Saturday, October 7, 2017

वाम र लोकतान्त्रिक गठवन्धनका वारेमा समिक्षा

वाम र लोकतान्त्रिक गठवन्धनका वारेमा समिक्षा 
खिमलाल देवकोटा

भुमिकाः

यही हप्ता नेपालमा वाम र लोकतान्त्रिक गठवन्धन वनेकाछन् । भुकम्प राजनीतिले नेपालमा संविधान दियो दशै रानीतिले गठवन्धन दिएर गएको छ । वाम गठवन्धन वनेको भोलिपल्टै लोकतान्त्रिक गठवन्धन वन्न पुगेको छ । गठवन्दन राजनीति नियमित हुन वा आकस्मिक हुन वा आवश्यकताका उपज हुन भन्ने वारेमा आम चासोको विषय वनेको छ । अझै यी गठवन्धन वनेपछिको मुलुकको राजनीतिमा के प्रभाव पर्ने होला भन्ने वारेमा पनि मानिसहरुका जिज्ञाशा पलाएकाछन् यही सेरोफेरोमा संक्षिप्त समिक्षा गर्ने प्रयत्न गरिएकोछ । 

विश्व राजनीतिः 

यतिवेला विश्व दुई ध्रुवमा विभाजित भएको छ । एउटा धुरीको नेतृत्व चिनले गर्ने र अर्को धुरीको नेतृत्व अमेरिकाले गर्ने गरेकाछन् । पुर्व सोभियतसंघको औपचारिक विघटन पश्चात विश्व वहुध्रुवीय विश्वमा परिणत भयो । तर फेरि त्यो वहुध्रुव विस्तारै फेरि उही पुरानो दुई ध्रुवमा फर्किएकोछ । त्यसैको प्रभाव नेपालमा पनि परयो र वाम र लोकतान्त्रिक गठवन्धनहरु वने भन्ने आम चर्चा चुलिएकोछ । नया संविधान जारी भएको तिन वर्ष वित्यो । तर राजनैतिक दलहरुको वृद्धि र सरकार वनाउने र भत्काउने वाहेक राजनैतिक नेतृत्वको ध्यान अन्त गएन । जनताका जनजिविकाका सवालहरु संकटमा छन् । हिजो राजालाई दोष दिएर फुर्सद पाईन्थ्यो आज राजाका ठाउमा धेरै राजाहरु आए तर हाम्रा दुख मेटिएनन भनने जनताको मत व्यापक भएको छ । नया संविधान जारी भए पछि पनि करिव आठ दश दर्जन पार्टी निर्वाचन आयोगमा दर्ता भए । तिसभन्दा वढी पार्टी संसदमा छन् उनीहरुको काम सरकार वनाउने र ढाल्ने वाहेक अरु देखिएन भन्ने जनताकोे खरो टिप्पणी छ । यसैविच निर्वाचनको मुखैमा दलहरु गठवन्धन वनाउन उद्दत देखिए । वाम गठवन्धन वनेको भोलिपल्टै लोकतान्त्रिक गठवन्धन वन्यो । यी गठवन्धन विश्व राजनीतिमा देखा परेका दुई ध्रुवकै प्रतिनिधि हुन वा नेपाली आवश्यकताका उपज हुन जवाफ दिन पर्ने भएको छ । 

दलका आफनै कमजोरी 

विगत ७० वर्षको नेपालको राजनीति विविधताले भरिएकोछ । उतार चढाव छन् तर संघर्षका गाथाहरुले भरिएको छ । यो अवधि राजनीतिले व्यवस्था वदल्न खर्चियो । अवस्था वदल्न सकेन अव अवस्था वदल्ने वेला आएको छ । यी गठवन्धन अवस्था वदल्दे चेतकासाथ वनेका हुन कि आफाने सत्ता स्वार्थकालागि मात्र वनेका हुन भन्ने वारेमा आम जिज्ञाशा पनि त्यतिकै छ । व्यवस्था विरुद्ध लडदै गर्दा सम्म दलहरुप्रतिको जनताको अगाध आश्था श्रद्धा र विश्वास थियो । तर व्यवस्था वदलिए पछि अवस्था वदल्ने वेलामा दलहरु सरकार वदल्ने मात्रै खेलमा सिमित भैदिदा व्यापक आशंका पैदा भएकोछ । सत्ताको स्वाद प्राय सवै दलले चाखिसकेको सन्दर्भमा दलहरु सत्ता केन्द्रित हुनु स्वभाविकै थियो । तर सत्ता ढाल्ने र वनाउने मात्रै दलहरुका व्यवसाय भएका कारणले दलहरुप्रतिको जनताको नकारात्मक टिप्पणी वढदै जाने र सत्ता पनि टाढा भाग्दै जाने अवस्थाको आकलन दलहरुले गर्न थाले । यस्तो अवस्थामा तत्काल सत्तामाथिको हालिमुहाली असंभवप्राय वन्दै जाने निश्चित प्राय देखिन थाल्यो । जनताको आस्था हराउदै जाने,दलहरु आफै निराश वन्दै जाने अवस्थाले  जुटनुको विकल्प छैन भन्ने विश्वास पैदा गरायो यसै कारण यी गठवन्धनहरु वन्न पुगे भन्न सकिन्छ । 

विकास र समृद्धि अवको राजनीतिः 

व्यवस्था वदल्ने अभियान सकियो अवस्था वदल्ने अभियान आरम्भ भएकोछ । देश र जनताको अवस्था वदल्ने भनेको विकास र सम्मृद्धिको वाटो वाट मात्रै हो । विकास र समृद्धिकालाथि दलहरुले छुटटा छुटटै चुलोमा दाउरा वाल्न पर्दैन भन्ने हेक्का राम्ररी भएकोछ । विकास र समृद्धिकाागि हिजोका जस्तै पार्टी संगठनको जरुरत पर्दैन । ध्वसको हैन निर्माणको अवको खाचो हो । निर्माणकालागि लडाकु संगठनको दरकार पर्दैन र अरु पार्टीहरुसंग शत्रुतापुण सम्वन्ध राख्न पनि जरुरी छैन । सवैसंग मित्रताका आधारमा र विकास र समृद्धिको ऐजेण्डामा सहमत हुने दलहरुको एउटै सामmा मोर्चा वनाउन सकिन्छ र कालान्तरमा पार्टी एकता पनि गर्न सकिन्छ भन्ने निष्कर्षमा दलहरु पुगेको परिणाम यी गठवन्धनहरु वने भन्ने निष्कर्ष निकाल्नु सही हुनेछ । 

चिन र भारतले वनाए गठवन्धन भन्ने आरोपः

नेपाली राजनीतिमा यसै हप्ता घटेका गठवन्धन राजनीतिको घटनालाई केहीले उत्साहका रुपमा केहीले आशंकाका रुपमा हेरेको पाईएको छ । कतिपयका दृष्टिमा यी गठवन्धन चिन र भारतले आफनो स्वार्थ सिद्धिकालागि वनाईदिए भन्ने गरेकाछन् भने कसै कसैले दलहरु आफनै सत्ता स्वार्थको रक्षाकालागि निर्माण गरेका हुन भन्ने गरेकाछन् । कसैले यी गठवन्धन एक अर्काका वीचमा फुटाउ र राजगर भन्ने मान्यताका आधारमा वनेका हुन भनेकाछन् त कतिले त कति दल र कति नेतालाई व्यवस्थापन गर्नु हैरानै भैसक्यो वरु गठवन्धन वनायो कम्तिमा दुई दल र केही नेताको मात्रै निगरानी गरे पुगिहाल्यो नि भन्ने पनि मत देखा परेको छ । सत्य जे सुकैहोला मानिसहरुले अनेक अडकल गरेकाछन् । 
सत्य केहो भने नेपाल तिन तिरवाट भारतले घेरिएको छ । यसो हुनुको कारण नेपालमा भारतीय प्रभाव वाक्लै छ । भारतले राजनीतिमा मात्रै प्रभाव जमाएन हरेक मामलामा माईक्रो म्यानेजमेण्ट पनि गर्न थाल्यो भन्ने व्यापक गुनासो छ जुन कुरा अर्को छिमेकी चिनलाई विल्कुल मन परेको छैन । चिन आफुलाई मन नपरेका कुरा अभद्र तरिकाले व्यक्त गर्दैन तर उसले आफनो प्रभाव पनि नपारी छाडेको छैन । यो परिस्थितिमा जन्मेका दुवै गठवन्धनका सामु सवैभन्दा पहिला गठवन्धनको औचित्य सावित गर्न पर्ने भएको छ । यी गठवन्धन कसैका स्वार्थमा वनेका हैनन हाम्रै आफनै चेतना र आवश्यकताले वनेका हुन भनेर व्यवहारिवाटै पुष्टि गर्न जरुरी छ । 
पहिला त हाम्रा आफनै आवश्कताले वनाईएको हो भन्ने कुराको पुष्टि गर्नुछ भने दोश्रो यी दुवै गठवन्धन कसैका विरुद्ध प्रयोग हुदैनन भन्ने कुराको ग्यारेण्टि गर्न जरुरी छ । तेश्रो यी गठवन्धन नेपालमा राजनैतिक स्थिरताकालागि विकास र सम्मृद्धिकालागि वनाइएका हुन भन्ने कुरा व्यवहारवाटै प्रमाणित गर्न जरुरी छ । यसो नगर्दा सम्म आशंका गरिरहन्छन् । 
सर्ससर्ती हेदा नेपाली राजनीतिमा भारतको हस्तक्षेपलाई अस्वीकार गर्ने हिसावले वाम गठवन्धन वन्यो र सोको प्रतिवाद गर्न अर्को लोकतान्त्रिक गठवन्धन वन्यो भन्ने कुराको पन सकारात्मक र रचनात्मक जवाफ दिन जरुरी छ । साचो कुरा के हो भने विश्व राजनीति वदलिएकोछ । हिजो चिन रुसी खेमामा थियो आज उ अमेरिकी खेममा उभिएको छ भने हिजो सुशुप्त अवस्थामा रहेको चिन आज महाशक्ति वनेकोछ र हिजोको रुसको स्थान उसले ग्रहण गरेको छ । भारत आफैेले आफनो धुरी परिवर्तन गरेसंगै छिमेकी नेपालले पनि आफनो धुरीको पक्षमा लागोस भन्ने चाहना गर्ला । तर उता हालैमात्र नया धुरीको नेतृत्व गरेको चिनीयाले पनि विकसित घटनाक्रमलाई सजगतापुर्वक निहालिरहेको वताएकोछ । यसै क्रममा उस ले पनि विश्वभरी नै आफनो कुटनैतिक गतिविधि वढाएकोछ । नेपालमाथिको प्रभाव उसको पनि प्राथमिकतामा पर्न थालेकोछ । हिजोदेखि एकलौटि हालीमुहाली गरिआएको छिमेकी भारतलाई चिनको यो उपस्थिति सैह्य भएको छैन । त्यसैले उसले आफनो शक्तिको वैधताको दावा गरेकोछ भने अर्को छिमेकी भारतको अति हस्तोध उसलाई मन परेको छैन । 
देशभित्र गठवन्धन वन्ने आफना कारणभन्दा पनि छिमेकीको कारण वन्ने कुरा विडम्वनाको कुरा हो । 

सत्ता प्राप्ती र पुनप्राप्तीको साधन नवनोस गठवन्धनः

विगत सत्तरी वर्षका अवधि दलहरुले संघर्ष त्याग र वलिदानमा खर्च गरेपनि पछिल्ला दिनहरु भने सत्ताकै वरिपरि नै विताए । सत्ताको स्वाद दलका नेता कार्यकर्ता र पहुचवाला समर्थक शुभचिन्तक सम्म सवैले चाखे । तर जनता भने आजित भए । व्यवस्थाका विरुद्ध लडने अभियानसम्म खासै जनताको गुनासो थिएन । व्यवस्था परिवर्तन पश्चात अवस्था परिवर्तनमा लाग्न पर्ने दलहरु त्यस तर्फ चासो नदेखाउदा जनताका ध्यान दलहरुप्रति सकारात्मक वनेका छैनन् । जनताको आश्था खस्किएको अवस्थामा दलहरुकालागि सत्ता प्राप्ती र पुनप्राप्ति संभव छैन भन्ने लाग्नु स्वभाविक हो । सत्ताको सुनिश्चितता शक्ति विना संभव छैन त्यसकारण पनि गठवन्धनको खाचो परेको हो भन्ने मानिसहरुको वुझाई छ । दलहरुका सामु यो गठवन्धन केवल सत्ताकालागि मात्रै हैन विकास र समृद्धिकालागि हो भन्ने पुष्टि गर्न जरुरी छ । 

अन्तमाः

विश्व विभाजित छ समाज विभाजित छ यसमा विवाद छैन तर देश विभाजन नहोस यो सवैको चासको विषय हो । दुई परस्पर विरोधी गठवन्दन वन्दै गर्दा एक अर्काका विचमा तिक्ततापुर्ण सम्वन्धको विकास हुने अस्वस्थ प्रतिस्पर्धाको अवस्था आई लाग्ने र यसैलाई प्रयोग गरेर विदेशी शक्ति खेल्ने काम गरे भने त्यो भन्दा दुर्भाग्य अर्को हुनेछैन । जे होस यी दुई गठवन्धन स्वस्थ प्रतिपर्धाका वाहक वनुन । विकास र सम्मृद्धि जनाताको चाहना हो भन्ने कुरालाई साझा मानुन र प्रतिस्पर्धामा जनताको ईच्छा र आकांक्षा पुरा गर्ने वातावरण वनोस दुवै गठवन्धनलाई यही सुभकामना । 

No comments:

Featured Post

Why presidential system?

We are in historical moment. After a six decade long struggle Nepal became able to have an election of Constituent Assembly. Issue of Consti...