु भmन पार्टी फुटका आधारहरु वन्ने अवस्थामा थिए । वालाजु खरिपाटी पालुडटार भेलाहरु सवै यस्तै प्रकृतिका थिए अन्ततः एक हिस्सा चोईटिएरै गयो तै पनि पार्टी एक वन्न सकिरहेको थिएन । चुनौति वांकी कार्यभार सम्पन्न गर्ने जस्तो कठिन छ पार्टी संगठन र कार्यदिशा पनि तदनुकुलको छैन भने क्रान्तिले पराजय वाहेक केही व्यहोर्दैन भन्ने कुरा निष्कर्ष जस्तै थियो यस्तै निष्कर्ष र यस्तै पृष्ठभूमिमा यो विस्तारित वैठक सम्पन्न भयो ।

श्रावण महिनाको पहिलो साता राजधानशकिो भृकुटीमण्डप स्थित एब भव्य र विशाल हलमा एकिकृत नेपाल कम्युनिष्ट पार्टी(माओवादी)को सातौ विस्तारित वैठक सम्पन्न भएको छ । नेपाली राजनीतिमा निराशा छाउदै गएको वेला नेपाली जनताको मनोवल गिर्दै गएका वेला नेपाली जनता र सिंगो राष्ट्रले अग्रगामि निकास खोजेका वेला र कार्यदिशाका अलमलका कारणले केही वर्षदेखि अकर्मण्यमा रहेको कारणले वेहोर्न परेको क्षतिको पुर्ति समेत गर्न पर्ने कार्यभार सहित पार्टी राष्ट्र र जनता सवैलाई मुक्त गर्न र हामी सवैको भविश्य सुनिश्चित छ भन्ने आश्वस्त पार्न र पार्टी निर्णयले सवैमा जीवन भर्न गरेको अपेक्षाका संघारमा यो वैठक सम्पन्न भएको छ ।

यतिनै वेला नेपाली राजनीतिमा देखिएका गंभिर चुनौतिहरुलाई सामना गर्न नसकेर वैद्य समुह देश जनता र क्रान्ति र पार्टी प्रति नै गंभिर घात गरेर भागेको अवस्थामा पनि यो वैठक सम्पन्न भएको छ । थुप्रै  चुनौतिका वीच सम्पन्न भएको यो विस्तारित वैठकले नेपाली क्रान्तिको सही दिशा निर्देश गर्ने, पार्टी कार्यकर्ता समर्थक र शुभ चिन्तकहरुमा पार्टी क्रान्तिमा जीवन देख्न सक्ने क्षमताको विकास गराउन सक्छ कि सक्दैन भन्ने आशंका र जिज्ञाशा विद्यामान भएका वखत पनि यो वैठक सम्पन्न भएको छ ।

वैठक मुलभूत रुपमा नया रणनीति र कार्यदिशाको विकास संगसंगै वैचारिक संश्लेषणको दिशामा केन्द्रित रह्यो । अन्यायले गुट जन्माउने ,पार्टी हराउदै जाने र गुट फस्टाउदै जाने क्रममा रहेको पार्टीले सर्वत्र आशा जगाउन नसकिरहेका वखत अन्तत वैठकले क्रान्तिका रणनीति र कार्यनीतिको विकास संगै ऐतिहासिक एकता संघर्ष रुपान्तरण र अन्तमा विजयको सन्देश दिदै आफै भित्रका कमजोरीमाथि विजय हासिल गर्दै आफु वाहिरका दुश्मनसंग विजय हासिल गर्नकालागि प्रतिवद्धता व्यक्त गर्दै सम्पन्न भएको छ । यसै ऐतिहासि विस्तारित वैठकका वारेमा संक्षिप्त चर्चा गर्ने प्रयत्न गरिएको छ ।

वैठकको निष्पक्ष समिक्षाको एकमात्र आधार वैचारिक पक्ष नै हो । वैठकमा कति सहभागी भए हल कस्तो थियो खर्च कति भो कसरी जुटायो जस्ता विषय प्राविधिक हुन । वैठक जतिसुकै भव्य भए पनि त्यसमा वैचारिक समिक्षाको पाटो छुटयो भने सो वैठक निरर्थक जस्तै हुने गर्दछ । त्यसैले समिक्षाको पाटो राजनैतिक दस्तावेजलाई वनाइएको छ जसका सवल र दुर्वल पक्षहरुको चर्चा गरिएको छ ।
क्रान्तिको रणनीति र कार्यनीतिमा विकासः

नेपाली क्रान्ति आरम्भ गर्दा कै वखत नेपाली क्रान्ति नेपाली शैलीको हुने कुरा उदघोष गरिएको थियो सोही अनुरुप क्रान्तिका रणनीति र कार्यनीतिमा आवश्यकतानुसार परिमार्जन र विकास जरुरी थियो सो आवश्यकतालाई पुरा गर्दै आएको पनि हो यसै शिल शिलामा अर्को महतवपुर्ण मोडका रुपमा यो वैठक रह्यो । सातौ विस्तारित वैठकमा प्रस्तुत भै एकमतले पारित दस्तावेज २१ ऋौ शताव्दीमा माक्र्सवाद के हो यसको रक्षा प्रयोग र विकास कसरी गर्ने भन्ने कुरामा यसले जोड दिएको छ । चुनवाड वैठक पछि साम्राज्यवादको व्याख्यामा आएको फेरवदललाई यस दस्तावेजले आत्मसात गरेको छ । वदलिएको साम्राज्यवादसंग लडन सोही अनुकुलको कार्यनीति र रणनीतिमा विकास र वदलाव जरुरी छ भन्ने कुरा दस्तावेजले स्वीकार गरेको छ । वदलिएको क्रान्तिको रणनीति र यसलाई सेवा गर्ने कार्यनीतिको विकास र प्रयोगको वहसले मात्रै नेपाली क्रान्ति पुरा गर्न सकिन्छ भन्ने मान्यतामा पनि सहमति भएको छ यो कुरा नेपाली कम्युनिष्ट आन्दोलनको निकै ठुलो उपलव्धी हो ।

२१ औ शताव्दीमा साम्राज्यवादको वदलिएको स्वरुपः

१८ औ शताव्दीमा प्रतिवादन भएको माक्र्सवाद विश्वभर लागु हुदा आफना समापैक्षतामा लागु भए । रुस चिनका क्रान्तिका विशेषताहरु आ आफैन रहे । रुस र चिनलाई आदर्श मानेर तयसैको नक्कल गर्ने क्रान्तिहरु क्तिले सफलता पनि हात पारे तर टिक्न सकेनन कतिले सफलता नै हात पार्न सकेनन तव क्रान्तिको विकास हुन्छ पुरावृत्ति हुदैन न त यसको नक्कल नै गर्न सकिन्छ भन्ने उक्ति निकै प्रचलित भयो नेपालको सन्दर्भमा यो वाकयले निकै प्रभाव पनि पारयो जसले मौलिक ढंगले क्रान्तिलाई अघि वढाउन मदत नै गरयो ।
विश्व साम्रज्यवाद र उत्पिडित राष्ट्रहरु वीचको अन्तर विरोध नै यतिवेलाको मुख्य अन्तरविरोध हो भन्ने कुरा आजभन्दा ६० वर्ष अगाडिदेखि स्वीकार गरिएको तथ्य हो तर साम्राज्यवादले आफैमा ल्याएको परिवर्तन यसका विशेषता र चरित्रमा आएको वदलावका वारेमा भने हामीले चर्चा गरेनौ वा चर्चा गर्न मन पराएनौ यो निकै ठुलो समस्या थियो तर यो समस्यालाई यतिवेला आत्मसात गरिएको छ । २१ औ शताव्दीमा भुमण्डलीकरण, औद्योगिक पुजिको विस्थापनसंगै वित्तिय पुजिको वाहुल्यता, अन्तर साम्राज्यवादी कहि अन्तरविरोध कही साझेदारी सहितको साम्राज्यवादको विषेशतामामा आएको परिवर्तनलाई संकेत गर्दै क्रान्तिको रणनीतिमा विकास गर्न कोशिस यो दस्तावेजले गरेको छ यो नै यस वैठकको सर्वाधिक महत्वको वैचारिक उपलव्धीको पक्ष हो ।

आन्त्रिक र वाह्य राष्ट्रियताका वारेः

राष्ट्रियता र जनवादको उचित सन्तुलन मिलाउन नसक्दा नेपाली क्रान्ति कागजमा सिमित वनयो । राष्ट्रियताको श्रोत दरवारलाई मान्ने मण्डले राष्ट्रवाद र लोकतन्त्रको श्रोत दिल्लीलाई मान्ने पराधिन सोच दुवै गलत हुन राष्ट्रियता र जनवाद दुवैका श्रोत नेपाल र नेपाली जनता हुन भन्ने कुरामा एकमत हुदा मात्र जनयुद्धले त्यो उचाई हासिल गरयो । त्यसरी नै आज पनि राष्ट्रियता भनेर मण्डले राष्ट्रवादको शिकार हुने र पुर्व राजावादीहरुकै स्वरमा स्वर मिलाउने जातीय क्षेत्रीय स्वायत्तता सहितको संघीयतालाई वेवास्त ागर्ने प्रवृत्ति नेपाली राजनीतिमा अझै पनि खतराको रुपमा रहेकै छ यही प्रवृत्ति वेला वेलामा देखा पर्ने गर्दछ यो वैठकमा पनि यसले काफी चर्चा पायो ।

सामन्तवादी समाजमा पुजिवादले सामन्तवादसंग गरिआएको संघर्ष, पुजिवाद साम्राज्यवादमा परिणत भए पछि र साम्राज्यवाद र सामन्तवादको गठजोडमा सर्वहारा वर्गिय आन्दोलन विरुद्ध मोर्चावन्दी वनाउने हर्कत गर्न थाले पछि, सर्वहारा वर्गीय आन्दोलनमा परिमार्जन र विकास गर्दै पुजिवादी जनवादी आन्दोलनको थालनी गर्न पर्ने र साम्राज्यवादले वित्तिय भूमण्डलीकरण मार्फत औद्योगिक पुजिको अन्त गर्दै मजदुर वर्गमाथिको अत्याचार संगै रोजगारीको वृद्धिमा विराम लाग्ने अवस्था सिर्जना गर्ने हर्कतले पनि क्रान्तिका रणनीति र कार्यनीतिमा विकास गनृ पर्ने, साम्राज्यवाद र विस्तारवादको नया विकसित अवस्थालाई आत्मसात गर्न पर्ने र आन्तरिक राष्ट्रियता र वाह्य राष्ट्रियताका वारेमा पनि नया अवधारणाको विकास गर्न पर्ने वस्तुगत यथार्थका विचवाट यो दस्तावेज आएको छ । जसले नेपाली क्रान्तिलाई नया ढंगले थप उचाईमा पुरयाउन मदत गर्ने छ ।

आर्थिक सम्वन्धमा वदलाव संगै आधार वदल्ने प्रस्तावः

माक्र्सवादले आधार र उपरिसंरचनाका वारेमा काफी चर्चा गरेको भए पनि विडम्वना नै भन्न पर्छ हाम्रो कम्युनिष्ट आन्दोलन उपरसंरचनाकै फेर वदलमा अलमलिएको थियो । सोही अनुरुप आज सम्मका कम्युनिष्ट पार्टीका दस्तावेजहरु पनि केवल उपरिसंरचना वदल्ने सम्ममा सिमित हुने गरेका थिए । तर यो दस्तावेज विगतका परम्पराहरुलाई तोडदै आर्थिक क्रान्तिको आरम्भ गर्ने उदघोष गरेर माक्र्सवादी भाषामा आधार वदल्ने तथ्यलाई आत्मसात गरेको छ । यो नै सायद यो दस्तावेजको नविन पक्ष र निकै उपलव्धीको पक्ष पनि हो भन्न सकिन्छ जसका कारणले पनि यो वैठक उपलव्धीपुर्ण रहन पुग्यो ।

म्ुाल कार्यनीति शान्ति र संविधान ः

सोझो सोझो लडेर ईतिहास कायम गर्दै आफु ध्वस्त हुने कि वर्तमान परिवेशको ख्याल गर्दै प्राप्त उपलव्धीहरुलाई जोगाउदै र नया नया कार्यनीतिको विकास गर्दै क्रान्ति नया र मौलिक ढंगले पुरा गर्ने भन्ने रोजाईमा विगत च्ुानवाड वैैठकदेखि नेपाली क्रान्तिलाई जोगाउन घुमाउरो वाटो हिडने अठोट गरयो यसकालागि शान्ति र संविधानको मार्ग अवलम्वन गरिएको थियो । तर पनि यो मार्गका वारेमा स्पष्ट खाका सहितको निर्देशन आम पार्टी पंक्तिमा गर्न पथ्र्यो त्यसो गर्न नसक्दा लामो समय पार्टी आफै अलमलमा परयो जसका कारण शान्ति र संविधानको कार्यभार जसरी सोचिएको थियो त्यसरी पुरा हुन सकेन । तथापि लामो अन्तरकृया र अनुभववाट पाठ सिकेरै भए पनि स्पष्ट रुपमा पहिलो पटक नेपाली क्रान्तिको तात्कालिन कार्यदिशा निश्चित गरेको छ शान्ति र संविधान नै यतिवेला पनि वैज्ञानिक कार्यदिशा हो भन्ने किटान गरेको छ । नया जनवादी क्रानितका महत्वपुर्ण उपलव्धी हासिल भएका छन् वाकी उपलव्धी हासिल गर्न शान्ति र संविधानको कार्यनीतिकै अवलम्वन गर्न उचित हुन्छ भन्ने निष्कर्ष वैठकले निकालेको हो ।

युद्धकालिन संरचनालाई शान्तिकालिन कार्यनीति र संरचनामा ढाल्ने कुराः

युद्धकालका वेलाको कार्यनीति र संगठन शान्तिकालकालागि कामयावी हुदैनथे । शान्तिकालमा प्रवेश गर्नासाथ सो वारेमा परिमार्जन जरुरी थियो तर समयमै त्यसो हुन सकेन जसका कारण निकै ठुलो अनयौल आई लाग्यो । पार्टी पुरै अस्त व्यस्त पनि भयो । तथापि यस पटक कार्यदिशा र सो कार्यदिशा वोक्ने संगठन दुवैमा आमुल परिवर्तन गर्ने निर्णय यो वैठकले गरेको छ जो अझै महत्वको विषय हो । कार्यदिशा सही हुनुले सवै कुराको निर्धारण गर्छ यो महत्वपुर्ण कुरा हुदै हो तर सही कार्यदिशा वोक्ने व्याख्या गर्ने प्रचार गर्ने त्यसको प्रतिरक्षा गर्ने र लागु गर्ने संगठन र कार्यकर्ता पनि त्यतिकै महत्वको कुरा हो भन्ने कमरेड स्तालिनको भनाईलाई पनि आत्मसात गरेर दस्तावेजले पार्टी संरचनामा आमुल परिवर्तनको उदघोष पनि गरेको छ । पार्टीको वहुपदीय संरचना पुराना तहगत संरचना भंग गर्दै राष्ट्रिय महाधिवेशन आयोजक समितिमा रुपान्तरण गर्ने र सो आयोजक समिति समावेशी वनाउने जो उदघोष गरयो यो पनि निकै महत्वको विषय हो ।

निष्कर्ष र सुझावः

साम्राज्यवाद प्रतिको सही वुझाई क्रान्तिका रणनीति र कार्यनीतिमा विकास र परिमार्जन २१ ऋौ शताव्दीको माक्र्सवाद यसको रक्षा विकास र प्रयोगमा एक रुपता कायम गर्दै एकिकृत नेकपा (माओवादी)को सातौ विस्तारित वैठक भव्यतम रुपमा सम्पन्न भएको छ यो वैठक विचारका दृष्टिले उच्चतम रहयो संगठनात्मक आमुल परिवर्तनका दृष्टिले पनि महत्वको रहयो भने आर्थिक आयोग र सम्पत्ति छानविन आयोगको गठन जस्ता निर्णयले पार्टीलाई नया वनाउनकालागि उर्जा थपेको छ । नया विकसित परिस्थिति अनुसार कार्यनीति र रणनीतिमा विकास गरेर विचार शस्लेषण गर्न ढिला भैसकेकोे अवस्थामा कार्यदिशाको अस्पष्टतालाई चिर्दै आजसम्म प्राप्त उपलव्धी गणतन्त्र संघीयता धर्मनिरपेक्षता र समानुपातिक समावेशी नेपाली क्रान्तिका उपलव्धी नै हुन यिनलाई संस्थागत गर्ने र नया जनवादी क्रान्तिको वांकी कार्यभार पुरा गर्ने दिशा सुस्पष्ट गर्ने दस्तावेज पारित हुनु नया दस्तावेज अनुरुपको पार्टी संगठन निर्माणकालागि वर्तमान पार्टी संरचना भंग गर्दै विगत विस वर्षदेखि असम्भव प्राय रहेको राष्ट्रिय महाधिवेशनको घोषणा गर्नु  पार्टी भित्र मौलाउदै गएको आर्थिक घोटालाका वारेमा आयोगहरु गठन गदै अव उप्रान्त आर्थिक समिति र लेखा समितिको व्यवस्थ ागर्ने जस्ता निर्णयले विचार संगठन र कार्यशैली तिनै जादुगरी कुजीलाई पहिल्याउन र आत्मसात गर्न यो वैठक सफल रहेको छ । यसले आफना योजनाहरु व्यवहारमा कार्यान्वयन गर्दै लैजादा परिणामहरु देखिन थाल्ने छन् ।

No comments:

Featured Post

Why presidential system?

We are in historical moment. After a six decade long struggle Nepal became able to have an election of Constituent Assembly. Issue of Consti...