एमाओवादी अध्यक्ष प्रचण्डले पार्टी केन्द्रिय समितिमा पार्टी पुनर्निर्माणको आवश्यकता वारेको दस्तावेज पेश गरी पारित भै सोही प्रकृयालाई थप टेवा पुरयाउने सन्दर्भमा गत हप्ता एनेकपा(माओवादी)का वरिष्ठ नेता डा बाबुराम भटटराईले नया शक्तिको खाचो मार्फत नया विचार सार्वजनिक गरे पछि नेपाली राजनीतिक वृत्तमा वहसको थालनी भएको छ । के आयो भन्ने भन्दा पनि कसले ल्यायो भन्ने कुराले अलि वढी प्राथमिकता पाउने गरेको नेपाली समाजमा यो विचारका वारेमा पनि एकाथरी डा भटटराईका फयानहरु उनको भन्नासाथ अन्धसमर्थन गर्ने अतिमा र उनलाई नरुचाउनेहरु उनको नाम देख्नासाथ बुर्जुवा, गैर माक्र्सवादी, गैर क्रान्तिकारी वा क्रान्तिवाट भाग्न खोजेको जस्ता लान्छना लगाउने गरेको अर्को अतिमा उभिएको पाईन्छ । तथ्यवाट सत्यको खोजी गर्ने भन्दा पनि सत्यवाट तथ्यको खोजी गर्ने वानी परेको समाजकालागि यो प्रवृत्ति निकै घातक देखिएको छ । तसर्थ तथ्यका आधारमा सत्यको खोजी गर्ने अभियान पनि संचालन गरौ । अन्धसमर्थन वा अन्ध विरोध सहित अनेकन लान्छना लगाउने प्रवृत्तिको पनि अन्त गरौ भन्ने आशयका साथ नया शक्तिको खाचोमा उनी के भन्छन् र यसका वहस कसरी चलेकाछन् भन्ने विषयमा यो लेख केन्द्रित रहेको छ ।
विचारको आधारः
पहिलो आधार विश्वदृष्टिकोणलाई मान्दै दर्शनको क्षेत्रमा मुल रुपमा उदारवाद र समाजवाद दुई ध्रुव रहेका र उदारवाद सम्पुर्ण रुपमा व्यक्तिगत स्वतन्त्रताको मात्रै वकालत गर्दै समाजको भूमिकालाई विल्कुल वेवास्ता गरेको कारण यो अन्ध व्यक्तिवादी भएको र समाजवाद व्यक्तिको भुमिकालाई वेवास्ता गर्दै सामाजलाई नै अन्तिम सत्य ठान्दै गरेको कारणले दुवैले श्रेष्ठता हासिल गर्न पनि नसकेका र समाजका अन्तरविरोधलाई समाधान गर्न असफल भएको निष्कर्ष निकाल्दै डा भटटराई उदारवादले आत्मसात गरेको व्यक्तिको भूमिकालाई समाजवादमा यथोचित स्थान दिदै समाजवादले भोग्न परेका असफलतालाई सच्याउन सकिने र सफलता हासिल गर्न सकिने तर्क अगाडि सारेकाछन् । जो २० औ शताव्दीमा भएको माक्र्सवादको प्रयोगका असफलताहरुवाट सिक्दै र नेपाली धर्तिमा प्रयोग गर्न सकिने समाजवादी व्यवस्थाको थालनी माक्र्सवादको विकासमा नया आयाम हुन सक्दछ ।
दोश्रो आधार नेपाली समाजको चरित्रमा आएको वदलावलाई उजागर गर्दै राजतन्त्रको अन्त र गणतन्त्रको स्थापना एकात्मक राज्यको अन्त र संघीयताको आत्मसातीकरण,हिन्दु अधिराज्यको स्थानमा धर्मनिरपेक्षता र वहिस्करणका ठाउमा समावेशीकरणको अवस्थाले नेपाली समाज अव परम्परागत रुपमा भनिदै आएको अर्ध सामन्ती रहेन वरु पुजीवादमा प्रवेश गरयो । वदलिएको समाज अनुकुल पार्टीहरु आफु वदलिने, क्रान्तिका रणनीति र कार्यनीति वदल्ने र आफनो कार्य शैली वदल्ने अनिवार्य जस्तै वन्न पुग्दछ भन्ने तथ्यलाई आत्मसात गर्दै जान पर्ने तथ्य अघि सारेका छन् । जनवादी क्रान्तिकानिम्ति तयार पारेका पार्टी संगठन रणनीति र कार्यनीति समाजवादी क्रान्तिकालागि पनि जस्ताको तस्तै वा सामान्य टालेटुले परिवर्तनले विकसित समाजको आवश्यकतालाई पुरा गर्न सक्दैन त्यसैले पार्टी पुनर्निर्माण र पुनर्गठनकै खाचो पर्दछ भन्ने यो विषय नेपाली राजनीतिमा यति वेलाको नया शष्लेषण हुन सक्दछ ।
तेश्रो आधारका रुपमा वदलिएको समाजलाई विश्वदृष्टिकोणमै विकास गरी माक्र्सवादकै विकास गरी आजसम्मको ध्वस प्रधान राजनैतिक कार्यदिशामा परिवर्तन ल्याई निर्माणको कार्यदिशा विकास गर्न जरुरी भएको तथ्य अघि सारेका छन् । जो आजको वर्ग विश्लेषण विना संभव हुदैन ।
नया विचार,नया विकल्पः
उपरोक्त तिन आधारलाई आत्मसात गर्ने पहिलो हकदार नेपाली समाजलाई हतियारवद्ध र शान्तिपुर्ण जनयुद्ध र जनअन्दोलन विभिन्न माध्यमहरुद्धारा परिवर्तनको यो हदसम्म ल्याई पुरयाउने नेता र पार्टी नै रहन्छन् । उनीहरुले यो वदलिएको परिवेशलाई आत्मसात गर्ने र तदनुकुल आफु र पार्टीलाई रुपान्तर गर्ने र तदनुकुल क्रान्तिका रणनीति र कार्यनीतिको विकास गर्ने र नेपाली समाजमा रहेका अन्तरविरोधहरुलाई हल गर्ने कुरालाई ईतिहासले सुम्पेको जिम्ेमेवारीकै रुपमा लिन जरुरी छ । तसर्थ नया शक्ति त्यही शिरावाट जन्माउन पर्छ । यसो गर्न सकिएन भने समयले सन्दर्भले विकल्प खोज्छ । त्यो नया शक्ति जो कोही पनि हुन सक्छ भन्ने सचेतता उनको विचारमा अभिव्यक्त भएको छ ।
वहसका सकारात्मक पक्षः
नया शक्तिको खाचो मार्फत नया विचारको सम्पे्रशण सहितको वहसले लामो समयदेखि नेपाली राजनीतिमा वन्ध्याकरण जस्तै भएको वा आवश्यक नठानिएको वा दैनन्दिनको राजनीति नै विचार भएको ठानिएको अवस्थामा विचारको वहसले आकार लिएको छ । यसका साथै विचार,राजनीति, संगठन र आन्दोलनमा आएको गतिमन्दता अकर्मण्यता र दिशा विहिनता वा गोलचक्करवादवाट मुक्ति दिलाउने नया खुराकका रुपमा यसले काम गरेको छ । यस खालको वहसले सवै राजनैतिक दलहरुलाई जिम्मेवारी वोधको आभास पनि गराएको छ भने नेता र कार्यकर्ता जनता र नेता जनता र पार्टी वीचको सम्वन्ध नोकरशाही र औपचारिक वन्दै विघटनको संघारमा पुग्नै आटेको राजनैतिक पार्टी संगठन र आन्दोलनलाई नया उर्जा दिने काम पनि गरेको छ । यो वहसले सकारात्मक निष्कर्ष पहिल्याउन सक्दा नेपाली समाजले प्राप्त गरेका ऐतिहासिक उपलव्धीहरुलाई विगतका झै गुम्न नदिन र तिनलाई संस्थगत गर्दै नेपाली समाजको रुपान्तरणमा महत्वपुर्ण भूमिका नै निर्वाह गर्ने विश्वास पैदा भएको छ ।
वहसका नकारात्मक पक्षः
नेपाली समाज मुलत सामन्तवादी भएका कारणले विचारको वहस नया कुराको थालनी हिजो राजा महाराजावाट मात्रै हुन्थ्यो भने आज समाजका ठालुहरुको मात्रै पेवा ठानिएको छ । विषय वस्तु के हो भन्ने तिर भन्दा पनि कसले भन्नेतिर नै वढी आदत वनाईएको छ । यसका कारणले डा भटटराईले पेश गरेको नया विचार पनि कहि न कहि यो कारणले पनि नकारात्मक टिप्पणीको कारण भएको छ । डा भटटराई ख्यातिप्राप्त विद्धान हुनाका नाताले उनलाई वुर्जुवासंग जोडन,े नया कुरा गर्नासाथ क्रान्तिवाट भाग्न खोजेको आरोप लाग्ने र कम्युनिष्ट पार्टीभित्र जानेमानेको आदत गैरक्रान्तिकारी वा गैरमाक्र्सवादी भनि दिनासाथ मेहनत पनि गर्न नपर्ने प्रतिवाद गर्न पनि नपर्ने सजिलो वाटो रोज्ने गरेका कारणले पनि नकारात्मक वहसले खासगरी पार्टीभित्रको एउटा सानो तप्कामा परम्परा जस्तै वन्ने गरी ठाउ पाएकै छ । यसो भनिरहदा आफैलाई कार्ल माक्र्स ठान्ने र आफैसंग माक्र्सवाद नाप्ने छडि रहेको भ्रममा रहने गल्ती गर्दै हल्का र तल्ला टिप्पणीहरु पनि हुने गरेकाछन् । माओवादी पार्टी भित्रैको कुरा गर्दा आलोक प्रवृत्तिको नकारात्मक शिक्षा ताजै छ । जसले मुल नेतृत्वको दलाली गरे पछि अरु प्रति जति अत्याचार गरे पनि छुट पाउने अपेक्षा राख्छ । यो भ्रममा पनि उसले सवै सिमाना र मान्यतालाई कुल्चदै नकारात्मक टिप्पणी गर्छ । यो प्रवृत्ति पनि थोर वहुत यहा देखिएको छ । अर्को प्रवृत्ति जानी वुझीकन ऐतिहासिक रुपमा प्राप्त उपलव्धीलाई विगतमा झै संस्थागत हुनवाट रोक्न प्रतिगामी र प्रतिकृयावादी एवं यथास्थितिवादीहरु समेतले अपनाउने अनेक हतकण्डा मध्य अन्तरध्वसको रणनीति अख्तियार गर्ने, आन्दोलनलाई, नेता कार्यकता र समर्थक सुभचिन्तकहरुलाई विभाजित गरिदिने र आन्दोलन र सोको उपलव्धी सवै तहस नहस पारिदिने धेय राख्दछ यो खतरा पनि कहि न कहि देखिने गरेको छ र यस सन्दर्भमा पनि अछुतो रहेको छैन । अर्को प्रवृत्ति कांग्रेस र एमालेलाई लोकतान्त्रिक शक्तिको विल्ला भिराउदै उनीहरुको विचको एकतालाई अपरिहार्य ठान्दै वर्ग समन्वयका पक्षपातिहरुले वर्गसंघर्षको चिन्ता गर्दै गोहीको आशु चुहाउदै गरेको टिप्पणीको भ्रममा सच्चा क्रान्तिकारी कहिल्यै परेका छैनन् तसर्थ यो टिप्पणीप्रति कुनै टिप्पणीको खाचो पनि म देख्दिन ।
लिन पर्ने शिक्षाः
विगत ६५ वर्षको राजनैतिक उतार चढाव र आन्दोलन, संघषर्, क्रान्ति र प्रतिक्रान्तिका प्रवृत्तिहरुलाई केलाउदा सहजै पुग्न सकिने निष्कर्ष के हो भने, नेपालीहरु संघर्ष गर्नमा माहिर छन् संघर्षका उपलव्धीलाई जोगाउन सक्दैनन । पटक पटक ती उपलव्धीहरु गुम्ने गरेका छन् । संघर्षमा एकता, संघर्षवाट प्राप्त उपलव्धीलाई संस्थागत गर्ने कुरामा झगडा सडकमा आत्मियता सत्तामा लुछाचुडी आम प्रवृत्ति वनेको छ । सामन्तवादी संस्कारयुक्त समाज भएका नाताले नेता पार्टी सवैमा सामन्तवादी अहम रहेको र त्यही अहंका कारणले यस्तो हुन पुगेको निष्कर्षमा पनि पुग्न कठिन हुदैन । त्यसैले विगतका यी कमजोरीवाट गंभिर पाठ सिक्दै अव फेरि तिनै गल्ती नदोहोरयाउने प्रतिवद्धता गर्न र तदनुकुल आफना सोच चिन्तन र प्रवृत्तिमा विकास गर्न पनि जरुरी भएको छ ।
निष्कर्षमा अवको वाटोः
नेपाली समाजको चरित्रमा आधारभुत रुपमा नै वदलाव आएको छ । सामान्य विकासको नियमका हिसावले पनि विगत साठी वर्षको तुलनामा नेपाली समाज हिजो जस्तो पक्कै छैन । विशिष्ठ हिसावले यो अवधिमा ऐतिहासिक महत्व राख्ने जनयुद्ध देखि संयुक्त जनआन्दोलनसम्म, पंचायत र राजतन्त्रको अन्तदेखि विश्वव्यापी भुमण्डलीकरणले पारेको प्रभावसम्मका समेत कारणले नेपाली समाज सामन्तवादी देखि पुजीवादीसम्म परिवर्तन भएको छ । नेपाली जनताको त्याग,वलिदन र उत्सर्गका गाथाहरुको ऐतिहासिक श्रृखला नै कायम भएको छ । यी सवै तथ्यहरुले नेपाली समाजमा आएको परिवर्तनलाई आत्मसात गर्ने गरी राजनैतिक दलहरुले आफुलाई वदल्न सक्न पर्छ । यसरी वदल्दै गर्दा वदलिएको समाजको विश्लेषण गर्ने र त्यो विश्लेषणको निष्कर्षका आधारमा क्रान्तिका रणनीति र कार्यनीतिको विकास गनर्,े साथै समाज वदल्ने विज्ञान, माक्र्सवाद जो जीवन्त विज्ञान हो भने यसको विकासमा जोड दिने र नेपाली समाजमा लागु गर्ने उत्पिडित राष्ट्रहरुको अन्तरविरोध साम्राज्यवादसंग कै हो भने १९औ र विशौ शताव्दी देखि २१ औ शताव्दीसम्म साम्राज्यवादमा आएको परिवर्तनलाई मिहिन पाराले केलाउने र त्यसवाट निस्केका निष्कर्षका आधारमा आफनो कार्यदिशा विकास गर्ने यतिवेलाको आवश्यकता हो ।
अन्तमा
२१ औ शताव्दीमा माक्र्सवादको विकास, २१ औ शताव्दीको साम्राज्यवादको चरित्रको विश्लेषण र आजको नेपाली समाजमा भएको वर्गहरुको विकास र विश्लेषण समाजवादी क्रान्तिको रणनीति र कार्यनीति तय गर्नकालागि अपरिहार्य विषय हुन । यसकालागि विचारको वहसमा वन्देज लगाएर हैन विचारको वहसलाई खुला गर्दै सकारात्मक र रचनात्मक हिसावले संचालन गरेर मात्रै संभव छ । विचारको विकासको यो वहसमा सहभागी वनौ । नेपाली समाजको रुपान्तरणमा योगदान गरौं ।
No comments:
Post a Comment