संविधानसभा संविधान निर्माण र नया संविधान
खिमलाल देबकोटा
अध्यक्षनेपाल राष्ट्रिय बुद्धिजीवि संगठन
विगत साठी वर्षदेखिको वहस र विवादको विषय वनेको राजनैतिक मुद्दा संविधान सभा अन्तत दष वर्षे महान जनयुद्धको परिणाम स्वरुप प्राप् भैछाडेको हो । २००७ सालदेखिकापटक पटकका संघर्ष क्रान्ति र परिवर्तनका परणाम स्वरुप प्राप्त भएपनि यसको महिमा र सोप्रतिको गंभिरताका वारेमा भने आरम्भदेखिनैपर्याप्त ध्यान नपुगेकै हो । यसका वावजुद पनि नेपाली जनताले संविधानसभालाई आफनो मुख्य कार्यसूचिका रुपमा स्वीकार गरेका कारणले यसको वैधता राजनैतिक तथा कानूनी दुवै अर्थमा महत्वपूर्ण नै थियो । तर राजनैतिक तहमा उच्च नेतृत्व तहमा देखिएको उदासिनता संविधानभन्दा सत्ता र सरकारप्रतिको आशक्ति एवं संविधानसभा विरोधी शक्तिहरुले प्रतिक्षा गरिराखेको उपयुक्त अवसर समेतलाई उपयोग गर्दै यतिवेला संविधानसभा कमजोर पारिएको छ संविधानसभाका विरुद्धमा जनमततयार गरिएको छ र जानी वा नजानी संविधानसभा विघटन गराउने प्रतिगामी खेलमा आफुलाई भयंकर क्रान्तिकारी ठान्नेहरुदेखि घोषित प्रतिगामीहरुको कार्यगत एकता वन्ने खतरा देखिएकोछ । यो खतरावाट संविधानसभालाई जोगाउने प्रश्न जनयुद्ध जनआन्दोलन र मधेश आन्दोलन समेतको उपलव्धीलाई जोगाउन अग्रगामी राजनीतिक चेतनावाट लैस मानिसहरुको एकता जरुरी भएकोछ ।
संविधानसभाको रक्षा किन जरुरी छ
संविधानसभाको रक्षा जरुरी छ यसको पछाडि थुप्रै तर्क दिन सकिएला तर यो आफैमा वलियो तर्क हो र यसैका आधारमा संविधानसभाको रक्षा गर्न जरुरी छ । संविधानसभावाट संविधान वन्ने कुरा जनताले आफनो सार्वभौमअधिकारको प्रयोग गर्ने कुरा हो । जनता सार्वभौम छन् भन्ने कुराको पुष्टि यसै मार्फत गर्न चाहेको विषय पनि हो । आज सम्मका संविधान जनताका प्रतिनिधिले जारी गर्ने अवसर प्राप्त गरेका थिएनन् । शासकहरुवाट जारी भएको संविधान मार्फत शासित हुदै सार्वभौमसत्ता नेपाली जनतामा निहित भन्ने गरिएको थियो । सार्वभौमसत्ताको रक्षाका खातिर संविधानसभाको रक्षा हुन जरुरी छ ।
संविधानसभाले संविधान लेख्ने काम के गरेको छ
निश्चिय पनि संविधानसभाले निर्धारित मितिमा संविधान लेखनको काम सम्पन्न गर्न नसकेको हो । तोकिएको दुइ वर्षमा लेख्न पर्ने संविधान सो अवधिमा लेख्न नसकी थप गरेको एकवर्ष मा पनि लेख्न नसकेको चाहि सत्य हो । तर सत्य के पनि हो भने संविधान लेखनका प्रकृयागत र आधारभूत काम भने संविधानसभाले सम्पन्न गरिसकेको छ । संविधानसभाले आफनो निर्धारित कार्यविधि मुताविक संविधान निर्माणकालागि अवधारणापत्र तयार गर्ने प्रारम्भिक मस्यौदा तयार गर्ने त्यसलाई जनता समक्ष लैजाने छलफल गर्ने र जनताका सुझाव लिने लगायतका कामहरु सम्पन्न गरिसकेको छ । गंभिर राजनैतक मतभेद भएका विषयहरुमा अन्तिम निर्णय लिनका लागि राजनैतिक उच्च नेतृत्व समक्ष यी विषयहरु सुम्पिएको पनि अवस्था छ । संविधान निर्माणकालागि असी प्रतिशत काम सम्पन्न भैसकेको र विस प्रतिशत मात्र काम वांकी रहेको अवस्था छ । यति काम गरिसक्दा जनताको सुझाव लिने काम संविधानसभामा छलफल गरिने काम विज्ञहरुको सुझाव लिने काम सवै सम्पन्न गरिएको छ । अव वाकी रहेको काम भनेको विवादमा रहेका विषहरुमा सहमति कायम गर्ने र एकिकृत मस्यौदा तयार गर्ने कुरा हो र सो मस्यौदालाई जनता समक्ष लगी जनताको पुन राय समावेश गरी जनताका रायका आधारमा मस्यौदा परिमार्जन गरी पारित गर्ने काम वांकी छ । संक्षेपमा भन्दा विवादित केही विषयमा सहमति कायम गर्ने र सहमति भएका विषयमा एकिकृत मस्यौदा तयार गरी जारी गर्ने काम वांकी रहेकोछ । यो काम सम्पन्न गर्नकालागि आवश्यक पर्ने समय थप्न र वांकी काम सम्पन्न गर्न ध्यान केन्द्रित गर्ने वेला यति वेला हो ।
राज्यको अग्रगामी पुनरसंरचना गर्न संविधानसभा अधिकार सम्पन्न छ
संघीयताको खाका कोर्न नया संविधान जारी गर्न राज्यको अग्रगामी रुपान्तरण गर्न संविधानसभा वाहेक अरु कसैलाई अधिकार छैन । यदि संविधान सभा रहेन भने संघीयताको मामला फगत गित गाउने मात्रै हुन्छ । संविधानसभाको अन्त गर्ने कुरा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान वनाउने कुराको पनि र संघीयताको पनि र धर्म निरपैक्षताको पनि विरुद्धमा छ । जातिय क्षेत्रीय वर्गीय िलंगीय समस्याको हल गर्ने कुराको पनि विरुद्धमा छ भन्ने कुरा वुझन जरुरी छ । तसर्थ संविधानसभाको उपस्थिति गणतन्त्रकालागि संघीयताकालागि धर्मनिरपेक्षताकालागि समावेशी समानुपातिक व्यवस्थाकालगि समेत जरुरी परेकोछ । यी सवै कामका लागि अधिकार प्राप्त निकाय संविधानसभाको निरन्तरता र उपस्थिति जरुरी छ ।
वैचारिक विवादहरु कम छन्
संविधान निर्माणका विवादहरुमा विषयहरु धेरै भए पनि धेरै विषयमा यसको समाधान निस्कीसकेको छ वाकी रहका थोरै मात्रै विषयहरु छन् । वांकी रहेका विषयमा शासकीय स्वरुप संघीयता र निर्वाचन प्रणाली मात्रै वांकी रहेका छन् वाकी रहेका यी विषयहरु मध्य यी विषयहरु वैचारिक विषय हैनन् राजनैतिक विषयहरु पनि हैनन् । तसर्थ राजनैतिक सहमति कायम गर्ने विषयमा पनि यसले त्यति धेरै समस्याको विषय हैन । त्यसकारण राजनैतिक विवादका कारणले संविधान निर्माणमा वाधा परेको हैन । विवाद यसलाई वनाईएको सम्म हो । त्यसकारण वैचारिक विवाद भएका कारणले संविधान वन्न कठिन छ भन्ने कुरा सत्य हैन ।
विवाद केही वैचारिक पनि छन्
खास गरी नया संविधानको मुल मर्म भनेको समानुपातिक समावेशी विशेषाधिकार अग्राधिकार आत्मनिर्णयको अधिकार समेतका विषय हुन् संविधानसभामा समितिमा यी विषयहरुमा एकमत नै भएर आएका भएपनि त्यसमा पछि वाट विवाद निकालिएको छ र पछिवाट असहमति भनिएको छ । तसर्थ यी विषयहरुका कारणले पनि संविधान निर्माणका मार्गमा वाधा आइृ पर्ने गरेका छन् । त्यसकारण यस्ता विवादहरुमा कुन पार्टीको के धारणा हो भन्ने वारेमा जनताका सामु स्पष्ट हुने कुरा प्रमुख कुरा हो भित्री कोठै वैठकहरुमा यसको विरोध गर्ने सहमतिमा पुग्न नदिने र वाहिर भने अलोकपृय भइने डरले विरोधमा जान नसक्ने दाक्ला चरित्रको पनि हामी कहा कमी छैन । तसर्थ यस तर्फ पनि उचित ध्यान पुग्न जरुरी छ ।
ख्यालख्यालमै संविधानसभा भंग हुने खतरा
यतिवेलाको माहौल हेर्दा ख्याल ख्याल मै संविधानसभाको आयु समाप्त हुने र संविधानसभाले प्राकृतिक मृत्युवरण गर्ने खतरा देखिएको छ । यसो गर्नकालागि उपयुक्त वातावरण संविधान सभाका पक्षधर र विपक्षी दुवै तहवाट भएको छ । जो संविधानसभाको विपक्षमा थिए उनीहरुकालागि संविधानसभा कैलै चासोको विषय वनेन । यो उनीह्रुका लागि घाडो भएको थियो र छिटो भन्दा छिटो यसको अवसान भएको देख्न आतुर थिए र छन् नै । तर अनौठो यो भयो कि जो संविधानसभाका जन्मजात मित्र हुन वा जसले आफ’लाई संविधानसभाको जननी भन्न पनि रुचाउछन् उनीहरु पनि यस प्रति उदासिन देखिएको संविधानसभा वचाउने पहल नगरेको र यो संविधानसभा जनताको पक्षमा छैन भन्ने खालका अभिव्यक्ति दिईराखेको अवस्था छ । यी दुवै अवस्थाले संविधानसभालाई मृत्युवरण गर्न तर्फ नै केन्द्रित गरेकोछ । आफनो वाहुल्यता भएको संविधानसभा वचाउन नसकनेले आफनो वाहुल्यता नभएको अर्को कुनै अभियानमा वर्चस्व कायम गर्छु भन्यो भने कसैले पत्याउनेवाला छैनन् । संविधानसभामा हामीले भनेजस्तै संविधान वनाउन नसकिने भो त्यसैले यसलाई चटक्कै छाडेर अव विद्रोहतिर लागौ यही वुद्धिमानी हुन्छ भनेर कसैले भन्छ भने त्यो भन्दा वचकनापन अरु के पो होला र संविधानसभा जनताको चाहना हो जनताको अभिमत यहा व्यक्त भएको छ यसलाई लत्याएर अरु नै वाटो खोज्ने हो भने संविधानसभाको पक्षमा उभएका जनता जुनसुकै वाटो अवलम्वन गरे पनि जनता सधै आफैसंग रहने सधै आफनो पक्षमा उभिईराख्ने छन् भन्ने सोच्नु झन मुर्खता वाहेक केही हुने छैन । जो यसका विरोधी छन् उनीहरुकालागि पनि संविधानसभाको उपस्थिति लाभदायक नै हुनेछ । आफना यतिका कुरा भन्न पाएको संविधानसभा भएर मात्रै हो । यसको अभावमा यति पनि भन्न पाइृने थिएन र यो भंग भयो भने यसो अवसर पाईने छैन भन्ने कुरा वुझन जरुरी छ ।
खतरा प्रतिगमनको
संविधानसभा अग्रगामी पाईला हो यसलाई वचाउन सकिएन भने प्रतिगमन हुनेछ । अझै राम्रो त संविधानसभा मार्फत नया संविधान वनाउन सक्नु नै हुनेछ । त्यसो सकिएन भने पनि केही समयकालागि जनताको संविधान वनाउने थलो संविधानसभा वचाउन सके मात्रै पनि प्रतिगमनलाई रोक्ने र अग्रगमनको पाईला चाल्नका लागि आधार तयार गर्ने काम हुनेछ । यस तर्फ ध्यान जान जरुरी छ ।
अन्तमा संविधानसभाको निर्वाचन संविधान वनाउनकालागि हो केवल भत्ता खानकालागि पनि हैन र प्रतिगमनको मतियार वन्नका लागि पनि हैन । संविधानसभाको माग गर्दा गर्दै शहिद वन्नेहरुको सपना यसको विघटनवाट पूरा हुनेवाला छैन । वरु यस मार्फत नया संविधान वनाउने कुरावाट मात्रै हुनेछ । तसर्थ संविधान सभा जिन्दावाद भन्दा भन्दै आफनो प्राण आहुति गर्ने ती महान शहिदहरु र वेपत्ता योद्धाहरुको सांच्चै सम्मान गर्ने हो भने तिनको ईच्छा वमोजिम संविधानसभा माफत नया संविधान वनाउने कुरा नै उच्चतम सम्मानको काम हुनेछ । यसको विरुद्धमा जाने वा विकल्प खोज्ने कुरा शहिद वेपत्ता र घाईते योद्धाहरुको सपना विपरित हुन्छ । शहिदको सपनामाथि कुठाराघात नगरौ । संविधानसभा मार्फत नया संविधान वनाउ जनताको अग्रगामी चेतनाको सम्मान गरौं ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
Why presidential system?
We are in historical moment. After a six decade long struggle Nepal became able to have an election of Constituent Assembly. Issue of Consti...
-
SECURITY SECTOR REFORM Democratization of Nepal Army By Hari Krishna Devkota Submitted to Nepal Transitio...
-
1 Single and open fact: Medical debt is an especially notable phenomenon in the United states the US being the world's only develope...
No comments:
Post a Comment