Wednesday, February 5, 2014

समाजवादी क्रान्तिको रणनीतिवारेको वहस १ं खिमलाल देवकोटा


आरम्भः

न्ोपाली राजनीतिको नया अध्याय आरम्भ भएको छ । गणतन्त्र संघीयता धर्मनिरपेक्षता र समावेशि एवं सहभागितामुलक लोकतन्त्र राजनीतिका मुल आयाम र उपलव्धी भईसके पछि नेपाली समाजको चरित्रमा वदलाव आएको छ । यसकारण अव नेपाल अर्ध सामन्ती र अर्ध औपनिवेशिक छैन मुलत नेपाली समाज अव केही सामन्ती अवशेषहरु सहितको पुजिवादी र भारतीय हैकमका रुपमा रहेको र खासगरी सुगौलि सन्धी पश्चात नेपाल अर्ध औपनिवेशिक रहदै आएकोमा भारतीय एकाधिकार पुजीको विकास र भुमण्डलीकरणका असरका कारण भारत स्वयं पनि साम्राज्यवादी स्वरुप ग्रहण गर्न लागेको यो अवस्थामा नेपाली समाजको चरित्रमा आमुल वदलाव आएको छ भन्ने कुरा स्वीकार गर्ने कुरा पहिलो आवश्यकता हो ।

वदलिएको समाजको वदलिएको चरित्रः

जव राजतन्त्रको अन्त भयो तव सामन्तवादको नाईकेको अवसान भएका कारणले अवको क्रान्तिको स्वरुप सामन्तवादका विरुद्ध नभएर दलाल नोकरशाह र दलाल पुजिका विरुद्ध सोझिने कुरा स्वत सिद्ध छ । नेपाली समाज अर्ध सामन्ती र अर्ध अ‍ौपनिवेशिक रहेन तव त्यहा परम्परागत ढंगको वा चिनमा माओले गरे जस्तै जनयुद्ध गर्ने कुरा पनि अव रहेन र आवश्यक पनि भएन । नेपाली समाजको चरित्रमा आएको वदलावका कारणले नया जनवादी क्रान्तिका महत्वपुर्ण कार्यभार भिन्न ढंगले पुरा भए र वाकी कार्यभार पुरा गर्दै क्रान्तिको चरण समाजवादी क्रान्तिको रणनीतिमा प्रवेश गरेको छ ।

आजको माक्र्सवादः

२१ औ शताव्दीमा माक्र्सवादको प्रयोग र विकासको प्रश्न यतिवेला अझै वढी सान्दर्भिक भएर आएको छ । २० औ शताव्दीको पुर्वाद्र्ध र उत्तरार्धका सफलता र असफलतावाट पाठ सिक्दै २१ औ शताव्दीमा माक्र्सवादको विकास गर्ने र नेपाली धर्तिमा त्यसलाई अझ वढी कामयावी वनाउने कुरा यतिवेलाको कार्यभार वन्न पर्छ केवल ती अनुभवहरुको नक्कल गर्ने कुरा यान्त्रिकतामात्रै हुनेछ ।

आजको साम्राज्यवादः

२१ ओै शताव्दीको साम्राज्यवाद लेनिनले व्याख्या गरेजस्तो रुपमा छैन खास गरी औद्योगिक पुजि वित्त पुजिमा रुपान्तरण र वित्त पुजिका कारणले समाजमा पार्ने प्रभाव र वित्त पुजिका आधारमा गरिने शोषण दमन र उत्पिडनको स्वरुपमा पनि आमुल परिवर्तन आएको छ । यसकारण २० औ शताव्दीको साम्राज्यवादको चित्र दिमागमा राखेर क्रान्तिको रणनीति र कार्यानीति वनाउन थाल्नेहरु असफल हुनु वाहेक अर्को कुनै विकल्प छैन त्यसकारण यतिवेलाको साम्राज्यवादका चरित्रको विश्लेषण गर्दै र तिनका विरुद्ध कसरी लडने भन्ने रणनीति र कार्यनीति निर्माण गर्न सक्दामात्रै क्रान्तिकारीहरुका हातमा समफलता हात पर्ने देखिन्छ तसर्थ त्यस तर्फ ध्यान दिन जरुरी छ ।अर्को महत्वपुर्ण पक्ष भनेको वर्ग विश्लेषण नै हो ।

आजको वर्ग विश्लेषणः

२० औ शताव्दीमा सर्वहारा वर्ग र पुजिपति वर्ग शासित र शासक वर्गमा विभाजित भएको अवस्था हो भने मध्यम वर्ग हिजडा वर्ग हो जस्को क्रान्तिमा खासै भूमिका हुदैन वरु अवसरवादी भन्ने मात्रै पढाईयो । तर आज समाजको ढाचा वदलिएको छ । सर्वहारा वर्ग विस्तारै निम्न मध्यम हुदै मध्यम वर्गमा उक्लिदैछ भने सामन्त वर्ग समाजको चरित्रमा आएको वदलावका कारणले सानो अंश नवधनाढयमा र केही हिस्सा मध्यम वर्गमा झर्दा मध्यम वर्ग हालको निर्णयक वन्न पुगेको अवस्था छ मध्यम वर्ग मुलत परिवर्तनको पक्षपाति छ त्यसकारण त्यो वर्गको साथ लिएर समाजवादी क्रान्ति पुरा गर्न सकिने अवस्था पुरै तयार हुदैछ । त्यसकारण अवको क्रान्ति समाजवादी क्रान्ति र सो क्रान्तिकालागि आजको माक्र्सवाद, आजको साम्राज्यवाद र आजको वर्ग विश्लेषणमा गंभिरताकासाथ अध्ययन गरेर मात्रै यो कार्यभार पुरा गर्न संभव छ ।

भावी कार्यभारः

समाजको चरित्रमा आएको फेरवदल, क्रान्तिका आधारहरु(वर्ग,साम्राज्यवाद र माक्र्सवाद)मा आएको फेरवदल समेतका आधारमा क्रान्तिकारी पार्टीको क्रान्तिकारी लाईन,क्रान्तिकारी संगठन सो संगठन संचालन गर्ने विधी र पुरै नेतृत्व प्रणालीमा पुनरताजगी गर्दै नया पुस्तामा नेतृत्व हस्तान्तरण जस्ता महतवपुर्ण पक्षहरु आजको वहसका विषयहरु ह्ुन। मुख्यत जनवादी क्रान्ति गर्ने हतियार जनयुद्ध संचालन गर्ने पार्टी संगठन नेतृत्व र संगठन संचालन गर्ने विधी जस्ताको तस्तै राखेर समाजवादी क्रान्ति हाक्ने कुरा संभव छैन । त्यसकारण समाजको विकासको क्रमसंगै समाजको अन्तरविरोधमा आउने फेरवदललाई ख्याल गर्दै समाजको विकास संगै समाज विज्ञानमा आउने वदलावलाई आत्मसात गर्दै र वदलिएको समाज र विज्ञानलाई हाक्न सक्ने विचार संगठन र नेतृत्व प्रणालीको विकास गर्दै समाजवादी क्रान्ति सम्पन्न गर्ने यतिवेलाको मुख्य कार्यभार हो यस तर्फ सवैको ध्यान जान र आवश्यक वहस संचालन गर्न पनि जरुरी भएको छ विना वहस विचारको विकास संभव छैन हामीकहा आधा सुन्ने एकचौथाई वुझनै र दोव्वर वोल्ने आदत छ जो विचारको विकासको वाधक छ । त्यसैले पुरै सुन्ने पुरै वुझने र कम वोल्ने धेरै लागु गर्ने आदतको विकास गरौ त्यसले मात्रै समाजवादी क्रान्तिको ग्यारेण्टी गर्ने छ ।

No comments:

Featured Post

Why presidential system?

We are in historical moment. After a six decade long struggle Nepal became able to have an election of Constituent Assembly. Issue of Consti...