Thursday, January 30, 2014

पार्टी निर्माणवारेको वहस खिमलाल देवकोटा

पार्टी निर्माणवारेको वहस
खिमलाल देवकोटा

थालनीः

नेपाल संक्रमणै संक्रमणले भरिएको देश भनेर चिनिन्छ किनभने २००७सालदेखि आजका मितिसम्म कुनै पनि सरकारले र कुनै पनि संसदले पुरा अवधि काम गर्न पाएको छैन । देशको राजनीति संक्रमणमा छ भने देश चलाउने राजनैतिक दलहरु संक्रमणभन्दा वाहिर रहने कुरा नै भएन तयसैले विना कुनै अपवाद नेपालका सवै राजनैतिक दलहरु संक्रमणमा छन् त्यसमा पनि जनयुद्धको जगमा निर्माण भएको माओवादी पार्टी झन वढी संक्रमणमा छ यसलाई गहिरो गरी आत्मसात गर्न पर्दछ । जव पार्टी गहिरो संक्रमणमा छ भने पार्टी नेता नेतृतव कार्यकर्ता समर्थक जनता र पार्टी संरचना सवै संक्रमणमा छन् भन्ने वुझन जरुरी छ जव यी सवै पार्टीका अवयवहरु चरम संक्रमणमा छन् भने पार्टीका समस्याहरु प्नि र तिनको समाधान पनि संक्रमणकै स्तरमा छन् भनेर खोज्नु सवैभन्दा वुद्धिमानी हुनेछ ।

माओवादी पार्टी जीवनवारेः

यतिवेला माओवादी पार्टीकै जिवनमा नराम्रो धक्का लागेको छ । २४० सिटमध्य ९० सजिलै जित्ने अर्को ९० अलिकति वल गर्दा जित्ने वाकी साठी भने जे गर्दा पनि नजित्ने पार्टी नेतृतवको निष्कर्ष लिएर फिल्डमा नेता कार्यकर्ता गयो । निर्वाचन भन्दा एकहप्ता मात्रै अगाडि १६० सिट प्रत्यक्षमा मात्रै जित्ने ठोकुवा गरयो । पार्टी भित्र टिकट पाए जितिने जिते मन्त्री भईहालिने मनोविज्ञानले नराम्रोसंग गिजोल्यो माओवादीहरुको दिमाग यही गिजोलिएको दिमाग लिएर निर्वाचनमा गयो र फर्कदा १६० भनेको ठाउमा जम्मा २६ सिटमा डल्लिन पुग्यो भने समानुपातिकमा विगतको भन्दा आधाभन्दा पनि वढीले घटी भोट पायो अनि माओवादीहरुका सपना चकनाचुर हुनथाले परिणाम स्वरुप मत गणना वहिस्कार गर्नेदेखि संविधानसभावाट अलग हुने सम्म भनी लिएको निर्णय उल्टो फर्केर संविधानसभामा मात्रै हैन सरकारमा पनि जाने गरी टुगिदैछ यति गरिन्जेल केन्द्रिय समितिको वैठक वसेको छैन । वैठक नवसी जे जे गर्न पनि छुट भएको र जे जे गर्न पनि सक्ने नेतृत्व भएको पार्टी माओवादी वाहेक सायद अरु पार्टीमा नहोला । जीतमा त यसरी पनि चल्यो अव हारमा यसरी चल्दैन त्यसैले केन्द्रिय समितिको वैठक जति सारे पनि एक दिन त वस्नै पर्ला तयसैकालागि पनि कामलागोस भनेर यो आलेख तयार गर्ने जमर्को गरेको छु ।

संक्रमणकालिन विचारः

माओवादी पार्टीले यसको स्थापनाकालदेखि आजसम्मका विचारका श्रृखलालाई नियालेर हेर्ने हो भने यसले कहिल्यै जडतामा निर्णय गरेन वरु यसले गतिशिलतामा निर्णय गरयो । कतिपय निर्णय त्यो समयभन्दा अघि वा पछि गरेको भए वेठिक हुन्थ्यो होला तर भने ठीक समयमा गरेका कारणले नै त्यो ठीक भयो र त्यसले प्रगति पनि गर्दै गयो महत्वपुर्ण उपलव्धीहरु पनि हासिल हुदै गए । २०४७ सालतिरको संविधानसभा सिद्धान्तत ठीक भए पनि व्यवहारतः र शक्ति सन्तुलनका हिसावले जनताको शक्ति निकै कमजोर भएका कारणले त्यो नारा क्रान्तिकारी हैन सुधारवादी हुन्छ भनियो तर जव मुलुकको राजनीति शक्ति सन्तुलनको चरणमा प्रवेश गरयो तव संविधानसभाको नारा क्रान्तिकारी हुन्छ भनयो र २०५७ साल पछि यसलाई अवलम्वन गरियो । यो विचारमा देखिएको गतिशिलतालाई यतिवेला अवलम्वन गर्न सकिएन वा खोजिएन तव विचारमा समस्या देखियो यही विचारलाई स्थिरतामा वुझने गलत प्रवृत्तिलाई यस पटक समाधान गर्न पर्छ विचारलाई गतिमा वुझने आट र साहस फेरि एक पटक देखाउनै पर्छ तव मात्रै पार्टीले यतिवेला भोगेका समस्याहरुको समाधान खोज्न सकिन्छ ।

संक्रमणकालिन संगठनः

नेपाली राजनीति संक्रमणकालिन नेपाली समाज संक्रमणकालिन पार्टी संक्रमणकालिन विचार संक्रमणकालिन तर संगठन स्थायी वनाउन खोज्ने प्रवृत्ति हाम्रो पार्टीको मुख्य समस्या हो । स्थायी समाजमा स्थायी पार्टीमा संगठनको मामला कैलै स्थायी हुदैन भन्ने मान्यता राखिन्छ । स्तालिन जसलाई तिस प्रतिशत कमजोरीमा राखेर व्याख्या गरिन्छ उनको विचारमा पनि संगठनलाई कैलै स्थिरतामा राख्न हुदैन यो त निरन्तर फेरवदल गरिराख्न पर्छ । अरु केही भएन भने पनि नया ठाउ र नया जिम्मेवारी कम्तिमा छ छ महिनामा दिन सक्न पर्छ तव मात्रै कार्यकर्तामा र संगठनमा पुनर्ताजकी आउछ काममा जागर पनि आउछ र नया नया उपलव्धी हासिल गर्न संभव हुन्छ । माओवादी पार्टी भित्र पार्टी संगठन निरन्तर कव्जा गरी राख्ने यसलाई स्थायी सत्तामा रुपान्तरण गर्ने एकथरी पात्रहरु कहिल्यै त्यहावाट हटन नपर्ने मान्यता नै विकास भएको छ जसले न कर्याकर्तामा फुर्ति वढाउन मदत गरयो न नया नया उपलव्धी हासिल गर्नमा नै सघायो । त्यसैले यतिवेलाको अचुक अश्त्र भनेको संगठनमा नया पन ल्याउने आट गर्छ  िकगर्दैन भन्नेमा निर्भर गर्दछ । यसो गर्दा स्थायी सत्तामा जमेकाहरुलाई आतंक नै होला तर त्यो आतंक वरु सहन गर्न तयार हुन पर्छ साच्चै पार्टी निर्माण गर्ने हो भने अन्यथा पार्टी पाटीमा परिणत हुनेछ जागर जोश विनाको पार्टी हुनु र नहुनुमा कुनै फरक पर्दैन ।

संक्रमणकालिन कार्यशैलीः

कार्यशैली त्यसमा पनि संक्रमणकालिन कार्यशैली विल्कुल महत्वको कुरा हो र यही हो झन पटक पटक परिवर्तन भै राख्न पर्ने तर जतिसुकै परिवर्तन भए पनि यसले जनता र आन्दोलनको हित कहिल्यै विर्सन मिल्दैन । नेताको कार्यशैली आन्दोलन र जनताको मुक्तिकालागि ठीक छ भन्ने विश्वास पैदा हुदासमम पार्टी संगठनलाई हानि गर्दैन तर जव यसले जनताको विश्वास आर्जन गर्नमा संकट वेहोर्छ तव पार्टीले दिशा विगार्छ भनने कुरा राम्ररी हेक्का राख्न पर्दछ । युद्धकालिन कार्यशलीले युद्धको सेव ागर्न पर्दथ्यो शान्तिकालिन कार्यशलीले शान्तिको सेव ागर्न पर्दछ र प्रतिस्पर्धाको राजनीति स्वीकार गरिसकेपछि प्रतिस्पर्धामा आफै जनताको मनमा तुलनात्मक रुपमा अव्वल दर्जामा नै वस्न सक्न पर्छ यसो गर्न सक्दा मात्रै पार्टी पाटी हुनवाट जोगाउन सकिनछ अन्यथा भिरवाट लडने गाईलाई राम भन्न सकिएला काध थाप्न सकिन्न भन्ने उखान चरितार्थ हुनेछ ।

विचार अनुकुलको संगठन, संगठन अनुकुलको कार्यशैली समाज रुपान्तरणका वा क्रान्तिका पुर्वाधार नै हुन् । विचार पहिलो शर्त हो जो वैज्ञानिक हुनै पर्छ र समाज रुपान्तरणको खाका सहितको हुनै पर्छ र जनताको पक्षमा त झन हुन पर्दछ । यसतो विचार आफै कार्यानवयन हुदैन कार्यान्वयन गर्ने संगठन हो सो संगठन वैज्ञानिक विचार अनुकुलको हुन पर्छ तव मात्रै नया विचारलाई कार्यान्वयन गर्न संभव हुनेछ । विचार नया संगठन पुरानै भयो भने पुरानो संगठनले नया विचारलाई कार्यान्वयन हैन विकृत वनाईदिनछ खाई नै दिन्छ अनि विचारका पण्डितहरु टाउकोमा हात राखेर वस्ने अवस्थामा पुग्दछन् र यसको नकारात्मक असर या त विचार नै गलत थियो भन्ने लाग्छ या त विचार जनताको तहसम्म पुग्नकालागि साधक हैन वाधकको काम त्यही पुरानो संगठनले गर्छ फेरि पनि दोष विचारमै वा विचार वनाउनेमा जाने गर्दछ परिणाम क्रान्तिले धक्का खान्छ । त्यसै गरी कार्यशैली असल वनाउन सकिएन भने जतिसुकै वैज्ञानिक विचार वा संगठन वनाए पनि त्यसले समाज रुपान्तरणमा हैन समाजलाई यथास्थितिमा धकेल्नमै योगदान गर्ने गर्दछ । त्यसका अतिरिक्त कार्यशैली सही विचार र सहि संगठनको प्रतिछाया हो । यो प्रतिछाया सही वन्न सकेन भने त्यसले सही विचार र संगठन दुवैलाई खाई दिन्छ र आफनै कार्यशैली अनुसार विचार र संगठन दुवैको सत्यानाश मात्रै गर्दछन् त्यसैले विचार संगठन र कार्यशैलीको अन्तरसम्वन्ध र द्धन्दात्मक सम्वन्धलाई ठीक तरिकाले व्यवस्थापन गर्न यतिवेला माओवादी पार्टीलाई मौका छ यसको सदुपयोग गर्द सक्दा अघि वढने र नसक्दा पछि हटने मात्रै हैन धराशाही हुने ठाउमा पुग्नेछ । माओवादी पार्टीको जनतासंग जोडिने पक्ष भनेको नेता कार्यकर्ताको कार्यशैली हो आम जनतालाई विचार र संगठनसंग धेरै सरोकार हुदैन आफुले रातो दिन देख्ने नेता कार्यकर्ताको कार्यशैलीका आधारमा मुल्यांकन गर्छन जो यस पटकको निर्वाचनले काफीमात्रामा देखाई नै दिएको छ यस तर्फ गंभिर भएर सोच्न जरुरी भएको छ ।

क्याण्टोनमेण्ट भ्रष्टाचार प्रकरण वारेः

हामी मानौ वा नमानौ दुनियाले भनेको कुरा के हो भने माओवादी शिविरमा भ्रष्टाचार भयो जसलाई हामीले पार्टी केन्द्रिय समितिभित्र त भन्न सकिनौ पार्टी महाधिवेशनमा भन्न सकिनौ विस्तारित वैठकमा भन्न सकिनौ वा नेतृतवले चाहेन वाहिर भन्न सकिनौ त्यसैले पनि यो आवाज वाहिर उठयो । पार्टी भित्रै उठयो सर्वत्र उठयो त्यसैलाई निकास नदिईकन भृकुटिमण्डपको विस्तारित वैठक चल्न सकेन पार्टी विघटन गर्ने कि समस्यालाई हल गरेर अघि वढने भन्नेमा नेतृत्व पुग्यो अन्तत समस्या हल गरेरै जाने निष्कर्षमा पुगे वमोजिम जनमुक्ति सेनाका केही कमाण्डरहरुलाई निलम्वन गर्ने र छानविन आयोग वनाउने निर्णय भए पछि विस्तारित वैठक चल्न पाएको थियो यही परिघटना हेटौडा महाधिवेशनमा पनि देखियो र त्यहा त भ्रष्टाचारको आवाज उठाउने नेता कार्यकर्ताहरुलाई नियन्त्रणमा लिने र वाहिर निकाल्ने कमरेड महराको फर्मान पछि सोही वमोजिम गरे पछि मात्रै महाधिवेशन सम्पन्न भएको हो खन्ना गारमेण्टको विस्तारित वैठकमा पनि कारवाहीको प्रकृया मिलाउन मात्रै वाकी भएको भनिएको आधारमा वैठकले चित्त वुझाएको हो तर केन्द्रिय समितिको वैठकमा भने यसका विपरित खवरदार रिपोर्ट सार्वजनिक गर्न पादैन,युद्धको वेला महत्वपुर्ण भूमिका खेलेका कमाण्डरहरुको मान मर्दन गर्न पनि पाईदैन वढुवा गनर्दा उनीहरुलाई छुटाउन पनि पाईदैन भन्ने आवाज उठेको हो । पार्टी नेतृत्वले यो आवाज पनि नसुने र माग वमोजिमको आदेश नगरे केन्द्रिय समितिको वैठक पनि सफलतापुर्वक सम्पन्न हुदैन अनि नेतृत्व यसो गर्न पनि वाध्य छ जो विल्कुल महाधिवेशनको परिघटनाको विपरित हुन्छ अनि नेतृत्व यसो पनि ठीक उसो पनि ठीक भनेर कतिदिन टाल्न सक्छ । महाधिवेशनमा उपस्थित हुने टोली केन्द्रिय समितिमा उपस्थित हुन सक्दैन केन्द्रिय सदस्य नभएका कारणले अनि केन्द्रिय समितिमा उसको भावना विपरित निर्णय हुन्छ तर अव पार्टी संगठनात्मक सम्मेलनमा जादैछ त्यो टोलीको जवाफ नलिएर जाने हो भने लेखेर राख्नोस सम्मेलन भाडिनेछ । यस्तो अवस्थामा नेतृत्वले के सही हो त्यही भनेर र गरेर पनि जान पर्छ यो पनि सही तयो पनि सही हुनै सक्दैनन् ।

अव के गर्ने? पार्टी संरचनामा आमुल परिवर्तनः

मालेमावाद पार्टीको मार्गदर्शक सिद्धान्त आजका मितिमा पनि छ तर मालेमावाद कुन चराको नाम हो भन्ने थाहा नपाएका मानिसहरुको हुल पार्टीमा हुलिएको छ र महत्वपुर्ण पदमा पनि पुरयाइएको छ । जो विचारमा सहमतै छैन के स्वार्थमा हो तिनलाई हुलिएको छ । एकजना ईमान्दार कार्यकर्ता पार्टी ह्वीप नमानेको आरोपमा कारवाही पर्छ अर्को महाशय हाकाहाकी पार्टी ह्वीप नमान्ने सार्वजनिक घोषणाका साथ संविधानसभामा प्रवेश गर्छ नेता केही वोल्दैनन नेतृत्व मौन वस्छ के वाध्यता हो नेतृत्वलाई त्यसो गर्न पर्ने लोकले जवाफ मागेको छ सही जवाफ नपाए लोकले माओवादी पार्टीलाई भोट नदिने मात्रै हैन वहिस्कार गर्ने खतरा पनि छ । यसको जवाफ दिन नेतृतव तयार छ कि छैन आम पार्टी पक्ति त्यसकै पखाईमा छ । पार्टीलाई मालेमावादको आदर्श र सिद्धान्तमा हिडाउने यतिवेलाको पहिलो कार्यभार हो ।

पार्टी स्वरुपमा फेरवदलः

अव पार्टीलाई संगठनात्मक सम्मेलन मार्फत २१ ऋौ शताव्दीको जनवादमा व्याख्या गरिए जस्तो दस्ता वनाउन जरुरी छ । राज्य सत्ता र पार्टी सत्तामा कार्यविभाजन गर्ने र एकले अर्कोलाई सहयोग पनि सन्तुलन पनि गर्ने पद्दतिको विकास गर्न जरुरी छ । दोहोरो जिम्मेवारी विल्कुलै अन्त गर्न जरुरी छ । यसो गर्दा पहिला त मुख्य नेतृतवलाई नै असर पर्ने छ तर मुख्य नेतृत्वलाई व्यक्तिगत रुपमा असर परे पनि पार्टी राम्रो वन्छ भने सवैभन्दा पहिला लाभ लिने मुख्य नेतृतव नै हो भन्ने पनि वुझन जरुरी छ र आफुलाई पर्ने लाभ वा हानीवाट दरिलो कदम चाल्न आट गर्नै पर्छ ।

२४० निर्वाचन क्षेत्रलाई पार्टीको जिल्ला कमिटिका रुपमा परिणत गर्ने र पुरै पार्टी सदस्यहरुमध्यवाट पार्टी केन्द्रिय समितिको निर्वाचन गर्ने त्यसै अनुरुप जिल्लाभरीका पुरै पार्टी सदस्यहरुमध्यवाट प्रत्यक जिल्ला समितिका अध्यक्ष र पदाधिकारीहरुको चुनाव गर्ने र निर्वाचित निकायवाटै दिनानुदिनको काम सम्पादन गर्ने विचमा भारी भक्रम संगठन र तहहरु नवनाउने । यसो गरियो भने मात्रै पार्टीमा नया रक्त संचार पनि होला र पार्टीले गति पैदा गरेर पुरानो गुमेको साख पनि फिर्ता गर्ला यसो गर्न सकिएन भने पार्टी विघटनको दिशामा जाने लगभग निश्चित छ पार्टीलाई विघटनको मारवाट जोगाउनकालागि पनि टाले टुले र चानेचुने प्रयत्नले हुनेवाला छैन निकै ठुलो अपरेशन गर्न नेतृत्व तयार हुन पर्छ तव मात्रै गौरवाशाली पार्टीको सा खजोगाउन सकिएला अन्यथा यसै भन्न सकिन्न ।

अन्तमा

पार्टी केन्द्रिय समितिको निर्वाचनमा भएको लज्जास्पद हार लगत्तै वस्न पथ्यो वसेन । वैठक वसेजस्तो गरयो सामान्य विवरण सुनाउदै वैठक अन्त भयो । हप्तावारी प्रवक्ताका फर्मानहरु सुनियो सवै विचार प्रचण्डको दिमागमा उव्जने गर्छन् , अघिल्लो हप्ता हामी संविधानसभामा जादैनौ जनतामा जान्छौ अर्को हप्ता सरकारमा जादैनौ प्रतिपक्षमा जान्छौ अनि अर्को हप्ता फलानालाई फलानो मन्त्री दिए सरकारमा पनि जान्छौ भन्न वाकी राखेको छ जस्तो भान हुन्छ अनि पार्टी कति माक्र्सवादी भएछ मालेमावादी नाम राख्छ भनेर मित्रहरुले व्यग्य गर्दा पनि हामी नाजवाफ भएका छौ । वैठक पटक पटक सर्छ । अवैधानिक कथित पुर्व स्थायी समिति पोलिटव्युरो के के के के वैठकहरु वस्ने अनि महाधिवेशनवाट निर्वाचित भएकाहरु तलि वजाउन उपस्थित हुने पार्टी चाही माओवादी नै भैरहने अव यस्तो चल्दैन । सत्ता खोसिने डरमा भौतारिएका नेताहरु अमुक अमुक नेताको निर्विकल्प भन्ने वाणी सुन्छौ अनि पंचायतले निर्विकल्प दावी गरेका कुराको खण्डन गर्न छापिएका र वोलिएका कुराको स्मरण गर्दै आफैलाई लाज लाग्ने हालतमा पुरयउछु यस्तो हालतवाट सिंगो पार्टी पक्तिलाई मुक्त गर्ने उपाय भनेको पार्टीको व्यापक पुनरसंरचना वाहेक अर्को कुनै उपाय छैन ।

No comments:

Featured Post

Why presidential system?

We are in historical moment. After a six decade long struggle Nepal became able to have an election of Constituent Assembly. Issue of Consti...