Monday, February 17, 2014

कम्युनिट आन्दोलनमा वदलिएका केही तथ्य र तर्कहरु


कम्युनिष्ट पार्टीको स्थापना हुदाका वखत परिकल्पनाहरु, पंचायती फासिष्ट तानाशाही व्यवस्थाका विरुद्ध संघर्ष गर्दाका सपनाहरु र जनयुद्धका वखत हुर्काइएका सोचहरु संग  आजको यथार्थता भिडाउदा यिनका वीचमा निकै भिन्नता आएको अनुभूति भएको छ । खास गरी कम्युष्टहरुले सोच्ने तरिका,भन्ने तरिका र गरेका व्यवहारका विषयमा अध्ययन गर्दा काफी मात्रामा अन्तर आएको छ । समाज विकासको यो चरणमा स्वभाविक रुपले विकसित विचारहरु आउनु विकसित धारणाहरु देखा पर्नु आधारभूत रुपमा अन्तर मात्रै हैन  आदर्शका हिसावले मान्यताका हिसावले चिन्तन पद्दतिका हिसावले केही अकल्पनीय अन्तरहरु आएकाछन् तिनलाई वेलैमा चिन्ने र सच्याउने काम गर्न सकिएन भने कम्युनिष्ट आन्दोलनको विघटनलाई कसैले रोक्न सक्ने छैन । तिनै विषयको चर्चा गर्ने प्रयत्न गरिएको छ ।

पार्टी सदस्यता प्राप्त गर्नु नै सवैभन्दा ठुलो कुरा हो पद त केवल कार्यविभाजन मात्रै हो? 

सुन्दा आदर्श लाग्ने व्यवहार गर्न कठिन लाग्ने व्यवहारमा उतार्न सक्दा स्वर्गीय आनन्द लाग्ने उपरोक्त वाक्य साच्चि नै आदर्श वाक्य नै हो ।शान्ति प्रकृयाका आरम्भका दिनसम्म यो कम्युनिष्ट क्रान्तिकारीहरुकालागि आदर्श नै थियो र यही नै मार्ग निर्देशक सिद्धान्त जस्तै नै थियो । कमसेकम पदमा जाने कुरामा मारामार त थिएन थिएन वरु एकले अर्कालाई प्रस्ताव गर्ने अवस्था थियो । तर आज त्यो आदर्शमा स्खलन आएको छ र कम्युनिष्ट पार्टीको सदस्यता त प्रत्यक खुद्रा पसलमा पाईन्छ नै तर पद पाईन्छ कि पाईदैन त्यो ठुलो कुरा हो भन्ने अवस्था भएको छ । त्यसकारण या त हिजोको त्यो आदर्श मान्यता त्रुटिपुर्ण थियो या त आज कम्युनिष्ट मान्यतामा स्खलन आएको छ भन्ने कुरा मध्य एउटा निष्कर्षमा पुग्नै पर्ने हुन्छ । मेरो विचारमा आज पार्टीहरुमा हिजोको त्यो आदर्श वाक्य सुन्ने वुझने र व्यवहार गर्नेहरु अल्पमतमा पर्दै गए यसो हुदै गर्दा ती आदर्श वाकय झुठा सावित हुदै गए जो कम्युनिष्ट आन्दोलनकालागि सुखद विषय पटक्कै हैन  ।

विचार, संगठन र शैलीको उल्टो तदात्म्यता ः

हिजोको आन्दोलनमा विचारलाई अग्रस्थानमा राखिन्थ्यो । विचार सही हुनु र नहुने कुराले सवैकुराको छिनोफानो गर्छ भन्ने गरिन्थ्यो जो वास्तवमा सही पनि थियो । विचार सही हुदा धेरै उपलव्धीहरु हासिल भएकाछन् विचार गलत हुन पुग्दा प्राप्त भएका चिज पनि गुमेका छन् त्यसकारण कम्युनिष्टहरुको संगठनको मुल आधार नै विचार हो भनिन्थ्यो विचारको प्रशिक्षण नियमित र निरन्तर रुपमा चलि नै रहन्थ्यो तर आज विचारको अग्रस्थान अरु नै वस्तुले ग्रहण गरेको छ । विचार यस्तै हो संगठन प्रमुख हो संगठन भयो भने विचारलाई जता मोडन पनि सकिन्छ जता व्याख्या गर्न पनि सकिन्छ जता वोक्न र ठोक्न पनि सकिन्छ भन्ने कुरा हावी भयो । जो स्तालिन कालिन कम्युनिष्ट अभ्यासको वचेखुचेको अवशेष आज पनि हावी छ । यसकारण अव संगठन अग्रस्थानमा स्थापित भयो । कार्यशैली भनेको विचारले निर्दिष्ट गर्ने कुरा थियो जव विचारको स्थान नै पुछारमा गैसके पछि कार्यशैली जे अवलम्वन गरे पनि हुने भो । यसरी विचार संगठन र कार्यशैलीको जो क्रम भत्किन पुगेको छ यसले कम्युनिष्ट आन्दोलन वदनाम, रक्षात्मक र प्रभावहिन वन्ने अवस्थामा पुगेको छ ।

कम्युनिष्ट मान्यतामा ह्रासः

चिनमा क्रान्तिले पराजय भोगेका वखत १९२७ तिर माओका गुरु पार्टी प्रवेश गरेका सन्दर्भमाआफना गुरुलाई विचारको प्रशिक्षण दिदै माओले पत्र लेख्दै भने कि ”हे गुरु तपाई अत्यन्त प्रतिकुल अवस्थामा पार्टी प्रवेश गर्नु भएको छ तपाईलाई धेरै मानिसहरुले वुद्धि नभएको मान्छे यस्तो वेलामा पार्टी प्रवेश गरयो भनेर गाली पनि गरेका होलान तर तपाई आत्तिन पर्दैन तपाईले सर्वाधिक ठीक गर्नुभएको छ ।  वरु कम्युनिष्ट पार्टीमा भिन्नै आदर्श हुन्छ,राम्रो र नराम्रो रोजाईमा तपाई राम्रो रोज्नुस म नराम्रो राज्छु भन्ने गरिन्छ, सजिलो र अप्ठारो काम रोज्न पर्दा पनि तपाई सजिलो गर्नोस म अप्ठारो भन्न पर्छ, भने टाढा र नजिकको कुरा गर्दा म टाढाको भन्न सक्न पर्छ काम र आरामको रोजाई पर्दा पनि म काम गर्छु आराम तपाई भन्न पर्छ । माओको आफना गुरुलाई लेखेको त्यो चिठी संग आजलाई तुलना गर्दा निराशा वाहेक केही हात लाग्दैन । यो मान्यता आज कहि कतै पनि भेटाउन मुश्किल पर्ने भएको छ । कसैले अवसर आयो भने मलाई वाहेक तपाईलाई भन्दैन वरु जे अवसर आए पनि आफैलाई नाप्ने र आफनै लागि मात्रै त्यो अवसर उपयुक्त हुने ठान्ने गरेको मनोविज्ञान विकास भएको छ । त्यसैले कम्युनिष्ट मान्यतामा आएको ह्रास र एक प्रकारको स्खलनका कारण नै यो अवस्थाको सिर्जना भएको हो । यो गलत भएको छ यसलाई सच्याउने हिम्मत पार्टीहरुले गर्नै पर्दछ ।

सादा जीवन उच्च विचार भन्ने त उल्टो हुन थाल्योः

कम्युनिष्टहरुको शैली त सादा जीवन उच्च विचार हो भन्ने गरिन्थ्यो । कम्युनिष्ट भनेको झुस्स दाह्री पालेको मैलो थोत्रो कपडा लगाएको सके खालि खुटटा नसके चप्पल मात्रै लगाएको खाने कुरामा पनि कम खाने मिठो नखाने सुत्न पनि राम्रो नचाहिने निर्वाह भए पनि हुने,लेख्ने कुरामा पनि राम्ररी चिटिक्क पारेको अक्षर लेख्यो भने कतै विचारमा स्खलन पो छ कि भन्ने हुन्थ्यो । कहि कतै जान पर्दा जहा गयो त्यही चन्दा उठाउने हिडने चलन थियो तर आज कम्तीमा एक दर्जन वर पर साथीभाई सरकारी पि यस ओ भव्य गाडि जहा जाने हो त्याहा अघिल्लै दिन खवर सके मानिसहरु मोटरसाईकल रयालीको तयारीमा होउन तयति नभए पनि माला खादा त पक्कै होउन जिल्लाका हाकिमहरु प्नि विमानस्थलमा हाजिर भैदिउन । यति भयो भने वर परका मानिसले पनि आहो नेता आउदैछन् भनेर गनोस र चिनोस भन्ने आदतमा वढोत्तरी भएको छ । सार्वजनिक सवारी प्रयोग गर्ने अनावश्यक मानिसको भिड जम्मा गरेर नहिडने अनावश्यक चाकरीकालागि मानिसहरु लाईनमा वसुन भन्ने चाहना नगर्नेहरु खुवि नभएका नेतामा दर्ज हुने गरेको छ । अवसर चिन अवसर छोप मौका आउछ पर्खिदैन ईमेज भनेको पैसा पहुच भयो भने वनाउन खरिद गर्न पनि सकिन्छ भाडामा लिन पनि सकिन्छ भन्ने मानसिकताको विकास भएको छ जो विल्कुल कम्युनिष्ट आदर्शको विरोधी हो । यो विरोधी आदर्श लिएर कम्युनिष्ट आन्दोलन जोगाउन सकिने छैन वेलैमा हेक्का राख्न जरुरी छ ।

व्यक्तिगत सम्पत्ति आर्जनवारे ः

कम्युनिष्ट आन्दोलनमा लाग्नेहरु सर्वहारा वर्गको अग्रदस्ता भएका कारणले उसको नीजि जिवनको कुरा र नीजि सम्पत्तिको कुरा कल्पना पनि गर्न सकिदैनथ्यो । आफनो भएको सम्पत्ति पनि पार्टीलाई सुम्पने सम्पत्ति र परिवार पार्टीकरण गर्ने आधारभूत शर्त नै थियो तर आज त यसमा विकृति आएर दुर दराजको हजार पर्ने सम्पत्ति पार्टीकरण महिनाको लाख रुपयामा पार्टीको पुर्णकालिन खर्चको जिन्दगी । आफनो तलव कमाई वा पेन्सन घरको आम्दानी आफनो परिवारको छोरा छोरीको पढाई लेखाई पार्टीको दायित्व यसका साथ साथै नीजि सम्पत्तिमा ह्रास हैन वढोत्तरी हुने अवस्था र पार्टी भित्र पनि समपत्ति आर्जनमा प्रतिस्पर्धा, के काम गर्छौ भन्दा टेण्डर भन्ने कोर्ड भाषाको प्रयोग गर्ने प्रवृत्ति हावी भएको छ । यस खाले विकृतिले कम्युनिष्ट पाटी विसर्जनको मोडमा र आन्दोलन गंभिर संकटको भुमरीमा गुज्रेको अवस्था छ । यसलाई पुनर्ताजकी गरेर कम्युनिष्ट आदर्शमा सुल्टयाउन भरमग्दुर कोशिस गर्न जरुरी भएको छ ।

अन्तमा 

विचारमा स्खलन संगठनको मान्यतामा ह्रास र कार्यशैलीमा आएको उल्टो बुद्धि पार्टी आन्दोलन र साख विघटन र विसर्जनमा लैजाने उपाय वाहेक अरु केही वन्नेवाला छैनन् । एक्काईसौ शताव्दीमा आएको परिवर्तन संगै वर्गहरुमा आएको रुपान्तरण,माक्संवादमा भएको विकास र साम्राज्यवादमा आएको फेरवदलका आधारमा अवको क्रान्ति सम्पन्न गर्ने विचार सो विचार वोक्न सक्ने संगठन र सो मुताविकको कार्यशैली आजका आवशयकता हुन । यी पुर्व शर्त पुरा गरे पछि मात्रै कम्युनिष्ट आन्दोलनमा आएको संकटको सामना संगै कम्युनिष्ट आन्दोलनको लक्ष प्राप्ति गर्ने दिशामा अघि वढन सकिनेछ । यसैकालागि आफैमा भएका विकृतिलाई परित्याग गर्दै आफैलाई मजवुत वनाउदै दुश्मनका हरेक चुनौतिको सामना गर्न सक्ने सक्षम हैसियत वनाउ यही नै आजको आवशयकता पनि हो र चुनौति पनि हो । 

1 comment:

kpp said...

kina testo va ko hola tesko karan khojnu paryo ni ...

Featured Post

Why presidential system?

We are in historical moment. After a six decade long struggle Nepal became able to have an election of Constituent Assembly. Issue of Consti...