Monday, August 4, 2014


पार्टी पुननिर्माणको प्रसंगमा 
पार्टी प्रवेश र वहिर्गमन वारे
खिमलाल देवकोटा
पार्टी लगभग विघटनको अवस्थामा पुगेको कुरा संविधानसभाको निर्वाचनको लगत्तै वसेको केन्द्रिय समितिमा प्रस्तुत तथा सर्वसम्मतिले पारित दस्तावेज आफैले वोल्दछ भने राष्ट्रिय सम्मेलनले यदि पार्टी पुननिर्माण गर्न सकिएन भने यो पार्टीलाई आफै विघटन वा विसर्जन हुन कसैले रोक्न सक्दैन भन्ने दस्तावेज पनि सो मर्म सम्ममा कसैको विमति रहेको हैन । अव रह्यो पार्टी पुननिर्माण त गर्ने तर कसरी गर्ने यसको विधि र प्रकृया के हुने भन्ने वारेमा भने गंभिर वहस भएको छ । उकाथरी वसह आजकै निरन्तरतामा केही तरिका मात्रै वदले हुन्छ भन्ने तर्फ मोडिएको छ भने अर्काथरीको मतमा पुरै पुननिर्माणको प्रकृया नै अवलम्वन गर्न जरुरी छ भन्ने तर्फ मोडिएको छ । थोर वहुत टालटुल गर्ने तर्कलाई यथास्थितिवादीको आरोप लागेको छ भने पुरै वदल्ने तर्क गर्नेहरुलाई पार्टी विघटन गर्न लागेको आरोप लागेको छ तर व्यवस्थित वहस भने विल्कुल भएको छैन । तर खाचो आमुल परिवर्तन कै हो टालटुले सुधारले केही हुने वाला छैन भन्ने कुरामा विमति जनाउने आधार छैन । 
यस तर्कलाई पुष्टि गर्नकालागि माओवादी यो हालतमा किन आयो भन्ने कुराको तथ्य वुझन र वुझाउन पनि जरुरी छ तर्कले चिउरा भिज्दैन तथ्यलाई नकार्न सकिन्न भने झै माओवादीको अवस्था अरु पार्टीसंगको तुलनामा के रहयो एक पटक आकलन गर्न जरुरी छ । जसलाई निम्न तालिकाले प्रष्ट पार्ने छ ।  

chart

पार्टी विधानः
माथिको तालिकाका आधारमा विश्लेषण गर्ने हो भने के निष्कर्षमा पुग्न सकिएला भने माओवादी पार्टी विधिले हैन नीतिले चल्ने पार्टी हो । नीति स्पष्ट हुदासम्म माओवादी पार्टीको विधान भए पनि नभए पनि विधान माने पनि नमाने पनि नीति भित्र रहदासम्म सो पार्टीमा समस्या पनि आएन पार्टीले असफलता भोग्न पनि परेन जव नीतिमा अस्पष्टता हात लाग्यो त्यतिवेला विधिको जरुरत परयो त्यतिवेला विधान स्पष्ट थिएन विधानको पालना कडाईकासाथ थिएन विधान आफैमा विधानमा समाधान खोज्ने प्रचलन पनि थिएन वरु विधान अनुकुल पार्टी हिडाउने कुरा भन्दा विधानलाई आफु अनुकुल संशोधन गर्ने जतिवेला चाहियो त्यतिवेलै संशोधन गर्ने संशोधन गर्न अनुकुल मिलेन भने पनि विधान विपरित नै भए पनि आफना स्वार्थहरु पुरा गर्ने सोच नेतृत्वमा नै रहयो अझ वढी मुल नेतृत्वमा रहयो यसकारण पार्टी संकटमा परेको हो । पार्टी यो हालतमा आईपुग्नुका पछाडि समय वस्तुगत परिस्थिति भन्दा पार्टीको आन्तरिक पक्ष नै जिम्मेवार हो भन्ने निष्कर्षमा पुगिन्छ । यदि वस्तुगत परिस्थिति नै यस्तो भएको भए अरु पार्टीहरु पनि त पुग्न पर्ने थियो भन्ने तर्क स्वत आउछ । अरु पार्टीहरु यो हालतमा पुगेनन किन भने कमसेकम उनीहरुको विधान स्पष्ट थियो विधान अनुकुल पार्टी चलाउने संस्कार थियो र विधानको पालनामा कडाई थियो उलंघन भएमा कारवाही गर्ने प्रचलन पनि थियो ।
पार्टी प्रवेशः
पार्टी प्रवेशको शर्त कम्तीमा सो संगठनको उद्देश्यप्रति प्रतिवद्ध हुने हो र सो प्रतिवद्धतामा कमि आएमा वा सोको उलंघन भएमा कारवाहीको भोग्न तयार रहने कुरा पनि आधारभूत विषय नै हो । यो व्यवस्था कुनै पनि राजनैतिक पार्टीकालागि त महत्वपुर्ण हुदै हो सामान्य गैरसरकारी संस्थाकालागि पनि आधारभूत विषय नै हो । यो व्यवस्था सवै पार्टीले विधानमा व्यवस्था गरेका छन् सोको पालना नेतृत्वले आफुले पालना गरेको छ र अरुलाई पालना गर्न प्रेरित गरेको छ र उलंघन भएमा कारवाही पनि गरेको छ । माओवादी यहि नेर चुकेको छ । विधान प्रष्ट नभएको कुरा भए पनि पालना नभएको कुरा र पालना नभएमा कारवाही पनि नभएको कुरा माओवादी पार्टीमा आजका मितिसम्म छैन । पार्टी प्रवेश र वहिर्गमन नेताको स्वेच्छामा निर्भर रहयो । पार्टी प्रवेशकालागि अरु पार्टीहरुले उल्लेख गरेको शर्तहरु माओवादी पार्टीकालागि आवश्यक रहेन । कुनै प्रतिकृयावादी यथास्थितिवादी भनेर किटान गरिएको पार्टीको नेता एका एक उतापटिट सदस्याता कायमै राखेर पनि यताको सदस्यता लिने र सदस्य मात्रै हैन नेता नै पनि भैहाल्ने माओवादीको चलन नै वन्यो । वाटोमा हिडदा हिडदै सदस्यता दिने केन्द्रिय समितिमा मनोनयन गर्ने र नेता नै वनाईदिने प्रचलन नजिर सरहनै स्थापित वनन पुग्यो । जसले पार्टी विघटनको यो संघारमा ल्याई पुरायो अझै पनि सचेत ढंगले विसर्जन नै हुन लागेको यो पार्टी विघटन गरेर पुननिर्माण गर्ने साहस नगर्ने हो भने यही विघटन र विसर्जनको वहस पनि गर्न नपाईनेअवस्थामा पुगिने खतरा छ । माओवादी पार्टीको सदस्य हुन केवल कम्युनिजम प्रति आस्था र प्रतिवद्धता भए पुग्यो नेपाल नागरिक हुन पनि परेन उमेर पुगेको हुन पनि परेन परिक्षणकाल वा भातृसंगठनमा निश्चित अवधि काम गरेको हुन पनि परेन खाली नेतृत्वको मन परे वा नपरेको आधारमा छानिएको पद र हैसियत प्राप्त हुने पाडे पजनी शैलीको पार्टी संचालन पद्दतिले यो पार्टीको हालत यहा पुरयाएको हो भन्ने कुरामा पहिलो स्वीकारोक्ति पछि मात्रै पार्टी पुननिर्माणको अभियान संचालन गर्न सकिन्छ । 
पार्टीवाट वहिर्गमनः
पार्टीमा एक पटक प्रवेश गरे पछि कहिल्यै निष्काशन हुन नपर्ने एक पटक माथिल्लो पदमा पुगे पछि तल झर्नै नहुने र एक पटक नेता भए पछि कार्यकर्ता हुनै नहुने आदतको विकास कम्युनिष्ट आन्दोलनमा र कम्युनिष्ट ईतिहासमा पनि कहिल्यै थिएन नेताहरुलाई कारवाही पनि हुने तल माथि पनि हुने जिम्मेवारीको हेर फेर पनि हुने खास घटनाक्रमहरुको सफलता र असफलताको जिम्मेवारी पनि लिने जस र अवजस दण्ड र पुरस्कार सवैको व्यवस्था पनि हुने यस आलको परम्परा नै हो तर माओवादी आन्दोलनका वखत चुनवाड वैठकको परिघटनालाई अपवाद मान्ने हो भने कहिल्यै रहेन । पार्टीवाट वहिर्गमन पनि वैचारिक वहसमा विवादमा भयो अनुशासनका मामलामा भएन । विचारमा विमति नराखे पछि आचरण र व्यवहार जे गरे पनि हुने भो यस्तो परम्परा पो वस्यो माओवादी आन्दोलन भित्र त्यसकारण माओवादी पार्टी विघटनको संघारमा पुग्यो । यो सत्य र तथ्यलाई आत्मसात गरेर मात्रै पार्टी पुननिर्माण गर्न सकिन्छ । 
नीति निार्माणमा विश्रृखलताः
माओवादी आन्दोलनको पनि ईतिहास लगभग दुई दशक पुग्यो कम्युनिष्ट आन्दोलनको ईतिहास त पुगनपुग सात दशक पुग्न आटेको छ । आजसम्म पनि कम्युनिष्ट आन्दोलनमा पहिलो पुस्ताका नेताहरुको पनि अभाव छैन । माओवादी आन्दोलनको त जन्मदाताहरु नै कृयाशिल छन् । यस्तो अवस्थामा माओवादी पार्टीको सर्वोच्च नेतृत्वमा कतिपय मानिसहरु एक दशक मात्रै पार गरेका व्यक्तिहरु छन् । त्यस्ता व्यक्तिहरु छन् मात्रै हैन त्यस्तै व्यक्तिहरु यो वा त्यो वाहाना र सौदावाजीमा नेता वनेर निर्णयक वनेका छन् । खास खास नीति पत्र तयार गर्ने पनि जिम्मा तिनैले पाउछन कि घुर्की लाएरै लिन्छन् त्यो पनि थाहा छैन आधिकारिक केन्द्रिय समितिमा त्यस्तो छलmल हुदैन पछि सर्कुलर मार्फत थाहा पाईन्छ । यो हो नीति निर्माणमा देखिएको विश्रृखलता जो माओवादी पार्टीमा निकै पहिलादेखि नै हावी थियो अधिले त्यो चरमोत्कर्षमा छ जसले पार्टीलाई विघटनको संघारमा नै पुरयायो । यस्ता विश्रृखलतावाट मुत्तल गर्न पनि पार्टी पुननिर्माणको अभियान छेडन जरुरी छ । 
अन्तमा
पार्टी या त विसर्जन या त विघटन या त पुननिर्माणको पखाईमा छ । पुननिर्माण हुन नसके विघटन वा विसर्जन त भोलि नै हुने वाला छ । विघटन र विसर्जनलाई रोक्ने हो भने योजनावद्ध ढंगले पार्टी पुननिर्माणको अभियान थालनी गर्न ढिला गर्न हुदैन । यो अभियानको थालनी गर्दा हिजो के कर्मका कारणले पार्टी यहा पुगेको हो र के कुरा दोहोरयाउन हुदैन र के कुरा सच्याउन पर्छ भन्ने कुरामा विवाद हुन हुदैन । हिजो के कारणले पार्टी यो हालतमा आईपुग्यो त्यो प्रवृत्तिसंग सम्वन्ध विच्छेद गर्न नसक्ने हो भने पार्टी पुननिर्माण केवल गफ गर्ने विषय वन्ने छ । तर हिजोको नकारहरुको पहिचान गर्ने र तिनलाई नदोहोरयाउने प्रतिवद्धता व्यक्त गर्ने हो र प्रतिवद्धता अनुसार कै व्यवहार गर्ने हो भने पार्टी पुननिर्माण संभव मात्रै हैन आवश्यक पनि छ । यो अनिवार्यतालाइृ आत्मसा तगर्दै पार्टी सदस्यता पार्टी प्रवेश र वहिर्गमनको अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनको अनुभव र देशै भित्रका कम्युनिष्ट तथा गैर कम्युनिष्टहरुको पनि शिक्षालाई ध्यानमा राखी विधिको विकास गर्ने र विधिका आधारमा चल्ने आदत वसाल्न जरुरी छ ।

No comments:

Featured Post

Why presidential system?

We are in historical moment. After a six decade long struggle Nepal became able to have an election of Constituent Assembly. Issue of Consti...