Friday, January 24, 2014

विषयः सुझाव पेश गरेको ।

कमरेड अध्यक्ष
एनेकपा(माओवादी)
केन्द्रिय कार्यालय,पेरिसडाडा
विषयः सुझाव पेश गरेको ।
कमरेड अध्यक्ष,

कमरेड अध्यक्षद्धारा प्रस्तुत तथा केन्द्रिय समितिमा वितरित १३ पृष्ठ लामो संविधानसभाको निर्वाचन २०७० र पार्टी पुनरनिर्माणको एैतिहासिक आवश्यकता शीर्षकको विशेष राजनैतिक एवं संगठनात्मक प्रस्ताव अद्योपान्त पढें र केही सुझावहरु लिखित रुपमा नै प्रस्तुत गरेको छु ।

 सामान्य टिप्पणी
१ दस्तावेजको मुल दस्तावेज राम्रो छ म्ष्बनलयकष्क मा सहमत छु उचभकअचष्उतष्यल मा मेरो असहमति छ । निदान किडनी फेलको गरेको छ उपचार मलम पटीको छ ।
२ यो दस्तावेज पार्टीलाई पुननिर्माण गर्ने विषयमा केन्द्रित छ तर पार्टी निर्माण र रुपान्तरणका ठोस र मुर्त योजना छैनन् । त्यही सम्मेलन त्यही संख्या घटवढ त्यसैमा रुमलिएको छ । यस्तै योजनाहरु पटक पटक लेखिए । पारित पनि गरिए सम्मेलन नामका कर्मकाण्ड पनि गरिए आदतमा तात्विक अन्तर पारेन । अन्तर पार्ने गरी व्यवहार कैलै भएन यतिवेला पनि त्यो आशंका छदैछ । व्यवहारमा लागु गर्ने ठोस कार्ययोजना छैन । कसले ?के ?कति वेला गर्ने ?भन्ने वारेमा स्पष्ट छैन ।
 त्यसकारण कार्यान्वयनको ठोस कार्ययोजना सहितको पुरक प्रस्ताव आओस ।

२ यतिवेलाको ठोस परिस्थिति के हो ? त्यसको विश्लेषण के हो ? पार्टीको कार्यभार के हो? कुन कार्यभार पुरा गर्न कस्तो पार्टी संगठन चाहिएको हो ?सो को ठोस र मुर्त अभिव्यक्ति दस्तावेजमा भएन । यस्तो ठोस विश्लेषण विना कस्तो पुननिर्माण र रुपान्तरण हो अनुमान पनि गर्न सकिदैन सो भाग थप्न परयो ।
३ विचार अनुकुलको संगठन र संगठन अनुकुलको कार्यशैली हुन पर्ने अनिवार्यतालाई आत्मसात गर्दै युद्धकालिन संरचनावाट शान्ति प्रकृयाको प्रारम्भ संगै शान्तिकालिन र प्रतिस्पर्धात्मक राजनैतिक खालको संगठन निर्माण गर्न नसकिएको कुरा मुख्य होला
यसो भयो भने मात्रै शान्तिकालिन प्रतिस्पर्धा गर्न सक्ने संगठन निर्माण गर्ने र तदनुकुलको कार्यशैलीको अपेक्षा गर्न उपयुक्त होला दस्तावेजले पुरानै संगठनमा सामान्य फेर वदल गरे पुग्ने खालको भाव दिने गरेको छ त्यसलाई पनि सच्याउन जरुरी छ । यसो गर्दा युद्धकालिन संगठनात्मक संरचना शान्तिकालिन र प्रतिस्पर्धात्मक चुनावी प्रयोजनमा प्रयोग गर्न खाज्दा नै समस्या भयो यसको आचरण र शैली त यसै जिम्मेवार छदै थियो । यस वारेमा स्पष्ट गर्न जरुरी छ । संगठन भद्दा हुनु र जनतामा नजोडिने मात्रै संगठनात्मक समस्या हो कि पुरै संगठनको उद्देश्यमा नै परिमार्जन गर्न पर्ने हो विचार गर्न जरुरी छ । संक्रमणकालिन विधान संक्रमणकालिन संगठन र संक्रमणकालिन कार्यभार निश्चित गरौं ।
४ समिक्षा शिर्षकको पृष्ठ चार दफा चारमा अस्पष्ट उल्लेख भयो जहा सशोधनवादी जडशुत्रीय जस्तै लाग्ने अध्यक्ष स्वयंद्धारा प्रस्तुत दस्तावेजमा प्रधान अन्तरविरोध भारतसंग, भारतका एजेण्ट कांग्रेस र एमाले उनीहरुसंगै मिलेर शान्ति र संविधान पुरा गरौं भन्ने लाईन नै दलाल र संशोधनवादी हो । त्यसकारण अव शान्ति र संविधानको संभावना छैन । विद्रोह गर्नुको विकल्प छैन भनिएको थियो । जसका कारणले पुरै वर्ष दिन संविधान निर्माणको काम ओझेल परयो । यसको कारणले पनि संविधान वनेन । यो पक्ष दस्तावेजमा उल्लेख गर्न जरुरी छ । समस्या समाधानमा नेतृत्व उदार भएको भन्दा पनि नेतृत्व स्वयं भ्रमित भै शान्ति र संविधानको वाटोका विरुद्ध विद्रोहको पक्षमा उभिएको जो संभव थिएन भनने छिटैै पुष्टि भएको थियो ।
५ नेतृत्वको उदारताको प्रसंग पार्टी वाहिर खासगरी कांग्रेस एमालेसंग संझोता गर्दा उदार हुने तर फरक मतप्रति असहिष्णु वन्दै पार्टी भित्र नोकरशाही भन्ने नै सही हुन्छ ।

 आत्मगत कारणमध्य
६ दफा ३ मा आफनै पार्टीको नेतृत्व सरकारले चुनाव गराउनाको सटटा अर्को नेतृत्व खोज्नु नै गल्ति थियो झन गैर राजनैतिक सरकार वनाउनु त महाभुल नै थियो भन्नु उपयुक्त हुन्छ । यो प्रसंग अन्तरिम संविधान अन्तरिम सरकार र संविधानसभाको निर्वाचनको अभिभाज्य श्रृखलासंग पनि तादात्म्यता आफनै पार्टीको नेतृत्वमा चुनावमा जाने कुराले मात्रै राख्दथ्यो ।
७ दफा ७ मा कार्यालयमा राजिनामाको प्रसंग उठाईएको छ जवकि केन्द्रिय कार्यालय पुर्व स्थायी समिति समेतको गृहकार्यमा प्रस्तुत गरिएको संगठनात्मक प्रस्ताव अस्वभाविक ढंगले असफल भयो । सो प्रस्तावप्रति केन्द्रिय समितिमा कसैको पनि समर्थन रहेन । पार्टी नेतृत्व पुरै असफल भएको प्रमाणित जस्तै भयो । यस्तो अवस्थामा केन्द्रिय कार्यालयमा आएको पदत्यागको प्रसंग त नैतिकतावोधको प्रतिक र केन्द्रिय कार्यालयलाई निकास खोज्ने उपायको रुपमा पो थियो कि ? अझै त्यति नै वेला संगठनात्मक प्रश्नलाई हल गर्ने अवसर पनि थियो तर त्यसो गरिएन ।
समस्यालाई थाति राखेर र भद्दा संगठन वोकेर निर्वाचनमा जानुको परिणाम यो पराजय हो भनेर किन नभन्ने ? तसर्थ दस्तावेजमा स्पष्ट आउन परयो ।
८ दफा ९ को सन्दर्भमा पार्टी अति केन्द्रिकरण भयो । अध्यक्ष वाहेक अरु कसैको केही जिम्मेवारी नहुने अवस्था आयो । निर्णय गरेर सकुर्लर गरेर पनि निर्वाचनमा वकिल साथीहरुको टिम तयार गर्ने भन्ने निर्णय कहिल्यै कार्यान्वयन भएन । यसैको परिणामस्वरुप निर्वाचन आयोग कसले हेर्ने हो कसैको जिम्मा थियो कर्मचारी खटनपटनमा हेर्ने जिममा कसको थियो मतदाता नामावली हेने जिममा कसलाई दिईएको थियो ? जवाफ छैन केन्द्रिय कार्यालय संग । गल्ती पार्टी दर्तादेखि नै भएको थियो । उपयुक्त जिम्मेवारी वाडफाडको अभावका कारण यो परिणाम आयो भन्नु उचित हुन्छ ।
९ दफा १० मा असन्तुलित र विना मापदण्ड उममेदवार चयन गर्ने काम कसले गरयो त्यो पनि किटान गर्न जरुरी छ ।
१० अन्तमा गल्ती कमजोरीको मुख्य जिम्मेवारी अध्यक्षको नै हुन जान्छ भनेर उल्लेख गनुभो यसो पनि न्यायसंगत हुदैन कहि भएको गल्ती स्वीकार नगर्ने कही नभएको पनि गल्ती मुल रुपमा अध्यक्षको नै हो भनेर टार्न पनि पाईदैन । ठोस ठोस कामका सन्दर्भमा कसको के भूमिका रहयो कसको के दवाव रहयो त्यसको पनि उल्लेख गर्न जरुरी छ । यही नेर २१ औ शताव्दीको जनवाद ,चुनवाड वैठकको निर्णय र हेटौडा महाधिवेशनको पनि मर्मलाई आत्मसात गर्दै नेतृत्वको टिम वैचारिक प्राधिकारको तहमा माथि उठने र नेतृत्व पुस्ता हस्तान्तरण गर्ने विकल्प नै उत्तम र सुन्दर हुन्छ ।

 पार्टी पुनर्निमाणको संगठनात्मक कार्ययोजना र तात्कालीन प्रस्ताव वारे
११ सर्वहारा वर्गको राजनैतिक अग्रदस्ता(खभलनबचम) वा जनपार्टी mबकक उबचतथ वा यी दुवैको मिश्रण ? कस्तो पार्टी वनाउन खोजिएको हो त्यसको स्पष्टता चाहियो । यो कुरा स्पष्ट भएको विधान चाहियो । विधानमा प्रत्यक पाच वर्षमा महाधिवेशन गर्ने, उमेरको हद ६५ वर्ष कायम गर्ने, दुई पटकभन्दा वढी उम्मेदवार हुन नपाईने र स्वेच्छिक अवकाश लिन पाईने व्यवस्था संलग्न हुन परयो ।
१२ हाल भएका पार्टी सदस्यको स्थिति के हुने हो वा नया पार्टी सदस्यता वितरण गर्ने हो ?गैर भुगोलको जिम्मामा रहेका कमिटि र सदस्यहरुको भुगोल के आधारमा कहा कसले कहिले र कसरी तोकिने हो र तिनीहरुको हैसियत के हुने हो ?
१३ पार्टी कमिटिहरु विघटन गर्ने सानो र चुस्त वनाउने कसले वनाउने को को रहने सम्मेलनमा जादा गुटवन्दी नगर्ने र नहुने कुराको पुर्ण प्रत्याभूति कसरी दिलाउने ?
१४ सरकारमा नजाने तर ???जाने? राष्ट्रपतिको निर्वाचन गर्न पर्ने तर ???नगनेर्? जस्ता विषय विकल्कुल सारसंगह्रवादी भए यतिवेला ठोस निर्णय गरौ आवश्यक परेमा तत्काल वैठक वसेर फेरौला सरकारमा नजाने प्रतिपक्षमा वस्ने राष्ट्रपतिको निर्वाचन
गर्ने भनेर किटान गरौं तव मात्रै पार्टीको स्पटता आउछ यस्ता व्यवहारिक कुरामा निर्णय गर्न पुरानै तरिका अपनाउने अनि सैद्धान्तिक जो अहिल्यै केही गरिहाल्न पर्दैन त्यसमा उदार हुने प्रवृत्तिले पार्टी पुनरनिर्माण गर्दैन ।

 जवस मोर्चा वारे
१५ जवस मोर्चा संचालनको स्पष्ट नीतिको आवश्यकता छ ।पार्टी मोर्चा जस्तो मोर्चा पार्टी जस्तो वनेको छ ।एउटा मोर्चामा पार्टीका केन्द्रिय सदस्यहरु र सल्लाहकारहरुको भिड लागेको छ सो किन जरुरी परयो ।
१६ फ्रयाक्सन भनेको पार्टी नीति मोर्चामा लागु गर्न राखिने व्यवस्था हो । पार्टी केन्द्रिय सदस्यहरुको भिडनै मोर्चामा रहने भए पछि प्mयाक्सन ईन्चार्ज नै किन चाहियो । या त पार्टी केन्द्रिय सदस्य नरहेको जवस मोर्चा निर्माण गरियोस या त तिनै केन्द्रिय सदस्यले नै पार्टीको नीति लैजान्छन् त्यसकारण फ्रयाक्सन ईन्चार्ज नरहने गरी यसको हल गरियोस । वरु यसको सटटा विभागको गठन गर्ने र विभागले जवस मोर्चाको व्यवस्थापन गर्ने काम गरोस ।
१७ जवस मोर्चाको जिम्मा लिएकालाई पार्टीको जिम्मा नदिईयोस वा दोहोरो जिम्मेवारीवाट मुक्त गरियोस । सत्ता मोर्चा र पार्टी वीच आवश्यक समन्वय गर्ने तर जिममेवारीको दोहोरो पन पटक्कै नगरियोस । एक व्यक्ति एक पदको अवधारणा लागु गरियोस ।

 खास अनुत्तरित प्रश्न
१८ दुईलाईन संघर्ष संचालन गर्ने विधी के हो ?
१९ नेतृत्व हस्तान्तरणको प्रकृया के हो र कहिले हो ?
२० संगठनात्मक सिद्धान्त के हो ?के का आधारमा जनवादी क्रान्तिका वाकी कार्यभार पुरा गर्दै समाजवादी क्रान्तिको ढोका खोल्छ ? सो को स्वरुप के हो र संचालन प्रकृया के हो ?


खिमलाल देवकोटा
केन्द्रिय सदस्य



No comments:

Featured Post

Why presidential system?

We are in historical moment. After a six decade long struggle Nepal became able to have an election of Constituent Assembly. Issue of Consti...