Saturday, April 16, 2011

नेपाल राष्टिय बुद्धिजीवी संगठनको राष्ट्रिय भेला द्धारा पारित Report


केही मननयोग्य कथनहरु



प्रत्यक सत्य दर्शन त्यस समयको बैाद्धिक सार तत्व हो । कार्ल माक्स्र

Every true philosophy is intellectuals quentences of its time.Karl marx
हामीलाई सुगा रटाईको आवश्यकता छैन परन्तु हामीले प्रत्यक शिक्षार्थीको बुद्धिलाई आधारभुत तथ्यहरुको जानाकारीद्धारा विकसित र उन्नत त’ल्याउनुपर्छ । किनभने यदि कुनै कम्युनिष्टले सारा उपलव्ध ज्ञानलाई आफनो मस्तिष्कमा मन्थन गर्दैन भने साम्यवाद एउटा फास्रो कुरा र केवल सादा सुचनापट मात्र वन्न जानेछ अनि कम्युनिष्ट केवल पाखण्डी सिवाय अरु केही रहनेछैन ।

लेनिन



हाम्रा कमरेडहरुलाई चीनको ईतिहास अर्थव्यवस्थाराजनीति सैन्य मामलाहरु र संस्कृतिको गंभिर रुपले अध्ययन गर्ने माक्स्रवादी लेनिनवादी अडान दृष्टिकोण र पद्दति लागु गर्न र विस्तृत सामाग्रीका आधारमा हरेक समस्याको ठोस विश्लेषण गरी सैद्धान्तिक निष्कर्षहरु निकाल्न आव्हान गर्दै एउटा निर्णय लिईएको छ त्यो हो काँध थाप्नुपर्ने जिम्मेवारी ।

माओत्सेतुडं।पार्टी स्कुलको उदघाटन गर्दै



ध्यान दिनुपर्ने केही तथ्यहरु



माक्स्रवादको रक्षा प्रयोग र विकासका सन्दर्भमा र विचार शष्लेषणका सवालमा बुद्धिजीवी वर्गले अहम् भ”मिका निर्वाह गनुपर्ने विद्यामान अवस्था



अमेरिकी साम्राज्यवाद तथा भारतीय विस्तारवादको संभावित हस्तक्षेपलाई मध्यनजर राख्दै राष्ट्रियताको रक्षार्थ देश भित्र प्रतिरोधकानिम्ति र देश वाहिर वैदेशिक हस्तक्षेप तथा अतिक्रमणका विरुद्ध आम जनमत श्रृजना गनुपर्ने अवस्था



महान जनयुद्ध रणनैतिक रक्षा सन्त’लन ह’दै रणनैतिक प्रत्याक्रमणको अन्तिम तथा निर्णायक चरणमा प्रवेश गरेको यस घडिमा यो महान तथा भिषण योजना सफल पार्न पार्टी पक्ति वाहिर रहेका देशभक्त तथा मध्यवर्ती तप्कालाई पुरै आकर्षित गनुपर्ने अवस्था



अन्तराष्टिय रुपमा जनसत्ताको मान्यता प्राप्त गर्दै स्थानीय रुपमा जनसत्ताहरु सुदृढगर्नुपर्ने तर केन्द्रिय सत्ता कव्जा नगरी स्थानीय सत्ता सुदृढ नहुने र स्थानीय सत्ता सुदृढ नभै केन्द्रिय सत्ता कव्जा गर्न कठिन हुने यो विशिष्ठ घडीमा स्थानीय सत्ता सुदृढ गर्न आवश्यक दक्ष एवं विशेषज्ञ जनशक्ति आपुर्ति गनुपर्ने अवस्था

उपरोक्त अवस्थाको विशिष्ठ घडीमा यो राष्टिय भेला हुन गैरहेको छ यस अवसरमा उपरोक्त वुदाहरुप्रति सम्मानित हलको ध्यानाकृष्ट होस् भन्दै विभिन्न सिमा र वाध्यताका परिधिभित्र रही पस्तुत सार सक्षिप्त प्रतिवेदन प्रस्तुत गर्न गैरहेको छु ।



प्रतिवेदनको मुल अंश



१ वर्तमान राष्ट्रिय परिस्थिित



मुलुक यतिवेला युद्धमय छ हाम्रो आस्थाको केन्द्र नेपाल कम्यनिष्ट पार्टी माओवादी द्धारा वर्तमान निरंकुश राजतन्त्रात्मक सामन्ती राज्य व्यवस्था ध्वंश गरी नयाँ जनवादी राज्य व्यवस्था स्थापना गर्ने घोषित उद्देश्यका साथ संचालित जनयुद्ध आज रणनैतिक सन्तुलनको चरण पार गरी रणनैतिक प्रत्यक्रमणको चरणमा प्रशेश गरिसकेको अवस्था छ । तमाम शोषित पिडित नेपाली जनता जनयुद्धमा लामवद्ध भैरहेकाछन् । देशको असीि प्रतिशत ग्रामिण भुगोलवाट प्रतिकृयावादी राज्यसत्ता विस्थापित भै शहर सदरमुकाम र राजधानीमा सिमित हुन पुगेको छ ।तसर्थ ग्रामिण भुगोलमा जनसत्ताहरु ीनर्माण विकास र विस्तार भैरहेकाछन् । आधार क्षेत्रहरुमा ध्वंश र निर्माणलाई समायोजन गर्दै क्रान्ति अगाडि वढिरहेकोछ । यतिवेला केनिद्रय सत्ता कव्जा गर्ने उद्देश्यकासाथ पार्टी प्रत्याक्रमणका योजनाहरु सहित कार्यक्षेत्रमा कार्यान्वयनमा गैरहेको छ । नेकपा माओवादी द्धारा नेपाली भुमिमा माक्स्रवादको ठीक ढंगले प्रयोग गर्दै अगाडि वढदै गरेको शिलशिलामा विगत नौ वर्षको जनयुद्धको अनुभववाट माकस्रवादको विकासमा समेत योगदान पुगेको कुरा जगजाहेर छ । जसको शस्लेषित रुप्ामालेमावाद रप्रचण्डपथ नेपालि जनयुद्धको मार्ग निर्देशक सिद्धान्तको रुप्ाम विकसित भैरहेको छ । म्ाात्र नौ वर्षको जनयुद्धको अनुभवले पनि सर्वहारावर्गिय विशवक्रानितको नेतृत्व नेकपा माओवादलिे गनुपर्ने स्थिति देखापर्दै गएको छ । विश्वकम्युनिष्ट आन्दोलनका अनुभवलाई संश्लेषित गर्दै भोलिको संभावित प्रतिक्रान्ति रोक्नकानिमित्त २१औं शताव्दीको जनवादको अवधारणा समेत हाम्रा अगाडि प्रस्त’त भैसकेको छ ।





यसका संगसंगै मालेमावाद र प्रचण्डपथको मार्ग निर्देशनमा जनमुक्ति सेनाले ठुला ठुला सफलताहरु ह्ासिल गर्दै गएकाछन् र प्रतिकृयावादी सरकारको जिल्लाअंचल र क्षेत्रिय स्तरका किल्लाहरु ध्वस्त पार्ने प्रकृया तिव्र वनिरहेको छ । यतिवेला जनमुक्ति सेनाले पुरानो सत्ताका जिल्ला सदरमुकामराजधानी र राजमार्गमा आफना कारवाहीहरु केन्द्रित पार्दै लगेको कारण प्रतिकृयावादी सत्ताको अन्तिम हतियार शाही सेना हायलकायल हुन पुगेको छ । वास्तविक मुठभेडमा दिनहु जसो शाही सेना ठुलो संख्यामा हताहत हुदै गएको र उनीहरुका अत्याधुनिक हतियारहरु जनमुक्तिसेनाको कव्जामा आईरहेका छन् । त्यसकारण यतिखेर सामन्त शासकहरु अत्यन्त आतंकित वनेकाछन् र केवल अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादका आड भरोसा र निर्देशन र सहयोगमा मात्र टिकिरहेको अवस्था छ ।



तर दरवार हत्याकाण्ड पश्चात टुटेको परम्परागत राजतन्त्रको कडीलाई जोडन आएको कृतिम राजा ज्ञानेन्द्रले २०५९ असोज १८ को प्रतिगामि कदमवाट ०४६ सालको जनआन्दोलनद्धारा प्राप्त जनताका सिमित प्रजातान्त्रिक अधिकार समेत खोसेर निरंकुश राजतन्त्रको अभ्यास गरिरहेका छन् एकातिर नेपाली कंग्रेस लगायतका संसदवादी दलहरु राजाको प्रतिगामी कदमका विरुद्ध सडक आन्दोलन गरिरहेकाछन् भने अर्कोतिर सडक आन्दोलनप्रति गद्दारी गर्दे राजाको पहरेदार वन्न पुगेको एमाले देउवाको खेतालो सरकारमा सम्मिलित भै देश र जनताप्रति ठुलो षडयन्त्र गर्दे गैरहेको छ । देउवा एमाले मण्डलीको सरकार शाही सेनाको भ्रष्ट र कमिसनखोर जनरलहरुको निर्देशनमा माओवादी संगको शान्ति वार्ता गर्ने फोस्रो राग अलाप्दै आम नरसंहार गर्ने षडयन्त्रमा तल्लिन देखिन्छन् र यो मण्डली प्रत्याक्रमणको लक्ष उद्देश्य र योजनावाट अत्तालिएर देशी विदेशी प्रतिकृयावादी शक्तिहरुसंग हार गुहार गर्दे छटपटाईरहेकाछन् । सामन्तवादी सत्ताको अन्तिम शक्ति शाही सेनाको पनि मनोवल अत्यन्त गिरेकोले झ’ठठा म’ठभेडका घटनाहरु ंसंचार माध्यमवाट प्रचार गर्दे भ्रम फैलाएर आत्मरति लिनेक्रममा मात्र तल्लिन छ कतिपय ईमान्दारशाही सेनाका जवानहरु विद्रोह गरी जनमुक्तिसेनामा सामेल हुने क्रम जारी छ ।



हालसम्मको राजनैतिक पदिृश्यलेके देखाउछ भने नेपाली कम्युनिष्ट आन्दोलन र विश्व कम्युनिष्ट आन्दोलनमा समेत संशोधनवादी तथा दक्षिणपंथी तत्वहरु क््रान्तिको वाधक वन्दै आएकाछन् । नेपाली जनयुद्ध भिर्त्री र वाहिरी द’श्मनका विरुद्ध निर्मम र भीषण संघर्ष गर्दै अगाडि वढीरहेको छ देश भक्त तथा जनतान्त्रिक शक्तिहरु भने जनयुद्धलाई गंभिर एवं सकारात्मक रुपमा लिईरहेकाछन् । जनयुद्धको क्रममा रगत वगाएका दशौंहजार शहिदहरुको वलिदानीलाई उच्च म’ल्यांकन गर्दै अग्रगामी निकासकालागि नेकपा माओवादी अत्यन्त प्रतिवद्ध रही आएको र संयुक्त राष्ट्र संघ वा अन्य क’नै भरपर्दो मध्यस्थताको आवश्यकता औंल्याउदै आफनो धारणा स्पष्ट गरिसकेको तथ्य जगजाहेर छ तर देशी तथा विदेशी शक्तिकेन्द्रहरुको निर्देशनमा देउवा एमाले मंडलीको सरकारले वार्ता प्रति ईमान्दारी होईन वरु भिषण दमनको तयारीमा ज’टिरहेकाछन् उसको शान्तिप्रतिको राग जनतालाई भ्रम दिने साधन सिवाय अरु केही नभएको प्रष्ट छ ।



२ अन्तराष्टिय परिस्थिित



वर्तमान विश्वमा अमेरिकी साम्राज्यवादको एकछत्र रजाईको विरुद्ध सर्वहारा वर्ग र उत्पिडित राष्ट्रहरुका विविध प्रकारका आन्दोलन तथा विद्रोहहरु संचालन भैरहेकाछन् । आज पनि साम्राज्यवाद र उत्पिडित राष्ट्र वीचको अन्तरविरोध नै प्रधान अन्तरविरोध हो भन्ने कुरामा दुईमत छैन । अमेरिकी साम्राज्यवादको दादागिरीले आज विश्वका तमाम उत्पिडित राष्ट्रहरु अत्यन्त प्रताडित भएकाछन् । सेप्टेम्वर ११को घटना पश्चात आतंकवाद नियन्त्रण गर्ने वहानामा अमेरिकी साम्राज्यवाद आफनो पिछलग्गु नवन्ने राष्टमाथि खुलेआम सैनिक हस्तक्षेप गरिरहेकोछ । अफगानिस्तान र इृराक यसका पछिल्ला ज्वलन्त उदाहरण हुन् । उसको हस्तक्षेपकारी नीतिको विरोध गर्ने राजनैतिक पार्टी र राष्टहरु आतंककारीका सुचिमा दर्ज गरिएकाछन् ।



दक्षिण एशियामा आफनो हाली मुहाली चलाउने दउामा अमेरिकी साम्राज्यवादले नेपाललाई रणभुमि वनाउने उसको योजना मुताविक नेकपा माओवादीलाई आतंककारीको सुचिमा दर्तागर्दै नेपालको जनतान्त्रिक आन्दोलनलाइ आतंककारी कृयाकलापको संज्ञा दिईरहेको छ । त्यसैले यहांको सामन्तवादी सत्तालाईटिकाउन हातहतियार आर्थिक सहयोग र सैन्य निर्देशन दिदै आएको छ । नेपालका भ्रष्ट सैनिक जनरलहरुलाई डलरमा खरिद गरिएको छ । तर ईराक युद्धको विरुद्धमा उर्लैको विश्व जनमत र उम्कनै नसक्ने गरी ईराक युद्धमा भासिएका कारणले अमेरिकी साम्राज्यवाद प्रत्यक्ष नेपालमाथि हस्तष्क्षेप गर्न हिचकिचाईरहकेा देखिन्छ । त्यसैले भारतीय विस्ातारवादलाइ अगाडि सारेर आफु पृष्ठभागवाट हस्तक्षेप गर्ने उसको नीति रहेको छ । तर भारतीय विस्तारवाद भने नेपाल आफनो शोषणको पुख्र्यौली थलो सम्झेर सैनिक हस्तक्षेप समेत गर्न योजनामा जुटिरहेको छ । भारतीय एक पुर्व जनरलको विविसि संगको अनर्तार्ताका क्रममा भारतले नेपालमाथि कमाण्डो तथा हवाई आक्रमण गर्न सक्छ भन्ने धारणा व्यक्त गदैै यो नीतिको पुष्टी गरेकाछन् । नेपालका प्रतिकृयावदी शासकहरु प्नि भारतीय विस्तारवाद र अमेरिकी सम्राज्यवादसंग प्राणको भिक्षा माग्दै घुडा टेकिरहेको स्थिति छ । साथै युरोपियन युनियन आफनो भाखा फेदेै गएको पाईन्छ । चीन नेपालको मामलामा मौनछ । यसरी हाल अन्तराष्टिय स्थिति त्यति उत्साहजनक देखिदैन । तसर्थ प्रतिकुलताभित्र अनुकुलता खोज्न हाम्रो प्रमुख कर्तव्य वन्न गएको छर ।



आज संसारभर एउटा पनि वास्तविक समाजवादी सत्ता अस्तित्वमा नरहेकाको सन्दर्भमा पनि मुक्ति आन्दोलनहरु उत्साहजनक ढंगले उठिरहेकाछन् । अनतराष्टिय स्तरमा क्रान्तिकारी आन्दोलन र पार्टीहरुका फोरमहरु ीनर्माण भै कृयाशिल रहेकाछन् । यसै सन्दर्भमा विश्व सर्वहारा वर्गिय क्रान्तिमा नेपाली जनयुद्धले नेतृत्वदायी भुमिका निर्वाह गनुपनर््े अवस्था आईपरेको छ । विश्वलाई नयाँ दिशा निर्देशन गर्नु पर्ने स्थिति छ भने क्रान्ति सम्पन्न पश्चात प्रतिक्रान्तिलाईरोक्ने विधि विकासमा समेत महत्वुर्ण भुमिका निर्वाह गनुपर्ने अवस्था छ ।



३ बुद्धिजीवीहरुको दायीत्वः



उपरोक्त हिसावले वर्तमान राष्टिय तथा अन्तराष्टिय स्थितिले मुल्यांकन गर्दा आज राष्टियता र जनतन्त्र अत्यन्त संगिन घडीमा उपस्थित छन् । तसर्थ क्रान्तिकारी बुद्धिजीवीहरुको दायित्व एवं भुभिका अत्यन्त र्गभिर वनदै गएको स्वत सिद्ध छ । बुद्धिजीवीहरु समाजका सचेत वर्ग हुन र समाजका संवाहक वर्ग हुन भन्दा पनि अतिशयोक्ति ह’दैन । वर्गिय समाजमा बुद्धिजीवीहरु प्नि वर्गिय हुनु अस्वभाविक हैन । यथास्थितिवादी सुधारवादी र क्रान्तिकारी माक्स्रवादी वुद्धिजीवीहरुले आफनो आफनो वर्गको सेव ागर्ने कुरा स्वभाविकै हुन्छ । हुनत क्रान्तिकारी बुद्धिजीवीहरुका निमित्त कुनै विश्वविद्यालयको प्रमाणपत्र वा कुनै औपचारिक शैक्षिक डिग्री प्राप्त गर्न आवश्यक पर्दैन । कुनै पनि क्षेत्रमा मानसिक र शारिरिक श्रममा विशिष्ठ ज्ञान आर्जन गरेका जो कोही व्यक्ति क्रान्तिकारी बुद्धिजीवी हुन सक्छ उसमा जीवन र जगतलाई बुझने र वदल्ने शिप योग्यता चिन्तनशैली तथा दक्षता हुन चाही जरुरी छ । दर्शनका हिसावले द्धन्दात्मक तथा ऐतिहासिक भौतिकवादलाई अंगिकार गर्दै नेपालको सन्दर्भमा मालेमावाद र प्रचण्डपथलाई मार्गनिर्देशक सिद्धान्तका रुपमा अवलम्वन गर्न जरुरी छ । नेपाली जनयुद्धका पाँच वर्षका अनुभवले जन्मेको प्रचण्डपथ यतिवेला प्रत्याक्रमणका्े पहिलो योजना कार्यान्वयनका साथै विचार शंष्लेषणको प्रकृयामा जुटदै मालेमावादकै तीन संघटक अंगका्े विकास गर्ने स्थितिमा पुगेको यस विशिष्ठ घडीमा यो राष्टिय भेला सम्पन्न हुन गैरहेको छ । यतिवेला मुलुकले हामीहरुवाट ठुलो अपेक्षा गरेको छ । सो अपेक्षा पुरा गर्न हामीहरुले नयु उचाईमा त्याग एवं वलिदानका अद्धितिय किर्तीमानहरु क्ायम गदै अघि वढन नितान्त जरुरी छ । लाल र निपुणताको द्धन्दात्मक सम्वन्धलाई ठीक ढंगले व्यवहारमा आत्मसातीकरण गर्ने दिशामा सचेत हुनै पर्दछ । आम रुपमा बुद्धिजीवी सम्वन्धि व्यक्त विगतको परम्परागत धारणामा परिमार्जन गर्दै बुद्धिजीवीहरु ऋवसरवादी मात्र नभै क्रान्तिकारी विचारवाट लैस हुन्छन् भन्न्े कुरालाई पनि ख्याल गर्न त्यतिकै आश्यक छ । औपचारिक डिग्री हासिल गरेका बुद्धिजीवीहरुका हकमा जसको वौद्धिक शोषण गरेर सामन्तवादी सत्ताले उनीहरुलाइ केही भौतिक सुविधा प्रदान गरिरशेको ह’न्छ । तापनि उनीहरुमा अन्तरनिहीत उन्नत चेतनाका कारण सर्वहारा वर्ग प्रति आकर्षित भैरहेका हन्छनन् भने भौतिक सुविधाले यसको खिलाफमा ह’न्छन् । जसका कारण उसलाई जबलनष्लन अबिकक का रुपमा चिन्ने गरिन्छ । यस स्थितिमा रहेका ती वित्रहरुलाइई पििन क्रान्तिमा आकर्षित गर्दै उनीहरुको विशिष्ट ज्ञान र क्षमताको पनि क्रान्तिका हितमा समुचित सदुपयोग गर्न जरुरी छ ।




स्ात्ता संचालनका सवालमा आईपर्ने सवै क्षेत्र तथा कामका शाखाहरुमा विशिष्ठ ज्ञान क्षमताको प्रयोग अन्तराष्टिय अनुभव एवं हाम्रै परिवेश समेतलाईख्याल राख्दै यथोचित सेवा प्रदान गर्न क्रान्तिकारीबुद्धिजीवीहरु स्वयं लाग्ने र अन्य तप्काका बुद्धिजीवीहरुलाई पनि यस प्रकृयामा परिचालन गर्ने ठा््ेस नीति र योजना तयार गर्ने दायित्व समेत हाम्रा काँधमा आई परेको छ । पार्टीले अघि सारेको विचार शस्लेषण शुद्धिकरण प्रत्याक्रमण२१औ शताव्दीको जनवाद समेतमा सम्वृद्ध गर्दै प्रतिक्रान्ति रोक्ने दिशामा समेत आम वुद्धिजीवी तप्का चनाखो रहन जरुरीछ । जनयुद्धले हासिल गरेका महानतम उपलव्धीहरुको रक्षा सम्वर्धन र विकास गर्ने क्रान्ति उतकर्ष विन्दु तर्फ अघि वढिरहेको अवस्थालाई उजागर गर्ने तथा प्रतिक्रानित रोक्ने सवालमा उनन त चेतनाको विकास गर्ने कुरामा खेज अनुसन्धान तथा प्रचार प्रसार गर्ने मामलामा बुद्धिजीवहरु ईमान्दार सकि्रय र त्यागी वन्नै पर्ने हुन्छ । युद्धको अवधिमा युद्धको पक्षमा वालेर लेखेरखोज अन’सनधान गरेर तथा पत्र पत्रिका एवं पुस्तक प्रकाशन गरेर जनमत तयार गर्नु छ भने युद्ध पश्चात प्रतिक्रन्ति रोक्ने जनमत तयार गर्न बुद्धिजीवी वर्गको दायित्व अवश्य हो । सुधारवादी कित्तामा रुमल्लिएका बुद्धिजीवीहरुलाई क्रान्तिकारी कित्तामा समावेश गराउने काममा पनि ईमान्दारीपुर्वक लाग्नै पर्छ । प्रतिकृयावदी कित्ता सागुरो र क्रानितकारीहरुको कित्ता फराकिलो पार्न वौद्धिक कार्यकर्ताको कर्तव्य पनि हो । भारतीय विस्तारवार लगायतका ् वैदेशिक हस्तक्षेपका विरुद्ध तमाम देश भक्त तथा राष्टवादी शक्तिहरुलाई गोलवनद गर्दै अन्तरकि्रया छलफल तथा वैचारिक हस्तक्षेपद्धारा राष्टवादी मंच तयार गर्ने कामममा यो वर्गको महत्वपुर्ण भुमिका रहनु पर्दछ ।



४नेपाल राष्टिय वुद्धिजीवी संगठनको संक्षिप्त ईतिहास ः



नेपाल राष्टिय वुद्धिजीवी संगठनको ईतिहास केलाउदा २०४६ सालको जनआन्द्योलनको परिणाम स्वरुप प्राप्त वहुदलीय व्यवस्थाको पुनस्थापनाको अवस्थामा विविध संघ संगठनहरु खुल्ने क्रम जारी रहे सोही क्रममा माक्स्रवादी वुद्धिजीवीहरुलाईगोलवन्द गर्नै उद्द।ेश्यले २०४८ सालमा डा० बाबुराम भटराईको संयोजकत्वमा ४नेपाल राष्टिय वुद्धिजीवी संगठनको स्थापना भएको थियो । डा० भटटराईकै संयोजकत्वमा गठित तदर्थ समितिले २०४८ सालमै प्रथम राष्टिय सम्मलेनकोआयोजना गग्यो सो चितवन सम्मेलनले दीपेन्द्र वहादुर क्षेत्रीको अध्यक्षतामा एक कार्यकारिणी समितिको चयन गरयो । २०५१ सालमा सम्पन्न राष्टिय भेलाद्धारा शुरेश आले मगर अध्यक्ष च’निनु भयाृ २०५३ सालमा सम्पन्न राष्टिय भेलाद्धारा रमेश शर्मा अध्यक्ष निर्वाचित हुनुभयो ।यसै गरी २०५५ सालमा काठमाण्डौमा सम्पनन संगठनको दोश्रो राष्टिय सम्मेलनले पुन रमेश शर्मालाई नै अध्यक्षमा निर्वाचित गरयो । यसै गरी २०४८ सालमा ललितपुरको स्टाफ कलेजमा सम्मपन्न राष्टिय भेलाद्धारा रमेश शर्मा पुनअध्यक्ष र महासचिवमा मनोज थापालाई निर्वाचित गरियो । सो भेलाले २३ जनाको कार्य समितिको निर्माण गरेको थियो र उक्त समितिले चयन गरेको सचिवालयको वैठकले राष्टिय भेलाको समिक्षा र संगठनको सामान्य कार्ययोजना तयार गरेको थियो तर केन्द्रिय समितिको पुर्ण वैठक सम्म नवस्दै देशमा घोषित संकटकालका कारण संगठनका नेता तथा कार्यकर्ताहरु गिरफतार भएका कारण संगठनात्मक गतिविधिहरु सुचारु हुन सकेनन् । २०६० असार २६मा ललितपुरको लिटल एजेल्स स्कुलमा सम्पन्न तेश्रो राष्टिय सम्मेलनले प्रताप वन्त अध्यक्ष र कोमल नाथ वराल महासचिव रहेको २५ सदस्य केन्द्रिय समितिको गठन गरयो । सो राष्टिय भेला पश्चात जारी शान्ति वार्ता भंग भै पुन ँसंकटकालको घोषणा भए पश्चात हाल यो भेला केन्द्रिय महासचिवलगायत समितिका जम्मा ६ जना आयोजकहरुकको उपस्थितिमा सम्पन्न हुन गैरहेको छ ।



५ विभिन्न वुद्धिजीवी संगठन र तिनले प्रतिनिधित्व गर्ने धारहरु ः



सदियौंदेखि उत्पिडित नेपाली समाज वर्ग विभाजित छ र वर्ग विभाजित समाज भएकै कारणले विविध पेशा र व्यवसायमा संलग्न भएकै वखत पनि आ आफनो वर्गिय आधार दृष्टिकोण र चिन्तन मुताविक संगठन वनाउने र अफनो आस्था व्यक्त गर्ने कुरा नितान्त स्वभाविक मात्र हैन आवश्यकता नै वन्ने गर्दछ । यसै साश्वत मान्यतालाई आत्मसात गर्दा समाजमा रहेको मानसिक श्रम वढी गने वौद्धिक तप्का पनि वा आफनो वर्ग आधार वमोजिम संगठित हुने गरेको पाईन्छ । आजको समयको कुनै पनि मानिस राजनीतिवाट अलग रहन सक्दैन किनकि मानिस सामाजिक प्राणीमात्र हैन राजनैतिक प्राणी पनि हो । त्यसमा पनि वैाद्धिक फाटमा कि्रयाशिल मानिस राजनैतिक सौंच र दृष्टिकोणवाट अलग रहन नसक्ने धरातलीय यथार्थलाई स्वीकार गर्दा समाजमा कृयाशिल राजनैतिक पार्टी अनुकुल नै भगिनी संस्थका रुपमा रहने गरेको पाईन्छ यसै आधारमा नेपालमा कृयाशिल अन्य बुद्धिजीवी संगठनहरु निम्नानुसार अस्तित्वमा रहेकाछन् ।



क नेपाल राष्टिय वुद्धिजीवी परिषदः



वुद्धिजीवी संगठन मध्यकै एक संगठनका रुपमा रहेका यो परिषद पनि एक हो वहुदलको आगमन लगत्तै वामपन्थी वद्धिजीवीको साभा संगठनका रुपमा स्थापित यो संगन नेपालमा दलिय राजनीतिको विकास संगसंगै सम्पुपर्ण वामपन्थी वुद्धिजीवीहरुलाई गोलवन्द गर्ने दिशामा अगाडि वढेको संगठन थियो र मुलुकमा वाम राजनैतिक ध्रुविकरणको प्रकृया अघि वढदै जाँदा यो संगठन पनि अछुतो रहन सकेन । परिणामतः यसै संगठनमा आवद्ध क्रान्तिकारीहरुको ठुलो हिस्सा क्रान्तिकारी वुद्धिजीवीहरुलाई गोलवन्द गर्न कमसेकम माक्स्रवादी बुद्धिजीवीहरुको छुटटै संगठन निर्माण गरी ध्रुविकृत राजनीतिलाई क्रान्तिकारी दिशावोध गर्न जरुरी छ भन्दै नेपाल राष्टिय बुद्धिजिप्ी संगठन निर्माण गरे पश्चात वाकी रहेका वुद्धिजीवीहरु यस परिषदमा रही नेकपा एमालेको भगिनी संस्थाको रुपमा रहन पुग्यो । यो संगठनले एमालेको संशोधनवादी राजनीतिक धारलाई टेवा पुराउने हेतुले संशोधनवादी कित्ताको नेतृत्व गर्न पुग्यो । हाल यो परिषद मुलत विद्यामान राज्यसत्ताको लुछाचुडी भाग वण्डा एवं सत्ता सुविधा भोगको घृणित खेलमा तल्लन छ भने आम क्रानितकारी वौद्धिक तप्का समेतलाई दिग्भ्रकित पार्दै विगतमा कायम रहेको माक्सैवादी सत्व समेतलाई हालसमम देखिएका कृयाकलापले तिालान्जली दिईसकेको प्रष्ट हुन्छ । तसर्थ अझै पनि भ्रमवश सोही कित्तामा सम्वन्ध भएका ईमान्दार क्रान्तिकारी वुद्धिजीवीहरु पुराना सम्वन्ध तोडी क्रान्तीकारी धारको प्रतिनिधित्व गर्ने मुल प्रवाह नेपाल राष्टिय वुद्धिजीवी संगठनमा आवद्ध हुने आकंक्षा व्यक्त गरिरहेको स्थितिमा उक्त सकारात्मक मनो विज्ञानलाई आत्मसात गर्दै उचित पहलकदमीको प्रकृयालाई अघि वढाउन जरुरी छ ।



ख अखिल नेपाल बुद्धिजीवी संघ ः



यो ँंगठन राजनैतिक रुपमा नेकपा एकताकेन्द्र मसाल निकट मानिन्छ । राजनैतिक रुपमा नव संशोधनवादी धारको प्रतिनिधित्व गर्नै एके मसाल गुटको पृष्ठपा्ेषण गर्ने काम यस संगठनले गर्दै आएको छ । यस संगठनभित्र रहेका कतिपय इमान्दार क्रान्तिकारी वुद्धिजीवीहरु संग सहकार्य गर्दै आएको छ । यस संगठनभित्र रहेका कतिपय ईमान्दार क्रानितकारी वुद्धिजीवीहरु संगको सहकार्य गर्दै क्रान्तिकारस् धारमा आवद्ध हन आव्हान गन’्र पर्ने विद्यामान अवस्था छ ।



ग प्रजातान्त्रिक विचार मन्च ः



यो संगठन नेपाली कंग्रेस निकट मानिन्छ आपःुलाई प्रजातन्त्रवादी भन्न रुचाउने तर सामन्ती दलाल एवं नोकरशाह वर्ग संग सत्ता साझैदारीको प्रकृयामा मोलतोल समेत गर्दै आएको पार्टी ने।sा।sाे भगिनी संस्थाका रुपमा आपः’लाई परिचित गराएको छ यस संगठनभित्र पनि कतिपय व्यत्तिःहरु ल्ााेकतान्त्रिक गणतन्त्र संविधानसभा र जनतामा निहित सार्वभौमसत्ताको पक्षधर बुद्धिजीपीहरुको प्रभाव पनि राम्रै रशेको छ यस वास्तविकतलाई हेक्का राख्दै लोकतान्त्रिक गणतन्त्रको धार निर्माणको दिशामा अग्रसर हुन आवयकछ ।ः



घ विद्धत परिषदः



सामन्तवादी साम्राज्यवादी तप्काको निकट मानिने यो संगठन चरित्रगत हिसावले सामन्तवादको पक्षपोषण गर्दछ । सवैखाले प्रजातान्त्रिक आन्दोलनका विपक्षमा खडा हुने यो संगठन सामन्ती अधिनायकवादी शासकहरुकोदलाली एवं मुलुकको अग्रगामी निकासको वाधककै रुपमा परिचित छ । मुलत संझौताहिन संघर्ष चलाईन’पर्ने यो संघठनभित्र पनि राष्टियताका पक्षधरहरुका वारेमा भने यथोचित आंकलन गर्न जरुरी छ ।



६ सांगठनिक गतिवििध



नेपाल राष्टिय बुद्धिजीवी संगठनको ईतिहास तर्फ फर्कदा २०४६ सालको वहुदलीय व्यवस्थाको आगमन सगै क्रान्तिकारी माक्स्रवादी बुद्धिजीवीहरुलाई गोलवन्द गर्न २०४८ सालमा स्थापित यो संगठन २०४८ सालदेखि ०५८ सालसम्मको एक दशकको अवधिभर राम्रैसंग कृयाशिल रह्यो । तत्कालिन अवस्थामा मालेमावाद लाई मार्ग निर्देशक सिद्धान्तका रुपमा आत्मसात गर्ने तथा आमुल परिवर्तनमा विश्वास गर्नै मुलुकका विभिन्न स्थानमा छरिएर रहेका क्रान्तिकारी बुद्धिजीवीहरुलाईगोलवन्द गर्ने उद्देश्यका साथ नेपाल राष्टिय बुद्धिजीवी संगठनको जन्म भएको हो । यतिवेला मालेमावादले नेपालको ँसन्दर्भमा प्रचण्डपथको उचाईमा विकास गरेको यस घडिमा क्रान्तिकारी बुद्धिजीवीरुले सामन्तवादी तथा साम्राज्यवादीहरुका विरुद्ध वैचारिक हस्तक्षेपलाईसुदृढ पार्न र तिव्ररुपमा वृद्धि गर्न गर्न नितान्त जरुरी छ ।



७ नेपाल राष्टिय बुद्धिजीवी संगठनद्धारा सम्पादन गरिएका प्रतिनिधिमुलक कामका विवरण ः



क।राष्टियता सम्वन्धी कामहरु ः



१ राष्टघाति टनकपुर सन्धी एकिकृत महाकाली सन्धी एवं १९५० को नेपालभारत असमान सन्धी लगायतका असमान सन्धीहरु ख्ारेजगर भन्ने नारााका साथ देशव्यापी रुपमा जनमत तयार गर्ने गोष्ठी अनतरकि्रा छलफल लगायतका सभाहरुको आयोजना गरेर राष्टियताको पक्षमा आफनो सरोका व्यक्त गरियो ।



२सिमा अतिक्रमण विरुद्ध देशव्यापि कार्यक्रम सम्पन्न गरेर सकारात्मक जनमत श्रृजन ागर्न सफल भयो ।



३ काठमाण्डौ वानेश्वमा भारतीय प्रहरीद्धारा गरिएको नांगो हस्तक्षेापका विरुद्ध जुलुश सभा पर्चा वालिडं पोष्टरिडं व्यानरिडं लगायतका प्रतिरोधात्मक कार्यक्रम सम्पनन गरिए ।



४ संयुक्त जन मोर्चा नेपाल राष्टिय जनआन्दोलन संयोजन समितिनौ वाम लगायतका पार्टीहरु र तिनाका जनवर्गिय संगठनद्धारा आयोजित विविध संघर्षका कार्यक्रमहरुमा सकि्रय सहभागिता जनायो ।



ख राजनैतिक वैचारिक काम



१ जनयुद्ध थालनी पुर्व संसदीय व्वस्था र विद्यामान राज्यसत्ताले जनताका जनतन्त्र राष्टियता र जनजीवीकाकसंग सम्वन्त्रित समस्याहरुका हल हनुन सक्दैन भन्ने र नयुद्ध थालनी पश्चात सवै समस्याहरुको समाधानको उपयुक्त माध्यम जनयुद्धनै हो भन्दै सो को समर्थनमा विचार गोष्ठी अन्तरकि्रया लेख रचना मार्फत जनमत तयार पार्नेकाम समपन्न गरियाृ



२ मालेमावाद सम्वन्धी वैचारिक छलफललाई घनिभुत तुल्याउदै आम बैद्धिक फाटमा स्थापित गराउन प्रयत्नरत रह्यो ।



३ क्रान्तिकारी पक्षधरतालाई दह्रो संग आत्मसात गरी विगतका खासगरी एकताकेन्द्र कालमा विसर्जनवादको विरुद्ध निरनर संघर्ष गर्दै कान्तिकारी बैद्धिक तप्कालाई गा्लवन्द गर्ने काम गरयो ।



ग प्राज्ञिक कामः



१ दिशावोध।विश्लेषण लगायतका अन्य प्राज्ञिक प्रकाशनहरु प्रकाशन गरी बौद्धिक अभ्यासमा निरन्तर ज’टिरह्यो ।

२ भाषिक अधिकार महिला अधिकार आदिवासी जनजाति उत्थान लगायत मानवअधिकार संग समवन्धित गोष्ठी सेमिनारको आयोजना गरयो ।

३ जनयुद्ध सम्वन्धी लेख रचना समाचार अभिमतहरुको संगालो नेपालमा जनयुद्ध लगायतका पुस्तक प्रकाशन गरी एक हदसम्म नेपाली जनयुद्धकबो ईतिहास अभिलेख गर्ने काम गरुयो ।



घ मानवअधिकार तथा जनअधिकार सम्वन्धि काम ः



१ जनयुद्ध थालनी पुर्व रोल्पा रुकुक लगायतका देशभरी मच्ाईएका राज्य आतंक विरुद्ध खवरदारी गर्दै जनमत श्रृजन ागर्न मानवअधिकार तथा जनअधिकारका संरक्षण गर्न स्थलगत अध्ययन गर्ने हेतुका साथ बुद्धिजीवी श”रेस आलेमग र अधिवक्ता खिमलाल देवकोटाको टोलीले तथ्य संकलन गरी प्रतिवेदन सार्वजनिक गरेवाट थालनी भएको अभियान पछि सम्म जारी रहयो परिणमतः पुरानो सत्ताका ज्यादति उदांगो पार्न मात्र भए पनि सफल रहे ।


२ जनयुद्धको क्रममा थुनामा रहेका राजवन्दीहरु संगको जेल हिरासत भेटघाटलाई निरनतरता दिदै गिरफतार यातना हत्या वेपत्ता झुठा मुद्दाका विरुद्ध ठुलो संख्यामा मानवअधिकारवादी तथा बुद्धिजीवीहरुको व्यापक परचालन उल्लेख भुमिका रह्यो

३ जनअधिकारका सवाललाई लिएर राष्टिय तथा अन्तराष्टिय व्यक्ति पदाधिकारी तथा संस्थाहरुसँग डेलिगेशन भेटघाट र दवावमुलक कार्य नियमित कार्यसुचिमै पारेर आफनो अभिभारा पुरा गरी आयो ।

४ आतंककारी अध्यादेश विरुद्ध अभियान संचालन गरयो ।



ड। वार्ता र निकास सम्वन्धि कामः



१ संकटको समाधानकानिम्ति वार्ता अग्रगामि निकासका संभावना विषयक विचार गोष्ठी राष्टिय क्षेत्रिय र जिल्ला स्तरमा सम्पनन भए ।

२ वार्ता टोली सहयाग समिति विशेषज्ञ समितिको गठन र सहभागितामा सकृय भुमिका निर्वाह गरयो ।



८ भावी कार्ययोजनाः



राजनैतिक वैचारिक कार्य योजनाः



१ रणनैतिक प्रत्याक्रमणको योजनालाई मध्यनजर राख्दै विचार प्रधान वुलेटिन प्रकाशन गर्ने ।

२ जनयुद्ध सम्वन्धि लेख रचना अन्तर्वाताहरु संकलन गरी प्रकाशन गर्ने ।

३ मालेमावाद र प्रचण्डपथले विकास गरेको विचार तथा २१ ऋौं शताव्दीको जनवादको औचित्य पुष्टि गर्ने र रणनैतिक प्रत्याक्रमणको अनिवार्यतावारे अन्तरकि्रया छलफल तथा विचार गोष्ठी आयोजन ागर्ने ।

४ माक्स्रवादी दर्शन सम्वन्धि विभिन्न भाषामा प्रकाशनहरुलाई अनुवाद गरी प्रककाशन गर्ने ।

५ विभिन्न जनजाति र भाषहरुको खोज अनुसनधान र विकास गर्न प्रास गने ्र।

६ नेपाली जनयुद्धको अन्तराष्टियकरणको प्रकृयामा थप टेवा प्रदान गर्न हेतु अन्तराष्टिय भाषामा लेख रचना तथा समाचारहरु प्रकाशन गर्ने ।

७ आमुल परिवर्तनको जनयुद्धलाई सम्वृद्ध पार्न अन्तराष्टिय क्रान्तिका अनुभवहरुको गहिरो अध्ययन अनुसनधान गरी क्रान्तिकारी विचार नर्िाण विकास र संरक्षण एवं समवर्धन गर्न लागी पर्ने।



सांगठनिक कार्ययोजना



१ देशव्यापि संगठन निर्माण गर्ने ।

२ संगठनलाई चुस्त दुरुस्त पार्न देशव्यापि गठन पुर्नठन वैठक भेला सम्मेलनहरुको आयेजन ागर्ने ।

३ संगठनको विधान तथा सदस्यता रसिद तयार गरी वितरण गर्ने ।



संघर्ष सम्वनिध कार्य योजना



१ देशव्यापि दवाव श्रृजन ागर्ने उद्देश्यले ग्याली जुलुश प्रदर्शन गर्ने

२ वैचारिक हस्तक्षेपको अभियानलाई अन्तरकि्रया छलफल तथा विचार गोष्ठीको माध्यमवाट शहरी क्षेत्रसम्म पुराउने ।

३ बैाद्धिक शोषणका विरुद्ध चेतना सम्प्रेशण गरी विभिन्न क्षेत्रमा कार्यरत बुद्धिजीवीहरुलाई आन्दोलनमा समाहित गराउने

४ जनयुद्धकको विकास प्रकृयामा आयोजित सवै प्रकारका संघर्षका कार्यक्रमहरुलाई सफल पार्न बौद्धिक लगायत सवै प्रकारको सहयोग गर्ने ।

५ केन्द्रिय संयोजन समितिद्धारा घोषित साम्राज्यवादी र विस्तारवादी हस्तक्षेपको प्रतिरोध गरौं कठपुतली शाही ुासीवाद विरुद्ध प्रत्याक्रमणलाई सफल पारौं भनने मुल नाराको भाव र मर्मलाई पकडने गरी स्थानीय सापैषतामा कार्यक्रम तय गरी कार्यान्वयन गर्ने ।

६ साम्राज्यवादीद्धारा फैलाईएका उत्तरआध’निकतावादी विभ्रम तथा विविध रुपका संशोधनवादी विचारहरु विरुद्ध शसक्त रुपमा कलम चलाउने ।









No comments:

Featured Post

Why presidential system?

We are in historical moment. After a six decade long struggle Nepal became able to have an election of Constituent Assembly. Issue of Consti...