Monday, July 12, 2010

शान्ति र संविधान कै नाममा

तोकिएको अवधि दुई वर्ष पार गरेर पनि संविधान संशोधन गरी थपिएको एक वर्षको पहिलो महिनामा शान्ति र संविधान सवैभन्दा वढी जप्ने मन्त्र वन्यो तर शान्ति र संविधानका वारेमा कहि कतै पनि देखिने उपलव्धी भएका छैनन् । म्याद थपिए पछि पनि यस्तै हुन्छ भनेको भए सायदै मानिसहरु म्याद थप्ने पक्षमा उभिन्थे होलान् । जव संविधान वनाउने काम आरम्भ मात्रै के भएको थियो ठूला ठूला अक्षरमा लेखियो ठूला स्वरमा वोलियो खवरदार दुई वर्ष भित्र संविधान वनेन भने ६०१ जनालाई वाधेर लडाईन्छ म्याद थपेर आफनो आयु लम्व्याउने धृष्टता नगर । तर जव म्याद सकिनै आटयो । ती आवाज र अक्षर फेरिए खवरदार संविधानसभा मार्न पाईदैन म्याद थपेर भए पनि यसलाई वचाउन पर्छ । आखिर राति वाह्र वजे भए पनि म्याद थपियेा छोटो वाटो अवलम्वन गरेर संविधान संशोधन गरियो । संविधानसभाको वच्यो त्यतिवेलाको माहौल सभासदले आफनो जागिर लम्व्याउ कसैले भनेन संविधानसभा वचेकोमा वचाउन योगदान गरेकोमा आफुलाई धन्य संझिए ।

आज म्याद थप गरेको एक महिना पूरै वित्यो संविधान सभाको वैठक त वसेकै छैन संविधान लेखनका नाममा सिन्को पनि भाचिएको छैन । हिजो संविधानसभा भित्र र वाहिर यत्र तत्र सर्वत्र संविधानसभा कुनैपनि हालतमा वचाउन पर्छ नत्र खवरदार भन्ने आवाजहरु कतै सुन्न पाईदैन ती आवाजहरुले विश्राम लिएका छन् । म्याद थपिनेहरु किन थपिएको होला वुझन पनि सकिरहेको स्थिति छैन ।

संविधानसभाको म्याद थप नगरेर राजनैतिक शून्यता सिर्जना गरिदिने माओवादीले प्राप्त गरेको चालिस प्रतिशतको दम्भ र वैधतालाई तोडिदिने ख्यालख्यालको हैन साच्चैको कठपुतली सरकार वनाएर देखाई दिने राष्ट्रपतिलाई विस्तारै श्रीपेच ओडाएर ज्ञानेन्द्रको ठाउमा ह्दयन्द्र वनाईदिने र उमेर वढदै जादा आफना उमेर वावु ज्ञानेन्द्रले गरेको जस्तै पौरख गराउने खेल अनायाशै ध्वस्त भयो । संविधानसभाको म्याद थप्नुको सर्वाधिक राजनैतिक उपलव्धी यो भने पक्कै हो ।

संसारकै नमूनालायक समावेशी संविधानसभा सभासदहरुकालागि पनि अर्को पटक त सकिन्न भन्ने निष्कर्षमा पुगेका वखत म्याद नथपिए चुनावको लागनी राम्ररी स्वाद फेर्नै नपाई सकिने भो हुदा हुदा सभासद भएका नाताले श्रीमानहरु श्रीमानका वावा आमा काका काकी भान्जा भान्जी भान्ज्ाीका देवरहरु सवैलाई राजधानीमा ल्याईएको थियो वच्चा वच्ची वोर्डिडमा पढाइएको थियो त्यो सवै दुई दिनको रामछाया हुने भो भन्ने ठूलो पिर थियो अुझै जेष्ठ महिनाको पारिश्रमिक नपाइएका कारणले डेरा भाडा पनि श्रृणमा थियो अव श्रृणको भारी वोक्न नपर्ने भयो । व्यक्तिगत पाुईदा यो भएको छ संविधानसभाको म्याद थपेर यो पनि अर्को पक्कै हो ।

अर्को पनि के साचो हो भने जेष्ठ चौध गते राति म्याद नथपिएको भए भोलिपल्ट संकटकाल त हैन कफर्यू लगाउने तयारी थियो देश अलिकति अशान्त तर्फ अलिकति निरंकुशता तर्फ जाने पक्कै थियो जननिर्वाचित संस्था नहुदाको पिडा मुलुकले शाही कालमा नै भोगेको थियो त्यसैलाई ल्फयासव्यक मात्रै गरे पनि हुन्छ अरु गर्न पर्दैन यसवाट भने जोगिएको छ ।

देश र जनताकालागि शान्ति र संविधानकालागि मानिसहरुले उपलव्धी खै भन्यो भने हामीले देखाउन लायक कुनै पनि चिज देख्न सक्दैनौ यो भने विडम्वना नै हो ।

मुलुक अझै पनि दुर्घटनावाट वचेको छैन । दुर्घटना पछि सारिएको मात्रै छ । माथि उल्लेख गरिएका घटनाहरुको लागि तयारी नपुगेका कारणले मानिसहरु संविधानसभाको म्याद थप्न वाध्य भएका पनि उदाहरणहरु छन् जननिर्वाचित संस्थाहरु सिध्याईदिएर अर्को निरंकुशता हुर्काउनकालागि ती संस्था र पात्रहरु तयार नभैसकेका कारणले पनि यो म्याद वढाइएको हुनसक्छ भनेर अनुमान लगाउनेहरुलाई साचो वा झूठो भविश्यले नै प्रमाणित गर्नेछ अहिले नै यो भन्दा वढी लेख्नु समय अघि हुनेछ ।

यतिवेला उठाउनै पर्ने कुरा के हो भने संविधान सभाको चुनाव किन भएको थियो । संविधानसभाको गठन किन भएको थियो । यसको कार्यकाल किन वढाईएको थियो म्याद वढाएर संविधानसभा वचाउनुपर्छ किन भनिएको थियो यी प्रश्नहरुको उत्तर आम नेपाली जनताले खोजेका छन् र पछि सम्म खोजिरहनेछन् । तर यसको जवाफ यति नै वेला संविधान लेख्न खटिएका ६०१ मध्यकै म्याद वढाउने खेलमा सहभागि नभएका सभासदहरुलाई भने तुरुन्तै चाहिएको छ । कि यी प्रश्नहरुको उत्तर दिन सक्नुपर्छ र अन्यथा उद्देश्य भएको कुरा पुष्टि गर्नुपर्छ कि संविधान निर्माणको कामलाई तदारुकताकासाथ अघि वढाएर निष्कर्षमा पुरयाउनुपर्छ यी दुई मध्य एक कुरा दिनकालागि नेताहरुले क्षमता देखाउनै पर्छ । शान्ति र संविधानका नाममा यो यस पुस्ताका नेताहरुले क्षमता प्रदर्शन गर्ने उपयुक्त वेला हो ।

अन्तमा कुरा वर्गहरुको नै हो वर्ग स्वार्थको नै हो कुन वर्गले राज्य चलाउने कसका विरुद्ध अधिनायकत्व थोपर्ने भन्ने नै यतिवेलाको मुख्य प्रश्न हो । सामन्तवादका सवै रुपहरुको अन्त गर्ने राज्यको दायित्व हामीहरुकै वाचा कवोल हो । यतिवेला सामन्तवादको नाईके ढले पनि यसका अन्य रुपहरु र अवशेषरुले टाउको उठाउन खोजेकै कारण मुलुक यो अलमलमा छ । शान्ति र संविधान सामन्तवादका विरुद्धमा कि सामन्तवादका पक्षमा सामन्तवादसंग गठजोड गरेर कि त्यो संग संझौताहिन संघर्ष गरेर यतिवेलाको अहं प्रश्न यही हो । वर्ग रहेसम्म वर्ग संघर्ष जारी रहन्छ यो सार्वभौम नियम ाहो तर संघर्ष कसका विरुद्ध गर्ने निशाना कहा सोझयाउने प्रष्ट हुन जरुरी छ निशाना को किटानी गर्दा एक आध घटना प्रभावित भएर हैन व्यक्तिगत लाभ वा हानिलाई आधार मानेर हैन देश र जनतालाई साक्षी राखेर र वर्ग प्रति ईमान्दार भएर गर्न जरुरी छ । सामन्तवाद मुख्य शत्रु हो र यसलाई भरथेग गर्ने आन्तरिक र वाहय शक्तिहरुको पहिचान सहितको यथार्थपरक आकलनवाट मात्रै नया रणनीति र कायनीतिको विकास गर्न सकिन्छ र सक्नु पर्छ । यदि ०६२ ।०६३को जनआन्दोलन सामन्तवादका विरुद्धको लडाई थियो भने जनयुद्ध लडेको पार्टीले मात्रै हैन जनयुद्ध नलडेको पार्टीले पनि गंभिर भएर सोच्न जरुरी छ । यो गहिराईमा नसोची शान्ति र संविधान सार्थक हुदैन । शान्ति र संविधानको मुख्य वाधक को हो जो नेपाल र नेपाली जनताको उन्नति र प्रगतिको वाधक वनेको छ । शान्ति र संविधानलाई देश र जनताको मुक्तिभन्दा भिन्न राखेर हेर्न सकिन्न हेर्न पनि हुदैन । राजनीति कार्यदिशा स्पष्ट पारौं यतिवेलाको मुख्य कार्यभार यही हो ।

No comments:

Featured Post

Why presidential system?

We are in historical moment. After a six decade long struggle Nepal became able to have an election of Constituent Assembly. Issue of Consti...