राजनैतिक पार्टीको आधारभूत मान्यता भनेकै विचार दर्शन र राजनीति नै हो । कम्युनिष्ट पार्टीकालागि माक्र्सवाद नै मुख्य हो र माक्र्सवादको सारतत्व भने कै द्धन्दात्मक तथा ऐतिहासिक भौतिकवाद हो । दुनियालाई वुझने र वदल्ने मुख्यत वदलने मान्यता नै माक्र्सवादको सार हो । यो दर्शन र यसैका आधारमा तयार भएको वैज्ञानिक र भौतिकवादी विश्व दृष्टिकोण र यिनै विषयलाई समेटने माक्र्सवादी मान्यता यतिवेलाका आधारभूत विषय हुन् । तिव्रतामा विकास भैरहेको नेपाली समाजको अन्तरविरोधको पहिचान गनेै र सोको समाधान पनि गर्ने आजको २१ औ शताव्दीको दाश्रो दशकको माक्र्सवाद नै आजको विचार दर्शन र राजनीति हो । माक्र्सवादलाई गतिशिलतामा वुझने र सोको आधारभुत मान्यताको रक्षा गर्दै सिर्जनशिल प्रयोगका माध्यमवाट विकास गर्न हिम्मत यतिवेलाको सच्चा माक्र्सवादी हुने हो । नाम मालेमावादको राख्ने र गित त्यसकै गाउने तर मालेमावादलाई गिता वा कुरान वा वाईवल सरी धर्मशास्त्रका रुपमा ग्रहण गर्ने वा वस्तुगत परिस्थितका आधारमा हैन आफनो फाईदा वा वेफाईदामा प्रयोग गर्ने तरिकाले सह िकम्युनिष्ट पनि भईदैन र सही कम्युनिष्ट पाटी संचालन गर्न पनि सकिदैन । यो नै आजको चुनौति हो ।
आजको माक्र्सवादः
माक्र्सवादको प्रतिपादन कम्युनिष्ट घोषणापत्रको प्रकाशन संगै भयो तर माक्र्सकै पालामा भने यसको प्रयोग कुनै पनि देशमा हुन सकेत । लेनिनका पालामा माक्र्सवादका आधारभूत प्रस्थापनाका आधारमा लेनिनवादी युगको सन्दर्भमा विचारको विकास गर्दै रुसमा क्र्रान्ति सम्पन्न भयो । त्यसै गरी माओका पालामा फेरि माक्र्सवाद र लेनिनवादका आधारभूत प्रस्थापनाका आधारमा चिनिया क्रान्ति सम्पन्न भयो र यसैलाई माओवाद भनियो । चिनिया क्रान्ति पश्चात संसारभर समाजवादी सत्ता ढले नया क्रान्ति भने सम्पन्न हुन सकेनन क्रान्तिको अन्तिम चरणमा पुगेका क्रान्तिहरु प्नि पराजित हुन पुगे । नेपालको सन्दर्भमा पनि यदि पेरु वा मलाया फिलिपिन्स वर्मा लगायतका कम्युनिष्ट पार्टीहरुले झै एकोहोरो लडेको लडै मात्रै गरेको भए नेपालको हालत पनि त्यो भन्दा खराव हुने निश्चित थियो त्यसैले त्यो अवस्थावाट वचाउदै क्रान्तिका केही चरण र घुम्ती र मोडहरुलाई अवलम्वन गदैै उपरी संरचनामा क्रान्ति सम्पन्न गर्ने गरी गणतन्त्र संघीयता धर्मनिरपेक्षता र समावेशी लोकतन्त्र जस्ता उपलव्ध्ीहरु हासिल भएका छन् तिनलाई संस्थागत गर्न भने नया संविधान निर्माण गर्न जरुरी छ । यस चरण सम्म आई पुग्दा माक्र्सवादको मान्यता एकपार्टी प्रणाली नै हो माओका पालामा आउदा वहुदल तर सहयोगीका रुपमा रहने शर्तमा अवल्म्वन गरियो भने नेपाली सन्दर्भमा प्रतिस्पर्धात्मक वहुदलिय व् प्रणाली नै आत्मसा तगर्न पुगियो । यसकारण आजको विज्ञान र प्रविधिको विकास भएको मानिसको चेतना अत्यधिक मात्रामा विकसित भएको र साधन श्रोतको विकास भएको यो घडीमा समाज विज्ञानका रुपमा रहेको माक्र्सवाद यथावत रहने र यथावत अवस्थामा लागु हुने प्रश्न रहदैन तसर्थ विकसित सन्दर्भमा माक्र्सवादको विकास र प्रयोगको प्रश्न प्रधान प्रश्न हो यतिवेला त्यसैले माक्र्सवादलाई धर्मशास्त्रका रुपमा हैन गतिशिल समाज विज्ञानका रुपमा ग्रहण गर्ने र समाजको गति संगै माक्र्सवादको पनि विकास गर्ने कार्यभार माक्र्सवादीहरुले पुरा गर्नै पर्दछ । यसका लागि द्धन्दात्मक तगा ऐतिहासिक भौतिकवादी मान्यता भित्रै रहे समाजको गतिलाई ग्रहण गर्ने र माक्र्सवादी मान्यताका आधारमा अन्तर विरोधहरुको पहिचान गर्ने र तिनको व्यवस्थित परिचालन गर्ने काम गर्न जरुरी छ यही स्तरमा पार्टी संगठनको सवालमा अन्तरसंघर्षको संचालन देखि जनवादी केन्द्रियतासम्ममा आजको सन्दर्भमा विकास गर्न जरुरी छ हिजोको मान्यता आज खष्ण्डित भैसकेको छ । हिजोको मान्यता अधुरो अपुरो वन्न गैसकेको छ । यसको हेक्का माक्र्सवादीहरुले गर्न जरुरी छ ।
आजको समाजः
हिजो समाजको विश्लेषण गर्दा समाज वर्ग विभाजित छ । उत्पिडकहरु अल्पमतमा छन् भारी वहुमतमा उत्पिडितहरुको अवस्था छ विचमा वुद्धिजीवीहरु छन् उनीहरु अवसरवादी हुन्छन् र क्रान्तिमा का लाग्दैनन र क्रान्तिकालागि भरपर्दौ शक्ति हैन भन्ने परिभाषा आज पुरानो भएको छ । समाजको विकास तिव्रतामा भएको छ वर्गहरुको अवस्थामा वदलाव आएको छ वर्गहरुका स्वार्थमा पनि परिवर्तन आएको छ नेपाली समाजको कुरा गर्दा समाज विज्ञान र प्रविधिको विकासले भिन्न ढंगले विकास भएको छ । सुचना र प्रविधिको विकासले संसारसंग जोडिएको छ । सर्वहारा वर्गको खोज ीगर्न पर्ने अवस्था र मध्यम वर्ग निर्णायक हुने अवस्थामा र संभ्रान्त वर्ग हिजोको जस्तो सामन्ती अवस्था र चरणमा नरहेको र केही खस्केको अवस्था आजको यथार्थ हो । सामन्ती अवस्थावाट पुजिवाद तर्फ पाईला चालेको नेपाली समाज र यो समाजमा रहेका सर्वहारावर्ग विस्तारै मध्यम वर्ग तर्फ उकालो लाग्दै गरेको अवस्था मध्यम वर्ग अपत्यारिलो हैन परिवर्तनकालागि भरपर्दो र निर्णायक स्थितिमा पुगेको अवस्था र संभ्रान्त वर्गको स्थिति खस्केको अवस्था आजको अवस्था हो यस्तो अवस्थामा आजको वास्तविकतासंग मेल खाने वर्ग विश्लेषण गर्न जरुरी छ ।
आजको साम्राज्यवादः
हिजो साम्राज्यवाद अपसी खिचातानीमा तिव्रतामा थिए । अन्तरसाम्राज्यवादी अन्तरविरोधका कारणले कहिले विश्वयुद्ध भए कहिले क्रान्तिहरु भए विश्वयुद्धको र अन्तरसाम्राज्यवादी अन्तरविरोधको यो अवस्थाकै वीचवाट जनवादी क्रान्तिकारी आन्दोलनहरु सफल भएका पनि हुन । तर आज त्यो अवस्था छैन । साम्राज्यवाद अन्तरविरोधहरु थति राख्दै वहुराष्ट्रिय कम्पनीहरु मर्फन आफनो राजनीति साझेदारीमा संचालन गरिराखेका छन् । सामज्यवादमा आएको यतिठुलो परिवर्तन पश्चात पनि हामी आफनो रणनीति र कार्यनीतिहरुमा परिवर्तन गर्न नसक्ने हो भने क्रान्तिकारी आन्दोलनहरु ऋसफल हुने र धरापमा पर्ने पक्का छ । त्यसैले आजको साम्राज्यवादको परिवेशमा पार्टीका रणनीति र कार्यनीतिको निर्माण गनं जरुरी भएको छ ।
आजको विचार ः
उपरोक्त विश्लेषणका आधारमा आजको समाजलाई नेतृत वगर्ने आजका समस्याहरुको समाधान गर्ने र आजको आवश्यकतालाई परिपुर्ति गर्ने विचारको विकास आजको खाचो हो । समाज विज्ञानको पछिल्लो विकास र आजसम्म कसैले च’शनौति दिन नसकेको विचार माक्र्सवाद नै हो तर सुचना र प्रविधिकोक्षेत्रमा विकास नै नभएको अवस्थामा प्रतिपादन भएको सो विचार आजको विकासको सन्दर्भमा पछि परेको छ तर यसको विकासको खाचो जरुरी छ । विकसित विचारको जगमा वन्ने पार्टी संगठन र सो पार्टी संगठनले हाकने आन्दोलनको पर्खाइएमा नेपाली समाज छ । यसो गर्दा व्यक्तिगत स्वतन्त्रता नै दुनियाको सर्वोत्कृष्ट दर्शन हो भन्ने पुजिवादी विचार साम्राज्यवाद हुदै नव उदारवादमा परिणत भयो र समाजलाई समेटन नसक्दा तयो पुर्णत असफ भयो भने समाजवाद व्यक्तिका सत्व र निजत्व र क्षमता र प्रतिभालाई आत्मसा तगर्न नसक्दा पुर्णत सफल हुन सकेन । यस्तो अवस्थामा समाजवादको विकासको सन्दर्भमा पुजिवादका खास खास तत्वहरुको समायोजन आजको खाचो हो यसो गरेर मात्रै माक्र्सवादको विकास गर्न सकिन्छ । माक्र्सवादको विकसित विचार सहितको पार्टी संगठन आजको आवश्यकता हो ।
निष्कर्षः
पार्टी पुननिर्माणको आजको अभियानमा मुख्यत विचार हो विचारमा पुननिर्माण गर्न नसकेसम्म पार्टी संगठनमा सामन्य हेरफेर गर्ने कुराले आजको अवश्यकता पुरा गर्न पनि सकदैन । आजको आवश्यकता पुरा गर्न नसक्ने पार्टी संगठनको आवश्यकतामाथि पनि प्रश्न उठने गर्दछ । त्यसैले पार्टी पुननिर्माण गर्ने कामको आरम्भ माक्र्सवादको विकास गदैै वैचारिक पुननिर्माणवाट थालनी गर्न जरुरी छ । विचारको विकासको कुरा गर्दा गैरमाक्र्सवादीको आरोप लगाउने विचारको वहसवाट भाग्ने विचारको वहसको कुरा गर्नासाथ वहसलाई पार्टी फुटायन खोजेको आरोप लगाउने वा माक्र्सवादवाटै भाग्न खोजैको आरोप लगाउने प्रवृत्तिले माक्र्सवादको विकास त गदैन नै पार्टी पुननिर्माण त झन गर्दैन भैरहेको पार्टी संगठनलाई पनि विघटन हुनवाट जोगाउन पनि सक्ने छैन । विचारको विकासको कुरा गर्दा वा विचारको विकास गर्दा विग्रीन्छ कि भन्ने डरले माकर्सवादलाई धर्मशास्त्रका रुपमा समाती राख्ने यान्त्रिकता र जडतावाट मुक्त गर्दै सिर्जनशिलताको आलोकमा माक्र्सवादको रक्षा प्रयोग र विकास आजको आवश्यकता हो यो आवश्यकता पुरा गरे पछि मात्रै पार्टी पुननिर्माणको अभियानको औचित्य सावित हुनेछ ।