Saturday, April 16, 2011

नेपाल राष्ट्रिय वुद्धिजीवी संगठन केन्द्रिय समितिकातर्फ बाट चौथो राष्ट्रिय सम्मेलन - २०६३ मा प्रस्तुत

अध्यक्ष मण्डलसहभागी सम्पुर्ण प्रतिनिधि तथा पर्यवेक्षक मित्रहरु ।
शहिदप्रति श्रद्धान्जली
संगठनलाई यहांसम्म ल्याई पुराउनुहुने यस संगठनका महान शहिदहरु केन्द्रीय सदस्य क्रमशःडिल्लीप्रसाद शर्मा सापकोटा रामप्रसाद घिमिरे पूर्व केन्द्रिय सदस्य देवराज आचार्य र डम्मर चेम्जोङ्ग तथा संगठनका अन्य इकाईहरुमा कार्यरत हुँदै शाहदत प्राप्त गर्नुहुने विष्णु पोख्रेल बर्दिया पर्वतराज भट्टराईओखल ढुङ्गा विजय कोईराला सुनसरी बैकुण्ठ श्रेष्ठ भक्तपुर ध्रुर्व ढुङ्गाना धादिङ्ग लगायत अन्य विभिन्न मोर्चामा नेतृत्वदायी भूमिका बहन गर्ने क्रममा शहादत प्राप्त गर्नुहुने क। रामवृक्ष यादव क। सुरेश वाग्ले क। कृष्णसेन इच्छुक लगायत हजारौं महान शहिदहरुप्रति हार्दिक भावपूर्ण श्रद्धााजली अर्पण गर्दछ ।
घाईते तथा वेपत्ता परिवारहरुप्रति एक्यवद्धता
जनमुक्ति आन्दोलनका क्रममा घाईते हुनुभएका मित्रहरुको शिघ्र स्वास्थ्यलाभ तथा परिवारजनप्रति ऐक्यवद्धता प्रस्तुत गर्दछ । साथै संगठनका के।स। ज्ञानेन्द्र त्रिपाठी लगायत सम्पूर्ण बेपत्ता पारिएका परिवारप्रति सहानुभूति एवं ऐक्यवद्धता जाहेर गर्दछ र वेपत्ता पारिएका नागरिकहरुको स्थिति यथाशिघ्र सार्वजनिक गर्न जोडदार माग गर्दछ ।
१ अन्तर्राष्ट्रिय परिस्थितिः
यतिवेला विश्वभरि राष्ट्रिय र वर्गीय मुक्ति आन्दोलनहरु चलिरहेका छन् । सोभियत रुसको पतन पश्चात् साम्राज्यदीहरुको नेतृत्व गर्दे अमेरिकाले नया नया रुप र आकार ग्रहण गर्दै आर्थिक राजनैतिक सांस्कृतिक र सामरिक दृष्टिले एउटै भूमण्डलीकृत राज्यका रुपमा धर्तिका आम जनसमुदायको शोषण उत्पिडन गर्नु आजको साम्राज्यवादको प्रमुख विशेषता वन्न गएको छ । अमेरिकी साम्राज्यवादको यो भुमण्डलीकृत राज्य रुपको परिणाम आज दोश्रो विश्वयुद्ध पछि विकसित गरिएको अन्तराष्ट्रिय मूल्य मान्यता विधि विधान र संरचनाहरु निरिह वन्दै गएकाछन् । साम्रज्यवादको यो नया स्वरुपलाई मानवजातिको प्रगतिको नया युग भनेर जतिसुकै विज्ञापन गरिए पनि अनगिन्ति सजीव तथ्य अनुभव र व्यवहारले यसलाई औपनिवेशीकरणको नया नांगो र घृणित स्वरुप वाहेक अरु केही सावित गरेको छैन विश्वका १४० देशहरुमा सैन्य अखडा स्थापना गरी स्वतन्त्र राष्ट्रहरुको सार्वभौमसत्तामाथि नुगो हस्तक्षेप गरिरहेको यथार्थले विश्वस्तरमै प्रतिरोध र विद्रोहलाई गुणात्मक रुप्ाले आवश्यक र संभव तुल्याएर लगेको छ । नया भियतनामका श्रपमा ईराक अफगानिस्तानमा वढिरहेको प्रतिरोधदेखि नेपाल भारत पेरु टर्की र फिलिपिन्सका क्रारिुन्तकारी आन्दोलनसम्म् तथा दक्षिण र ल्याटिन अमेरिकादेखि एशिया र अफि्रकासम्मका सवै देशहरुका जनताको एकमात्र साझा दुश्मनका रुपमा अमेरिकी साम्राज्यवाद र त्यसका दलाल घरेलु शासकहरु वनिरहेकाछन् । दक्षिण एशियामा अमेरिकी साम्राज्यवादका अगाडि झुक्दै गएको भारतीय विस्तारवादी शासकवर्गका विरुद्ध क्रान्तिकारी जनवादी राष्ट्रिय मुत्तिः आन्दोलन तिव्र वन्दै गएको छ । वजारको चावी अमेरिकी साम्राज्यवादलाई वुझाएर आर्थिक वृद्धि गरिरहेको चिनीय संशोधनवादी पूजिवादी शासकहरुपनि दक्षिण उशियामा आफनो प्रभाव विस्तार गर्ने कुटिल प्रकृयामा छन् । उपरोधु वस्तुगत परिसिथतीले साम्राज्यवादी विश्व व्यवस्थाको समुल नष्ट गरी जनताको नया समाजवादी विश्व व्यवस्था कायम गर्ने भौतिक वातावरणको परिपक्वतालाई स्पष्ट गर्दछ तर साम्रज्यवाद आफै ढल्ने वाला छैन त्यसकालागि वैज्ञानिक विचारको नेतृत्वमा जनसमुदायको सचेत धक्का र वल प्रयोग अनिवार्य हुन्छ । यस्तो परिस्थितिमा पनि साम्राज्यवादी संकट टार्न विश्व बैंक विश्व मुद्राकोष विश्वब्यापार संगठन विश्वग्राम र विश्व भूमण्डलीकरणको नयाँ साम्राज्यवादी रुप अघि सारेर अमेरिका संसारलाई आफ्नो पाजा भित्र राख्न उद्दत छ । तर उसका केही मतियारहरु बाहेक विश्व जनमत साम्राज्यवाद विरुद्ध एकिकृत बन्दै गैरहेको छ । नेपालमा साचालित जनयुद्धको विचार राजनीति र संघर्ष उसकानिम्ति टाउको दुखाईको विषय बनेको छ । विश्वको प्रधान अन्तरविरोधको निक्र्यौल र नयाँ विश्वको अवधारणा पश्चात् उसको सम्पूर्ण ध्यान नेपाल र ने।s।पा। माओवादी तिर तेसर्िाएको छ । सगरमाथाको देशवाट नयाँ विश्वको संभावना उजागर हुदैछ ।
२राष्ट्रिय परिस्थितिः-
सामन्तवाद र साम्रज्यवादको गठवन्धनमा आधारित सामन्तनोकरशाह र दलाल पूजिपतिवर्गको सत्तासंग नेपाली जनताको अन्तरविरोधलाई नया जनवादी क्रान्त्किो न्यूनतम कार्यक्रम र रणनीतिद्धारा हल गर्न नेकपा माओवादीको नेतृत्वमा संचालित जनयुद्धका दश वर्षले राष्ट्रिय राजनीतिको वर्गिय शक्ति सन्तुलनमा व्यापक हेरफेर ल्याईदिएको छ । देशको सम्पूर्ण ग्रामिण भूभागवाट पुरानो सत्ता वढारिएकोछ भने आफना विकासको प्रारम्भिक चरणमै भए पनि ती स्थानमा जातिय क्षेत्रिय स्वयक्त गणतान्त्रिक र स्थानिय सत्ताहरुको जन्म भएको छ । १० वर्षै जनयुद्धको जग र १२ वुदे समझदारीको आडमा संचालित १९ दिने जनआन्दोलनले २३८ वर्षदेखि चलिआएको सामन्ती राजतन्त्र यतिवेला एकहदसम्म्ा पराजित भएको छ । षडयन्त्रमुलक ढंगवाट पुनस्र्थापित संसद र यसको कथित घोषणाद्वारा पूनः नेपाली समाजलाई यथास्थितिमा राखेर आफ्नो कुसर्ी स्वार्थ कायम राख्ने कु_ित्सत प्रयासमा अल्झिरहने लक्ष्यणहरु संसदवादी दलका केही नेताहरुमा देखा परिरहेको छ । अमेरिकी साम्राज्यवाद सामान्य कुटनैतिक मर्यादालाई समेत उछिनेर निर्लज्ज रुपले आन्तरिक मामलामा हस्तक्षेप गरी रहेको सन्दर्भमा त्यसको सर्वत्र निन्दा पनि भैरहेको छ । एकात्मक सामन्ती निरंकुश राजतन्त्र नै यो देशको शान्ति लोकतन्त्र र अग्रगमनको प्रमुख वाधक रहेको र सोको निकास संघिय गणतन्त्रात्मक राज्य व्यवस्थाले मात्र दिने राज्यद्धारा पछि पारिएका वर्ग क्षेत्र सहित दलित आदिवासी जनजाति महिला र मधेशी जनसमुदायको भावनाको समुचित प्रतिनिधित्व हुने गरी तिनलाई अधिकार सम्पन्न गराई आत्मनिर्णयको अधिकार सहितको जातियक्षेत्रिय स्वशासनको ग्यारेण्टी गर्ने गरी राज्यको पुनरसंरचना विना मुलुकका कुनै पनि समस्याको समाधान हुदैन भन्ने स्पष्ट भैसकेको छ । सोका निम्ति तयार हुने कि नहुने अथवा यथास्थितिमै रहने कि अग्रगामी परिवर्तनको माध्यमवाट सम्पूर्ण समस्याको समाधान खोज्ने भन्ने नै यतिवेलाको अहं प्रश्न हो । यहि सेरोफेरोमा रहेर संविधान सभाको निर्वाचन सम्पन्न गरी सवै खाले समस्याको समाधान गर्न मार्ग प्रसस्त गर्ने दिशाका वाधकहरुलाई पन्छाउने योजना निर्माण गर्ने यतिवेलाको मुख्य कार्यभार हो । यसकानिम्ति सहि योजना र सही नेतृत्व सहितको अग्रगामी राजनैतिक कार्यदिशा मुलुकले खोजेको छ । नेपाली जनता शान्ति लोकतन्त्र र अग्रगमन चाहन्छन् सो का निम्ति जुनसुकै कुर्वानी गर्न पनि तयार छन भन्ने कुरा यस अवधिका घटनाक्रमहरुले पुष्टि गरिसकेकाछन् ।
३संगठनको संक्षिप्त इतिहास
२०४६ सालको जनआन्दोलन पश्चात् पंचायती निरकुश शासनको पतन र वहुदलीय शासन व्यवस्थाको उदय भए तापनि सो आन्दोलन पनि संझौतामा टुंगिएको हुनाले सो आन्दोलनको मर्म र भावनाको कार्यान्वयन गर्न क्रान्तिकारीहरुकानिम्ति छुटै क्रान्तिकारी आन्दोलनको सिर्जना गर्नु पर्ने स्थिति आई परेको थियो । सोही ऐतिहासिक आवश्यकतालाई वोध गर्दै २०४८ मा डा। बाबुराम भट्टराईको संयोजकत्वमा नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनको स्थापना भएको हो । तत्पश्चात् दिपेन्द्र बहादुर क्षेत्रीको नेतृत्वमा कार्यभारहरु अघि वढॆ । २०५० फागुन २१ मा सम्पन्न राष्ट्रिय भेलाले सुरेश आलेमगरको अध्यक्षतामा राष्ट्रिय सम्मेलन तयारी समिति निर्माण गरयो । २०५१ सालमा सम्पन्न प्रथम राष्ट्रिय सम्मेलनले पुनः सुरेश आले मगरलाई संगठनको अध्यक्षमा निर्वाचित गरयो । दुई वर्षै कार्यकाल पछि २०५३।४।१६ मा काठमाण्डौमा सम्पन्न राष्ट्रिय भेलाले रमेश शर्माको अध्यक्षतामा नया कार्यसमितिको चयन गरयो भने सोको डेढ वर्ष पछि अर्थात २०५४ ।१०।४ र ५ मा सम्पन्न दोश्रो राष्ट्रिय सम्मेलन र २०५८भाद्रको राष्ट्रिय भेलाले रमेश शर्मालाई नै निरन्तरता दियो । २०६०।३।२७ मा काठमाण्डौमा सम्पन्न तेश्रो राष्ट्रिय सम्मेलनले प्रताप वन्त -हाल पलायनलाई अध्यक्षमा चयन गरयो भने २०६१ ।२।३ मा रुकुममा सम्पन्न राष्ट्रिय भेलाले केमल वरालको अध्यक्षतामा नया कार्य समितिको चयन गरयो ।ईतिहास निर्माणको यात्रामा सामेल केन्द्रिय समितिका सदस्य डिल्ल्ाी प्रसाद सापकोटा राम प्रसाद घिमिरे डम्मर चेम्जोङ देव कुमार आचायको वलिदान ज्ञानेन्द्र त्रिपाठीको वेपत्ता संस्थापक संयोजक बाबुराम भट्टराई लगायतका नेतृत्वले निरन्तर क्रान्तिको मोर्चामा खट्दै नेपाली क्रान्तिलाई वर्तमान उचाई ग्रहण गर्न अनुकरणीय योगदानवाट संगठन गौरवाशाली स्थानमा आई पुगेको छ भने केही कायर पलायन र आत्मसमर्पणकारीहरुका कृयाकलापहरु पनि नकारात्मक पाटाका रुपमा रहेकाछन् ।
४अन्य संगठनहरु वारे ः
यतिबेला हामी बाहेक नेपाली बौद्धिक जगतमा प्रतिगामी यथास्थितीवादी र सुधारवादी कित्ताका अन्य बुद्धिजीवी संगठनहरु पनि अस्तित्वमा छन् । जसमध्य एकता केन्द्र सर्मथिते प्रगतिशिल बुद्धिजीवी संगठनलाई हाम्रो नजिकको मित्र संगठनको रुपमा लिन सकिन्छ भने मसाल सर्मथित अखिल नेपाल बुद्धिजीवी संघ नव संशोधनवादी ढुलमुले चरित्र भएको संगठन भित्र पर्दछ । त्यसै गरि ने।s।पा।एमाले समर्थित नेपाल बुद्धिजीवी परिषदले सुधारवादी संगठनका रुपमा र ने।sा। सर्मथित प्रजातान्त्रिक विचार समाजले यथास्थितिवादी बुद्धिजीवीहरुको प्रतिनिधित्व गर्दछ । प्रतिगामी बुद्धिजीवीको झुण्डका रुपमा दरवार समर्थित विद्वत परिषद प्रतिगमनका प्रयोजनार्थ षडयन्त्रमा तल्लिन छ । यतिवेला प्रतिगामीहरुको विरुद्ध अग्रगामीहरुको यथास्थितिवादीहरुका विरुद्ध परिवर्तनकारीहरुका र राजतन्त्रवादीहरुका विरुद्ध गणतन्त्रवादीहरुकॊे संयुक्त मोर्चा निर्माण गर्न सघाउ पुग्नॆ हिसावले आवश्यक कार्य योजना वनाउन जरुरी छ ।
५।चौथो राष्ट्रिय भेलादेखि अहिलेसम्म
नेपाली जनयुद्ध प्रत्याक्रमणको चरणमा प्रवेश गरेको स्थितिमा २०६१ साल माघ २-३ मा चौथो राष्ट्रिय भेला सम्पन्न भएको थियो । युद्धमय परिवेश भौगोलिक विकटता नयाँ सम्भावना एवं चुनौतीहरुलाई मध्यनजर गर्दै क्याङ्सी राष्ट्रिय भेलाले केन्द्रिय समितिलाई मूलतः विचारको विकास संगठन निर्माण र विस्तारप्रकाशनसंघर्षलाई घनिभूत बनाउन र आर्थिक पक्षलाई मजवुत बनाउने मूलतः ५ वटा जिम्मेवारी सुम्पेको थियो । तदनुरुप गतिको सापेक्षमा जे जति कामहरु भए संक्षेपममा यहाँ राख्ने प्रयत्न गरिएको छ ।
५।१वैचारिक पक्षः
राष्ट्रिय भेलाको लगत्तै िसंगो केन्द्रिय समितिलाई २०६१ माघ ९ गते ने।s।पा।माओवादीका अध्यक्ष कमरेड प्रचण्डबाट बुद्धिजीवीहरुको दायित्व राष्ट्रियअन्तर्राष्ट्रिय परिस्थिति र विचार संश्लेषणमा बौद्धिक समुदायको भूमिका लगायतका विषयमा महत्वपूर्ण प्रशिक्षण प्राप्त भएको थियो । सोही मर्मलाई आत्मसात गर्दैे बुद्धिजीवी समुदायलाई त्यसबाट प्रशिक्षित गर्न जिल्ला क्षेत्र र केन्द्रस्तरमा विचार गोष्ठिहरुको आयोजना गरिएको थियो । त्यसै गरि समसामयिक राजनैतिक र वैचारिक बिषयमा सम्बन्धी बिषयमा विभिन्न जिल्लामा अन्तरकि्रया छलफलहरु चलाईएको थियो । यस क्रममा सर्वप्रथम तत्कालिन बिशेष क्षेत्रको बाग्लुङमा र त्यसपछि रोल्पारुकुम सल्यानदाडं सेती महाकाली भेरी कर्णाली क्षेत्रहरुमा ूरणनैतिक प्रत्याक्रमण र बुद्धिजीवीको दायित्वू विषयक विचार गोष्ठी सम्पन्न गरियो ।
गत चैत्र वैशाखमा १९ दिने जनआन्दोलन पश्चात युद्धविराम भए यता वैचारिक कामले तीव्रतम् गति लिएको छ । यसै बीच जेष्ठ ३० गते काठमाडौंमा बसेको केन्द्रीय कार्यालयको बैठकको निर्णयानुरुप सबै क्षेत्रहरुले क्षेत्रीय विचार गोष्ठीहरु सम्पन्न गरेका छन् भने करिब-करिब सबै जिल्लाहरुमा पनि विचार गोष्ठी र अन्तरकि्रया कार्यक्रमहरु सम्पन्न भएका छन् । ूराज्यको पूनरसरचना र गणतान्त्रीक मोर्चा निर्माणमा बुद्धिजीवीको भूमिकाूविषयक विचार गोष्ठी काठमाण्डौमा सम्म्पन्न भएको थियो । भाद्र १० गते ूसार्वभौम सत्ताको प्रयोग र बौद्धिक समुदायू बिषयक विचार गोष्ठी पुरानो सत्ताका क्षेत्रिय सदरमुकामहरुमा केन्द्रीय कार्यालयको आयोजनामा पूर्वााचलको धनकुटा मध्यमााचलको काठमाडौं पश्चिमााचलको पोखरा मध्य पश्चिमको नेपालगाज र सुदूर पश्चिमकॊ धनगढीमा एकै समयमा गोष्ठी सम्पन्न भएका छन् ।
५।२ संगठनात्मक पक्ष ः-
तत्कालिन आवश्यकता परिपूर्तिकालागि शहर केन्द्रित संगठन हालसम्म आई पुग्दा देशव्यापि वनेको छ । सर्घषको सापेक्षता र विचार विकासको गतिमा बुद्धिजीवी संगठनको भूमिका पनि सशक्त बन्दै जानु स्वभाविक थियो । २०६१ आषाढ मसान्तसम्म सम्पन्न गर्ने योजना मुताविक उपकेन्द्र क्षेत्र जिल्ला र पेशागत विशेषज्ञ समितिहरु र तल्ला इकाईसम्म पनि संगठन निर्माण गर्ने कार्य समेत सम्पन्ा भएकाछन् । क्रान्तिप्रति प्रतिवद्ध र समर्थक बुद्धिजीवीहरुको उपत्यका स्तरीय भेला लगायत वर्तमान परिस्थितीमा गणतान्त्रिक चेतनाद्धारा संगठनिक रुप दिने प्रकृयाको क्रम देशव्यापि वनेको छ ।
चौथो राष्ट्रिय भेला पश्चात् केन्द्रिय समितिको बेठक ४ पटक सचिवालयको बैठक १ पटक र केन्द्रिय कार्यालयको वैठक नियमित बस्ने गरेको थियो । प्रायः क्षेत्रका बैठक र भेलाहरु तथा कतिपय जिल्लाका बैठकहरुमा केन्द्रिय कार्यालयले सहभागीता जनाएको थियो।समयको चुनौती युद्धमय परीवेश एवं क्षेत्रिय विशिष्टतानुरुप चल्नु पर्ने बाध्यात्मक परिवेशमा केन्द्रिय कार्यालय देशव्यापी रुपमा चलायमान हुन नसके पनि सम्भव भएसम्म सांगठनिक गतिविधिलाई गति प्रदान गर्न सक्दो प्रयास गरेको थियो । कतिपय केन्द्रिय सदस्यहरुको पलायन र रिक्त स्थान पूर्ति हुनमा भएका ढिलाईका कारण कतिपय जिल्लाहरुमा संगठन निर्माण गर्न चुनौती खडा भएको महसूस गरिएको छ ।
समग्रमा संगठनको आधार तयार भएको छ र यसलाई भावी संभावना र चुनौतीको बीचबाट प्रशिक्षित गर्दै लगियो भने भावी आन्दोलनको गति वेगवान बन्ने आशा गर्न सकिन्छ । बदलिएको परिस्थितिमा बुद्धिजीवीहरुको मनोवल सर्लक्क उठेर आएको छ । भर्खर सम्पन्न काठमाडौं ललितपुर भक्तपुर चितवन कास्की रुपन्देही आदि शहरी क्षेत्रका जिल्ला सम्मेलनहरुमा भएको बुद्धिजीवीहरुको उत्साहजनक सहभागीता र सांगठनिक प्रतिवद्धताले त्यसको पुष्टि गरेकेा छ ।
५३। प्रकाशनः
संगठनको मुखपत्र नयाँ दिशाबोध प्रकाशन गर्ने जमर्को केन्द्रिय कार्यालयले गर् यो । एउटा अंक प्रकाशनमा मितव्ययिता र केन्द्रिय आधार इलाका मै छापी संभव भए सम्म वितरण गरियो भने दोश्रो अंक हालै प्रकाशन भै वजारमा आएको छ ।
जनयुद्धका दश बर्ष पुस्तकको प्रकाशनलाई निरन्तरता दिने सन्दर्भमा केन्द्रिय कार्यालय केन्द्रिय आधार इलाकाको दुर्गम स्थानमा रहेको अवस्थामा जुटाउन पर्ने सामग्रीहरु जुृट्न नसकेको र अनुसन्धानात्मक काम गर्न युद्ध परिवेशमा सकिएन । परन्तु भर्खरै भाद्र १६ गते केन्द्रिय कार्यालयले काठमाडौ भ्याली भित्रका बौद्धिक व्यक्तित्वहरुको टिमहरु निर्माण गरी विविध विषयको जिम्मेवारी दिइएको छ । निकट भविष्य मै त्यसले साकार रुप लिने आशा गरिएको छ ।
५४ धक्का मूलक कार्यक्रमहरुः-
ैनिर्शत संविधान सभा र नागरिक अधिकार ै ैसंविधान सभामा बौद्धिक समुदायको भूमिका ै ैगणतन्त्र नेपालको निर्माणमा राजनैतिक दलहरुको भूमिका ै ैगणतान्त्रिक मोर्चा स्थापना गर्ने दिशामा बौद्धिक समुदायको भूमिका संविधानसभा लक्ष्य र चुनौती संविधान सभा सम्भावना र चूनौती लोकतान्त्रिक गणतन्त्र सम्भावना र चुनौती राज्यको अग्रगामी पुनसंरचनाका मूलभूत अन्तरवस्तुहरु आदि विषयमा देश भरिका शहरी क्षेत्रहरु काठमाडौं मोरङ्ग धनुषा चितवन रुपन्देही नेपालगाज दाङ्ग कैलाली काचनपुर कास्की ललितपुर र भक्तपुर लगायत अन्य कैयन जिल्लाका नगरहरुमा प्रभावकारी रुपमा सम्पन्न गरेको छ ।
धक्कामूलक कार्यक्रमका रुपमा भाद्र १ गते देशभरी संविधान सभामा जानको लागि भै रहेको ढिलाई र षडयन्त्रहरुलाई जनता सामु उजागर गर्न पर्चा वितरण १० गते पाँचै क्षेत्रमा एउटै समयमा केन्द्रिय वक्ताहरुको उपस्थितिमा ूसार्वभौमसत्ताको प्रयोग र बौद्धिक समुदायू बिषयक विचार गोष्ठि एवं ११ गते देशभरी विरोधर् याली गर्ने कार्य सम्पन्न भएको छन् । यस बाहेक नागरिक समाजका र् यालीहरु नागरिक अभियानका जुलुशहरु र वेपत्ता पारिएका परिवारहरुको धर्ना कार्यक्रम तथा पेट्रोलियम पदार्थ मुल्य बृद्धिको विरोध तथा सरकारले हातहतियार गोप्य रुपमा भित्र्र् याएका विरोधमा आयोजित जुलुस र् याली कार्यक्रमहरुमा ऐक्यवद्धता जाहेर गर्दै जनतन्त्र जनजीविका राष्ट्रियता र प्रजातन्त्रको पक्षमा सघर्षरत छ ।
५।५आर्थिक पक्षः-
प्रारम्भदेखि ३ वर्षका लागि रु। २००।- लिई सदस्यता उपलब्ध गराउने बाहेक संगठनको अन्य आर्थिक स्रोतको व्यवस्था नभएकाले संगठनले पर निर्भर हुनुपर्ने स्थिति थियो । हाल आएर संगठनले सदस्यता रसिद वितरणमा व्यापकता ल्याएको बुद्धिजीवीहरु संगठित बन्ने क्रम तिब्र बनेको बाट संगठनको आर्थिकस्थिति मजबुत बन्ने विश्वास गरिएको छ। यद्यपी सवै क्षेत्रहरुबाट रकम आउन ढिला भएकाले राष्ट्रिय सम्मेलनलाई भब्यता दिन कठिनाई महसूस भएको व्यहोरा जानकारी गराउन चाहन्छु ।
६।संगठनको आगामी कार्ययोजना
सामन्तवाद र साम्राज्यवादको भण्डाफोर गर्दै मुलुकलाई अग्रगमन शान्ति र लोकतान्त्रिक गणतन्त्रको दिशातिर उन्मुख गराउनहेतु वौद्धिक शोषण लगायत सवै खाले शोषणको अन्त गर्न सम्पूर्ण क्रान्तिकारी बुद्धिजीवीहरुलाई गोलबन्द गर्दै क्रान्तिकारी शक्तिको रुपमा अघि बढ्ने नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनको मूल लक्ष रहने छ । यसैमा आधारित रहेर संगठनका भावी कार्यक्रमहरु देहाय बमोजिम हुनेछन् ः-
६।१बैचारिक कार्य
कनयाँ राजनैतिक चेतना अभिवृद्धि गर्न विचारधारात्मक विकास र संश्लेषण गर्न सघाउने खालका राजनैतिक वैचारिक प्रशिक्षण विचार गोष्ठी छलफल अन्तरकि्रया कार्यशाला गोष्ठीको आयोजना गर्ने । राष्ट्रिय अन्तराष्ट्रिय बुद्धिजीवीहरुलाई नेपाली जन्ायूद्ध सम्बन्धी त्ाथ्य परक अनुसन्धान कार्य गर्न प्रेरित गर्ने ।
खराज्यको पुनस्ररचना सम्बन्धी व्यापक बौद्धिक अभियान संचालन गर्ने ।
ग संविधान सभाको निर्वाचन सुनिश्चित गर्न आम जनतालाई नै प्रशिक्षित तथा आन्द्योलित गर्ने खालका कार्यक्रम आयोजना गर्ने
घ अन्तराष्ट्रियस्तरमा विचार गोष्ठि र कार्यशालाहरुको आयोजना गर्दै वैदेशिक हस्तक्षेपको विरोध एवं आन्दोलनमा एक्यवद्धता जुटाउने खालका कार्यक्रमको आयोजना गर्ने ।
६।२ सांगठनिक कार्य
आन्दोलनको गति समूहको स्वरुप तथा कामको चाप बमोजिम संगठनको संरचनामा फेरबदल गर्नु अत्यावश्यक हुन्छ । संगठनको स्वरुप र कामको जिम्मा मुताविक संरचनामा हेरफेर गर्दै सदस्यता व्यापक रुपमा विस्तार गर्ने पेशागत विशेषज्ञताको पहिचान गर्दै संगठित गर्ने र परिचालन गर्ने संविधान सभाको निर्वाचनलाई सुनिश्चित गर्ने र लोकतान्त्रिक गणतन्त्तको स्थापना गर्ने दिशातर्फ ठोस कार्यक्रम संचालन गर्ने खालका सांगठनिक गतिविधि गरिने छ ।
६।३।संघर्ष
बौद्धिक शोषणका विरुद्ध एवं मुलुकको स्वाधिनता राष्ट्रियता लोकतन्त्र र जनजिवीकाका निम्ति विचार गोष्ठी अन्तरकिर््रया र बहसद्वारा जनतालाई आन्दोलित वनाउने अन्य आन्दोलन र संघर्षका कार्यक्रमकेा संयोजन गर्ने सरकारी लापरवाहीमाथि खबरदारी गर्ने र् याली जुलुस धर्ना तथा अन्य कार्यक्रमको आयोजना गर्ने राष्ट्रियता विरोधी सन्धि सम्झौतालाई उजागर गर्ने र त्यस विरुद्ध जनमत तयार गर्ने । संविधान सभामा जान कुनै पनि ढिलासुस्ती र वैेदेशिक हस्तक्षेपवोद्धिक शोषणका विरुद्ध विरोध र सभाहरुको आयोजना गर्ने अन्य जन वर्गीय संगठन मानवअधिकार वादी संगठन र नागरीक समाजहरुले उठाएको आन्दोलनमा एक्यवद्धता सहित सहभागीता जनाउनेविश्वमा अन्य कुनै मुलुकको वर्गीय राष्ट्रिय मुक्ति आन्दोलनमा समर्थन र सहयोग गर्ने सघर्षको भावी योजना हुनेछ ।
६।४प्रकाशन
वैचारीक संघर्षका लागि जनमत सिर्जना गर्न संगठनका काम कार्वाहीको प्रचार प्रसार गर्न र सस्लेषित विचारहरुको प्रवाह गर्न प्रकाशनको अत्यन्त ठूलो महत्व हुन्छ । प्रकाशन संगठनले गरेका कामहरु र घटनाहरुको अभिलेख पनि हुन् । अतः आगामी दिनमा प्रकाशनको कार्यलाई एकिकृत योजनाबद्ध र व्यवस्थित रुपले अगाडी बढाउन नयाँ दिशा बोधलाई निरन्तरता िदंदै सकेसम्म मासिक प्रकाशनको व्यवस्था मिलाउन जनयूद्धका १० बर्ष पुस्तकको यथाशिघ्र प्रकाशनको व्यवस्था मिलाउने र विविध स्तरमा अन्य उपयोगी प्रकाशन गर्ने लक्ष राखिएको छ ।
७। भावी चुनौती र सम्भावनाहरुः
माओले भन्नुभएको छ ूयथार्थलाई नबुझ्नेहरुले पढेको व्यर्थ छ । ू यसैले माक्स्रवादी चिन्तनका विरुद्ध साम्राज्यवादी कथित बुद्धिजीवीहरुले उत्तर आधुनिकतावादी चिन्तन धारालाई भए नभएको बलले उछालेर वर्गीय मुक्ती आन्दोलनबाट आम बुद्धिजीवीहरुको ध्यान अन्यत्र मोड्न लागिरहेका र त्यसैको जगमा फैलिरहेको गै।स।स। राजनीतिका विरुद्ध उभिएर सर्वहारा वर्गीय मुक्ती आन्दोलनमा होमिनु आजको चुनौती हो । तत्कालमा २ करोड ५० लाख नेपालीकॊ शान्ति प्रतिको चाहानालाई यथार्थमा बदल्न नेपाली बुद्धिजीवीहरुका अगाडि हाल निम्न चुनौती देखिन्छन् ।
७।१ संविधान सभाको निर्वाचनः शान्ति अग्रगमन र लोकतान्त्रिक गणतन्त्रका विरुद्धमा कि्रयाशिल आन्तरिक तथा वाहय खास गरी साम्राज्यवादी षडयन्त्तहरुको भण्डाफोर गर्दै संविधान सभाको चुनाव घोषणासोको उचित परिणामको लागि सुनिश्चित गनृ्र राज्यका अगडि खडा भएको सन्दर्भमा वोीद्धक समुदायको सरोकार अतुलनिय रहन्छ यो चुनैातिको सामना गर्न सके मात्रै नयाँ नेपाल निर्माणको संभावनालाई साकार पार्न सकिनेछ ।
७।२ लोकतान्त्रिक गणतन्त्रको स्थापनाःगणतन्त्र नेपाली जनताको चाहना हो जनआन्दोलनको मर्म र भावना पनि हो जुन कुरा पचासौं ाख जनता सडकमा उत्रेर अनुमोदन गरिसकेकाछन् यसकारण यसलाई यथर्थमा वदल्ने चुनौति हाम्रा सामु खडा छ सम्पूर्ण जनतालाई सचेत पपारेर आन्दोलनमा उठाएर मात्र ै यो चुनौतिको समाना गर्न सकिन्छ भन्ने कुरामा संगठन विश्वस्त छ ।
७।३राज्यको पुनस्ररचनाःअहिले नेपाल र नेपाली जनताहरुको अग्र गमनको बाधक सामन्ती राज्यतन्त्र नै हो । त्यसलाई समाप्त पारेर गणतन्त्रमा नपुग्दा सम्म नेपाली जनताका कुनै पनि समस्याहरु हल हुने वाला छैन । अत्ः गणतन्त्रमा प्रवेश गुर्न भनेको हालको एकात्मक सामन्ती राज्य प्रणालीलाई ध्वंश गरी संघात्मक लोकतान्त्रिक पद्धतिमा बदल्ने हो । नेपालका जनजातिहरु दलितहरु मध्ोसीहरु आदिवासीहरु महिलाहरु र उपेक्षित क्षेत्रहरुको समस्याहरुको समाधान नगरी आत्मा निर्णयको अधिकार सहित संघिय प्रणालीद्धारा सबैलाई सत्ताको अभ्यास गराउँदै केन्द्रिय सत्तामा सहभागी गराउन सके मात्र बास्तवीक नयाँ नेपाल बनाउन सकिने भएको हुंदा नेपालको आमूल परिवार्तनकारी बौद्धिक समुदाय त्यस दिशा तर्फ पूर्ण आत्म विश्वासका साथ उन्मूख हुनु आजको आवश्यकता हो ।
७।४ प्रति क्रान्तिकेा खतराका विरुद्ध निरन्तर क्रान्ति ः
विगतमा समाजवादी क्रान्ति सम्पन्न भएका मुलुकहरु समाजवादतिर उन्मुख हुनुको साटो प्रतिक्रान्ति हुंदै पुनः पुजीवाद तिर फर्केका विश्व इतिहास हाम्रो सामु छ । नेपाली सर्वहारा वर्गमा पनि लोकतान्त्रिक गणतन्त्रको बाटोबाट केन्द्रिय राज्यसत्तामा पुग्ने स्थिति देखिएको छ ।
२१ सौं शताब्दीको जनवादका अवधारणाहरु आएका छन् । हामी पुरानो संस्कृतिका प्रवृत्तिगत विरासतहरुलाई त्यागेर नयाँ बन्ने प्रयत्न गरेनौं भने सत्तामा पुगेर पनि प्रतिक्रान्ति हुन बेर लाग्ने छैन । त्यसैले बौद्धिक समुदाय यतिबेला जसरी केन्द्रिय सत्ता कब्जा हुने स्थितिबाट उत्साहीत छ त्यति नै चिन्ता सत्ता प्राप्ती पछि हुने सम्भावीत प्रतिक्रान्तिबाट सचेत बन्नु पर्ने र बनाउन पर्ने आवश्यकता छ । त्यस्ौले निरन्तर क्रान्तिको माध्यमद्धारा प्रतिक्रान्तिलाई रोक्ने संयन्त्रका रुपमा यो संगठन उभिन जरुरी छ । क्रन्तिभित्र अर्को क्रान्ति छेडेरमात्र प्रतिक्रान्तिलाई रोक्न सकिन्छ भन्ने मान्यतालाई आत्मसात गर्दै संगठन तदनुकूलको योजना निर्माणमा जुटन जरुरी छ ।
८। उपसंहारः
ूआफ्नो स्वार्थमा ठक्कर लाग्न खोज्दा मानिसले बरु रेखा गणितको प्रमेयहरुलाई चुनौती दिन्छ तर हतपत आफ्नो स्वार्थ छोडदैनू । भन्ने कार्ल माक्स्रको एउटा घतलाग्दो अभिव्यक्ति आज नेपाली धर्तीमा देखिन थालेको छ । शोषक वर्ग आफ्नो लुटको स्वर्ग जगाउन संसारलाई गुहारेर न्वारान देखिको बल लगाएर नेपाली जनताको शान्ती र अग्रगमनको चाहानालाई लत्याउँदै आन्दोलनको मुल भावनालाई भुत्ते पार्न विगतका प्रतिवद्धता र सहमतिहरुलाई बिस्रदै सार्वभौमसत्यका विरुद्ध उत्रिने असफल चेष्टा गर्दछ । ती सवै प्रतिगामि हर्कतहरुका विरुद्ध आफ्नो सम्पूर्ण शक्ति लगाएर योजनावद्ध प्रतिरोधमा उत्रने तयारी गरौं । आवश्यक परे ने।s।प।ा माओवादीको अध्यक्ष कमरेड प्रचण्डले घोषणा गर्नु भएको अक्टोबर क्रान्तिमा आफ्नो सम्पूर्ण स्वार्थहरुलाई न्यौछवर गर्दै त्याग र बलिदानी भावका साथ उदात्त हुंदै समाहित बन्न तयार रह्यौं भने कुनै पनि भावी चुनौतीलाइ महान् सम्भावनामा बदल्न सकिने स्थिति छ ।
आजसम्म हामीले धेरै गुमाएका छा हजारौं आफन्त पि्रयजनहरु गुमाएका छौं अमुल्य अङ्गहरु गुमाएर अंगभंग भएका छौं सामन्ती सत्ताका विरुद्ध नेपाली जनताको मुक्तिका खातिर लागि पर्दा । तर २००७ २०३६ २०४६ र २०६३ मा पनि धोका खाएका छौं । त्यसैले यसपटक दरिला मुठी उठाएर यसै ऐतिहासिक चौथो राष्ट्रिय सम्मेलनबाट नेपाली जनताको अन्तिम बिजयको निम्ति क्रान्तिको भट्टिमा हामफाल्ने प्रतिवद्धता जाहेर गरौं । गन्तव्य निकट छ जीत सुनिश्चित छ नयाँ नेपाल निर्माण गर्ने जिम्मेवारी हाम्रो काँधमा आउँदैछ ।
लोकतान्त्रिक गणतन्त्र - जिन्दावाद !
वीर शहीद - लाल सलाम !

No comments:

Featured Post

Why presidential system?

We are in historical moment. After a six decade long struggle Nepal became able to have an election of Constituent Assembly. Issue of Consti...