Wednesday, December 12, 2012

माओवादी जनयुद्ध र बौदिक समुदाय



२०औ शताव्दीको अन्तिम दशकमा विश्व स्तरमा कम्युनिष्ट आन्दोलन अत्यन्त कमजोर भएको अवस्थामा र नेपालमा भखएरै दलमाथिको प्रतिवन्द फुकुवा भै वहुदलिय पद्दतिको आरम्भ भएका वखत नेपालमा छापामार युद्धको माध्यमवाट जनयुद्धको थालनी भएको थियो । विश्वस्तरमा कम्युनिष्ट शासन व्यवस्था समाप्त भयो भनिएका वखत र नेपालमा वहुदल मार्फत के के नै प्राप्त भयो भन्ने भएका वखत थालिएको जनयुद्धको समग्र समिक्षा भविश्यले गर्दै जाला बौद्धिक क्षेत्रको भुमिका के र कस्तो रहयो भन्ने वारेमा सामान्य समिक्षा संक्षेपमा गर्ने प्रयत्न गरेको छु ।

बौद्धिक समुदाय आम रुपमा अवसरवादी हुन्छन् । यिनीहरु क््रान्तिकालागि उपयोगी शक्ति हैनन् यीनलाई पार्टी सदस्यता दिदा पनि विचार पुरयाउन पर्छ । यिनीहरुले क्रान्तिमा धोका दिन सक्छन् भन्ने जस्ता विषयहरु आम रुपमा कम्युनिष्ट आन्दोलनका चर्चाका विषयहरु हुन । बौद्धिक हुनु कम्यूनिष्ट आन्दोलनकालागि अभिशाप जस्तो र अयोग्यता जस्तो वन्ने गरेको छ । नेपाली कम्युनिष्ट आनदोलनमा पनि यो प्रभाव राम्रैसंग रह्यो । बौद्धिकहरुलाई होच्याउनकालागि दुनिया बुझने र वदल्ने त सवैले गर्छन तर मुख्य कुरा वदल्ने हो भन्ने उखानलाई राख्दै यो कुरा केवल बौद्धिक वाहेक अरुले मात्रै गर्न सक्दछन् भन्ने नै गरी चर्चा गर्ने गरिएको थियो । यति मात्रै हैन माओका आधा मात्रै भनाईहरु टिपेर क्रान्तिकालमा जति धेरै पढयो त्यति धेरै अवसरवादी हुने कुरा हो भन्दै हाम्रो आन्दोलनमा पनि सवैभन्दा वढी पढेकाहरु सवैभन्दा वढी अवसरवादी हुन्छन् भनने व्याख्या गर्न पनि छोडिएन । त्यसैले बौद्धिकहरुको भूमिकाका वारेमा असाध्य नकारात्मक परम्परा र संस्कृति कायम रहेको थियो यसका वावजुद पनि बौद्धिकहरुको नेपाली क्रान्तिमा कमि रहेन ।

नेपाली समाज र विश्व कम्युनिष्ट आन्दोलनको शिक्षाको अध्ययनः

कम्युनिष्ट पार्टीको स्थापना नै शहरिया पढेलेखेका मध्यम वर्गिय शहरिया युवाहरुकै पहलमा भएका कारण र परिणाम दुवै कारणवाट थालिएको जनयुद्ध पनि आरम्भमा शहरिया बौद्धिकहरुकै वाहुवलमा थियो । मुल रुपमा शहरिया बुद्धिजीवी र ग्रामिण भेगका शिक्षकहरुमा आधारित संगठनात्मक वलमा जनयुद्धको भ्रुण रोपिएको थियो । जनयुद्ध वाहेक अरु कुनै पनि तरिकाले नेपाली क्रान्तिको अगुवाई गर्न सकिदैन भन्ने निष्कर्षमा पुग्ने काम  र जनयुद्धको तयारी गर्ने काम मुलत बौद्धिक समुदायवाटै भएको थियो खास गरी विश्व कम्युनिष्ट आन्दोलनको अध्ययन नेपाली समाजको अध्ययन र नेपाली समाजको रुपान्तरणकालागि विश्वकम्युनिष्ट आन्दोलनको अध्ययनको निष्कर्षको सान्दर्भिकता समेतको समग्र अध्ययन लगायतका विषयहरुमा बौद्धिक क्षेत्रको उल्लेख्य भूमिका रहयो । जस्कालागि औपचारिक अनोपचारिक अध्ययन र थेसिस समेतको भर पुर उपयोग नेपाली जनयुद्धले गरेको छ । मुख्य त डा बाबुराम भटटराईको पिएच डि को थेसिस यसकालागि मुख्य सन्दर्भ सामग्री भएको थियो ।

नेपाली जनयुद्धको आधार तयार पार्ने काममा बौद्धिकहरुको भूमिकाः

जव बौद्धिक पार्टी नेताहरुको अगुवाईमा नेपाली समाज सहित विश्वकम्युनिष्ट आन्दोलनका सकारात्मक नकारात्मक शिक्षाहरुको अध्ययन गरिसकेपछि सो का आधारमा जनता समक्ष आफना विचारहरु पस्केर जनतालाई नेपाली समाजको वारेमा जानाकारी गराउने र क्रान्तिकालागि आधार तयार गर्ने काम मुलतः बौद्धिक समुदाय वाटै भएको थियो । नेपाली समाज शिक्षाकालागि लालायित छ र मुलत शिक्षकहरुले भनेको कुरामा विश्वास गर्छ भन्ने कुराको राम्रो पुष्टि जनयुद्धको प्रचारमा शिक्षकहरुको संलग्नता र उनीहरुको अगुवाईलाई सहर्ष स्वीकार गर्ने कुरा पनि उल्लेखनीय विषय नै हो ।

नेपाली क्रान्तिको र यसको कार्यनीति विकासमा बौद्धिक समुदायको भूमिकाः

नेपाली क्रान्ति मौलिक ढंगले अगाडि वढेको हो । यो क्रान्ति परम्परागत माक्र्संवादको खाकामा मात्रै अगाडि वढेको भए नेपाली क्रान्ति पनि पेरु फिलिपिन्स जस्तै आत्मघाति हुने कुरामा विवाद थिएन । नेपाली क्रान्तिको मौलिकता संगसंगै यसले माक्र्सवादको रक्षा प्रयोग र विकासका वारेमा गरेको चिन्तनले विभिन्न दुर्घटनाहरुवाट नेपाली क्रान्तिलाई जोगाउदै अगाडि वढाउने काम गरेको थियो जसका कारण नेपाली क्रान्तिलाई दमन गर्ने र सिध्याउने अन्तराष्ट्रिय अनुभवहरु प्नि निकम्मा भएका थिए यसको श्रेय पनि विश्व क्रान्तिको अध्ययन गर्ने र सो वाट शिक्षा लिने आदतको विकास गर्ने बौद्धिकहरुको भूमिका सह्रानीय रुपमा रहेको छ ।  

जनताको मन जित्ने कुरामा बौद्धिकहरु नै अगाडि ः

जनयुद्धको दौरानमा जनताका घर दैलामा पुग्दा जनताको मन जित्ने कुरामा बौद्धिक समुदायको उल्लेख्य योगदान रहेको पाईन्छ । जनताका दिनानुदिनका समस्या हल गरिदिने कुरा जनतका समस्यामा साथी भैदिने कुरा भूमिगत रुपमा वसेका वखत पनि जनताका छोराी छोरीलाई पठन पाठनमा सहयोग गर्ने कुरा जनताका छोरा छोरीका शिक्षक हुनुका नाताले उसले पाउने सम्मानको कुरा बौद्धिक हुनाका नाताले नेपाली समाज राष्ट्रिय अन्तराष्ट्रिय परिस्थितिको अध्ययन र स्थानीय समास्याको पहिचान र स्थानीय तिनको निदानको उपाय पत्ता लगाउने खास गरी स्थानीय अन्तरसंघर्षको पहिचान वर्ग संघर्षको पहिचान र सो को प्रयोग गर्ने समेतका कुरामा यो समुदायको पहलकदमी र यो समुदायको सहभागिता उल्लेखनीय रहेको थियो भने कम्युनिष्ट आन्दोलन वाहिरका मानिसहरुकालागि पनि माओवादी आन्दोलन ठीक हो भन्ने कुराको मापदण्ड कति बौद्धिक मानिसहरुको सहभागिता छ भन्ने कुरालाई वनाईन्थ्यो । यसले पनि आम मानिसहरुलाई यो आन्दोलनमा सहभागि हुनकालागि प्रेरित गर्ने कुरा र विरोधीहरुकालागि पनि प्रतिवाद गर्न कठिन हुने कुराले माओवादी आन्दोलन अत्यन्तै छोटो अवधिमा विकास र विस्तार गर्न सफल भएको थियो भन्न सकिन्छ ।

अन्तराष्ट्रिय सम्वन्ध कायम र विस्तारको कुरा बौद्धिकहरुकै जिम्मामाः

नेपाली जनयुद्धलाई देश भित्र मात्रै संचालन गरेर सो को रक्षा र विकास सम्भव थिएन त्यसकालागि अन्तराष््िरटय रुपमा पनि यसको विकास र विस्तार गर्न जरुरी थियो । यसकालागि अन्तरािष्ट्रय पहुच र सो को परिचालनको जरुरी थियो यसकालागि सोही स्तरको वुझाई र अन्तराष्ट्रिय भाईचारा पार्र्टीसंगको विश्वास जित्ने कुरा पनि त्यतिकै पमहत्वको थियो । साथ साथै अन्तराष्ट्रिय रुपमा पनि खास गरी जनयुद्धलाई आतंककारी अभियानको वुझने परम्परालाई तोडन र त्यसो हैन भन्ने कुरा प्रमाणित गर्न पनि बौद्धिक समुदायको सहभागिताले सघाउ पुराएको थियो । बौद्धिकरुको सहभागिताका कारण माओवादी आन्दोलन आफैमा राजनैतिक वनाउन र अन्तराष्ट्रिय मान्यता अनुकुल वनाउन र अपराधिक घटनाक्रम हैन भन्ने कुरा पुष्टि गर्नमा पनि मद्दत पुरयाएको थियो । यसै गरी अनतराष्ट्रिय स्तरमानै ख्याति प्राप्त विद्धानहरुको सहभागिताले यो आपराधिक वा आतंककारी कृयाकलाप हैन र यसमा सामाजिक रुपान्तरणको गहिरो अभियानको साईनोछ भन्ने कुराका वारेमा सोच्न वाध्य भएका थिए भने कोही कसै यसलाई आपराधिक वा आतंककारी नै सावित गर्न कोशिश गर्ने हरुकालागि पनि त्यति सहज थिएन अन्तत माओवादी आन्दोलन समाज रुपान्तरणको राजनैतिक आन्दोलन थियो यसको जनतासंग गहिरो सम्वन्ध छ भन्ने कुरा र यसले नेपाली समाजलाई अगुवाई गर्न सक्छ भनने कुराको पनि पुष्टि गर्न संभव भयो यसको एकमात्र कारण भनेकै बौद्धिकहरुको सहभागिता नै थियो ।

मध्यम वर्गको समर्थन बौद्धिकहरुकै भरमाः

नेपाली समाजमा मध्यम वर्ग आफैमा निर्णायक थिएन तर पनि शासक वर्ग र शासित वर्ग वीचको पुलको काम गर्ने वर्गका रुपमा रहेको यो वर्ग जता समाहित भयो उतै विजय हुने यो अवस्थामा जव माओवादी आन्दोलनमा नमा चलेका बौद्धिक समुदायको उपस्थिति मनग्य रुपमा देखा परयो तव यो वर्गले आफनो पक्षधरता स्पष्ट गरिदियो यो वर्ग आफै पनि अन्यायमा परेको स्वाभिमानकासाथ अगाडि वढन नसकेको र उसका पनि ग’नासाहरु संवोधन हुन नसकेका यस्ता विविध कारणले पनि उसले नेपाली समाजको रुपान्तरण र नेपाली क्रान्तिको सफलताको कामना गर्ने अवस्थामा रहेको थियो नै यो अवसरलाई यो आन्दोलनमा सहभागि बौद्धिक समुदायको उपस्थितिले निर्णायक भूमिका खेलिदियो । अन्तमा मध्यम वर्ग नै निर्णायक वन्ने अवस्था आई परयो तव नेपाली क्रान्तिको पल्ला भारी हुन पुग्यो । जुन मुलुकमा मध्यम वर्ग तटस्थ वस्छ वा उसले सस्थापन पक्षकै साथ दिन्छ तव त्यो मुलुकमा क्रान्ति असफल भएका र जुन मुलुकमा त्यो वर्ग आन्दोलनप्रति सकारात्मक वन्छ त्यहा सफलता हासिल भएका उदाहरणहरु प्रशस्तै छन् नेपाल सकारात्मक कोणमा पर्न पुग्यो यसको एक मात्रै कारण आन्दोलनमा बौद्धिक जनसमुदायको सहभागिता हो ।

नागरिक समाजको सकारात्मक पहल बौद्धिकहरुकै अगुवाईमाः

नेपाली समाजको बौद्धिक वर्ग आन्दोलनको क्रममा होस वा सो पुर्व पनि कुनै न कुनै रुपमा नागरिक समाजको समिपमा रहेको अवस्था थियो । पत्रकार जगत कानून व्यवसायी र मानवअधिकारवादीहरु एवं कतिपय गैरसरकारी संस्थाहरुको जमात मुख्यतः दमन उतिपडन अन्याय अत्याचारका विरुद्धमै रहने हुदा र सो तर्कहरुले सत्ता पक्षको विरुद्धमा रहने हुदा र सत्ता पक्षको विरुद्धमा रहनासाथ माओवादी आन्दोलनलाई साथ प्राप्त हुने भएका कारणले पनि यो आन्दोलन सिंगै माओवादी जनयुद्धको प्रत्यक्ष पक्षमा उभिएको नदेखिए पनि अप्रत्यक्ष रुपमा उसका कृयाकलापहरुले सत्ता पक्षको विरोध र आन्दोलनको समर्थन मै योगदान गर्ने खालको थियो । यो वर्ग बौद्धिकहरुको सन्निकटमा रहेर काम गर्न रुचाउथ्यो । त्यसैको परिणाम नेपाली माओवादी आन्दोलनले राष्ट्रिय स्तरमा चर्चा पाउने र अन्तराष्ट्रिय रुपमा पनि चर्चा पाउने र स्थापित हुने अवसर प्राप्त गरयो ।

पार्टी नेता र विचार स्थापित गर्ने काम पनि बौद्धिकहरुकै सहारामाः

माओवादी जनयुद्ध भूमिगत आन्दोलन र छापामार आन्दोलन भएका कारणले यसमा सहभागि हुने प्रत्यक मानिसहरु जनतामा स्थापित हुन घुलमिल हुन र जनताको माया र संरक्षण प्राप्त गर्न कठिन थियो । यसो हुदा कतिपय जिम्मेवार नेताहरुको गिरफतारी पनि चर्चाको विषय नहुने आम जनतामा स्थापित नभएका कारणले जनताको संरक्षण र कतिपय अवस्थामा सेल्टर प्राप्त गर्न पनि कठिन हुने अवस्था थियो यस खालका ग्यापहरुको परिपूर्ति गर्न पुलको काम गर्न पनि बौद्धिक समुदायको नै हात थियो । बौद्धिक समुदाय हुनाका नाताले उसले प्राप्त गरेको बैधतालाई नेपाली क्रान्तिमा भरपुर प्रयो गरिएको छ । उनीहरुको पहुच उनीहरुको सुरक्षित आवास वा यातायातका साधन समेतको उपयोग नेपाली क्रान्तिले गरेको छ । तसर्थ नेपाली क्रान्तिमा यो भूमिकाका निम्ति पनि बौद्धिक समुदायको ठूलो भूमिका रहेको पाईन्छ ।

बौद्धिक व्यक्तित्व सही दूतका रुपमाः

युद्ध जारी रहेका वखत देख्नासाथ गोली हान्ने आदेश दिएका मानिसहरु भूमिगत रहन वाध्यता थियो । तर गाउलाई केन्द्रमा राख शहरलाई पनि नछोड अवैधानिक काममा जोड देउ वैधानिक काम पनि नछोड भन्ने कार्यनीतिक श्रृखला थियो यसै गरी देश भित्रै केन्द्रित होउ अन्तराष्ट्रिय कामलाई पनि नछोड भनने भनाई पनि आधारवाक्य थियो यस्ता कार्यभार पुरा गर्न भूमिगत कार्यकर्ताको भरमा कल्पना पनि गर्न सकिदैन्थ्यो तसर्थ बौद्धिक व्यक्तित्व सो कार्यभारकालागि औपचारिक अनौपचारिक दुतका रुपमा देश भित्र शहरमा र देशवाहिर विभिन्न मुलुकहरुमा आफनो भूमिका निर्वाह गर्ने काम बौद्धिक समुदायवाटै भएको थियो । यसका अतिरिक्त राज्यका विभिन्न संवेदनशिल निकायहरुमा समेत बौद्धिकहरुको वैधानिक आवरणको सहारामा माओवादी जनयुद्ध प्रवेश गर्न र आफना प्रभावहरु प्mैल्याउन सफल रहेको थियो यसैको परिणाम आज माओवादी शान्ति प्रकृयामा आउदा नआउदै उसको प्रभाव उल्लेख्य रुपमा वढेको हो यसको श्रेय पनि बौद्धिक समुदायलाई नै जाने गर्दछ ।

सत्ता संचालन र वार्ता प्रकृयामा बौद्धिक समुदायको योगदानः

आन्दोलनको मध्यम चरण जतिवेला समानान्तर सत्ता संचालन गर्न पर्ने अवस्था आई परयो त्यस वखत जनसत्ताको अवधारणा सो संचालन र सो संचालनकालागि आवश्यक नियम कानून र विवाद समाधानकालागि जनअदालत र आर्थिक कारोवारकालागि कर नीति समेतका अवधारणाहरुको विकास र सो को प्रयोगमा बौद्धिक समुदायको भूमिका उल्लेखनीय रहेको थियो । भने पटक पटकका वार्तामा विज्ञ समुदाय वा सल्लाहकार समितिको माध्यमवाट उसले खेलेको भूमिका नेपाली क्रान्तिको ईतिहासमा उल्लेखनीय रहेको पाईन्छ ।

वार्ता प्रकृया पश्चातको शान्ति संझौता अन्तरिम संविधानको निर्माण र तत्पश्चात गठित अन्तरिम व्यवस्थापिका संसद र सरकार समेतको संचालनमा यो समुदायले खेलेको भूमिका र संविधानसभाको निर्वाचन र सो पश्चात नया संविधान निर्माण गर्नकालागि अवधारणा तयार गर्ने कुरामा मस्यौदा तयार गर्ने कुरामा र जनतामा आफना धारणाहरुको व्यख्या गर्ने कुरामा समेत यो समुदायको भूमिका उल्लेखनीय रहेको थियो ।

युद्ध कालभरी माओवादीका वारेमा वनाईएको अवधारणा साच्चैको आतंककारीको थियो । आतंककारीको यो विल्ला हटाउनकालागि अन्तराष्ट्रिय समुदायमा यसको सही व्याख्याको जरुरत थियो यसकालागि अनतराष्ट्रिय पहुच र सम्वन्धले राम्ररी काम गर्न जरुरी थियो । सो कामकालागि पनि स्वभाविक रुपमा यो समुदायको आवश्यकता थियो । यही समुदायको भूमिकाका कारणले नेपाली जनयुद्ध प्रतिको अन्तरष्ट्रिय दृष्टिकोणमा फेरवदल आएको कुरा र शान्ति प्रकृया पश्चातको पार्टीलाई अन्ताष्ट्रिय समुदायमा स्थापित गराउने कुरामा पनि उल्लेख्य काम भएको छ । सत्ता वुझने र संचालन गर्ने कुरा यो चरणको महत्वपूर्ण कार्यभार वन्न आएको छ ।

अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनमा बौद्धिक समुदायको उपयोग भरपुर मात्रामा गरेको पाईन्छ । बौदिकहरुको ज्ञान क्षमता र शिप र कलाको उपयोग उनीहरुको समाजमा र सामान्य जनतामा रहेको छवी र विश्वासको उपयोग र उनीहरुको वाकपटुताको अभ्यास उपयोग गरेर प्रयोग गरिएको पाईन्छ तर सो को जस दिन भने कन्जुस्याई नै गरेको पाईन्छ त्यस मामलामा नेपाल अपवाद नै त रहन सकेन तथापि बौद्धिकहरुको अथक मेहनतका कारण उनीहरुले आफै निराश पनि हुन परेन भने भगौडा आत्मसमर्पणकारी र सुराकीको आरोप पनि खप्न परेन जुन कुरा गैर बौद्धिकहरुकालागि निकै ठूलो चुनौतिका रुपमा आई लाग्यो जसका कारण आज पर्यन्त पनि ती पात्रहरुको बौद्धिक समुदायलाई हेर्ने दृष्टिकोणमा खास परिवर्तन आएको पाईदैन ।

निष्कर्ष

आखिर बुद्धिजीवीहरुप्रतिको अत्यन्त नकारात्मक र हानिकारक दृष्टिकोणका वावजुद पनि बौद्धिक समुदायले व्यवहार वौ पुष्टि गर्दै कैयन अवसरहरुलाई लात मार्न सक्ने सचचा क्रान्तिकारीका रुपमा आफूलाई स्थापित गर्न सफल भएर, जनयुद्धको थालनी पश्चात शहरीया बुद्धिजीवीहरु भगाभाग गर्नेछन् र पार्टी छाडनेछन् भन्ने अनुमानका विपरित बौद्धिकहरु वरु जनयुद्धमा हाम फाल्न यातना गिरफतारी र आवश्यक पर्ने मृत्युवरण गर्न समेत तयार रहेका तर गैर बौद्धिकरु नेताहरुका सेल्टर देखाउदै पक्राउ गराउदै र पार्टीको आन्तरिक योजनाहरु खोल्दै र कतिपय त सिआईडि वन्दै आत्मसमर्पण गर्दै भागेका भगौडाको फौजमा परिणत भएका घटनाले बौद्धिकहरुको साख वचेको मात्रै हैन जनयुद्धमा आफनो उपस्थिति जवर्जस्त दर्ज गरेका उदाहरण हरु नै छन् । भने पुणकालिन वन्ने र जनमुक्ति सेनामा भर्ती हुनेहरुको लामवन्दी पनि यही पंक्तिवाट वढी भएको तथ्यले पनि बौद्धिक समुदायको क्रान्तिप्रतिको निष्ठा पुष्टि भएको छ । बौद्धिक समुदायप्रतिको आग्रहपूर्ण अवधारणा झुठ सावित भएको छ र नेपाली क्रान्तिमा बौद्धिकहरुको भूमिकाले बुद्धिजीवीहरु ऋवसरवादी हुनछन् भनने पुरानो माक्र्सवादी म्ँन्यता गलत सावित भएको छ । बौद्धिक समुदायको सहभागिता विना दुनियाका कुनै पनि आन्दोलन न त उठान नत विकास र विस्तार नत तिनको विजय संभव छ भन्ने कुरा पुष्टि भएको छ । क्रान्ति पश्चात  पुजिवादले पैदा गरेका बुद्धिजीवीहरुको सहारा विना रुसले नया सत्ता संचालन गर्नै सक्दैन त्यसैले उनीहरुलाई करोडौ रुवल तिरेर भए पनि उनीहरुलाई उपयोग गर्नुको विकल्प छैन भन्ने लेनिनको भनाई र हाम्रा क्याडरहरुलाई बौद्धिकहरुको महत्व र भूमिकाका वारेमा जानाकारी नै छैन उनीहरु बुद्धिजीवीहरुलाई सम्मान गर्न नै जान्दैनन् त्यसकारण हाम्रो संगठन शहर शिक्षा र संचारमा कमजोर भएको छ यो कारण उनीहरुले वुझनेछन् र आफनो पुरानो व्यवहार सच्याउनेछन् भन्ने माओको भनाई नेपाली क्रान्तिका सम्वन्धमा पनि संझन लायक छ ।

No comments:

Featured Post

Why presidential system?

We are in historical moment. After a six decade long struggle Nepal became able to have an election of Constituent Assembly. Issue of Consti...