Saturday, April 16, 2011

२०४८ सालमा स्थापित संगठनको विधान २०५१मा पहिलो र २०५४ मा दोश्रो संशोधन भै २०६३ कार्तिक ८ र ९मा सम्पन्न चौथो राष्ट्रिय सम्मेलनद्धारा संशोधन तथा परिमार्जन गरिएको


नेपाल राष्ट्रिय बुद्धिजीवी संगठन

विधान

प्रस्तावनाः

समुन्नत नयाँ नेपालको निर्माण गर्न सवै प्रकारका शोषण दमन र उत्पीडनका विरुद्ध जुध्दै समाज रुपान्तरणका अभियानमा सहभागी वन्ने सामन्तवाद र साम्राज्यवाद विरोधी अग्रगामी माक्स्रवादी चेतनायुक्त बौद्धिक समूदायकॊ हक हितको रक्षार्थ माक्स्रवादी-लेनिनवादी-माओवादी र प्रचण्डपथीय विचारको मार्ग निर्देशनमा बुद्धिजीवीहरुलाई संगठित गर्दै व्यवस्थित संचालन गरी संगठनको उद्देश्य प्राप्तीका निम्ति यो नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनको स्थापना गरिएको छ ।

परिच्छेद -१

१ नाम र प्रारम्भः

१।१ संगठनको नामः यस संगठनको नाम ूनेपाल राष्ट्रिय बुद्धिजीवी संगठन रहने छ । संक्षेपमा ूने।रा।बु।सं ू र अंग्रेजीमा ल्ब्त्क्ष्इल्ब्ी क्ष्ल्त्भ्ीीभ्ऋत्ग्ब्ीुक् इच्न्ब्ल्क्ष्श्ब्त्क्ष्इल् इँ ल्भ्एब्ी र संक्षेपमा ल्क्ष्इल् हुनेछ ।

१।२ प्रारम्भः यो विधान राष्ट्रिय सम्मेलनद्धारा पारित भएकेा मिति देखि तत्काल लागू हुनेछ।

२ परिभाषाः विषय वा प्रसंगले अर्को अर्थ नलाग्ने गरि

२।१ ूसंगठनू भन्नाले ूनेपाल राष्ट्रिय बुद्धिजीवी संगठनू लाई बुझ्नु पर्नेछ ।

२।२ ूविधानू भन्नाले यस संगठनको विधानलाई बुझ्नुपर्नेछ ।

२।३। २।३ूबुद्धिजीवीू भन्नाले समाजलाई अग्रगामी दिशामा डोर् याउन सक्ने र दुनियाँलाई वदल्न सकिन्छ भन्ने माक्सर्वादी विज्ञानमा विश्वास भएका उत्पादनमूलक मानसिक वा भौतिक श्रम गर्ने व्यक्तिलाई बुझ्नुपर्नेछ । यसका निम्ति कुनै विशेष शिक्षण संस्थाको औपचारिक डिग्रीलाई मानक मानिने छैन ।

२।४ ूसदस्यताू भ्ान्नालेः यस संगठनको सदस्य बुझ्नुपर्ने छ ।

२।५। २।५ूपदाधिकारीू भन्नालेः कुनै पनि संगठनको अध्यक्ष उपाध्यक्ष महासचिव सचिव र कोषाध्यक्षलाई बुझ्नुपर्ने छ ।

२।६ ूनियमू भन्नाले यस संगठनको नियमलाई बुझ्नुपर्नेछ ।

परिच्छेद-२३।

३उद्देश्यहरुः

३।१। नीतिगत उद्देश्यहरुः

१। माक्स्रवाद विज्ञानकमो सारलाई ग्रहण गर्दै सोही आधारमा बुद्धिजीवीहरुलाई संगठित र प्रशिक्षित गर्ने ।

२। मालेमा विज्ञानको रक्षा विकास र प्रयोगमा लागि पर्ने माक्स्रवादी विज्ञानको सिर्जनशीलताको प्रयोगका नाममा सोको अपव्याख्या संशोधनवादी प्रयास र विचलनहरु विरुद्ध खडा भई मालेमावाद र प्रचण्डपथीय चेतनाको प्रचार प्रसार गर्ने ।

३। मानवजीवन र समाजको सबै क्षेत्रमा साँस्कृतिक रुपमान्तरणको प्रकि्रयालाई अवलम्बन गर्दै जाने ।

४। जनवाद र केन्द्रियता वीचको सम्बन्ध र तालमेलमा ध्यान दिने ।

५। प्राज्ञिक तथा अभिव्यक्ति स्वतन्त्रताका निम्ति संर्घष गर्दै सिर्जनात्मक बौद्धिक कृयाकलापहरु संचालन गर्ने ।

६।बौद्धिक समुदायको पेशागत हकहितका निम्ति संघर्ष गर्ने ।

७।बुद्धिजीवीहरुमाथि भै रहेको तमाम खालका शोषण उत्पीडन अन्याय र अत्याचारका विरुद्ध सर्घष गर्ने ।

८। विविध जाती जनजातप्ी भाषाभाषी र जनवर्गका न्यायोचित्त तथा अधिकारका निम्ति हुने आन्दोलन सहयोग समर्थन र ऐक्यवद्धता जाहेर गर्ने ।

९। समान उद्देश्य भएका राष्ट्रियता तथा अन्तराष्ट्रिय संघसंस्थाहरु सँग सम्बन्ध गर्ने ।

१०।सामन्तवादसाम्रज्यवाद र विस्तारवाद लगायत सबै खाले प्रतिकि्रयावादको विरोध गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय जनवादी आन्दोलनलाई सहयोग र समर्थन गर्ने ।

११।नयाँ जनवादी आन्दोलनलाई सहयोग पुर् याउन अध्ययन अनुसन्धान गर्ने ।

३।२। कार्यमूलक उद्देश्यहरु

१। निर्धारित उद्देश्यका आधारमा क्रान्तिकारी बुद्धिजीवीहरुलाई संगठित गर्ने र त्यस क्रममा निम्न ३ कामहरुलाई पनि अगाडि बढाउने ।

२ यथासम्भव वैचारिक अन्तरकि्रयाको स्वतन्त्रलाई हृदयगंम गरी समान उद्देश्य र विचारका बुद्धिजीवीहरु बीच रहेका वा रहनसक्ने आंशिक मत भिन्नताहरुलाई अन्तरकि्रयाको माध्यमद्धारा हल गर्दै जाने गरी माक्स्रवादी बुद्धिजीवीहरुको एउटै प्रभावकारी संगठन बनाउन जोडदिने ।

३। सामन्तवाद साम्राज्यवाद विरोधी माचका रुपमा यथास्थितिवाद विरोधी बुद्धिजीवीहरुको संयुक्त मोर्चा बनाउन पहल गर्ने ।

४ सामन्तवादका विरुद्ध गणतन्त्रवादी बुद्धिजीवीहरुको गणतान्त्रिक मोचा निर्माण गर्ने ।

५। बुद्धिजीवीहरुलाई सामूहिक रुपमा देशका विभिन्न क्षेत्रमा भ्रमण गराउने मजदुर किसानहरु माझ काम गर्न प्रेरित गर्ने ।

६। माक्स्रवादी अध्ययन प्रणालीको व्यवस्थित विकासका लागि पुस्तकालय तथा वाचनालयहरुको व्यवस्था गर्ने पाठ्यक्रम निर्धारण गर्ने र स्कूल संचालन गर्ने ।

७। विविध विषयहरुमा उद्देश्य सम्मत अनुसन्धानात्मक कार्यहरु गर्न गराउने ।

८। समसामयिक ज्वलन्त विषयहरुमा छलफल अन्तकि्रया गोष्ठी र सभाहरु गर्ने

९। समान उद्देश्य भएका देशी विदेशी साहित्यको अनुवाद भौतिक सिर्जना गर्न र अनुसन्धानात्मक तथा विचार प्रधान प्रकाशनहरुको समेत व्यवस्था गनॆ्र ।

१०। राष्ट्रिय तथा अन्तराष्ट्रिय जनवादी आन्दोलनमा सहयोग पुग्ने खालका गतिविधिहरु संचालन गर्ने र सहभागिता जनाउने ।

११। निर्धारित उद्देश्य प्राप्तिका लागि आवश्यकतानुरुप संघर्षकमा संभाव्य उपायहरु अवलम्बन गर्ने ।

परिच्छेद -३

३। सदस्यताः

क। यस संगठनको मार्ग निर्देशक सिद्धान्त मालेमावाद र प्रचण्डपथलाई स्वीकार गर्न संगठनकमो उद्देश्य कार्यक्रम र विधानलाई मान्ने कुनै पनि मानसिक वा भौतिक उत्पादन कार्यमा संलग्न भई श्रमको आदर गर्ने व्यक्ति यस ंगठनको सदस्यता प्राप्त गर्न सक्ने हुन् ।

ख। सदस्यता शुल्क - प्रवेश १००।-बार्षिक१००।-

सदस्यता प्रत्येक बर्ष माघ महिनामा रिन्यू गर्नु पर्नेछ ।

ग। सदस्यताको समाप्तिः

देहायका अवस्थामा कुनै पनि सदस्यको सदस्यता समाप्त हुनेछ ।

अ राजिनामा दिएमा ।

आ मृत्यु भएमा

ई अनुशासनको कार्वाही भै निश्काशित भएमा ।

परिच्छेद -४

४ संगठनको तह तथा तिनको गठनः

संगठनका केन्द्रिय उपकेन्द्रिय क्षेत्रीय र जिल्ला गरी चार तह हुनेछन् । जिल्ल्ाा र केन्द्र निर्वाचित र उपकेन्द्र र क्षेत्र पदेन तथा मनोनित अंग रहनेछन् जसले संयोजनकारी भूमिका खेल्नेछन् । यसका अतिरिक्त आवश्यकतानुसार सो भन्दा तल पनि संगठन निर्माण गर्न सकिनेछ ।

क केन्द्रिय समितिः राष्ट्रिय सम्मेलनले अध्यक्ष-१उपाध्यक्ष-३महासचिव-१सचिव-१ र कोषाध्यक्ष-१ र आवश्यक संख्यामा सदस्यहरु रहने गरी ४५देखि ५१ सम्मको केन्द्रिय समिति चयन गर्ने छ ।

ख केन्द्रिय समितिकेा पदावधि ३ बर्षको हुनेछ ।

ग परिच्छेद ४ बमोजिम कुनै पद रिक्त हुन आएमा केन्द्रिय समितिले अर्को सम्मलेन नभएसम्मका लागि पद पूर्ति गर्न सक्ने छ ।

घ उपकेन्द्रिय समितिः क्षेत्रहरुको समन्वय गर्न प्रत्येक उपकेन्द्रहरुमा १ उपाध्यक्षको संयोजकत्वमा त्यस उपकेन्द्रमा रहेका केन्द्रिय समिति सदस्यहरु रहेको उपकेन्द्रिय समिति रहने छ । आवश्यक भए त्यस उपकेन्दमा जिल्ला अध्यक्षहरुलाई पनि सहभागी बनाउने सकिनेछ ।

ख क्षेत्रीय समन्वय समिति १ जिल्ला र केन्द्र बीचमा समन्वय गर्नका लागि एक क्षेत्रीय समिति रहनेछ । उक्त समितिमा संयोजक र सचीव सहित १५ जना सम्म सदस्य रहने छन् ।

ग यस समितिको सम्पूर्ण काम कर्तव्य र अधिकार केन्द्रिय समितिले निर्देशन गरे बमोजिम हुनेछ ।

घ जिल्ला कार्य समिति कम्तिमा २० जना साधारण सदस्य रहेको जिल्लामा जिल्ला सम्मेलन १५ जनासम्मको जिल्ला समिति र त्यस भन्दा बढि सदस्यहरु भएमा जिल्लामा केन्द्रिय समिति भन्दा ठूलो न हुने गरि जिल्ला समिति चयन हुनेछ ।

ङकेन्द्र र जिल्ला तहमा एक सल्लाहाकार समिति गठन गर्न सकिनेछ ।

च जिल्लामा रहेका सदस्यहरुको जिल्ला भेला गरि जिल्ला समिति चयन गरिने छ ।

छ जिल्ला समितिको पदावधि ३ बर्षको हुने छ ।

ज परिच्छेद ३ अनुसार पदरिक्त भएमा अर्को जिल्ला सम्मेलन नभएसम्मका लागि जिल्ला कार्य समितिले पदपूर्ति गर्न सक्ने छ ।

झ सचिवालय गठनः केन्द्रिय कार्य समिति र जिल्ला कार्य समितिकमो काम कार्वार्हीलाई छिटो छरितो र सरल बनाउनका लागि केन्द्रमा ९ देखि १७ जना र जिल्लामा ५ देखि ९ जनासम्म पदाधिकारी सहित सदस्यहरु रहेको सचिवालय गठन गर्न सकिने छ ।

५। केन्द्रिय कार्यसमितिको काम कर्तव्य र अधिकारः

क राष्ट्रिय सम्मेलन र भेलाको आयोजना गर्ने ।

ख आफ्नो मातहतका उपकेन्द्रिय क्षेत्रीय र जिल्ला कार्य समितिहरुलाई निर्देशन परिचालन गर्ने र सदस्यहरुको कार्य विभाजन गर्ने एवमं अन्य नीति निर्धारण गर्ने ।

ग राष्ट्रिय र अन्तराष्ट्रिय सार्वजनिक महत्वका बिषयहरुको ठोस दृष्टिकोण तयार गरी मातहतका समितिहरुमा पठाउने ।

घ राष्ट्रिय सम्मेलन र भेलामा संगठनको गतिविधि तथा आय व्यय सहितको बजेट पेश गर्ने ।

ङ मातहतका समितिहरुले अनुशासनको कार्वाही गरी निलम्बन गरेको पदाधिकारी वा सदस्यहरुकेा बारेमा आवश्यक जाँच बुझ गरी अनुमोदन निश्कासन वा फुकवा गर्ने ।

च संगठनको नीतिगत र कार्यमूलक उद्देश्य अनुरुप आवश्यक कार्य योजनामा तयार गरी कार्यान्वयन गर्ने गराउने ।

छ संगठनको उच्च नेतृत्वको हैसियतले संगठनमा सम्पूर्ण विषयमा निर्णयमा पुग्ने र अधिकारको प्रयोग गर्ने ।

ज सचिवालयले गरेको काम कार्वाही र निर्णयको अनुमोदन गर्ने ।

झ राष्ट्रिय सम्मलेनद्धारा पारित नीति तथा कार्यक्रमको कार्यान्वयन गर्ने गराउने ।

ज केन्द्रिय समिति राष्ट्रिय सम्मलेन प्रति उत्तरदायी हुनुपर्नेछ ।

६। जिल्ला कार्य समितिको काम कर्तव्य र अधिकारः-

क केन्द्रका नीति निर्देशन पालना तथा कार्यान्वयन गर्ने ।

ख जिल्लाको भौगलिक स्थिति जनजीवन तथा आर्थिक पक्षको विशिष्टतामा संगठनको नीति र कार्यक्रम लागू गर्ने र संगठनको निर्माण एवं परिचालन गर्ने।

ग संगठनको नीति तथा हित विपरित गतिविधिमा संलग्न कुनै पनि सदस्यको उचित छान विनगरि चेतावनी स्पष्टिकरण माग गर्ने र समेतका आधारमा कार्वाहीका लागि राय सहित केन्द्रमा पठाउने ।

घ सदस्यता वितरण गर्ने शुल्क संकलन गर्ने र सहयोगहरु लिने ।

ङ जिल्ल्ाा भित्रका अन्य कल्याणकारी र परोपकारी संघ वसंस्था वीच समन्वय गरी जनसाधारणलाई सामाजिक र परोपकारी सहयोग पुर् याउने ।

च संगठनको नीति र उद्देश्य अनुरुपको अन्य कार्यक्रमहरु संचालन गर्ने ।

परिच्छेद -५

७ पदाधिकारीहरु

कंकेन्द्रिय समितिमा अध्यक्ष उपाध्यक्ष महासचिव सचिव कोषाध्यक्ष र सदस्यहरु रहने छन्।

ख जिल्ला कार्य समितिमा अध्यक्ष उपाध्यक्ष सचिव सहसचिव कोषाध्यक्ष र सदस्यहरु रहने छन् ।

ग पदाधिकारीहरुको काम कर्तव्य र अधिकारः

१ अध्यक्षः आफु रहेको समितिको बैठकको अध्यक्षता गर्ने बराबर मत भएमा निर्णायक मत प्रयोग गर्ने निर्णयहरुको कार्यान्वयन गर्ने र अध्यक्षले गनुपर्ने नीतिगत विषय अन्य आवश्यक कामहरु गर्ने ।

२ उपाध्यक्षः अध्यक्षको अनुपस्थितिमा अध्यक्षले गर्ने सबै काम गर्ने ।

३ महासचिवः अध्यक्षसँग परामर्श गरि बैठक बोलाउने बैठकको निर्णय अभिलेख राख्ने निर्णयहरु परिपत्र गर्ने सचिवालय संचालन गर्ने र महासचिवले गर्नेृभनी तोकिएका संगठन र कार्यालय सम्वन्धि अन्य काम गर्ने ।

४ सचिवः जिल्लामा अध्यक्षको अनुमति लिई बैठक बोलाउने बैठकको अभिलेख राख्ने निर्णय परिपत्र गर्नेे्र । केन्द्रमा महासचिवको अनुपस्थितिमा महासचिवले गर्नु पर्ने कामहरु गर्ने र जिल्लामा सचिवको अनुपस्थितिमा सहसचिवले गर्ने।

५ कोषाध्यक्षः आय व्ययको हिसाबकिताब राख्ने लेखापरीक्षण गराउने र सम्मेलन तथा भेलाहरुमा सम्बन्धित समितिको आर्थिक विवरण प्रस्तुत गर्ने ।

परिच्छेद -६

८ राष्ट्रिय सम्मेलन

क यस संगठनको राष्ट्रिय सम्मेलन प्रत्येक ३ बर्षमा हुनेछ तर दुई तिहाई जिल्ला समितिका सदस्यहरुले माग गरेमा जुनसुकै समयमा पनि सो माग भएको ३ महिना भित्र गर्नुपर्नेछ ।

ख जिल्ला सम्मेलनः प्रत्येक ३ बर्षमा ज्ािल्ला सम्मेलन हुनेछ तर बहुममत जिल्ला सदस्यहरुले माग गरेमा जुनसुकै वखत पनि सो भाग भएको ३० दिन भित्र गर्नुपर्नेछ ।

ग सम्मेलनको काम कतर््ाव्य र अधिकार

१ सम्मेलनमा प्रस्तुत हुने विधान तथा प्रतिवेदन संशोधन तथा पारित गर्ने ।

२ कार्यसमितिको निर्वाचन गर्ने ।

३ राष्ट्रिय तथा अन्तराष्ट्रिय महत्वका बिषयमा प्रस्तावहरु पारित गर्ने ।

४ कार्य समितिलाई नीतिगत निर्देशन दिने ।

५ लेखापरिक्षक नियुक्त गर्ने ।

६ अन्य आव्ाश्यक सवालमा छलफल गरि ठोस नीतिको तर्जुमा गर्ने ।

७ कार्य समितिले गरेका काम कार्वाहीको मुल्याङ्कन जाँच बुझ गरी अनुमोदन गर्ने्र ।

८ केन्द्रिय पदाधिकारी उपर पदिय जिम्मेवारी पालना नगरेको बिषयमा छलफल गरी निर्णयमा पुग्ने ।

९। आर्थिक व्यवस्थाः

क आर्थिक श्रोतः यस संगठनको आर्थिक श्रोत सदस्यता शुल्क नविकरण शुल्क सदस्यहरुबाट उठ्ने आर्थिक सहयोग सांगठनिक श्रोत परिचालन गरी संकलन हुन आएको रकम र अन्य श्रोतहरुबाट प्राप्त भै आएको चन्दा सहयोग हुनेछ ।


ख आर्थिक कारोबारको संचालन अध्यक्ष र कोषाध्यक्ष अथवा महासचिवको संयुक्त हस्ताक्षरबाट हुनेछ ।

ग प्रत्येक बर्ष लेखापरीक्षण गरी जिल्लाले केन्द्रमा र केन्द्रको राष्ट्रिय भेला वा सम्मेलनमा पेश गर्नु पर्नेछ ।

घ मातहतमा रहेका हरेक निकायले उठेको रकमको ६० प्रतिशत केन्द्रमा पठाउनु पर्नेछ ।

परिच्छेद -७

१०। विविधः-

क यस संगठन अन्तर्गत केन्द्रीय कार्य समितिको बैठक बर्षमा कम्तिमा २ पटक र जिल्ला कार्य समितिमा बर्षमा कम्तिमा ४ पटक बस्नु पर्नेछ । तर अन्य समितिको आवश्यकता अनुसार जति पनि बस्न सक्नेछ ।

ख निर्वाचनः संगठनको निर्वाचन गोप्य मतदानबाट हुनेछ ।

ग गणपुरक संख्याः संगठनको गणपूरक संख्या विधान संसोधनको लागि सम्पूर्ण उपस्ीिथत सदस्यहरुको दुई तिहाई र अन्य बिषयहरुमा सामान्य बहुमत हुनेछ ।

घ सजायँः- संगठनको कुनै पनि सदस्य वा पदाधिकारीले संगठनको विधान घोषणा-पत्र एवं नियमावली विपरीत कार्य गरेमा निज जुन कार्य समितिसँग सम्बद्ध छ सोही समितिले निज उपर कारवार्ही गर्न सक्नेछ । तर निजलाई सफाईको मौकाबाट विाचत गरिने छैन र कसैलाई पनि साधारण सदस्यबाट निश्कासन गर्ने अधिकार केन्द्रीय कार्य समितिलाई मात्र हुनेछ ।

ङ समितिहरु केन्द्र वा जिल्लाले आवश्यकता अनुसार सल्लाहकार समिति विशेषज्ञ समुह पेशागत न्यूक्लियसहरु तथा इकाई समितिहरु गठन गर्न सक्नेछ ।

च यो विधान कार्यान्वयनको लागि नियम बनाउने र व्याख्या गर्ने अधिकार केन्द्रीय कार्य समितिलाई मात्र हुनेछ ।

अनसूची

१ छाप

सबै तहका संगठनको छाप उपयुक्त वृत्तुलाकार गोलाईमा माथि नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनतल अंग्रेजीमा ूल्ब्त्क्ष्इल्ब्ी क्ष्ल्त्भ्ीीभ्ऋत्ग्ब्ीुक् इच्न्ब्ल्क्ष्श्ब्त्क्ष्इल् इँ ल्भ्एब्ीू ब्ाीचमा झण्डाको लोगो मुनि समितिको नाम र स्थापित मिति रहनेछ ।

२झण्डाः

क्रमशः पश्चिमबाट पूर्वतिर अमेरिका अपि्रुका एशिया र अष्टिे्रलिया समेतकॊ सामान्य नक्साको आकार देखिने गरि विश्वको ग्लोव माथि ग्लोवको आकार भन्दा माथि नजाने गरि भुमध्येरेखालाई छुने छुने गरि एउटा खुला पुस्तकको वीचबाट एउटा ४५ डि।गी।sाे कोणमा झुकेको कलम र त्यसले देखाएको दिशाको आकाशमा एउटा सानो तारा कलमको टुप्पो माथि किताबको वीचबाट चारैतिरबाट गोलाकारमा दशवटा बराबर उचाईका किरणहरुले घेरिएको एउटा दीप प्रज्वलन भईरहेकेा लोगो रहेको हुनेछ । झण्डाको साइज प्रचलित आकारमा ३ः१ को हुनेछ ।

३नव निर्वाचित कुनै पनि तहको कार्य समितिले त्यहि तहको सम्मलेनमा आफ्नो प्रतिवद्धता नेतृत्व मार्फत जाहेर गर्नेछ ।

समाप्त

२०४८ सालमा स्थापित संगठनको विधान २०५१मा पहिलो र २०५४ मा दोश्रो संशोधन भै २०६३ कार्तिक ८ र ९मा सम्पन्न चौथो राष्ट्रिय सम्मेलनद्धारा संशोधन तथा परिमार्जन गरिएको




No comments:

Featured Post

Why presidential system?

We are in historical moment. After a six decade long struggle Nepal became able to have an election of Constituent Assembly. Issue of Consti...