Saturday, May 1, 2021

कोरोनाको राजनीतिः

 कोरोनाको राजनीतिः

खिमलाल देवकोटा

वरिष्ठ अधिवक्ता

यतिवेला कोरोनाको दोश्रो र तेश्रो लहरले विश्व अक्रान्त छ । यही मेसोमा नेपाल दोश्रो लहरवाट प्रताडित छ । कोरोना केही होईन तातोपानी खायो हाछयु गरयो भागिहाल्छ भन्ने उखान र कोरोनाले मलाई छुनै सक्दैन भनेर खुले आम निषेधाज्ञा र लकडाउन तोडने मनोवृत्ति यतिवेला मानव जीवनमाथिको अर्को मजाक भएका छन् । कोरोना संग जुध्न अपनाउने सावधानी, सो विरुद्धको भ्याक्सिन र त्यसैको वाहानामा सक्कली र नक्कली रिपोर्ट तयार गरेर सत्ता टिकाउने र ढाल्ने हर्कत नेपाली राजनीतिका नौटकीहरुको प्रहसन पनि भएको छ । यसै परिवेशमा समकालिन राजनीतिमा माहामारीको प्रभावका वारेमा समिक्षा गर्ने यो आलेखको आशय रहेको छ । 

महामारीको विश्व अनुभवः 

एकातिर माहामारीले मानव जीवन ध्वस्त पारयो अनगिन्ती जीवनको अन्त गरायो । रोगका कारणले मुलुकको अर्थतन्त्र ध्वस्त वनायो । समकालिन राजनीतिमा उथल पुथल नै ल्यायो संग संगै यसले वैज्ञानिक खोज अनुसन्धानकालागि मार्ग प्रशस्त पनि गरयो । अन्ततः वैज्ञानिक खोज अनुसन्धानका कारणल वाकी मानव जीवनले अकाल मृत्युवरण गर्न परेन । रोगको त्रासका कारण तनावको जिन्दगी वाँच्न परेन । रोग विरुद्ध लडने उपायहरुको साहारा लिदै वाकी जीवन निर्वाध अघि वढाउन मार्ग प्रशस्त गरायो । यो भने महामारीको नकारात्मक हिसावले प्रस्तुत गरेको उपलव्धी भन्न सकिन्छ ।  सन् २०१६मा मात्रै विश्व स्वास्थ्य संगठनले अमेरिकामा देखा परेको जिका भाईरसका कार अन्तराष्ट्रिय रुपमा नै सचेत गराउदै जनस्वास्थ्य संकटकाल घोषणा गर्दै यो माहामारीका कारण ३० देखि ४० लाख मानिसको ज्यान जान सक्ने पुर्वानुमान गरेको थियो । सन्तानोत्पादमा प्रतिकुल असर गर्न सक्ने वाँझोपन वढाउन सक्ने यो भाईरसले नयाँ आतंक सिर्जना गरेको थियो । त्यसो त माहामारीको आफनो छुटटै ईतिहास छ । सन २०१४ मा देखा परेको इवोला फिवरका कारणले पश्चिम अफ्रिकामा हजारौ मानिसको ज्यान लियो । सन् २०१२ मा विश्वव्यापि रुपमा देखा परेको दादुराका कारण झण्डै डेढ लाख मानिसको ज्यान लियो त्यसो त टाईफाईड ज्वरोले प्रतिवर्ष अढाई लाखभन्दा वढी मानिसको ज्यान लिने गरेको छ भने क्षयरोगले त दशौ लाख मानिसको ज्यान लियो । सन् २०१० मा हैटीमा फैलिएको हैजा माहामारीका कारण दशौ हजारको ज्यान गयो भुकम्पवाट क्षत विक्षत हैटी हैजाका कारणले झन क्षतविक्षत वन्न पुग्यो । नेपाली शान्ति सेनाले हैजा फैलाएको आरोप आरम्भमा लगाएको थियो पछि उक्त कुरा गलत भएको भनी माफी मागेको थियो । सन् २००९ मा फैलिएको स्वास प्रश्वास सम्वन्धी (यच १ यन १ )भाईरसले झण्डै छ लाखभन्दा वढीको ज्यान लिएको थियो । असीको दशकको एच आई भि एडस् र सन् २००३ को सार्स महामारीका प्रतिक थिए । त्यसो त सन् १९५२ को पोलियो, १९१८ को ग्रट फलु प्याण्डामिक विगतका महामारीका उदाहरण थिए । सन् १९०१ को दादुरा र १९१० को प्लेग पनि कम डरलाग्दा थिएनन् । 

झण्डै एकसय वर्षको माहामारीको प्रकोपको अध्ययन र अनुभवले आजको कोरोना भाईरसको समिक्षा गर्न जरुरी भएको छ । यो माहामारीका वखत खास गरी तीन प्रवृत्ति देखा परे पहिलो तमाशा हेरेर वस्ने, दाश्रो समस्यावाट भाग्ने प्रवृत्ति र तेश्रो समास्याको सामना गर्न आवश्यक संरचनाहरुको विकास गर्ने प्रवृत्ति । तमाशा हेर्ने र भाग्ने प्रवृत्तिले मानव जीवनमाथिको खेलवाट र मानव सभ्यतामाथिको कलंकका रुपमा परिचय पायो भने समस्यासंग सामना गर्न आवश्यक संरचनाहरु ख्डा गर्ने तेश्रो प्रवृत्तिले मानव समाजको विकास र मानव जातिको रक्षा गर्ने कुरामा अमुल्य योगदान गरयो । तेश्रो यो प्रवृत्तिले माहामारीको दौरानमा महामारीले सम्वन्धित मुलुकका शासकहरुलाई आफनो स्वास्थ्य प्रणालीमा आमुल परिवर्तन गर्न, जनस्वास्थ्यमा लगानी गर्न र आम जनताको स्वास्थ्य सरोकार प्रति चिन्तित रहन वाध्य वनायो । जसका कारणले हिजो त्यो समस्या झेलेका शासकहरु आज व्यवस्थित तवरले त्यसका विरुद्ध प्रतिरोध गर्न तम्तयार भएको देखियो एकातिर भने अर्कोतिर स्वास्थ्यका क्षेत्रमा अध्ययन अनुसन्धान गर्ने र संभावित माहामारीसंग जुध्न सक्ने स्वास्थय संरचना खडा गर्नमा उत्प्रेरित पनि गरयो । ईतिहासवाट शिक्षा नलिने शासकहरुकालागि महामारी आफनो स्वार्थ सिद्ध गर्ने सत्ता लम्व्याउने वाहाना पनि वन्यो । ईतिहासको यो निर्मम शिक्षावाट पाठ नसिक्नेहरुकालागि राजनैतिक रुपमा प्राप्त उपलव्धीहरु सिध्याउने उचित मौकाका रुपमा दुरुपयोग गर्ने खतरा पनि त्यतिकै देखा परयो । हतियारलाई प्राथमिकता दिने, युद्धको आयात र निर्यात गर्ने ध्वंशात्मक प्रवृत्तिले जनस्वास्थ्यमा लगानी गर्ने कुरालाई ओझेलमा पारेको थियो । राज्य हुनाका नाताले जनताप्रतिको जवाफदेहीताको प्रश्नलाई वेवस्ता गर्ने शासकहरुलाई विगतका शिक्षाहरुवाट पाठ नसिक्नेहरुलाई यतिवेला नराम्ररी वढारिदियो । 

अमेरिकीले भोगेको शिक्षाः 

कोरोना भाईरसका महामारीका वखत जनताप्रति जिम्मेवार भएर आफनो जिम्मेवारी निर्वाह गर्ने राजनीतिक नेतृत्व जनताको आशाको केन्द्रका रुपमा स्थापित भ एभने जनताको स्वास्थ्य प्रति लापरवाही गर्नेहरु विस्थापित भए । डोनाल्ड ट्रम्पको निर्वाचनमा पराजय यसैको परिणाम भन्न सकिन्छ । कोरोनाको कहरका विचमा उनी अमेरिकी जनताप्रति कहिल्यै जिम्मेवार भएनन वरु यसलाई मजाकमा उडाए, राष्ट्रसंघीय मंचहरुवाट आफुलाई अलग्याए, विश्वस्वस्थ्य संगठनमा दिने अनुदान रोक्का गरिदिए, जनश्वास्थ्य विदहरुको सल्लाह ईन्कार गर्ने मात्रै हैन उनीहरुलाई वर्खास्त सम्म गरे, कोरोनका कारण ज्यान गुमाउनेहरुकाप्रति सहानुुभुतिसम्म पनि व्यक्त गरेनन् रोगी र वुढावुढीहरु जसलाई राज्यले सामाजिक सुरक्षा भत्ता खर्च गर्न पर्ने हुन्छ उनीहरु मरेको जाति भन्न सम्म पछि परेनन् । सायद यिनै र यस्तै कारण उनीले दाश्रो कार्यकाल ह्वाईटहाउस प्रवेश नगरी विदा लिन परयो । जो वाईडेन प्रतिपक्षी भैकन पनि जनस्वास्थ्यका मामलामा देखाएको उदार नीतिका कारणले नै उनलाई ह्वाईट हाउसले स्वागत गरयो । विगतमा भए गरेका गल्ती सच्याउने काम गरे र विश्वभर जनस्वास्थ्यप्रतिको संवेदनशिलतालाई वढावा दिने काम गरे भलै यसले आशातित परिणाम भने दिन वाकी नै छ । 

भारतीय व्यवहारः 

हिन्दुत्वको वकालत गर्ने, नेपाललाई पुन हिन्दु राज्यमा फर्काउन प्रत्यक्ष वा अप्रत्यक्ष अभियान मार्फत नेपालका राजनैतिक दल र शासकहरुलाई प्रभावित पार्न खोज्ने भारतीय शासकहरु पनि पहिलो लहरमा हिन्दु पुजा गरेर वत्ती वालेर थाल ठटाएर र स्वास्थ्य कर्मीहरुमाथिको दुव्र्यवहारलाई रोक्न चेष्टा नगरेर कोरोना भगाउने  प्रयत्न गरेको थियो तर दोश्रो लहरले उसका पनि नौ नारी गलाईदिएको छ । नेपाल जस्तो देशको भ्याक्सिन दिन भनी अग्रिम भुक्तानी लिएर पनि भ्याक्सिन नपठाएर नेपालमा नयाँ छटपटी आरम्भ भएको छ । यस प्रतिको संवेदन हिनता भारतीय शासकहरुकालागि आगामि राजनीति अनुकुल वन्न नसक्ने लक्षणहरु देखा पर्दैछन् । कोरोनाका विचमा क्षेत्रिय संगठनका रुपमा कृयाशिल सार्क संगठनको कृयाशिलतामा खडा गरेको अवरोध, जम्मु कस्मीरको स्वायत्तता खोसेको परिघटना, दोक्लाममा चीनीयाहरुसंगको युद्ध, पाकिस्तान संगको पौठाजोरी, कालापानी लिपुलेक, लिम्पियाधुरा नेपाली भुभागलाई आफनोमा पारेर नक्शा छाप्ने र उक्त मामला वार्ताको माध्यमद्धारा हल गर्न कोरोना पछिको भाखा तोक्ने तर आन्तरिक मामलामा हस्तक्षेप गर्न खुविया ऐजेन्सी प्रमुखलाई दुतका रुपमा विशेष विमान मार्फत पठाउने कुराले देश भित्र छिमेकमा र यो क्षेत्रमा नै राम्रो प्रभाव पारेको छैन । कोरोनाका कारण यी सवै मामलाहरु ऋोझेल परेका होलना तर जनमानसको स्मृतिमा मेटिएका छैनन । ऋत्तिक रोशन काण्डमा नेपालीले पोखेको आक्रोश फेरि एक पटक नपोख्लान भन्न सकिन्न । कोरोनले राजनीतिक मानसिकता वदल्दै छ । राजनीतिक मानचित्र पनि वदल्न वेर लाग्ने छैन । 

नेपालले लिने शिक्षा ः

कोरोनाका कहरका विचमा नेपाली राजनीतिले प्राप्त गरेको राजनीतिक स्थिरता खण्डित भएको छ । झण्डै दुई तिहाई जनमत प्राप्त गरेको सरकार संसद यतिवेला हँग पार्लियामेण्टमा परिणत भैसकेका छन् । दुई तिहाई जनमत प्राप्त गर्न सफल कम्युनिष्ट पार्टी सर्वोच्च अदालतको असाधारण अधिकार क्षेत्रको दुरुपयोग मार्फत पुन टुक्रा टुक्रामा परिणत भएको छ । मधेशी पार्टीहरु पनि विभाजनको संघारमा छन् । नेपाली कांग्रेसको एकता पनि पशुपतिको आशिर्वादले मात्रै जोगिने अवस्था देखिएको छैन । विगत सत्तरी वर्षको चाहना स्वरुप प्राप्त सविधान आज छिया छिया भएको छ । आ आफना स्वार्थ अनुकुलका प्रयोग दुरुपयोग र व्याख्याले अझै के के हुने हो भन्न सकिने अवस्थामा छैन । कोरोनाका कहरसंग जुद्धन जनता घर भित्र सरकार सडकमा आउन पर्नेमा ठिक उल्टो सरकार निवासमा जनता सडकमा भएको छ । कोरोनासंग जुद्धन नयाँ अस्पताल, अक्सिजन, भेण्टिलेटर र स्वस्थ्यकर्मीहरुको वढोत्तरीमा कुनै चासो छैन । वरु भ्यु टावर, धरहरा र लक डाउन र निषेधाज्ञामा रमाउने प्रवृक्ति देखा परेको छ । अर्थतन्त्र चौपट भएको छ । जनता रोगले हैन भोकले मर्ने अवस्था छ । सरकार आजभन्दा झण्डै साठी वर्ष पुरानो संक्रामक रोग ऐनको साहारामा कोरोना नियन्त्रण गर्ने प्रयत्न गर्दैछ । कोरोना परिक्षणका नाममा सक्कली र नक्कली रिपोर्ट उत्पादन गर्दै सत्ता टिकाउने खेलमा व्यस्त छ थप कोरोना संक्रमितलाई भर्ना गर्न नसकिने सन्देश सहितको सरकारी छाप दस्तखत सहितको विज्ञप्ती हेरेर जनता चित्त वुझाउन वाध्य छन् ।

No comments:

Featured Post

Why presidential system?

We are in historical moment. After a six decade long struggle Nepal became able to have an election of Constituent Assembly. Issue of Consti...