पार्टी निर्माणको प्रश्न द्धन्तोत्तर मुलुकहरुकालागि निकै पेचिलो वन्ने गरेको छ । खास गरी द्धन्दका वेला युद्धको आवश्यकताका आधारमा पार्टी संगठन, कार्यक्रम, कार्यशैली र अनुशासनका विधिहरुको विकास गरिन्थ्यो । शान्ति कालमा शान्तिको आवश्यकताका आधारमा यसको निर्माण गरिन्छ । युद्धकालको पार्टी संरचना शान्तिकालमा काम लाग्दैन । शान्तिकालको पार्टी शैली र कार्यक्रम युद्धकालकालागि विल्कुल असान्दर्भिक हुन पुग्दछ । त्यसकारण पार्टी संगठनका केही आधारभूत मान्यताहरु हुन्छन । तर ती सार्वभोम हुदैनन । सार्वभौम त वस्तु परिस्थिति हुन पुग्दछ । अर्थात पार्टी संगठन आफैमा साध्य हैनन् लक्ष्य प्राप्त गर्ने साधन मात्र हुन्छ । लक्ष्यमा पुग्नकालािग जस्तो खालको संगठनको जरुरत पर्दछ सोही अनुरुपको संगठन निर्माण गर्न जसले सक्यो उ सफल हुन्छ । जसले त्यसो गर्न सकेन पार्टी संगठनलाई धर्मशास्त्रका रुपमा समातेर वस्ने गरयो उ लक्ष प्राप्तीमा सफल हुदैन । पार्टी पुनर्निमाणको वहस आरम्भ गरेको माओवादी पार्टीका वारेमा वहस गर्न जरुरी भएको छ । यसकालागि निम्न वुदामा सिमित रहेर संक्षिप्त चर्चा गर्ने प्रयास गरिएको छ ।
विचार दर्शन र राजनीतिः
राजनैतिक पार्टीको आधारभूत मान्यता भनेकै विचार दर्शन र राजनीति नै हो । कम्युनिष्ट पार्टीकालागि माक्र्सवाद नै मुख्य हो र माक्र्सवादको सारतत्व भने कै द्धन्दात्मक तथा ऐतिहासिक भौतिकवाद हो । दुनियालाई वुझने र वदल्ने मुख्यत वदलने मान्यता नै माक्र्सवादको सार हो । यो दर्शन र यसैका आधारमा तयार भएको वैज्ञानिक र भौतिकवादी विश्व दृष्टिकोण र यिनै विषयलाई समेटने माक्र्सवादी मान्यता यतिवेलाका आधारभूत विषय हुन् । तिव्रतामा विकास भैरहेको नेपाली समाजको अन्तरविरोधको पहिचान गनेै र सोको समाधान पनि गर्ने आजको २१ औ शताव्दीको दाश्रो दशकको माक्र्सवाद नै आजको विचार दर्शन र राजनीति हो । माक्र्सवादलाई गतिशिलतामा वुझने र सोको आधारभुत मान्यताको रक्षा गर्दै सिर्जनशिल प्रयोगका माध्यमवाट विकास गर्न हिम्मत यतिवेलाको सच्चा माक्र्सवादी हुने हो । नाम मालेमावादको राख्ने र गित त्यसकै गाउने तर मालेमावादलाई गिता वा कुरान वा वाईवल सरी धर्मशास्त्रका रुपमा ग्रहण गर्ने वा वस्तुगत परिस्थितका आधारमा हैन आफनो फाईदा वा वेफाईदामा प्रयोग गर्ने तरिकाले सह िकम्युनिष्ट पनि भईदैन र सही कम्युनिष्ट पाटी संचालन गर्न पनि सकिदैन । यो नै आजको चुनौति हो ।
पाटी सदस्यता, प्रवेश र वहिर्गमनः राजनैतिक पार्टीको खास उद्देश्य हासिल गर्नकालागि यसको मुल राजनैतिक उद्देश्य हुन्छ उसको दृष्टिकोण हुन्छ । सो दृष्टिकोण लागु गर्ने परिकल्पना हुन्छ र सो परिकल्पनाको स्पष्ट लक्ष हुन्छ । यो नै सो पार्टी संगठनको आधारभुत मान्यता हो । यो आधारभूत मान्यतामा सहमत हुने व्यक्ति सो पार्टीको सदस्यता प्राप्त गर्दछ पार्टी प्रवेश गर्दछ र सो राजनैतिक आदर्शवाट च्युत हुने मानिस पार्टीवाट निश्कासनमा पर्दछ । हरेक संगठन र पार्टीमा हुने यो आधारभूत मान्यता नै हो । नेपाली सन्दर्भमा कतिपय राजनैतिक दलको सदस्यता लिन केही पुर्व शर्तहरु पालना गरेको हुन पर्ने निश्चित अवधि खास संगठनमा काम गरेको हुन पर्ने पार्टीको मुल्यांकनका आधारमा पार्टी कमिटिको शिफारिसका आधारमा पार्टी सदस्यता दिने व्यवस्था छ भने कतिपय पार्टीको कम्युनिजम प्रति प्रतिवद्ध हुनासाथ पार्टी सदस्य प्राप्त गर्ने प्राव्धान पनि छ र विस्तारै यो मान्यतामा ह्स आउदै गर्दा जो सुकै व्यक्ति जुनसुकै पार्टीमा पनि सिद्धान्त आदर्श वा मान्यताका आधारमा हैन काम व्यवहारका आधारमा पनि हैन नेतालाई मन परे वा नपरेका आधारमा तुरुन्तै जुनसुकै पार्टीको पनि सदस्य हुन सकने र जुनसुकै पदमा पनि जतिवेला पनि जान सक्ने व्यवस्था विधानमा भए पनि वा नभए पनि व्यवहारमा देखिने गरेको छ त्यो पार्टी पार्टी नभएर भिड जम्मा गर्ने साधन वन्ने गर्दछन् । त्यसैले नया ढंगको पार्टी निर्माणको सन्दर्भमा चर्चा गर्दा पार्टीको राजनैतिक उद्देश्यप्रति प्रतिवद्ध र आवश्यक शर्तहरु पुरा गरे पछि मात्रै पार्टी प्रवेश गर्ने र शर्तहरु उलंघन हुदासाथ पार्टीवाट निश्कासन गर्ने व्यवस्था विधानमा हुन जरुरी छ भने विधान व्यवहारमा लागु गर्न पनि जरुरी छ ।
संगठनात्मक संरचनाः
संसारभरीका राजनैतिक पार्टीहरु आफना खास उद्देश्यकालागि स्थापित भएका हुन्छन् । ती उद्देश्य प्राप्ती गर्ने खास संगठनात्मक संरचना उद्देश्य अनुसार नै भिन्न भिन्न निर्माण गरेका हुन्छन् । त्यसैले राजनैतिक उद्देश्य हासिल गर्ने साधनका रुपमा संगठनात्मक संरचनाको मेल खान जरुरी छ । यसो गर्दा ती संगठनहरु आधार वलियो भएको, जनतामा आधारित, जनअनुमोदित र जनता आफैले निर्माण गरेको हुन जरुरी छ । यसो हुदा छाता आकारको हैन पिरामिड आकारको पार्टी संगठन निर्माण गर्न जरुरी छ । साथै माथि निर्देशित हैन तल आधारित संगठन भए मात्रै लक्ष हासिल गर्न संभव हुनेछ । यसका साथै यो युग समावेशी लोकतन्त्रको युग हो संघीयता र गणतन्त्रको पनि युग हो । राज्यका हरेक संरचना संघीय हुन पर्छ भनेर माग गर्ने पार्टी संरचना आफै संघीय हुन सक्ने हो भने लक्ष हासिल गर्न सकिन्न । त्यसैले नया ढंगको पार्टी निर्माणको यो सन्दर्भमा प्रचलनमा रहेको पार्टी संरचनाको पुनर्गठन गर्दै गर्दा गणतन्त्र संघीयता धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रलाई आफनो मिशन वनाउन सक्न पर्दछ ।
निर्णय प्रकृयाः
पार्टी संगठनमा जे उद्देश्य हासिल गर्ने हो तदनुकुलको संगठन निर्माण गर्न जति जरुरी छ त्यति नै निर्णय प्रकृया जनआधारित हुन जरुरी छ । पार्टीको निर्णय प्रकृयामा आम कार्यकर्ताको सहभागिताको स्तर र अवस्थाले सो निर्णय कार्यान्वयन हुने वा नहुने कुराको निर्धारण गर्दछ । ठीक त्यसै गरी जनताको अधिकांश हिस्सा निर्णय प्रकृयामा सहभागि हुने र नहुने कुराले पार्टी निर्णयलाई आत्मसात गर्ने वा नगर्ने कुराको पनि निर्धारण गर्ने गर्दछन् । द्धन्द पछिका मुलुकहरुमा पार्टी र कार्यकर्ता र जनताका विचमा एकाकार हुन सक्नेहरुले सफलता र नसक्ने हरुले असफलता हात पारेका छन् । त्यसैले आजभोलि राजनैतिक पार्टीको निर्णयमा मात्रै हैन नीति निर्माणमा नै जनताको सहभागिता खोज्ने र जनसहभागिताका आधारमा मात्रै पार्टी गठन गर्ने पार्टीका राजनैतिक लक्षहरु समेत निर्धारण गर्ने कार्यको आरम्भ भएको छ र तिनले सफलता हासिल गर्ने संकेत हरु पनि देखिएका छन् । त्यसैले पार्टी नीति निर्माणमा र पार्टीको निर्णय प्रकृयामा र निर्णयको कार्यान्वयनको प्रकृयामा समेत जनताको कार्यकर्ताको सहभागिता सुनिश्चित गरेर मात्रै नया ढंगको पार्टी निर्माण गरियो भन्न सकिन्छ ।
नेतृत्वको चयन प्रकृयाः
नेतृत्व आम मतदातावाट निर्वाचन गरेर, नेताहरुको खास तहवाट मनोनयन गरेर वा खास खास व्यक्ति मध्यवाट छनोट गरेर पनि निर्माण गर्ने प्रचलन हरु छन् । आन्तरिक लोकतन्त्रको अभ्यास काफी मात्रमा भएका पार्टीहरुमा नेतृत्वको छनोट सर्वाधिक लोकतान्त्रिक विधि निर्वाचनका सवै मान्यताहरु परिपुर्ति गरे पछि चुन्ने चुनिने अधिकारको प्रत्याभुति गरेर निर्वाचनको प्रकृयावाट गरिन्छ । कतिपय पार्टीहरुमा खास व्यक्तिको नेताको वा समुहको चाहनाका आधारमा निर्वाचनको विधिको उपयोग गरी वा नगरी छनोट वा मनोनयनको विधिवाट नेतृतवको चयन हुने गरेको पनि पाईन्छ । जति वृहत लोकतान्त्रिक अभ्यासका माध्यमवाट नेतृतवको छनोट भयो चयन भएको नेतृत्वको प्राधिकार पनि त्यही मात्रामा विस्तार हुने र आम जनता र कार्यकर्ताको पनि स्वीकार्य हुने अवस्था देखिन्छ । व्यापक लोकतान्त्रिक विधिको प्रयोग नगरिएको अवस्थामा नेतृत्वको प्राधिकारमा कटौति, आशंका र अस्वीकार्यताको हदका साथै निर्णय कार्यान्वयनमा समेत सोको प्रभाव सोझै पर्ने गर्दछ । तसर्थ अवको सन्दर्भमा नया ढंगको पार्टी निर्माणको प्रकृयामा सहभागी हुदै गर्दा राजनैतिक दलहरु व्यापक लोकतान्त्रिक अभ्यास गर्न चुक्न हुदैन । यसको मतलव वुर्जुवाहरुले विकास गरेको चुनाव पद्दति मात्रै अवलम्वन गर्नु पर्याप्त छैन त्यो भन्दा माथि उठेर र विकास गरेर अर्थात जनवादी चुनावी मान्यताको विकास गरेर व्यापक लोकतान्त्रिक विधिको प्रयोग मार्फत निर्वाचित नेतृत्व मात्रै सफल हुने अवस्था आउछ । पार्टी पुननिर्माण वा नया ढंगको पार्टी निर्माणको सन्दर्भमा यो सर्वाधिक महत्वको विषय हुनेछ ।
पारदर्शिताः
राजनैतिक पार्टीहरु सर्वाधिक भ्रष्ट संस्थाका रुपमा गनिएका छन् । यस्तो अवस्थामा अख्तियारको चाकरी गरेर मुद्दा लाग्नवाट वच्ने वा अदालतमा न्यायधिशलाई मुठीमा राखेर सफाई लिने प्रयत्न तर्फ लाग्न भन्दा आफैले आफैलाई जनता, कार्यकर्ता र नेताहरुका सामु पारदर्शी वनउनु सर्वोत्तम उपाय हुनेछ । सवैभन्दा अपारदर्शी जीवन भोग्ने पार्टी नेता र कार्यकर्ता सर्वाधिक एैयाशी जीवन जिउनेहरु पनि उनै सर्वाधिक सम्पत्ति आर्जन गर्नेहरु पनि तिनै तर तिनको न जागिर छ न पेन्सन छ न पेशा व्यवसाय छ तर जीवनस्तर उस्केको उस्केई छ यस्तो अवस्थावाट मुक्त हुनै पर्छ । वैधानिक आम्दानी विनाको जीवन अवैधानिक करार गर्न सक्न पर्छ । त्यस खालको पार्टी संगठनले मात्रै जनताको विश्वास पैदा गर्दछ । तसर्थ पार्टी पुननिर्माणको सन्दर्भमा हरेक राजनैतिक पार्टीको लेखा परिक्षण मात्रै हैन सामाजिक र सार्वजनिक परिक्षण समेत गर्न जरुरी छ । सार्वजनिक र राजनैतिक परिक्षणको माध्यमवाट खरो उत्रेको राजनैतिक दल लेखापरिक्षणको प्रतिवेदनवाट पनि सफा र पारदर्शी देखिन जरुरी छ ।
अनुशासनः
अनुशासन अनावश्यक झण्झट वा वन्धन हैन । यो त लक्ष हासिल गर्ने साधन हो । वलियो सेनाले लडाई जित्छ कि अनुशासित सेनाले भन्ने विवाद हुदा अनुशासित सेनाले नै अन्तिम लडाई जित्छ भन्ने निष्कर्ष निकालिएको थियो । र तथ्यहरुले पनि त्यसैलाई पुष्टि गरेको पाईन्छ । त्यसैले वलवान पार्टीले भन्दा अनुशासित पार्टीले जनताको मन जित्न सक्छ र आफना प्रतिद्धन्दीहरुलाई पछार्न सक्छ र अन्तमा आफनो लक्षमा पुग्ने सफलता पनि हासिल गर्न सक्दछ । त्यसैले पार्टी पुनर्गठनको यो अभियानमा अनुशान झण्झटिलो विषय नभएर लक्ष हासिल गर्ने वल पो हो भन्ने पुष्टि हुन पुग्दछ । के गर्ने र के नगर्ने अनुशासनका आधारभूत मान्यता हुन यिनको प्रष्ट उल्लेखन र सोको पालना नभएका वखत दण्डको व्यवस्था अनिवार्य र स्पष्ट ढंगले हुन जरुरी छ । दण्ड र पुरस्कारको व्यवस्थ ागर्न नसक्ने पार्टी आजको आवश्यकता पुरा गर्ने पार्टी हुनै सक्दैन भन्ने मान्यतालाई आत्मसा तगर्न जरुरी छ ।
निष्कर्ष र सुझावः
तर विडम्वना के छ भने आजसम्मका कम्युनिष्ट पार्टीहरु लगायत सवै पार्टीहरु संघर्षकालागि गठन भएका आन्दोलन गर्न सक्षम पनि भएका, युद्ध र प्रेममा सवै कुरा जायज हुन्छ(भ्खभचथतजष्लन ष्क ाबचभ ष्ल ीयखभ बलम ध्बच) भनेर स्वीकार गरिएको सन्दर्भमा जे गरे पनि आन्दोलन हुन परयो वाकी सवै कुरा माफ, भन्ने आदतको विकास भएको सन्दर्भमा माथि उल्लेखित आधारभूत मान्यता भेटाउन मुश्किल पर्दछ । यसका वावजुद पनि राणा शासन राजाको शासन र पंचायती शासन सवै समाप्त भएकै हुन । त्यतिवेलासम्म यी सवै दोषहरु माफ भएका पनि हुन । तर अव आर्थिक सम्वृद्धिकालागि संघर्ष गर्नुछ । अव संस्कार निर्माणका लागि संघर्ष गर्नुछ । अव ध्वस हैन निर्माणकालागि संघर्ष गर्नु छ । अव हिजोको मानसिकताको परिवर्तनकालागि लडनुछ । त्यसैले सवैभन्दा पहिला आफैमा रहेका र आफै संग रहेकाहरुमा रहेका खरावीका विरुद्ध लडन तयार हुन पर्दछ । त्यसकालागि पार्टी संगठन नीति र विधानवाट चल्ने, लोकतान्त्रिक, पारदर्शी र अनुशासित संयन्त्रका रुपमा विकास गर्न जरुरी छ । तव मात्रै वाकी कार्यभार पुरा गर्न सकिन्छ । त्यसैले पार्टी पुननिर्माण वा नया ढंगको पार्टी निर्माणको वहसमा रहेको माओवादी जस्ता पार्टीले यी विषयमा गंभिर र निर्मम भएर समिक्षा गर्न जरुरी छ । अरुका विरुद्धमा भन्दा आफैप्रति निर्मम भएर मात्रै नया ढंगको पार्टी निर्माण गर्न वा पार्टी पुननिर्माणको अभियानको नेतृत्व गर्न सकिन्छ भन्ने कुरामा विश्वस्त हुन जरुरी छ ।
No comments:
Post a Comment