Saturday, February 8, 2014

पार्टी पुनर्निमाणको प्रसंगमाःकहा चुक्यो एमाओवादी



भुमिकाः

गणतन्त्र ,संघीयता,धर्मनिरपेक्षता,समावेशी लोकतन्त्र समेतलाई संस्थागत गर्न संविधानसभाको निर्वाचन मात्रै एक उत्तम विकल्प हुने अडानमा जनयुद्ध जारी राखेको माओवादी सवै एजेण्डा सहित संविधानसभाको पनि विरोधी तात्कालिन संसदवादी शक्तिलाई सहमत गराउन पनि सफल भयो । यसको परिणाम स्वरुप पहिलो संविधानसभामा चालिस प्रतिशत सिट हात पार्न पनि सफल भयो तर जे जे कारणले भए पनि संविधान जारी गर्न नसक्दा अर्को संविधानसभाको चुनावमा भएको सिटमा दुईतिहाई घटी संख्यामा खुम्चिन पर्ने अवस्था भयो । यसो हुनुका कारणहरु के होलान् किन यस्तो परिणाम आयो होला जस्ता प्रश्नको जवाफ भविश्यले खोज्दै जानेछ तर एमाओवादी आफै कहा चुक्यो त्यसको लेखा जोखा यस सानो लेखमा गर्ने जमर्को गरिएको छ ।

नीति अनुसारको संगठनको अभावः

माओवादी जनयुद्ध एक दशक चल्यो एक पछि अर्को सफलता हात पनि पारयो जसको कारण नीति र नीति अनुकुलको संगठनकै कमाल थियो । तोकिएकाभन्दा घटी काम कुनै पनि पार्टी संगठनले त्यतिवेला गरेन तर शान्ति प्रकृयामा आए पछि चुनावी प्रतिस्पर्धामा आफुलाई श्रेष्ठ सावित गर्न पर्ने वेलामा तदनुकुलको संगठन वनाउन सकेन त्यही नेर चुक्यो माओवादी । नीति प्रतिस्पर्धा र चुनावको लिने संगठन युद्धकै राख्ने गल्ती भयो जसले नीति र संगठन वीचको तालमेल मिलाउन सक्ने कुरा नै थिएन भएन पनि अनि कार्यकर्ताहरु युद्धको दिमागले चुनावको कुरा गर्न पर्दा जागर र ज्यान दुवै नआएको साचो हो । पहिलो निर्वाचनको भ्रममा यो निर्वाचन पनि जितिने भ्रम पाल्यो यही नेर गल्ती भयो । युद्धका वेलाको संगठन कार्यकर्ता आधारित मात्रै हैन संगठनको रुप फौज र संघर्षको रुप युद्ध भनिन्थ्यो र गरिन्थ्यो पनि तव त्यसले लक्ष प्राप्त गर्दथ्यो तर चुनावी संगठनको स्वरुप फौज मेल खादैन्थ्यो यो त जनआधारित हुन पथ्र्यो । अनि युद्धको जस्तो चेन अफ कमाण्ड जस्तो आदेश पर्खने जे आउछ त्यही कार्यान्वयन गर्ने तर्क नगर्ने शैली हुन्थ्यो तर चुनावी शैली स्थानीय सिर्जनशिलतामा आधारित हुन्थ्यो र जनताले माथिवाट के हैन आफनो घर दैलाका नेताले के भन्छन् के गर्छन भन्ने निहालेका हुन्छन त्यही कुराको कमि भयो ।

युद्धकालिन शैलीको प्रचुरताः

युद्ध नेपालको सन्दर्भमा आवश्यक थियो भयो तव न गणतन्त्र प्राप्त भयो त्यसैले त्यो महान जनयुद्धमा जसले हान्यो उसले जान्यो को नीति लागु हुन्थ्यो तर चुनावमा जसले मान्यो उसैले जान्यो लागु हुने हो माओवादी नेता कार्यकर्ता र उम्मेदवारमा मान्ने कुरा हैन जनताले नै मान्न पर्ने दम्भका अवशेषहरु वाकी नै रहे त्यहा पनि माओवादी चुक्यो । माओवादीले जनताका एजेण्डा नै वोक्यो तर ती एजेण्डा जनता समक्ष राम्ररी पस्कने योजना कैल्यै वनाएन र जनताले राम्ररी आत्मसात नगरेको चालै पाएन । 

प्रविधिमा चुक्यो एमाओवादीः

जनताका एजेण्डा र जनता पक्षमा भए पछि कसैको केही लाग्दैन जो माओवादीका पक्षमा नै छन् भन्ने कुरामा एमाओवादी ढुक्क भयो । जो राम्ररी वुझाउन सकेका भए सही पनि थियो । तर प्रविधिमा ध्यानै दिएन । नीति र जनता आफनो पक्षमा नहुनेले प्रविधिमा अत्यधिक ध्यान दिने गर्दछन् जो अरु पार्टीहरुले गरे । मतदाता नामावलीमा नाम लेखाउने कुरा फोटो खिचाउने कुरा मतदान केन्द्रमा जाने र जनतालाई पुरयाउने कुरा चुनावका महत्वका विषय थिए तर यस तर्फ ध्यान दिएन यही नेर चुक्यो माओवादी ।

असान्दर्भिक वहसमा चुक्यो माओवादीः

शान्ति र संविधानकालागि जनताले माओवादीलाई चालिस प्रतिशत सिटमा विराजमान वनाए । तर माओवादी पालुडटार वैठकमा दुश्मन किटान गर्न लाग्यो एकथान संविधान त्यो पनि भारतीय दलाल भनिएका एमाले र कांग्रेसका पछि लागेर भन्दै अव संविधान हैन विद्रोह नै हो भन्ने वहसले जनताका मनमा चिसो पस्यो । जनताको मतको अपमान हुने गरी नै वहस भए त्यसले शान्ति र संविधानकालागि भनेर माओवादीलाई भोट दिएका जनतालाई मिल्ने भए भोट फिर्ता माग्ने अवस्थामा पुरायो जनता मौका कुरेर वसेका थिए यस पटकको निर्वाचनमा नराम्रोसंग देखाईदिए । त्यसैको अर्को श्रृखला छ दिने आम हडताल पनि थियो त्यतिनै वखत पनि फेरि फर्मान जारी गरियो कि काठमाण्डौमा घर वनाएका सुकिला मुकिला मुर्दावाद??? आज काठमाण्डौ माओवादीकालागि टेक्ने ठाउ पनि भएन अर्थात शुन्य सिटमा झर्न परयो । फेरि अझै बुर्जुवा नैतिकता मान्दिन भन्ने जस्ता अभिव्यक्तले माओवादीलाई चुकाएकै हो यसको मुल्य महंगो परयो भविश्यमा नपरोस भनेर हेक्का राखनै पर्ने भएको छ विगतमा हामी हाम्रा जुलुशमा हिडिदिने वाहेक अरुलाई पराई देख्यौ र ज्यानी दुश्मन भन्दै उनीहरुप्रति धारेहात लगायौ यी समेतका कारणले पनि जनता विच्किएको साचो हो ।

सरकारका कामको स्वामित्व लिनमा चुक्यो माओवादीः

पहिलो कम्युनिष्ट सरकार गठन गर्ने एमालेले केवल नौ महिनाको सरकारमा भएका वखत गरेका कामको व्याज आजका मितिसम्म पनि भजाएको छ तर माओवादी प्रचण्ड सरकारको पालमा पनि मिलिजुली सरकार आफनै पार्टी भित्र वैमनश्यताको आरम्भ दोश्रो पटक बाबुराम नेतेत्वको पनि मिलिजुली नै सरकार पार्टी भित्र र वाहिर सवैतिरको आक्रमण त्यतिवेला भएका राम्रो कामको विवरण अरु त अरु त्यति न वेल मन्त्री भएकाहरुका दिमागमा पनि छैन होला उनले प्रचार गर्ने र एमाले ले जसरी विस वर्ष पछि पनि व्याजको स्याज असुल्ने त धेरै टाढाको कुरा भो । यसकारण सरकारमा छदा गरेका राम्रा कामको स्वामित्व नलिने त छदैछ विरोधीले नराम्रा भनेका कामको हल्लै हल्लामा र लहै लहैमा पार्टी र नेता दौडेका कारण पनि पार्टी यो हालतमा पुग्यो पार्टी त्यही नेर चुक्यो ।

अरुभन्दा फरक देखाउनमै चुक्यो माओवादीः

मओवादीको ईतिहास नै फरक छ तयो शक्ति एमाले कांग्रेस संग दाज्न मिल्ने शक्ति नै हैन । माओवादी अकै धातुले वनेको पार्टी र मानिसहरुको समुह को पनि भनियो अरु पार्टी जस्तो भ्रष्टाचारमा माओवादीका नेता कार्यकर्ताहरु गनाउने छैनन भन्ने वाचा गरिएको थियो तर दुर्भाग्य त्यस्तो रहेन र जनताका नजरमा पनि त्यस्तो सावित गर्न सकिएन जनताका प्रति निकै ठुलो विश्वासधात भयो । आफनो अलग्गै पहिचान कायम गर्न नसक्नु माओवादीको अर्को निकै ठुलो मुल्य चुकाई रहयो । 

जनसम्वन्धमा चुक्यो माओवादीः

ज्नता पानी हुन भने माओवादी नेता कार्यकर्ताहरु माछा हुन जनता छ माओवादी छ जनता छैन माओवादी छैन अर्थात माओवादीकालागि जनता वाहेक अरु आफनो भन्ने केही पनि छैन जो भन्ने गरिन्थयो तयो गराईमा जनताले देख्न पाएनन । तस्कर जनता दलाल जनता ठेकेदार जनता व्यापारी जनता उच्च हैसियतका मानिस जनता भए साच्चैका जनता जनता हुन सकेनन् माओवादीकालागि यो नै सवैभन्दा कटु सत्य रहयो कि माओवादी पनि जनसम्वन्ध सुदृढ गर्नमा चुक्यो । 

अन्तमा 

चुकेको माओवादीको लामो सुचि तयार गर्न सकिन्छ तर सुचि मात्रै तयार गरेर पार लागिदैन । असफलताको चाड लगाएर सफलता पाईने पनि होईन तर एउटा कुरा पक्का के हो भो हामी कहा चुक्यो भन्ने कुरामा विना कुनै हिचकिचाहट सवैले सुन्ने गरी स्वीकार्न सकियो भने सच्याउने प्रकृयाको थालनी पनि तयही वाट हुन्छ । जनताका सामु गुमेको विश्वास पुन आर्जन गर्न सकिन्छ । यो मर्मका साथ कहा चुकेको चर्चा भएको हो भने माओवादी सच्चिन वेर लाग्दैन हैन चर्चा चर्चाकालागि मात्रै हैन भने यस खालको चर्चाको व्यापार पनि धेरै टिक्दैन भन्ने कुरा नै साचो हो त्यसैले यतिवेला माओवादी अग्नि परिक्षमा छ जनताका नजरमा कति खरो उत्रन्छ त्यही दरमा उसको उभो लाग्ने दिन पनि गन्ति हुन थाल्छ हैन भने काग कराउदैछ पिना सुक्दैछ माओवादी आन्तरिक झगडा आरोप प्रत्यारोपमा नै व्यस्त छ देश लुटनेहरु मिलाई मिलाई देश लुटि रहनेछन् अन्तमा देश र जनता वाहेक आफनो भनने केही नहुनेहरुकालागि न देश न जनता केही पनि आफना हुने छैनन तयो दिन निकै भयानक हुनेछ । 

No comments:

Featured Post

Why presidential system?

We are in historical moment. After a six decade long struggle Nepal became able to have an election of Constituent Assembly. Issue of Consti...