Thursday, January 16, 2014

एमाओवादीको आसन्न केन्द्रिय समितिको वैठक र यसले गर्नै पर्ने केही कुराहरु



यतिवेला एमाओवादी पार्टी गंभिर समिक्षामा जुटेकोछ । लामो समय पछिको केन्द्रिय समितिको वैठकले मुख्यत यस निर्वाचनमा भोगनुपरेको पराजयका कारणहरुको पहिचान गर्नेछ र सोकालागि आन्तरिक पक्ष प्रधान भन्ने माक्र्सवादी मान्यतालाई आत्मसा तगर्दै आन्तरिक पार्टी संगठनको अस्तव्यस्ततालाई स्वीकार गर्ने छ र त्यसलाई पुनरगठन गर्ने वाचा सहित त्यस्तो संगठनको भरमा चुनावमा जाने र चुनावको दिनसम्म पनि पार्टीको यो हालत हुने कुराको संकेत सम्म पनि नपाउने जुन लापरवाही र कमजोरी गरयो सो को नेतृतवले जिम्मा लिने र पार्टीलाई नया जिवन दिएर अघि वढाउने यिनै यिनै कार्यसुचिमा वैठक सकिने छ ।वैठक वस्ने र सकिने सामान्य औपचारिकताका विषय होलान तर एमाओवादी पार्टी यतिवेला पनि तयही औपचारिकता निर्वाह गर्ने धन्दामा अल्झियो भने लेखेर राखे हुन्छ एमाओवादीले नेतृत्व गरेको दशकौ लामो नेपाली क्रान्तिकारी आन्दोलको विसर्जन भयो । सायद यसो हुन केन्द्रिय समितिले दिने छैन । यसकालागि केन्द्रिय समितिले गनैै पर्ने विषयहरु निम्न छन् ।

प्रथमतः पार्टी हारका कारणहरुमा आन्तरिक संगठनात्मक लठथालिंग चाला र यस्तो अवस्थामा निर्वाचनमा होम्ने नेतृत्व नै मुख्य रुपमा जिम्मेवार हुन पर्दछ । अझ यस खालको निर्वाचनको क्रम सम्म ल्याईपुरयाउन विपक्षीले केही गरेर पनि ढाल्न नसकेको राष्ट्रपतिले तिनपटक कु को प्रयत्न गरेर पनि सफलता हात पार्न नसकेर जोगिएको आफनै नेतृत्वको सरकारको विकल्प खोज्ने आफैले घोषणा गरेको निर्वाचनलाई पहिला घोषणा गर्ने र पछि संविधान संशोधन नगरी संभव रहेनछ भन्ने निष्कर्षमा पुग्ने, सरकारको नेतृत्व गरिरहेको पार्टीले वजेट ल्याउन पनि नसक्ने र कथित चार दलको सहमतिका नाममा आंशिक वजेटमा सहमति जनाउने लगायतका कामको जिममेवारी लिन पर्दछ । साचो के हो केन्द्रिय समितिका सामु राख्न सक्न पर्छ । यस्ता कतिपय विषयलाई कुटनीतिक विषय भनिएला राजनीतिलाई कुटनीतिले संचालन गर्न खोज्ने र कुटनीतिलाई राजनीतिले संचालन गर्न खोज्ने मुख्य कमजोरी नेपाली राजनीतिक वृत्तवाट विगत देखि नै हुदै आएको छदै नै थियो त्यही विरासतलाई नै एमाओवादीले पनि पछयाउनु दुभाग्यको कुरा हो र यो प्रवृत्ति र परिघटनाको यही प्रसंगमा अन्त हुन जरुरी छ ।

दोश्रो पार्टी पुनर्गठनको अभियान निर्ममताकासाथ संचालन गर्ने यसकालागि मुख्य नेतृत्वले मुख्य जिम्मेवारी लिने र सोपानक्रम अनुसार जिममेवारी लिदै जाने यसकाागि नेतृत्वको मुख्य टिम अभिभावकीय भुमिकामा रहने र दोश्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने विधिको अवलम्वन गरेर पार्टीमा नया जीवन पैदा गर्ने हिम्मत गर्न जरुरी छ ।

तेश्रो वैज्ञानिक नीति सहितको वैज्ञानिक पार्टीको पार्टी संचालन विधि वैज्ञानिक वनाउने यसकालागि विधान पहिला पारित गर्ने विधान वमोजिम पार्टी संचालन गर्ने प्राईभेट लिमिटेड  कम्पनीको अवधारणालाई पुरै निस्तेज पार्ने । यसकालागि कम्तिमा चिनीय कम्युनिष्ट पार्टीको अवधारणा जस्तै प्रत्यैक पाच वर्षमा महाधिवेशन गर्ने, केन्द्रिय सदस्यको उमेर हद ६५ वर्ष कायम गर्ने र पोलिटव्युरो र पदाधिकारीमा दुई कार्यकालभन्दा वढी रहन नपाईने वन्दोवस्त अनिवार्य रुपमा अवलम्वन गर्ने मात्रै हो भने पनि पार्टी संगठनमा हुर्किएका गलत प्रवृत्तिहरुको अन्त हुनेछ ।

चौथो आर्थिक पारदर्शिताको अवलम्वन गर्ने । निर्वाचन आयोगले आर्थिक विवरण माग्ने गरेकोछ पार्टीहरुले सो विवरण वुझाउने पनि गरेकाछन् तर यति झुट र नक्कली विवरण वुझाईने गरिएकोछ जसको पत्यार कसैलाई पनि भएको छैन । न त्यसको आधिकारिकता पार्टीका कुनै केन्द्रिय समितिवाट जाच गर्ने गरिएको छ । यस्तो पद्दतिले पार्टी पद्दतिमा मनपरीतन्त्रको विकास गराउने कामलाई वढावा दिने छ एकातिर भने अर्कोतिर पार्टी प्रति जनताको विश्वास पुरै गुम्दै जाने खतरा पैदा भएको छ । यस्ता विकृतिवाट मुक्ति पाउने उपाय नखोज्ने हो भने पार्टी विसर्जन वा विघटन हुनुको अर्को विकल्प छैन । पार्टीलाई विघटन वा विसर्जनवाट जोगाउन पनि आग्रह र पुर्वाग्रहवाट मुक्त भएर गंभिर आत्मसमिक्षा गर्न जरुरी छ ।

पाचौ, हालको पार्टी संगठन एक संयुक्त मोर्चामा परिणात भएको छ कुनै पनि संगठन निर्वाचित छैनन् र तिनीहरु तल्लो कमिटिमा उत्तरदायि छैनन् वरु तिनीहरु सवै माथिल्लो कमिटि वा नेतावाट आशिर्वाद प्राप्त छन् त्यसैले नेताप्रति मात्रै जिम्मेवार छन् । नेताप्रति मात्रै जिम्मेवार हुने जनतामा र कार्यकर्तामा निर्भर नरहने पार्टी संगठन चुनावमा यो दर्जाको पराजय भोग्न वाहेक अर्को के नै विकल्प थियो र जे रोपियो त्यही फल्यो भनेर आत्मसातीकरणकासाथ अव नया ढंगले पुनरसंरचना गर्ने हिम्मत गर्न जरुरी छ । तसर्थ सवै पार्टी कमिटि विघटन गर्ने र केन्द्रमा मुख्य नेताहरु चुनवाड वैठकको निर्णय अनुसार अभिभावकीय भुमिकामा रहदै दाश्रो पुस्ताका नेताहरुको सानो चुस्त दुरुस्त टिमलाई समन्वयको जिम्मा दिने र स्थानीय र निर्वाचन क्षेत्र स्तरीय पार्टी कमिटिको गठन सम्पुर्ण पार्टी सदस्यहरुवाटै निर्वाचनको माध्यमवाट गर्ने यसो गर्न सके मात्रै पार्टी नया र ज्युदो जाग्दो हुने विश्वास गर्न सकिन्छ ।

छैठौ गुटहरुको अन्त गर्नै कुरा पार्टीले धेरै पटक भनेको हो तर नेताहरुले कैल्यै गरेनन । यसो हुनुका पछाडि केही वस्तुगत कारणहरु छन् तिनको निराकरण नगरीकन गुटको अन्त नेताहरुको मनोगत चाहनालो मात्रै हुदैन सो संभव पनि छैन । माओवादी पार्टीको मुख्य नेतृतव विगत तिस वर्षदेखि नै निरन्तर छ त्यसै अनुकुल दोश्रो तेश्रो तहको निर्माण पनि भैराखेको छ । कुनै पनि तहको अवधि तोकिएको छैन उमेर हद पनि तोकिएको छैन अवकाश लिने त झन कतै संकेत नै छैन भने पछि माथिवाट पनि आफना खास मानिसहरुको छनोट अवश्यम्भावी वन्ने र तलवाट पनि आफनो खास स्वार्थ रक्षा र पद प्रतिष्ठाकालागि खास लवीमा रहन पर्ने वाध्यात्मक स्थितिका कारणले नै गुट निर्माणको आवश्यकता जस्तो वन्न पुगेको हो । गुटले पार्टी खाईदिन्छ त्यसकारण गुट अन्त गर्ने हो भने उमेर हद अवधि र आवधिक अधिवेशन र निर्वाचन जस्ता आधारभूत मान्यताहरु अवलम्वन गर्नै पर्दछ जो चीनीय कम्युनिष्ट पार्टीले धेरै वर्षदेखि गरिआएकै छ । यसो मात्रै गर्न सके पनि पार्टी नया वनाउन सकिन्छ ।

सातौ, अझै पनि नेपाली जनमत कम्युनिष्ट वाहुल्य नै छ । माओवादीकै मतको कुरा गर्दा पनि यस्तो प्रतिकुल अवस्थामा पनि करिव पन्ध्र लाख मत प्राप्त गरेकै छ । हजारौ पुर्णकालिन कार्यकर्ताको फौज पनि छदैछ । लाखौ समर्थकहरु पनि छन् तर ती सवैले मेरो भविश्य यो पार्टीमा छ भन्ने देख्न सक्न पर्छ । पुराना कैल्यै रिटायर्ड नहुने हालको पद्दति कायमै राख्ने हो भने पछिल्लो पुस्ताले कुनै आश नगर्ने मात्रै हैन यो पार्टीमा किन वस्ने भन्ने अवस्था आउने छ यस्तो अवस्था आउन नदिन नेतृत्वले त्यो पक्तिलाई आश्वस्त गराउन सक्न पर्छ अनयथा वुढाहरुलाई नेता वनाईदिईराख्नकालागि कार्यकर्ताको भिडमात्रै जोगाईराख्नकालागि तिसौ वर्ष कोही दास वन्न तयार हुदैन । यस्तो पद्दतिको उत्तर नेतृतवले नै दिन जरुरी छ ।

आठौ, नेपाली क्रान्तिको मौलिक रचना २१ ऋौ शताव्दीमा जनवादको विकास वारेको दस्तावेजमा भनिए झै माओवादी पार्टीले प्रतिस्पर्धालाई स्वीकार गरेको हो । यसो हो भने आफनो पार्टी संगठन नेता नीति र नेतृत्व प्रतिस्पर्धामा खरो उत्रन तयार पार्नै पर्छ । प्रतिस्पर्धिको ल्याकत क्षमता र योग्यताको आकलन विना जो कसैलाई पनि प्रतिस्पर्धामा उतार्ने हर्कतले यस्तै परिणाम वाहेक अर्को आश गर्न सकिदैन ।

नवौं , यतिवेला एक अर्कालाई धारे हात लगाएर मात्रै समाधान संभव छैन । अरुलाई दोष लगाएर आफु पानीमाथिको ओभानो हुने प्रयत्न पनि अर्को रुपको अवसरवाद नै हो त्यसैले सोपान क्रममा दोष स्वीकार गर्दै अव सच्याउने उपाय के होलान त्यसतर्फ खुला भएर सोच्न जरुरी छ । अलिकति रुपान्तरणका कुरा गरयो कि पार्टी फुटाउने वा नेतृत्व हत्याउने आरोपका वर्षा हुने गलत चिन्तनवाट पनि मुक्त हुन पर्छ र अरुले मात्रै गरिदिए हुन्थ्यो आफनो भागमा नपरे हुन्थ्यो भनेर उपदेशमात्रै दिने शैली पनि झन खराव हुन्छ यस तर्फ पनि सचेत हुदै अघि वढन जरुरी छ ।

दशौ, सर्वहारा वर्गको अग्रदस्ता पार्टीले दलाल र नोकरशाहरुलाई विश्वास गर्ने र तिनैसंगको हिमचिम वढाउने तिनैका भरमा पार्टी चलाउने तिनैका प्रतिनिधिलाई नयालाई अवसर दिने वाहानामा राज्यका हरेक अंगमा प्रतिनिधित्व गराउने यो प्रवृत्ति पार्टीकालागि आफैमा घातक हो । यसको प्रतिरक्षा हैन प्रतिवाद गरेर त्यसलाई सच्याउने आट गरेर जान जरुरी छ ।

एघारौ, राष्ट्रियताको मुद्दामा नेपाली कम्युनिष्ट आन्दोलनको जन्म भएको हो । यद्यपि यतिवेला जसले चर्को राष्ट्रियताको कुरा गर्छ उ कुनै न कुनै वाह्य शक्तिवाट राष्ट्रहित विरुद्ध परिचालित छ भनने आशंका र सोको पुष्टि पनि हुने गरेको छ भने मण्डले राष्ट्रवादको भ्रमवाट पनि मुक्त हुनै परेको छ तर जे होस राष्ट्रियताका मामलामा चुक्यो भने त्यो पार्टीले जनताको माया र समर्थन र साथ पाउन सक्दैन यस तर्फ पनि पार्टी गंभिर हुन जरुरी छ खास गरी नेताहरुका शंकास्पद हिमचिम र उठवस कार्यकर्ता र जनताका सामु पारदर्शी पनि वनाउन नसक्ने अपारदर्शि हिमचिम जनता र कार्यकर्ताले नरुचाउने कुरालाई नेतृतवले मनन गर्नै पर्दछ ।

अन्तमा, एमाओवादीकालागि सायद यो नै अन्तिम अवसर होला पार्टी संगठन सुदृढ र सुसंगठित गर्नकालागि भन्न त धेरै चोटी भनियो यो पटक गर्नकैलागि हुन जरुरी छ । यस पटक निर्वाचनमा हराएर जनताले पनि सच्याउने राम्रो मौका दिएकाछन् यस मौकालाई सदुपयोग गरी जनतमा आधारित जनता तर्फ फर्केको जनताका प्रतिनिधि पार्टी साधारण सदस्यवाटै निर्वाचित पिरामिड आकारको पार्टी वनाउन विगतका विकृति विसंगतिहरुसंग नाता तोडन र नेताको जीवन कार्यकर्ता र जनताका सामु पारदर्शी वनाउन तयार हुनै पर्छ । नया ढंगको पार्टी निर्माणको अभियानमा जुटौ दासताको अन्तकालागि थालिएको कम्युनिष्ट आन्दोलनको सदस्य हुनुका नाताले नेताहरुको दासतावाट पनि मुक्त होऔं एमाओवादी पार्टीलाई फेरि एकपटक जनताको पार्टी सर्वहाराको पार्टी राष्ट्र र राष्ट्रियता जोगाउने पार्टीका रुपमा स्थापित गरौं ।




No comments:

Featured Post

Why presidential system?

We are in historical moment. After a six decade long struggle Nepal became able to have an election of Constituent Assembly. Issue of Consti...