राजनैतिक अन्यौलको लामो अन्तरालमा नेपाली राजनीतिले कोल्टे फेर्न लागेको छ । अवसर पटक पटक आउछन् तर तयसलाई ठीक ढंगले सदुपयोग गर्न नसक्दा प्राप्त उपलव्धीलाई पनि संस्थागत गर्न नसकिएका घटनाहरु प्रशस्तै छन् । पटक पटक आन्दोलन गर्ने र आन्देालनवाट प्राप्त उपलव्धी संस्थागत गर्न नसकने नेपाली राजनीतिको पर्याय वनेको छ भने पटक पटक घाटामा पर्ने नेपाली जनताको नियति वनेको छ । शान्ति र संविधान यतिवेलाका मुख्य कार्यभार हुन् । यिनको अभावमा हाम्रो भविश्य अन्धकार छ । शान्ति र संविधानलाई सुनिश्चित गर्न सहमति र सहकार्यको खाचो छ तर त्यो सहमति र सहकार्यको अधार जनताको ईच्छा र परिवर्तनको सुनिश्चिततालाई वनाउन पर्छ । यसपटक हामीलाई फेरि अवसर प्राप्त भएको छ त्यसलाई गुम्न दिन हुदैन ।
गल्ती कहा भयो
नेपाली जनताले पटक पटक संघर्ष गरे आन्दोलत गरे जनयुद्ध गरे पटक पटक विद्यामान सत्तालाई उलटपुलट पनि पारे तर ती परिवर्तन संस्थागत हुन सकेनन् । लडदा मिलेर लडने वाडदा मिल्न नसक्ने हाम्रो चरित्र वन्यो । जेलमा मित्र हुने वाहिर शत्रु वन्न वेर नलाग्ने अरुले आक्रमण गर्दा जुटन पनि तयार हुने तर आक्रमण नै नगर्ने वातावरण वनाउन नसक्ने जव अरुले आक्रमण गरिहाल्छ मिल्न पर्छ भन्ने हेक्का राख्दा राख्दै चिज गुमिसकेको हुने यस्तो अवस्थाको पिडा नेपाली जनताले पटक पटक भोगे गल्ती त्यही भयो । ००७सालको क्रान्ति गर्न गल्ती थिएन सोको उपलव्धी संस्थागत गर्न नसक्नु गल्ती थियो । त्यही गल्तीको परिणाम ०१७ साल आयो । आफनै गल्तीका परिणाम आएको ०१७ साललाई परास्त गर्न ०२८ ०३६ ०४२ र ०४६ कुर्न परयो त्यतिले पनि भएन ०५२ ०६२।०६३सम्म कुर्न वाध्य वनायो । आखिर यी आफना गल्तीका परिणाम थिए कि अनिवार्य आवश्यकता थिए । जवाफ सही आफना गल्तिका परिणाम थिए भन्नुनै न्यायोचित हुन्छ।
गल्ती फेरि दोहोरयाउने
गल्ती गर्दै जादा उपलव्धी गुमेका छन् गल्ती नगर्दा र गल्ती सच्याउदा थप उपलव्धी हासिल भएकाछन् । मिल्दा १२ वुदे सहमति भयो जसको परिणाम संविधानसभा र गणतन्त्र िसंगै प्राप्त भयो । नमिल्दा ६० वर्ष हातलाग्यो शून्य भयो । मिल्दा ००७ सालको क्रान्तिको पनि राम्रो उपलव्धी हासिल भएकै हो संविधानसभा प्राप्त भएकै हो मिलिरहन नसक्दा संविधानसभाको चुनाव गर्नै सकिएन यसको आवश्यकता नै छैन वरु संसदको निर्वाचन ठीक भन्ने तफै मोडियो विस्तारै निरंकुशताले वर्चश्व कायम गरिछाडयो । यतिवेला हामी मिलेर संविधानसभा घोषणामात्रै हैन चुनाव नै गराएर एक कार्यकाल विताईसकेका छौं । एक वर्ष थप्दा पनि मिलेरै थपेका छौ तर यो एक वर्ष परिक्षणको ठुलो कालखण्ड वन्ने छ । यो कालखण्डमा मिलेर देखाउन सकेनौ भने ०७ सालले ०१७ साललाई निम्ताए झै अर्को काण्ड निम्तन सक्दैन कसरी भन्न सकिएला त्यसकारण फेरि गल्ती नदोहोरयाउने प्रण गर्द जरुरी छ ।
गल्ती नदोहोरयाउन के गर्ने
सवैभन्दा पहिला हाम्रा समस्या के हुन पचिान गर्ने तिम्रा समस्या र मेरा समस्यामा विभाजन नगर्ने सवै समस्या हाम्रा समस्या भन्ने । उपलव्धीका पाटेालाई पनि आंकलन गर्ने र कसका कारणले प्ाप्त भएका थिएन भन्ने विवादमा नलाग्ने जसका कारणले भए पनि ती उपलव्धी नै हुन जसको भोग सवैले गरेकाछन् तसर्थ हाम्रा कारणले प्राप्त भएका उपलव्धी भन्ने यो अर्को शर्त हो । समस्या जसको भए पनि त्यसले अग्रगमन शान्ति र संविधानलाई रोकेको छ । उपलव्धी जसका भए पनि लाभ सवैलाई वाडेको छ । तसर्थ मेरो र तेरो वाट हामी र हाम्रामा परिणत हुने र समस्या र उपलव्धीलाई हामी र हाम्रा स्तरमा उकास्न कोशिश गर्ने यसो गर्न सके पुरानो गल्ती दोहोरिने छैन ।
त्याग गर्ने संस्कृतिको विकास गर्ने
लोकतन्त्र भनेको गुमाउने गेम हो । तर हामीले लोकतन्त्रलाई प्राप्तीको खेल त्यसमा पनि नीजि व्यक्तिगत र पार्टीगत शुभलाभको खेलका रुपमा लिदा देश र जनता भसे्रलामा परे । त्यसकारण देश र जनतालाई सक्षी राखेर तिनका हितमा कसले के कति त्याग गर्ने भन्ने कुराको सूचि नै तयार गर्ने र त्याग गर्ने कुरामा प्रतिस्पर्धा गर्ने यसो गरियो भने प्राप्त उपलव्धी संस्थागत गर्न सकिन्छ । के उल्टो दिशामा वगेको संस्कृति हामीले चाहेमा सुल्टयाउन सकिएला त्यसकालागि त्याग पहिलो शर्त हो । यो शर्त मान्ने हदसम्म नपुग्दासम्म मुलुकले निकास पाउने छैन ।
कामको प्राथमिकिकरण गर्ने
संविधानसभाको चुनाव पछि त्याग गर्ने संस्कृति हैन हैसियतभन्दा माथि दोव्वर लाभ प्राप्त गनेै होडका कारण समयमै सरकार वन्न सकेन सहमतीय प्रणाली तोडेर वहुमतीयमा पुरयायैा र असहमतिको यात्रा यहीवाट आरम्भ भयो । संविधानसभा ऐतिहासिक रुपमा प्रापत भएको छ त्यसप्रति गर्व गर्ने हैन सधैभरी प्राप्त भैरहेको र भैरहने सरकारकालागि जो जे गर्न पनि तयार हुने स्थिति वन्यो जो दुभाग्यपूर्ण नै थियो । संविधानसभाको निर्वाचन भएको पाच महिनासम्म त संविधान लेखनमा कलम पनि चोविएन । नियमावली वनाउन हामीले आधा वर्ष विताईदियौं यसले प्रष्ट पार्छ कि हामी संविधान लेख्न हैन हामी सरकार वनाउन चुनाव लडेका थियौं । संविधान लेखनकालागि मेरो छनोट हो मन्त्री हैन भन्न सक्ने कोही पनि देखिएन । संविधानसभाको सदस्य हुनामा गर्व गर्न कसैले सकेन संविधानसभाको भए पनि पदाधिकारी सरकारको पदाधिकारी वा पार्टीको पदाधिकारी वा दलको पदाधिकारी कही न कही नभैनहुने संस्कार र संस्कृति मौलाएर गयो जो प्राथमिकतामा पर्न पर्ने थिएन उनीहरु प्राथमिकताा परे जो प्राथमिकतामा पर्न पने हो ती हराएर गए अर्थात संविधान लेखनको काम ओझेल परयो तैपनि काम भएकै थियो राजनैतिक तहवाट टुग्याउनुपर्ने वाहेक अरु सवै काम लगभग असी प्रतिशत काम सकिएकै थियो राजनैतिक उच्च तहले निर्णय गनुपर्ने विषय नगर्दा आजसम्म संविधानले आकार ग्रहण गर्न सकेन त्यसकारण कामको प्राथमिकिकरण गरौं र कामलाई फत्ते गरौं ।
कार्यसूचि तय गर्ने
अवको एघार महिनामा हामीले नगरिनहुने काम क े हु तिनको सूचि तयार गर्ने पहिलो कार्यभार हो । शान्ति संविधान र आर्थिक समाजिक रुपान्तरण यतिवेलाका मुख्य कार्यभार हुन । शान्तिको कुरा गर्दा सेना समायोजनको प्रश्न आउछ यसको मोडालिटि तय गर्ने र विज्ञहरुलाई यसको काम सम्पन्न गर्न जिममा दिने संविधानको आधारभूत मान्यता र विवादास्तपद विषयमा न्य”नतम सहमति कायम गर्ने र संविधान लेखनकालागि समवन्धित समितिहरुलाई जिम्मा दिने कम्तीमा पाच वा दश वर्षको आर्थिक सामाजिक रुपान्तरणको कार्ययोजना वनाएर तयसलाई कार्यानवयन गर्न अधिाकार समपनन निकायलाई स’म्पने तयसपछि जनताको सहभागितामा विकास निर्माण जनताका प्रतिनिधिहरुको निगरानीमा शासन संचालन यसो मात्रै गर्न सके सरकार कसको छ प्रधानमन्त्री को छ भन्ने कुरा स्वतः ओझेल पर्छ । तयसकारण लागै वृस्तिृत कार्ययोजना तयार गर्न । अन्यथा मनिसहरु अर्को चुनावको तयारी तयो पनि अर्थेापार्जन गरेर धन जममा गरेर आफना मानिसहरु अवैध रुपमा भर्ति गरेर अकुत सम्पत्ति कमाएर वा अनावश्यक रवाफ कमाएर तयसैका भरमा राजनीति गर्न खोज्नु अर्को सामन्तवाद हो त्यसकारण सामन्तवादसंग लडने कार्ययोजना वनाईरहदा आफै सामन्तवाद जन्माउने खेलमा लागेको हेक्का हुन जरुरी छ सामन्तवाद भन्दा नव सामन्तवाद खतरा हुन्छ भन्ने पनि सवैलाई थाह छ जनता फेरि जागे भने के होला चित्र स्पष्ट छ ।
अन्तमा
यतिवेला को प्रधानमन्त्री वन्ने र सरकार कसले वनाउने भनने कुरामा तयति धेरै विवाद छैन एउट गठवन्धन असफल भएर राजिनामा गरिसकेको अवस्था छ । सदनको ठूलो दल प्रतिपक्षमा थियो उसलाई यो जिममा स्वत आएको छ । तर अरु दलहरु उसलाई सरकारमा जनावाट रोक्ने तिर हैन वरु राष्ट्रिय र सहमतिका साझा एजेण्डा तय गर्नमा केन्द्रित भए उपयुक्त होला । सरकार वनाउन रोक्न कोशिश गर्दा राष्ट्रिय ऐजेण्डा वनाउन भ्याईने छैन सरकार वनाउन रोक्न खोज्दा खोज्दै नसकेर वनेको सरकार आफना खुशीले एजेण्डा तय गर्न स्वतन्त्र हुने छ तसर्थ ध्यान सरकारमा कि एजेण्डामा पदमा कि प्रगतीमा आफनो व्यक्तिगत हित र महत्वकांक्षामा कि देश र जनताको महत्वाकांक्षा र हितमा रोज्ने वेला भएको छ । जेहोस मौका आएको छ फेरि नगुमाउ । वैयक्तिक आकंक्षालाई त्याग गरेर देश र जनताको सेवा गर्न तल्लिन वनौं ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
Why presidential system?
We are in historical moment. After a six decade long struggle Nepal became able to have an election of Constituent Assembly. Issue of Consti...
-
SECURITY SECTOR REFORM Democratization of Nepal Army By Hari Krishna Devkota Submitted to Nepal Transitio...
-
1 Single and open fact: Medical debt is an especially notable phenomenon in the United states the US being the world's only develope...
No comments:
Post a Comment