Monday, October 25, 2010

राजनेताहरु प्रतिको अपिल

नेपाली राजनीतिमा कुनै वेला माथिको आदेश भने पछि तैचुप मैचुप हुने अवस्था थियो यो स्थिति अहिले पनि छ त्यो माथि हाल दलका शिर्ष नेताहरुमा सरेको छ । यतिवेलाको नेपाली राजनीति दलका नेताहरुको प्रत्यक्ष निर्देशनमा संचालित छ । राजनीति मात्रै हैन कुटनीति जलनीति संविधान कानून सवै क्षेत्रमा नेताहरुको वर्चश्व हावी छ । तर दुर्भाग्यवश केही समय यता नेताहरुको आत्मविश्वाशमा डरलाग्दो गिरावट आएको छ । जनताको कार्यकर्ताको छिमेकी र अन्तराष्ट्रिय समुदायको विश्वसनीयता नराम्ररी गुमेको छ । जनतादेखि नेता कार्यकर्तासम्म र समर्थक शुभचिन्तकदेखि राष्ट्रिय अन्तराष्ट्रिय मित्रहरु सम्मले नेताहरुले वोलेको कुरा पूरा हुन्छ भन्ने कुरामा शंकाले हेर्ने गरेका छन् अझ भनौ हुदैन भन्ने पूर्व अनुमान गर्न पर्ने अवस्था सिर्जना भएको छ । यसका पछाडि या त यो नेता र कार्यकर्ता वीच नेता र जनता वीच नेता र नीति वीच स्वदेशी र विदेशी वीच ठूलो खाडल पैदा गरिदिने र लामो युद्ध संघर्ष र वलिदानीका जगमा उभिएका नेता नीति र विचारमाथि धावा वोल्ने गुरु योजनाले काम गरेको छ या त हाम्रा नेता हाम्रो नीति र हाम्रा विश्वास वीच कही न कही तालमेलको अभाव छ या नेताहरुको विश्लेषण क्षमतामा कमि छ या त विश्लेषण नै गलत छ या त नेताहरु मनोगत भएका छन् या त नेताहरु प्रति जनताको विश्वास छिण हुदै छ या त नेताहरुले जनतामाथि विश्वास गर्न छाडेका छन्् । या त यो पुस्ताका नेताहरुले अव थप गर्न सक्ने अवस्थामा छैनन् अथवा अरु कुनै कारण छ । जे होस नेताहरुप्रति जनता आश्वस्त हुन सकेका छैनन् र उनीहरु जे भन्छन् काम त्यसको उल्टो गर्छन अथवा नेताहरु जे भविश्यवाणी गर्छन परिणाम त्यसको ठीक उल्टो निस्कन्छ । यस्तो चर्चाले वजार पाएको छ । यो अति नकारात्मक चित्र यतिवेला किन हावी भएको छ यो प्रश्नको सही उत्तर हामीले खोज्नै पर्ने भएको छ ।

पहिलो कुरा नेपाली राजनीति प्रतिकृयाको र निषेधको चरित्रवाट अघि वढेको हो । १०४ वर्षको राणा शासन होस वा ३० वर्षे पंचायत १२ वर्षे संसदीय काल होस वा त्यस पछिका चार वर्ष सवैमा मुलुक र जनता स्पष्ट दुई ध्रुवमा वाडिने र एकले अर्काका विरुद्ध अभियान चलाउने कुरा नै राजनीति हुने विगतको परम्परा हो राणा शासनमा राणा शासन को विरोध गर्नु राजनीति पंचायतमा उसको विरोध गर्नु राजनीति संसदीय कालमा संसद र माओवादी जनयुद्ध दुवैको विरोध गर्नु राजनीति विरोध र भण्डाफोर गर्नु वाहेक निर्माण र रचनाको अभ्यास नेपालको राजनीतिमा विरलै मात्रै भयो । राजतन्त्रको अन्त पछि पनि शत्रु खोज्दा खोज्दै नेपाली राजनीति अल्मलियो । यो अवसरलाई सदुपयोग गर्ने र नेपाली समाजका मुख्य शत्रु सामन्तवाद सामन्तवादी संरचना र त्यसले पैदा गरेका विकृतिहरु हुन उसको नेता राजतन्त्र ढले पछि अव त्यसका अवशेषहरुलाई ढाल्ने निमिटयान्न पार्ने मिशनका साथ नेपाली राजनीति अघि वढनु पर्छ भन्ने कुरामा मतक्य देखिएन । वरु यस्तो वेलामा अत्यन्त अलमल र एकअर्कामा शत्रु खोज्ने र नभेटाए आफै भित्र शत्रु खोज्दै रचनाको अवसर गुमाउने खतरा पैदा भएको छ । यो प्रवृतिमा आमूल परिवर्तन यतिवेलाको मुख्य आवश्यकता हो ।

आन्दोलन संघर्ष र वलिदान नेपाली राजनीतिका मुख्य प्रवृत्ति हुन । निर्माण र रचना र व्यवस्थापन हाम्रो राजनीतिमा प्राथमिकतामा कैलै परेनन् । त्यसो त आजभन्दा झण्डै २०० वर्ष अघि सामन्तवाद विरुद्ध विजय हासिल गरेका विकसित मुलुकहरु पूजिवादको विकास संगै समाजवादमा फडको मार्न पर्ने मा साम्राज्यवादमा पतन भए जस्तै नेपाली राजनीति पनि प्रत्येक दशकै जसो ठुला ठुला आन्दोलन गर्न सकेन तर त्यसलाई व्ववस्थापन गर्न नसक्ने परिणाम स्वरुप आन्दोलनमा पराजित शक्ति पुन हावी हुने अवस्थाको सिर्जना भएको छ त्यो खतरा नेपाली राजनीतिमा अहिले पनि विद्यामान छ । ध्वंश र निर्माणको द्धन्दवादको प्रयोगमा माक्स्रवादीहरुले पनि राम्रो उदाहरण प्रस्तुत गर्न नसकेको अवस्था विद्यामान छ । माक्स्रवादीहरु सदा सर्वदा ध्वसकारी जस्तो मात्रै र गैर माक्स्रवादीहरु निर्माणका नाममा पुरानो ध्वसं गर्न सदा सर्वदा ईन्कारै मात्रै गर्ने जस्तो प्रवृत्रि देखिएको छ । जवकि नेपाली समाज माक्सर्ंवादी र गैरमाक्स्रवादीहरुको सकृयतामा नै संचालित र प्रभावित छ ।

परिवर्तनहरु आकश्मिक वन्ने खतरा नेपाली राजनीतिको अर्को समस्या हो । राजनीति संभावनाको खेल हो । यो प्रपोगण्डामा आधारित पनि हुन्छ भनिन्छ तर नेताहरुले देखेको सपना विपनामा परिणत हुदा सपना देख्नेहरु नै अलमलमा परेजस्तो देखिने गरेको हाम्रो सन्दर्भ छ । राणा शासनको अन्त गर्ने सपना साकार भयो तर त्यसपछिको राजनीतिलाई व्यवस्थापन गर्ने कुरामा राणा विरोधी हैन तिनै राणाहरुको सहारा लिनु पर्ने राणा शासनको अन्त पछि पनि राणा नै प्रधानमन्त्री कस्तो विडम्वना पंचायत पछि पनि करिव करिव त्यही स्थिति दोहोरियो पंचायत मै हाली मुहाली गरेकाहरुवाट संचालन गर्न खोजियो त्यही रोग आज गणतन्त्रमा पनि देखिदैछ । पंचायत वहुदल र पछिल्लो शाही कालका हाली मुहालीकर्ताहरु अझ रायमाझी आयोगका खतुकीहरु आज क्रान्तिकारीहरु र प्रजातन्त्रवादीहरुका पृयपात्र वनेका छन् । मल्लिक आयोग रायमाझी आयोग जस्ता जनताका आस्था वटुल्न सफल प्रतिवेदनहरु उपहासका डंगुर वनेका छन् । ती प्रतिवेदन तयार गर्नेहरु हासोको पात्र वनेका छन् । आखिर यस्तो किन हुन्छ । केवल शक्तिको खेलका कारण मात्रै यस्तो हुन्छ कि कही न कहि विचारमा खोट छ

राष्ट्रियताका कुरा गरौ देशभक्तिका कुरा गरौ वैदेशिक हस्तक्षेपको कुरा गरौ अझ भारतीय हस्तक्षेपको कुरा नै गरौ नेपाल प्रतिको असमान सन्धीका श्रृखलाहरु जे जति भएका छन् तिनमा राजाहरुकै संलग्नतामा भएका छन् । राजतन्त्रले भारतीय हस्तक्षेपका विरुद्ध गद्दिमाथिको असुरक्षा हुने हदसम्म कहा लडेको छ जसरी नेपाली राजनेताहरुले आफनो कुसर्ी जोगाउने हदसम्म देशभक्तिको नारा फलाक्ने काममा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई अपवाद मान्ने हो भने अरु उदाहरण कहा पाईन्छ र

मानव समाजको ईतिहास दास युग देखि सामन्तवाद र सामन्तवादका विरुद्ध पूजिवाद र पूजिवादलाई समाजवादले प्रतिस्थापन गर्ने यसको नियमित तथा सुल्टो कार्यतालिका हो । विकसित मुलुकहरुले आजभन्दा २०० वर्ष अघि सामन्तवादसंगको निर्णायक युद्ध जिते र पूजिवादको जगमा केही लोककल्याणकारी योजना अवलम्वन गर्दै केही मुल्य मान्यताहरु विकास गरे यद्यपि यो पर्याप्त भएन र पूजिवाद आफैमा टिक्न सकेन फलस्वरुप साम्राज्यवादमा पतन हुदा नया खाले सामन्तवादी चरित्र ग्रहण गर्न पुग्यो । तर हामीले नेपाली समाजको रुपान्तरणकालागि सामन्तवादको अन्त र पूजिवादको विकासको चरणको त्यो चक्र पार गर्नै वाकी छ । त्यो चक्र पार नगर्दै हामी सामन्तवाद संगै गठजोड गर्दै पूजिवादसंग लडन खोज्यौ भने समाज विकासको सुल्टो चरणसंग मिल्न जाने छैन । यही वेमेलका कारण नेपाली राजनीति विकास र संवृद्धिका दृष्टिले पछाडि परेको छ र पछि परिरहनेछ ।

प्राप्त उपलव्धीहरुलाई जोगाउन सक्ने खुवीको अभाव नेपाली राजनीतिको मुख्य समस्या हो । यो वा त्यो नाममा वस्तुगत परिस्थितिको ठीक आंकलन गर्न नसक्ने वा नक्कली आंकलन गरेर अरुभन्दा फरक देखाउने होडमा रमाउदा यो क्षमता आर्जन हुन नसकेको स्पष्ट देख्न सकिन्छ । २००७ को आन्दोलनले राणाहरु त हटे तर प्रजातन्त्र जोगाउन सकिएन फलस्वरुप २०१७ सालको फौजी काण्ड घटयो र ३० वर्षे पंचायत भोग्न परयो । २०३६ सालको उपलव्धी पनि चाने चुनचुने थिएन तर जोगाउन नसकद्यै अर्को ०४६ सालको आन्दोलन गर्न पर्ने भयो त्यो पनि जोगाउन नसक्दा असोज १८ माघ १९ हुदै शाही शासन भोग्न परयो । आज झण्डै अढाई सय वर्षको राजतन्त्र अन्त भएको छ तर गणतन्त्र संस्थागत गर्ने नया संविधान लेख्न सकिएको छैन । ईतिहास दोहोरयाउदै यो उपलव्धी पनि जोगाउन सकिएन भने नेपालका आजसम्मका आन्दोलनका सवै रुपहरु असफल प्रमाणित हुनेछन् । राजनीति र राजनेताको क्षमतामाथि पनि प्रश्न चिन्ह लाग्ने छ । यो पुस्ताको जीवनकालमा अर्को क्रान्ती वा निर्णायक आन्दोलनको कल्पना नगरे पनि हुन्छ यदि यो परिवर्तनलाई जोगाउन सकिएन भने यस्तो संगिन मोडमा उभिएको नेपाली राजनीतिले सुझवुझयुक्त नेतृत्व नीति र विचारको अपेक्षा गरेको छ पहिलो विकल्पमा र प्राथमिकतामा पनि संविधानसभा गणतन्त्र धर्मनिरपेक्षता र समावेशी नेपाल खडा गर्न सफल नेताहरु नै पर्नु भएको छ दोश्रो वा तेश्रो विकल्पमा पनि तिनै नेताहरुकै टिम परेको छ । अर्को कुनै नजिकको विकल्प समेत नभएको यस्तो अवस्थामा राजनेताहरुको आग्रह विनाको वस्तुनिष्ट विश्लेषण सहितको नीति र विचार र तदनुकुलको कार्यक्रम मात्रै देश र जनताले अपेक्षा गरेको छ । राजनेताहरु गंभिर वन्नुहोस ।

पजषषबिमिभखपयतब२नुबष्ि।अयु

1 comment:

Unknown said...

Blogs are another great place to build quality backlinks by participating in discussions on Forum.
http://richsitesummaryfeed.blogspot.com/p/link-exchange.html

Featured Post

Why presidential system?

We are in historical moment. After a six decade long struggle Nepal became able to have an election of Constituent Assembly. Issue of Consti...