Saturday, July 31, 2010

व्ार्तमान परिदृशयमा नेपाली राजनीतिःसंक्षिप्त आंकलन

थालनीः

नेपाल लामो समयदेखि राजनैतिक अन्यौल र गत्यारेाधवाट ग्रस्त छ । संसारका धेरै मुलुकहरु सामन्तवादका विरुद्धको लडाईमा सफलता हासिल भएका कारण उनीहरु २०औ शताव्दीको वरपरवाटै पूजिवादको विकास तर्फ एकाग्र भएर लागे । सो पूजिवाद समाजवादमा परिणत हुनसक्न पथ्र्यो त्यसो हुन सकेन त्यसका सटटा पूजिवादको विकृत रुप साम्राज्यवादमा गएर पतन भयो । जुन साम्राज्यवाद सामन्तवादका कतिपय चरित्रसंग मेल खान पुग्दछ । समाज विकासको चक्र विकासमा हैन पुनरावृत्तिमा अघि वढन थाल्यो । तर नेपाल सामन्तवादसंगको निर्णायक लडाई नलडदै सामन्तवादलाई पराजित नगर्दै साम्राज्यवादसंग साईनो जोडन पुग्यो । यसरी अरु मुलुकको साम्राज्यवाद पूजिवादको विकास भए पछि अवलम्वन गरेको साम्रज्यवाद र नेपाल सामन्तवादमै रहेका वखतको साम्राज्यवादको लगनगाठोका कारण नेपालमा सामन्तवाद पुन मौलाउने र हावी हुने अवस्थाको शुत्रपात भयो । यही प्रवृत्ति नेपालको राजनीतिमा हावी भएका कारणले नेपाली राजनीतिको रुपान्तरणकालागि यो आधारमा सोच्न चिन्तन गर्न र विकास गर्न जरुरी छ ।

पूजिवादी क्रान्ति र यसको महत्वः

पूजीवादी क्रान्ति समाजवादी र साम्यवादी क्रान्तिका हिमायतीहरुकालागि सुधारवादी नारा हुन पुग्दछ । कसैले यो कुरा गरिहाल्यो भने पनि त्यो दक्षिणपंथीको लाईनमा दर्ज हुने खतरत पनि छ यो कुनै मुलुक विशेषको मात्रै कुरा नभएर माक्सर्ंवादी दर्शनको विकासको प्रकृयामा एक पर्याय नै वनेको छ । पूजीवादी क्रान्तिको अपरिहार्यतालाई आत्मसात नगरी साम्यवादको कुरा गर्दा क्रान्तिकारी त भईने नै छ तर हासिल गर्न कठिन हुने छ । असंभव प्राप्तीका दिशामा अन्तहिन लागिरहने कुराले एक खालको नैराश्यता पैदा गर्ने छ । संसारका थूप्रै आन्दोलनहरु इस प्रवृत्तिको शिकार भएका छन् । तर सत्य कुरा के रहेछ भने समाज विकासको नियम हुन्छ । केही नियम अकाटय हुन्छन् तिनको परिवर्तन संभव छैन भने केही नियमहरु परिवर्तन गर्न सकिने हुन्छन तीनै परिवर्तन गर्न सकिने नियमहरुलाई परिवर्तन गर्ने कोशिश गर्ने र परिवर्तन गर्न नसकिने नियमहरुलाई आत्मसात गरेर अघि वढने कुरा नै यतिवेलाको मुख्य कार्यभार हो । परिवर्तन गर्नै नसकिने चरण भनेको समाज विकासको चरण हो । सामन्तवाद एकैचोटी साम्यवादमा परिणत भएको ईतिहास छैन । यसले पूजिवादको चरण पार गर्नै पर्दछ । चाहेर वा नचाहेर पनि हामीले पूजिवादको चरणलाई आत्मसात गर्नै पर्दछ । त्यही पूजिवाद समाजवादमा परिणत गर्ने प्रयत्न गर्नु वान्छनिय हुन्छ । पूजीवादी क्रान्ति समाजवाद निर्माणकालागि वलियो आधार हुनेछ ।

पूजीवाद साम्राज्यवादमा वदलिने खतराः

संसारका धेरै मुलुकहरु पूाजीवादवाट समाजवादमा परिणत हुन सकेनन् । तिनीहरु समाजवादको लक्ष राख्दा राख्दै पनि साम्राज्यवादमा परिणत भए । फ्रेन्च रिभोलुन वेलायतको औद्योगिक क्रान्ति अमेरिका कै स्वतन्त्रता संग्राम यी सवै समाजवादका आधारका रुपमा देखिने पूजिवादी क्रान्ति थिए । ती सवै क्रान्तिहरु सामन्तवादका विरुद्धका अभियान थिए तर दुर्भाग्य नै भन्न पर्छ ती क्रान्तिहरु सामन्तवाद विरुद्धको विजय संगसंगै समाजादको प्राप्तीमा अघि वडन पर्नेमा साम्रज्यवादमा परिणत भए । सामन्तवाद विरुद्धको पूजिवादी क्रान्ति जे उद्देश्यकालागि गरिएको थियो जे समस्या वा अन्तरविरोध हल गर्नकालागि भएको थियो त्यो अनतरविरोध हल नगरीकन ती समस्याहरु ह्ल गर्ने ल्याकत नराखीकन पूजीवादी क्रान्ति सम्पनन गरेका मुलुकहरु सेलाए समस्या जस्ताको तस्तै छन् । हिजो पराजित सामनतवाद आज रुप फेरेर सामज्यवादका रुपमा देखा परेको छ । यो खतरावाट मुलुलाई जोगाउने यतिवेलाको मुख्य चुनौति हो ।

सामन्तवाद र साम्राज्यवादको गठजोड हुने खतराः

पूजिवाद साम्राज्यवादमा वदलिने खतरा संगसंगै पूजिवादी क्रान्ति नै सम्पन्न नगरेका मुलुकहरु जो सामन्तवादी नै छन् तिनीहरु साम्राज्यवादसंग साठगाठ गर्नसक्ने खतरा पनि आफनो ठाउमा छ । आफनो अस्तित्व रक्षाकालागि उपायहरु ख्ोाज्ने क्रममा यो पनि एक प्रमुख समस्याका रुपमा आई पर्न सक्दछ ।साम्राज्यवाद र सामन्तवाद दुवै पूजिवादका दुस्मन हुन । दुस्मनको दुस्मन मित्र भने झै यहा सामनतवाद र साम्राज्यवाद दुवै पूजिवादका विरुद्ध एक जुट हुने अवस्था आईपुग्न सक्दछ । जव यो अवस्था आई पर्छ तयतिवेला समाज विकासको चरणले गोलचक्कर मार्न पुग्नेछ । यसले विकासको प्रकृयालाई अवरुद्ध मात्रै पार्नेछ । विश्वका धेरै मुलुकहरु यसको शिकार वनेका छन् तसर्थ यस तर्फ पनि यथोचित ध्यान जान जरुरी छ ।





नेपाल सन्दर्भ ः

नेपाल लामो समयदेखि सामन्तवादी संस्कार मान्यता र चरित्रमा अघि वढेको मुलुक भएका नाताले सामन्तवादका थूप्रै चरित्रहरु न्ोपाली समाजले नेपाली संरचनाहरुले वोकेर राखेका छन् तिनका विरुद्धको लडाई एकदमै पेचिलो वनेको छ । २१ औ शताव्दी सामन्तवादको हुदै होईन तैपनि सामन्तवादका अवशेषहरु नेापालमा वर्घेल्ती वचेकै छन् । सामन्तवादकेा नाईके राजतन्त्रको अन्त भएको दुई वर्ष मात्रै पुगेको छ तर यसका सवै अवशेषहरु जस्ताका तस्तै छन् ।

नेपाल सामन्ती शासनवाट त मुक्त कहिल्यै भएन त्यसमा पनि खासगरी सुगौली सन्धि मार्फत नेपाल अर्ध औपनिवेशिक अवस्थामा समेत परिणत भयो । साम्राज्यवाद र पूजीवादी मुलुकहरुको आशिर्वादका कारण नेपाल अर्ध सामन्ती पनि वनन पुग्यो । तयसकारण नेपाल अर्ध सामन्ती र अर्ध औपनिवेशिक मुलुकको पहिचानका साथ विश्व राजनीतिमा अवस्थित छ । नेपालले औद्योगिक क्रान्ति सम्पन्न नगरेका कारणले यसले पूजिवादी चेतना भित्रयाउनै पाएन । उत्पादन सम्वन्धमा सामन्ती सोच र चिन्तन अझै हावी छ । कमसेकम वुर्जुवा नै भए पनि प्रजातन्त्र वा लोकतन्त्र निर्वाध रुपमा उपभोग गर्ने अवस्थामा पनि नेपाल छैन । वुर्जुवा लोकतन्त्र पनि प्राप्त नगरेको समाजा क्रान्ति वा विद्रोह वा सत्ता कव्जा गरेर हामी साम्यवाद चलाउछौं भन्नु अर्को भ्रम हो । नेपाली समाजको यो परिवेशमा अव हुने क्रान्ति वा विद्रोह जे भए पनि तयसको चरित्र पूजीवादी नै हुन्छ । यो सत्यलाई आत्मसात गर्ने र तदनुकूलको कार्ययोजना निर्माण गर्ने कुरा यतिवेलाको मुख्य कार्यभार हो ।

नेपालको अनुकुल अवस्थाः

नेपाल यतिवेला २१ औ शताव्दीमा नेपाली क्रान्तिको वाटो पकडदैछ । जनयुद्ध र जनआन्दोलनको परिणाम स्वरुप नेपालको अग्रगामी पुनरसंरचना गर्ने कुरा आत्मसात गरिएको छ । संविधानसभा मार्फत नया संविधानको खाका कोर्ने वेला भएको छ । यतिवेला नेपालमा नया संविधान मात्रै लेखिदै छेन नया संविधान मार्फत नेपाली समाजको रुपानतरण गर्ने कुरा पनि छ र नया संविधान मार्फत नया राजनैतिक प्रणाली पनि तय गर्ने कुरा छ । यसो गरीरहदा नेपालकागि आजसम्मका संविधान निर्माणका अनुभवहरुको उपयोग गर्ने असफल अनुभवहरुवाट पाठ सिकेर तिनवाट टाढा रहने र विश्वलाई २१ ऋौ शताव्दीको नया नमूना संविधान दिने अवसर पनि हामीलाई प्राप्त छ । यस्तो अवस्थामा हाम्रो धरातलीय यथार्थलाई आत्मसात गरेर परिस्थितिको भरपूर उपभोग गर्ने तर्फ क्रान्तिकारीहरु विशेष चनाखो भएर लाग्न पर्ने भएको छ ।

ठीक यति नै वेला विश्वपूजीवाद चरम संकटमा फसेको छ । संसारको सवैभन्दा पूरानो भनिएको संसदीय व्यवस्था त्यसकै जननी मुलुक वेलायतमा यसको पुनरावलोकन हुदैछ । वेलायती साम्राज्यका कारण संसारमा प्रचलित कमन ल प्रणाली आज धरापमा परेको छ । यी र यस्तै अवसरहरुका सामु नेपालले आफनो पहिचना सहितको नया प्रणाली विकास गर्न परेको छ । पूजीवाद स्वयं संकटमा छ भने पूजीवादी मान्यताका आधारमा प्रतिपादन भएका सिद्धान्तहरु ऋव कामयावी हुन सक्दैनन् । संसदीय स्वयं पुनरावलोकनको कठघरामा उभिएको छ भने संसदीय मान्यताका आधारमा स्थापित मूल्य र मान्यताहरु अव काम नलाग्ने भएका छन् । तयसै गरी कमन ल र सिभिल ल प्रणालीको चर्को विवाद भएका वेला यतिवेला नेपालकालागि उपयूक्त प्रणाली अवलम्वन गर्न कुनै पनि प्रणालीको खास वाध्यता हुने छैन । त्यसकारण यो अवसरलाई पच्छयाउने कुरा र यिनै अवसरहरुका वलमा चुनौतिलाई सामना गर्ने कुरा हाम्रालागि उपयुक्त हुनेछन् ।

नेपाली समाजका प्रतिकूलताहरुः

नेपाली क्रान्तिकालागि अनुकुल वातावरण हुदा हुदै पनि यसलाई हासिल गर्न नसक्नुका पछाडि केही गंभिर सवालहरु छन् । यसकानिम्ति वाधा खडा गर्ने केही जटिलताहरु पनि छन् । तिनको पहिचान नगरीकन अघि वढन पनि सकिदैन र ती वाधा र व्यवधानहरुको व्यवस्थापन नगरीकन हामीलाई अर्को विकल्प पनि छैन ।

ती प्रतिकुलता मध्यको मुखय समस्या भनेको सामन्तवाद नै हो । सामन्तवाद अझै हावी छ । सामन्तवादको नाईके राजतन्त्रको अन्त भए पनि यसका अवशेषहरु कायमै छन् । ती अवशेषहरु हाम्रा वैरीहरुमा मात्रै हैन हाम्रा मित्रहरुमा पनि छन् हाम्रा समाजका सवै अंग प्रत्यंगहरुमा पनि छन् ती राजनैतिक पार्टीमा छन् नेता र कार्यकर्ताहरुमा पनि छन् । त्यसकारण आफैमा भएको सामन्तवादको अन्त नगरीकन नेपाली समाजमा विद्यामान सामन्तवादको अन्त गर्न सकिदैन । यसो गर्न नसकीकन पूजीवादी क्रान्ति सफल पार्न पनि सकिदैन ।

ती सामन्तवादी अवशेषहरु हाम्रा चिन्तनमा छन् व्यवहारमा छन् कार्यशैलीमा छन् र हाम्रा संरचनाहरुमा छन् । हाम्रा राजनैतिक दलहरु आज आन्तरिक लोकतन्त्रको अभावमा या त फुटेका छन् विभाजित भएका छन् या त मिल्ने नाममा विभिन्न गुटहरुमा विभाजित भएर आफनो लक्षमा पुग्न सकिराखेका छैनन् । सम्पूर्ण उर्जा प्रयोग गर्न सक्ने क्षमतामा रहेका दलहरु न्यून संख्यामा रहनु र सो संख्यामा पनि टिकिरहन कठिन हुनु मुख्य समस्या हो ।

दलहरु आफै संस्थागत र संरचनागत मान्यताहरु विकास गर्न सकेका छैनन् । व्यक्ति र भावना र पद प्रधान भएका छन् । विचार र प्रणाली छाया पर्दै गएकाछन् । यी समस्याहरुवाट मुक्त गर्दै नेपाली समाजको आमूल परिवर्तनको दिशामा अघि वढन खासगरी युवा विद्यार्थीहरुको भूमिका नै अन्तत निर्णायक हुने गरेको छ ।

अन्तमाः

नेपाली क्रान्तिको लक्ष हासिल गर्नकालागि विद्यामान परिस्थितिको आंकलन अनिवार्य छ । धरातलिय यथार्थमा टेकेर सवल र दुर्वल पक्षहरुको आंकलन गर्दै सवल पक्षको जगेर्ना गर्ने र दुर्वल पक्षको अन्त गर्ने यसकालागि सहि विचार र कार्यदिशाको प्रतिवादन गर्ने र सो कार्यदिशालाई वुझने लागु गर्ने त्यसको प्रतिवाद गर्ने जुझारु क्ार्यकर्ताको पक्ति तयार गर्ने यसो गर्दा मात्रै नेपाली समाजको अग्रगामी रुपान्तरण संभव छ नेपाली क्रान्तिको गन्तव्यमा पुग्न संभव छ । ठोस परिस्थितिको ठोस विश्लेषणका आधारमा चालेका कदम सही निष्कर्षमा पुग्दछन् तर मनोगत ईच्छा र चाहानाका आधारमा चालेका कदमहरुले सदैव हार खाएको ईतिहास साक्षी छ त्यसैले नेपाली समाज विज्ञानको अध्ययन विश्लेषण गरौं त्यसका आधारमा क्रान्तिको विज्ञानलाई कार्यरुप दिऔं यसैमा सवैको भविश्य छ भन्यथा समाज सामन्तवादवाट मात्रै हैन यसका सवै चरित्र र विशेषताहरुको डंगुरमा जकडिने छ कुनैवेला नेपाली समाजको उद्दार गर्नकालागि केाही पनि तयार नहुने हालतमा पुग्ने पनि खतरा छ ।

पजषषबिमिभखपयतब२नुबष्ि।अयु









अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तीकारी महेन्द्ररत्न क्याम्पस ताहाचल ईकाई समितिद्धारो मुखपत्रका रुपमा प्रकाशन हुन गैरहेका क्रान्ति र विद्रोहको आवाज विगुल को सफलताको कामनासहित शुभकामना व्यक्त गर्न चाहन्छु ।



नेपाली समाजको रुपान्तरणको यो घडीमा नेपाली विद्यार्थीहरुको भूमिका अग्रणी हुने कुरा त छदैछ त्यसमा पनि क्रान्तिकारी विद्यार्थीहरुको भूमिकाको अपेक्षा सदैव गरिने गरिन्छ । नेपाली समाज सामन्तवादको एकछत्र राज र सामन्ती जर्जरतावाट मुक्त हुन कोशिस गरेको परिणामस्वरुप करिव अढाई सय वर्षमा राजतन्त्रको अन्त गर्न सम्भव भएको छ तर सामन्तवादका अवशेषहरु वाकी नै छन् त्यसमा पनि आफनो खोसिएको सत्ता पुन कायम गर्न अध्यारा कुनाहरुमा साजिस गरिरहेका वखत अर्कोतर्फ वाह् हस्तक्षेपका कारण मुलुकको राष्ट्रियता र स्वाधिनता खतरामा परेको अवस्था छ । यस्तो कठिन घढीमा क्रान्तिकारी विद्यार्थीहरुको सकि्रय भूमिका निर्णायक हुनेछ ।



मुलुकको यो ऐतिहासिक आवश्यकतालाई वोध गर्दै क्रान्ती र विद्रोहको आवाजका रुपमा प्रकाशित विगुल साच्चै परिवर्तन र क्रान्तिकारी रुपान्तरणको विगुल वन्ने छ भन्ने विश्वास लिएको छु ।



अन्तमा विगुल प्रकाशनको सफलताको कामना गर्दै उत्तरोत्तर प्रगतिको कामना पनि गर्दछु ।





खिमलाल देवकोटा

सविधानसभा सद

No comments:

Featured Post

Why presidential system?

We are in historical moment. After a six decade long struggle Nepal became able to have an election of Constituent Assembly. Issue of Consti...