Monday, December 11, 2017

नयाँ एजेन्डा चुनौतिपूर्ण छन् : खिमलाल देवकोटा, कानुनविद्

० अहिलेको परिणामलाई कसरी लिन सकिन्छ ?
– नेपालमा संविधानसभाको निर्वाचन गरेका बखत सबै विचारको प्रतिनिधित्व हुनुपर्छ भनेर थ्रेसहोल्ड राखिएको थिएन । त्यसले पार्टीहरु दर्जनौं बन्ने र हङ पाल्र्यामेन्ट बन्ने र राजनीतिक अस्थिरता सिर्जना भएको थियो । नयाँ संविधानमा थ्रेसहोल्डको राखिएपछि दलहरु विस्तारै दुई दलीय प्रतिस्पर्धामा जान खोजेका छन् । त्यही कुराको संकेत अहिलेको निर्वाचन परिणामबाट देखिएको छ ।
बाम र लोकतान्त्रिक भनेर दुईवटा गठबन्धन बने । बाम गठबन्धन दुईतिहाईतर्फ अघि बढेको छ । लोकतान्त्रिक गठबन्धन त्यत्ति धेरै आत्तिनुपर्छ भन्ने लाग्दैन । किनभने समानुपातिकको निर्वाचन परिणाम आउन बाँकी छ । लोकतान्त्रिक गठबन्धन बलियो प्रतिपक्ष, बाम गठबन्धन सुविधाजनक बहुमत ल्याएर सरकार बनाउनेतर्फ जाने स्थिति देखिएको छ ।
यसले हङ पाल्र्यामेन्टको स्थितिलाई अन्त्य गर्ने, बलियो सरकार र बलियो प्रतिपक्षीको स्थिति देखाउँछ ।
राजनीतिक एजेन्डा परिवर्तन भएको छ, जनताको अपेक्षा भनेको विकास र समृद्धि हो । यो विकास र समृद्धिलाई परिपूर्ति गर्ने चुनौति अहिलेको निर्वाचन परिणामले देखाएको छ ।
० विकास र समृद्धिको आधार राजनीतिक दलहरुले दिएका छन् ?
– जनताको अपेक्षा चाहिँ विकास र समृद्धि हो, तर राजनीतिक दलहरुको चेत चाहिँ सत्ता दोहनतिर देखिएको छ । अब सत्ता दोहनको फेज आउट भयो भन्ने कुरा अहिलेको मत परिणामलाई दलहरुले सन्देशका रुपमा लिनुपर्छ । विकास र समृद्धि जनताको अपेक्षालाई हामीले सम्मान गर्न सकेनौं भने फेरि अर्को पटकको अवधिमा हामीले पनि जनताको मतबाट हात धुनुपर्ने छ भन्ने कुरालाई दिमागमा राखेर अगाडि बढ्नुपर्छ ।
० पुरानो शैलीले चल्दैन जनमतको कदर गर्नुस् भन्ने सन्देश हो ?
– अहिलेको जनादेशले नयाँ विकल्प खोजेको हो । एजेन्डामा विकास र समृद्धि जनताको अपेक्षा थियो । सबै राजनीतिक दलले विकल्पमा एजेन्डा विकास र समृद्धि राखेका छन् । तर नेतृत्व र नेतृत्वको कार्यशैली र संगठनात्मक संरचना चाहिँ पुरानो छ । यो पुरानो नेतृत्व र कार्यशैलीले नयाँ एजेन्डा बोक्नु निक्कै चुनौतिपूर्ण छ । अब सरकारको नेतृत्व गर्ने बाम गठबन्धनको नेतृत्वले नेतृत्वशैली र संगठनात्मक संरचना जुन अहिलेको विकास र समृद्धिसँग विल्कुल म्याच गर्दैन । यसलाई छिटोभन्दा छिटो परिमार्जन गर्न जरुरी छ ।
० दलको एजेन्डाले ल्याएको परिणाम हो यो ?
– करोडतन्त्र भर्सेस लोकतन्त्रको चुनाव भएको छ । लोकतन्त्रले हार्ने र करोडतन्त्रले हार्ने अवस्था आउने छ मैले यसअघि नै भनेको थिएँ । अहिलेको निर्वाचनमा करोडभन्दा कम खर्च गरेर कसैले चुनाव जितेका छैनन् । यसले पनि निर्वाचन परिणाममा प्रभाव पा¥यो । करोडौं खर्च गरेर पनि कतिपयले चुनाव जित्न सकेनन् त्यो आफ्नो पाटो छ ।
गठबन्धनको बलले यो परिणाममा पक्कै प्रभाव पा¥यो । २०१५ सालयता नेपाली कांग्रेसले बहुमत ल्यायो । त्यसपछि पञ्चायत आयो । पञ्चायतपछिका निर्वाचनहरुमा वामपन्थी जनमत दुईतिहाइ भइराख्ने, तर वामपन्थीहरु मिल्न नसक्ने र शासन चाहिँ गैरवामपन्थीले चलाउने । यो कुराको हेक्का धेरै वर्षपछि वामपन्थीहरुमा आयो । वामपन्थी गठबन्धनको चेत खुलेका कारणले पनि यो परिणाम आयो भन्ने मलाई लाग्छ ।
० यसभन्दा अघिको निर्वाचनमा तोडफोड, बुथ कब्जाजस्ता बाहुबल प्रयोग हुने गर्थे । तर त्यो प्रविधि पनि हार्डवेयरबाट सप्टवेयरतिर गएछ । त्यसको पनि थोरबहुत हेक्का नभएको होइन, तर आर्थिक वृद्धि र समृद्धि जनताको चाहना मुख्य एजेन्डा हो । यो मुख्य एजेन्डालाई दलहरुले पक्रन सके भने अरु कुनै शक्तिको कारणले जित्यो भन्नुपर्ने अवस्था छैन । परीक्षण फेरि जनताको अपेक्षा पूरा भयो कि भएन भन्ने ठाउँबाटै सुरु हुनेछ ।
० निष्ठाको राजनीतिमा केही ह्रास आएको हो ?
– पक्कै पनि हो, इमानको नहुने धनको चुनाव हुने । टिकट वितरण गर्ने ठाउँमा बसेका नेताहरुले न धन छ, न ठेकेदार छ मसँग छैन, म कसरी चुनाव लड्न सक्छु भन्ने अभिव्यक्ति दिएको पनि मैले सुने । योग्य र सक्षम मान्छेलाई उठाउनुपर्छ भन्ने होइन, जित्नेलाई उठाउनुपर्छ भन्ने कुराले प्राथमिकता पाएको अवस्था र धन खर्च गर्ने र चुनावमा परिचालन गर्न सक्ने मान्छेहरुलाई टिकट वितरण गरिएको र तिनै मान्छेहरुले जितेको अवस्था छ । यो एउटा पाटो हो, अर्को पाटो पढेलेखका र उच्च शैक्षिक योग्यता भएका मान्छे आउनुपर्छ भन्ने हो । तर निर्वाचन भनेको जनताको मन पढ्ने कुरा पनि हो । त्यसकारण कम पढेलेखेका नेताले जित्नुभो भने पनि तिनले राजनीतिक नेतृत्व गर्ने हो । प्राविधिक र विशेषज्ञताबाट सुझाव लिएर त्यसलाई कार्यान्वयन गर्न सकियो भने यो ग्याप पनि पूरा हुन्छ भन्ने म ठान्छु ।
अन्तर्वार्ताको पूर्ण अंश अडियोमा सुन्नुहोस्http://janatamedia.com.np/2017/12/%E0%A4%A8%E0%A4%AF%E0%A4%BE%E0%A4%81-%E0%A4%8F%E0%A4%9C%E0%A5%87%E0%A4%A8%E0%A5%8D%E0%A4%A1%E0%A4%BE-%E0%A4%9A%E0%A5%81%E0%A4%A8%E0%A5%8C%E0%A4%A4%E0%A4%BF%E0%A4%AA%E0%A5%82%E0%A4%B0%E0%A5%8D%E0%A4%A3/

No comments:

Featured Post

Why presidential system?

We are in historical moment. After a six decade long struggle Nepal became able to have an election of Constituent Assembly. Issue of Consti...