Monday, October 9, 2017

नेपालको सन्दर्भमा वाम भनेको कम्युनिष्ट होइन : देवकोटा

नेपालको सन्दर्भमा वाम भनेको कम्युनिष्ट होइन : देवकोटा

एमाले, माओवादी र नयाँ शक्तिको गठबन्धनलाई वाम तथा प्रगतिशील गठबन्धनको नाम दिइएको छ । यो गठबन्धन लगत्तै कांग्रेसको नेतृत्वमा अर्को गठबन्धन बनेको छ । जसको नाम दिइएको छ- लोकतान्त्रिक गठबन्धन । तर चरित्रका हिसाबले पहिलो गठबन्धनलाई वाम–लोकतान्त्रिक गठबन्धन र दोस्रो गठबन्धनलाई उदारवादी-पुरातनवादी (लिवरल-कन्जर्भेटिभ) गठबन्धन भन्नुपर्छ भन्ने बहस पनि छ । यसै सन्दर्भमा नयाँ शक्तिका नेता तथा वरिष्ठ अधिवक्ता खिमलाल देवकोटासँग साझापोस्टले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ-
अहिले बनेको गठबन्धनको नामबारे यहाँको बुझाई के हो ?
प्रजातान्त्रिक प्रमाणपत्र नेपाली कांग्रेसको भएको हुनाले उसले जे गर्दा पनि लोकतान्त्रिक हुने । ऊ जुन कित्तामा उभियो, त्यही लोकतान्त्रिक कित्ता हुने । यो चाहिँ नेपालको परम्परागत मान्यता बन्न पुगेको हो । तर बाइ कन्डक्ट डेमोक्रेटिक भन्ने हो भने नेपाली कांग्रेस सबैभन्दा निरंकुश भएको छ । अर्को कोणबाट हेर्ने हो भने नेपालका कम्युनिष्टहरु दस्तावेजका हिसाबले हेर्दा पनि र क्रियाकलापको दृष्टिले हेर्ने हो भने पनि सबैभन्दा बढी लोकतान्त्रिक देखिन्छ । अभ्यासका हिसाबले सबैभन्दा बढी छलफल, बहस हुनेगर्दछ । तर उनीहरुलाई प्रजातान्त्रिक प्रमाणपत्र छैन । यसर्थ, उनीहरुले आफूलाई लोकतान्त्रिक शक्ति भनेर दावी गर्न नि सक्दैनन् । अरुले स्वकार्दा पनि स्वीकार्दैनन् । यसर्थ अहिले नेपालको सन्दर्भमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन भनिएको छ । यो व्यवहारका हिसाबले सही होइन ।

हुनुपर्ने के हो त ?
हुनुपर्ने के हो भने कम्युनिष्ट नाम भएका र कम्युनिष्ट पृष्ठभूमि भएकाहरु एकठाउँमा आइसकेपछि त्यसको प्रतिक्रियास्वरुप बनेको गठबन्धनलाई म लोकतान्त्रिक होइन बरु म त रेस्ट एलाइन्स (बाँकी रहेकाहरुको गठबन्धन) भन्छु । नेपालको सन्दर्भमा लेफ्ट भनेको कम्युनिष्ट होइन । यो भनेको क्रान्तिकारी, परिवर्तनका एजेन्डा उठाउनेहरुको समूह लेफ्ट अथवा वाम हो । यसबाट बाँकी रहेकाहरुको एलाइन्स चाहिँ ‘रेस्ट’ एलाएन्स हो । यसर्थ, उनीहरुले लोकतान्त्रिक गठबन्धन भनेर दावी गर्न मिल्दैन भन्ने मेरो बुझाई छ ।

तर, सबैले वाम र लोकतान्त्रिक गठबन्धन भनिरहेका छन् नि ?
यहाँ त यस्तो भयो, परम्परागतरुपमा नेपाली कांग्रेस प्रजातन्त्रको लागि लडेको भन्ने कुरा अभ्यस्त बनाइएको छ । उसले जतिसुकै निरंकुश व्यवहार गर्दा पनि उसले लोकतान्त्रिक प्रमाणपत्र पाउँछ । कांग्रेस सहभागी भएको एलाएन्स चाहिँ लोकतान्त्रिक एलाएन्स, कांग्रेसबाहेकको भयो भने त्यो चाहिँ लोकतान्त्रिक नै नहुने, गैरलोकतान्त्रिक हुने जस्तो भयो ।

यसरी हेर्दा, विषयको सारभन्दा पनि ब्रान्डको रुपमा गठबन्धनको नाम जुराइएको छ ?
हो, ब्रान्डकै रुपमा प्रयोग भएको छ । सारतत्व अथवा इसेन्सको रुपमा भन्ने हो भने नेपालमा त सबै प्रयोगहरु भए । राप्रपा, एमाले र माओवादी सरकारको पनि अभ्यास भयो । कांग्रेस, राप्रपा र माओवादीको सरकार पनि अभ्यास भयो । सबैखाले अभ्यासहरु भए । सबै सरकारका नीति, कार्यक्रम र खासगरी व्यवहार हेर्दा ती उन्नाइस बीस पनि छैन । बराबर छन् । यसर्थ, ‘इसेन्स’को हिसाबले त कहीँकतै पनि फरक देखिँदैन । अवधारणा र दृष्टिकोणका हिसाबले मात्रै विभाजित भएका छन् । अहिलेको एलाएन्सकै कुरा गर्दा यो कन्टेन्ट बेस अवधारणा हो कि फिअर साइकोसिसबाट सिर्जना भएको भनेर हेर्दा एमाले पनि गठबन्धन नगरे सरकारमा जान सकिँदैन भन्ने । माओवादी र नयाँ शक्तिका लागि पनि गठबन्धन नगरी सुरक्षित भईंदैन भन्ने लाग्ने । उता, कांग्रेस पनि वामहरु एकजुट भए भने त हामी खत्तम हुन्छौं । यसर्थ, हामीले जोजोलाई जहाँजहाँबाट ल्याएर भए पनि गठबन्धन बनाउनै पर्छ भन्ने सोच देखियो । यसरी हेर्दा, पहिलो यो प्रतिक्रियाको गठबन्धन हो । दोस्रो, कुरा कन्टेन्टमा आधारित भन्दा सत्ताबाट बाहिर रहनुपर्छ कि भन्ने डरमा आधारित गठबन्धन हो । यसर्थ, यसको सैद्धान्तिक विश्लेषण गर्ने कुरा त्यति सुविधा छैन ।
डर र सत्ता स्वार्थ मात्रैले यी ठूला पार्टीहरु आफ्नो नामै फेर्ने, नयाँ पार्टी बनाउने अवस्थामा पुगेका हुन् ? अरु केही कुराको प्रभाव छैन ?
होइन, वस्तुगत अवस्था एकदमै तयार छ । यसमा विवादै छैन । गठबन्धनको लागि वस्तुगत अवस्था तयार भएकै हो । तर, नेतृत्व गर्ने नेताको गुण र सोचको कारण यो भएको होइन । अवस्था तयार भयो अब गठबन्धन गरौं भन्ने नेतृत्व बुझाई भएर यो भएको म पटक्कै पाउँदिन । यदि उनीहरु तयार थिए भने यो चुनावै मुखमा किन गर्नुपर्दथ्यो ? चुनावको मुखमा भएको छ भने त यो सत्ता सुरक्षाको निम्ति नै हो भन्न सकियो नि ! तर, यो कामलाई वस्तुगत अवस्थाले भने अवश्य सहयोग गरिरहेको छ ।

तपाईंको विचारमा के हुनुपर्दथ्यो ? कसरी हुनुपर्दथ्यो ?
हुनुपर्दथ्यो चाहिँ के भने वस्तुगत अवस्था प्राथमिकतामा पर्नुपर्दथ्यो । वस्तुगत अवस्था बुझेर गठबन्धन गरेको भए त सत्ता यसै सुरक्षित हुन्थ्यो नि । तर, अहिले सत्ता प्राथमिकतामा पर्यो । सत्ता प्राथमिकतामा परेपछि वस्तुगत अवस्था पनि छ भन्ने कुरा द्वितीय कुरा हो । यद्यपि सत्ताकै कारणले भने पनि वस्तुगत अवस्थाले पेलिरहेको छ । भोलि कन्टेन्टका हिसाबले विवाद नहोस्, वस्तुगत अवस्थाले अपेक्षाको सम्बोधन यो गठबन्धनले गर्न सकोस् भन्ने मेरो शुभकामना छ ।

Saturday, October 7, 2017

दुई ध्रुविय विश्वको सकारात्मक प्रभाव नेपाली राजनीतिमा खिमलाल देवकोटा

दुई ध्रुविय विश्वको सकारात्मक प्रभाव नेपाली राजनीतिमा
खिमलाल देवकोटा

भुमिकाः

सोभियत संघको विघटन भए पश्चात फेरि यतिवेला विश्व दुई ध्रुवको औपचारिक विघटन भै वहुध्रुवीय विश्वमा परिणत हुदै फेरि उही पुरानो चक्र दुई ध्रुवमा फर्कादै गरेकोछ । यति वेला नेपाली राजनीतिमा पनि त्यसका केही ध्रुवीयजन्य संकेत देखिन थालेकाछन् । नया संविधान जारी भएको तेश्रो वर्ष मनाएसंगै आठ दश दर्जन पार्टी निर्वाचन आयोगमा दर्ता भएकाथिए । ती मध्य करिव तिन दर्जन जति पार्टी संसदमै उपस्थित रहे । यसै वखत एका एक निर्वाचनअघिको गठवन्धन वनाउन दलहरुले तत्परता देखाएकाछन्  । एकातिर वाम गठवन्धन र अर्कोतिर लोकतान्त्रिक गठवन्धन वनेकाछन् । स्थानीय निर्वाचन सम्पन्न गरी प्रदेश र संघको निर्वाचनको मुखमा दलहरुले प्रदर्शन गरेको गठवन्धन प्रतिस्पर्धा सवैको चासोको विषय वनेकोछ ।  यो कसरी वन्यो र यसका प्रभावहरु के पर्लान भन्ने वारेमा आकलन गर्न थालिएकोछ । संक्षेपमा समिक्षा गर्ने प्रयत्न यो आलेखमा गरिएकोछ । 

धेरै दलको कमजोर प्रस्तुति गठवन्धनको वलियो पृष्ठभुमी 

नेपाली राजनीतिको ७० वर्षको अनुभव निकै उतार चढावमा छ । यो सत्तरी वर्ष नेपाली राजनीतिले व्यवस्था वदल्न खर्चियो । राणाका विरुद्ध पंचायतका विरुद्ध हुदै राजाका विरुद्धसम्मको संघर्षसम्म आईपुग्दा एक चक्र पनि पारगरयो ।  यसले व्यवस्था वदल्ने मिशन पनि फत्ते भयो । व्यवस्था वदले पछिको संसद तिन दर्जन जति पार्टीको उपस्थितिमा लगभग एक दर्जन सरकार पैदा गर्ने अजिवको कारखाना वन्यो । जनता व्यवस्था वदल्नु के यही अवस्थाकोलागि थियो र ? भन्ने प्रश्नहरु गर्न थाले । भ्रष्टाचार, कुशासन, अनियमितता, लुट, खसोटको शासनले सान देखाउन थाल्यो । दलहरु सत्ता प्राप्तीकालागि र प्राप्त भैसकेपछि त्यसलाई टिकाउनकालागि साम दाम दण्ड भेद सवथोक गर्न थाले । जनताका सपना र आकांक्षा पुरा गर्ने कुरा केवल सपनाकै कुरा मात्रै हुन थाले । दलहरु फुटदै जाने नफुटेका दलहरु पनि जुटन नसक्ने । वाहिर एउटै दल देखिए पनि भित्र भित्रै थुप्रै गुट उपगुटहरु हुने । यसो हुदै गर्दा राजनैतिक दलहरु गिटीको थुप्रो जस्ता देखिन थाले । हेर्दा विशाल तर गति हिनताका पर्याय । यस्तो अवस्थामा सत्तामाथिको हालिमुहाली असंभवप्राय वन्दै जानथाल्यो । जनताको आस्था हराउदै जानथाल्यो । आर्थिक सम्मृद्धिको कुरा त कता हो कता । एवं प्रकारले दलहरु आफै निराश वन्दै जादा जुटनुको विकल्प छैन भन्ने निष्कर्षमा पुगे । यसकारण यो पृष्ठभुमि वलवान थियो ।

वदलिएको कार्यभार र नवदलिएको शैली नया गठवन्धनको औचित्यः 

व्यवस्था वदल्ने अभियानको मैजारो भएको छ । अवस्था वदल्ने अभियानको थालनी भएकोछ । व्यवस्था वदल्ने कुरा ध्वंसमा आधारित थियो । तर अवस्था वदल्ने सिर्जनामा आधारित हुन्छ । देश र जनताको अवस्था वदल्ने कुरा नै यतिवेलाको असली क्रान्ति हुनेवाला छ । विकास र सम्मृद्धि अवको राजनीतिको मुल मुद्दा हो । विकास र समृद्धिकालागि ध्वसंको जरुरत पर्दैन । ध्वसको साहारा लिन पनि नपाईने भएका कारणले यसकालागि संगठित शक्ति र संख्याकै शक्तिको खाचो पर्दथ्यो । यसकालागि दलहरुका वीचको गठवन्धन वाहेक अर्को विकल्प नै थिएन । अन्तिम विकल्पका रुपमा दलहरुका विचको गठवन्धन भएकोछ । यसले सार्थकता पायो भने परिणाम सकारात्मक निस्कनेछ । यसका साथसाथै राजनीति वदलियो राजनीतिक एजेण्डा वदलियो । तर दलहरु जस्ताको तस्तै रहे । यो नेपाली राजनीतिको समस्या थियो । यो गठवन्धन संस्कृतिसम्म आईपुग्दा दलहरुले आफुलाई वदलेको आभास एकातिर भिल्छ भने अर्कोतिर दलहरुले वदलिनकालागि पनि उपयुक्त वातावरणको उपयोग गरेकाछन् । दलहरु नवदलिई राजनीति हुदैन भन्ने हेक्का हुनु पनि आफैमा यो परिणामको कारक तत्व हो । यसैले वदलिएको राजनीतिले जनताको विकास र समृद्धिको चाहना परिपुर्ति गर्ने गरी काम गरे भने गठवन्धनको औचित्य सावित गर्न सफल भएको ठानिनेछ ।

पुजिवादी र समाजवादी धुरी सहितको विश्वराजनीतिको प्रभावः

आजको भुमण्डलिकृत विश्वमा नेपाल छुटटै वस्न सक्ने कुरा रहेन । दुई ध्रुविय विश्व वहुध्रुविय वन्दै फेरि दुई ध्रुवमा परिणत हुदै गए पछि नेपालको आन्तरिक राजनीतमा पनि त्यसको प्रभाव परि छाडयो । खासगरी तिनतिरवाट भारतले घेरिएको नेपालमा भारतीय प्रभाव राजनीतिमा वाक्लै परयो । भारतले राजनीतिमा मात्रै प्रभाव जमाएन हरेक मामलामा माईक्रो म्यानेजमेण्ट पनि गर्न थाल्यो भन्ने कुरा त वेला वेलामा हुने चर्चाका विषय छदै थिए । जव व्यवस्था वदल्ने कुरा थियो त्यसै मुल्यमा राजनीतिमाथिको माईक्रो म्यानेजमेण्ट पनि करिव स्वीकार्य जस्तै थियो । तर व्यवस्था वदलिईसकेपछि पनि त्यही स्तरको हस्तक्षेप विस्तारै अस्वीकृत वन्दै जान थाल्यो । यही क्रमले गति प्राप्त गर्दै गर्दा वाह्य हस्तक्षेपलाई अस्वीकार गर्ने र आन्तरिक एकता मजवुत पार्ने आयमको विकास भयो । यही आयामका रुपमा नेपाली राजनीतिमा गठवन्धन वन्न थालेकाछन् । वाम र लोकतान्त्रिक गठवन्धन नाम दिएकाछन् ।
खासगरी भारतको हस्तक्षेपलाई अस्वीकार गर्ने हिसावले वाम गठवन्धन वन्नु र सोको प्रतिवाद गर्न अर्को लोकतान्त्रिक गठवन्धन वन्नुका पछाडि स्वयं भारतको भुमिका निर्णायक हो भन्न सकिन्छ । यी कारण मध्य पहिलो कारण भारत आफैले यस अघिको रुसी समाजवादी धुरीलाई परित्याग गर्दै अमेरिकी पुजिवादी धुरीमा लाग्नु लाई लिन सकिन्छ भने दाश्रो कारणका रुपमा आफुले धुरी परिवर्तन गरेपनि आफना छिमेकीहरु भने उही अवस्थामा रही राखुन भन्ने अर्थात आफुलाई वाहेक अरुलाई समर्थन नगरुन भन्ने चाहना राख्नु वन्न पुग्यो । वलात कोही कसैको समर्थक वन्न सक्दैन । वलात गरिएको आग्रह स्वीकार गरियोस भन्ने आग्रह पनि आफैमा जायज होईन ।
हालैमात्र नया धुरीको नेतृत्व गरेको चिनीया पक्षले विश्वभरी नै आफनो कुटनैतिक रफतार वढाएकोछ । यो संगै आफना चासोहरु आफना छिमेकीहरुमा पनि विस्तार गरेको छ । यो मेसोमा नेपालमाथिको प्रभाव उसको प्राथमिकतामा पर्ने कुरा अनौठो भएन । खासगरी नेपालमाथिको भारतीय माईक्रोमेनेजमेण्ट चिनले कहिल्यै रुचाएको छैन । आफु वास्ता नगर्ने तर भारत सानातिना कुरामा पनि आफनो प्रभाव अस्तित्व र स्वार्थ देखाईछाडने गरेकोप्रति उ कहिल्यै खुशी भएन । सायद भारतीय यही व्यवहारले चीनीया हरुलाई पनि पाईला चाल्न वाध्य वनायो । भारतीय हस्तक्षेपको प्रतिकृया दिदै गर्दा नव गठित गठवन्धन चिनीया पक्षको पोल्टामा खस्ने संभावनालाई पनि नकार्न सकिन्न । जे होस यतिवेला भारतीय माईक्रोम्यानेजमेण्टको परिणाम वाम गठवन्धन वन्न पुग्ने र आफनो अस्तित्व रक्षाकालागि प्रतिकृया नै स्वरुप लोकतान्त्रिक गठवन्धन वनाउने काम भएकोछ । यी दुई गठवन्धन एक अर्काका प्रतिस्पर्धी सम्म वनुन । तर पारीका छिमेकीको स्वार्थ सिद्ध गर्ने साधन नवनुन भन्ने कुरामा भने सचेत हुनै पर्दछ । 

सत्ता प्राप्ती र पुनप्राप्तीको रहरले पनि काम गरयोः

सत्तरी वर्षका अघिल्ला अवधि दलहरुले संघर्ष त्याग र वलिदानमा खर्च गरे पनि पछिल्ला दिनहरु भने सत्ताकै वरिपरि नै विताए । सत्ताको रस्वासादन दलका नेता कार्यकर्ता र पहुचवाला समर्थक सम्मैले पनि मज्जैले गरे । तर सत्ताको सुखभोग स्थायी वन्न संभव थिएन । विस्तारै सत्ता पर भाग्न थाल्यो । जव जनताको आस्था र विश्वासमा धमिरो लाग्न थाल्यो तव सत्ताभोग दुरुह वन्दै गयो । व्यवस्था परिवर्तन गर्न गरिएको त्याग समर्पण र वलिदान आज संझिदा पनि कहाली लाग्दो छ । अव त्यसै गर्न संभव छैन । गर्ने आट गरौ भने पनि सो को आवश्यकता छैन । सत्ताको रसाश्वादन वाहेक अवको राजनीतिको अर्को व्यापार छैन । तर त्यही चिज टाढा भाग्दैछ । यस्तो अवस्थामा एउटै उपाय हो गठवन्धनको निर्माण । यसकारण सत्ता गठवन्धन निर्माणको सहयोगी वन्यो ।

दुई ध्रुवमा विभाजन गंभिर खतराः

विश्व नै दुई ध्रुवमा विभाजन भएका वखत नेपाली राजनीति पनि दुई ध्रुवमा विभाजन हुनु कुनै नौलो कुरा होईन । तर खतरा यो हो कि कतै राजनैतिक रुपमा दुई विपरित ध्रुवमा विभाजन हुदै गर्दा देश भित्र एकापसमा सदभाव खलवलिने अर्कोतिर यो मौकाको फाईदा छिमेकीले लिने र अस्थिरता सिर्जना गर्ने हुन कि भन्ने लागेकोछ । यसका अलावा देशभित्र सदभाव कायमै भैराखे पनि विभाजित राजनीतिमा छिमेकीले औला घुसाएर आफनो स्वार्थ सिद्ध गर्ने औजार वनाउने पो हुन कि भन्ने पनि डर छ । संगसंगै छिमेकीले एक अर्कालाई जुधाउने घटिया काममा पो लाग्ने हुन कि भन्ने पनि डर छ । यिनै डर चिन्ता र चासोलाई समाधान गर्न सकियो भने दुई गठवन्धन निर्वाचन अगावै वन्नु सकारात्मक परिघटना हो । यसले साना एक दुई सिटे दलहरुले सरकार वनाउने र भत्काउने घटिया खेलको अन्त हुने अपेक्षा गर्न सकिन्छ । साथसाथै व्यवस्था वदल्न संगै लडेकै दलहरुको वाहुल्यता भएको नेपाली राजनीति देश र जनताको अवस्था वदल्नमा दुवै गठवन्धन लागि परिदिने हो भने नेपाली जनताको शान्ति र समृद्धिको चाहना पनि पुरा हुनेथियो । अहिलेलाई यति नै कामना गरौ ।

अन्तमा 

विश्व दुई ध्रुवमा विभाजन भए झै नेपाली राजनीति पनि दुई ध्रुवमा विभाजित हुनु स्वभाविक परिघटना हो । यो परिघटनाले अस्थिर राजनीति अस्थिर सरकार र अस्थिरतामा व्यथिति संचालन गर्ने धन्दावालहरुको राज हुने संस्कारको अन्त गर्दै स्थायित्व तर्फ डोराउनेछ । जसरी पनि वहुमत पुराउने र वहुमत पुराएपछि जे पनि गर्ने राजनीतिक संस्कारमा फेरवदल आउनेछ । निर्वाचन अघि वन्ने गठवन्धन मुद्दामा आधारित हुने र निर्वाचन पछिको गठवन्धन सत्तामा केन्द्रित हुने अवस्थालाई पनि ख्याल गर्ने हो भने मुद्दा केन्द्रित राजनीतिको आरम्भ भएकोमा खुशी मान्न पर्दछ । संगसंगै आपसी मान्यताका आधारमा गठवन्धन र आपसी लोकतान्त्रिक र रचनात्मक प्रतिस्पर्धाको राजनीतिले राजनीतिमा हुर्किदै गएको विकृतिको पनि अन्त गर्नेछ । अन्तराष्ट्रिय सम्वन्ध र विकासका मामलामा साझा धारणा वनाउन सके आफनो वार्गेनिड पावर पनि आर्जन हुनेछ ।  विश्वका सामु नेपाली सानको पुनरोदय हुनेछ । विकसित परिघटनालाई सकारात्मक ढंगले हेरौ र वाम र लोकतान्त्रिक गठवन्धन दुवैको सफलताको कामना गरौ । 

वाम र लोकतान्त्रिक गठवन्धनका वारेमा समिक्षा

वाम र लोकतान्त्रिक गठवन्धनका वारेमा समिक्षा 
खिमलाल देवकोटा

भुमिकाः

यही हप्ता नेपालमा वाम र लोकतान्त्रिक गठवन्धन वनेकाछन् । भुकम्प राजनीतिले नेपालमा संविधान दियो दशै रानीतिले गठवन्धन दिएर गएको छ । वाम गठवन्धन वनेको भोलिपल्टै लोकतान्त्रिक गठवन्धन वन्न पुगेको छ । गठवन्दन राजनीति नियमित हुन वा आकस्मिक हुन वा आवश्यकताका उपज हुन भन्ने वारेमा आम चासोको विषय वनेको छ । अझै यी गठवन्धन वनेपछिको मुलुकको राजनीतिमा के प्रभाव पर्ने होला भन्ने वारेमा पनि मानिसहरुका जिज्ञाशा पलाएकाछन् यही सेरोफेरोमा संक्षिप्त समिक्षा गर्ने प्रयत्न गरिएकोछ । 

विश्व राजनीतिः 

यतिवेला विश्व दुई ध्रुवमा विभाजित भएको छ । एउटा धुरीको नेतृत्व चिनले गर्ने र अर्को धुरीको नेतृत्व अमेरिकाले गर्ने गरेकाछन् । पुर्व सोभियतसंघको औपचारिक विघटन पश्चात विश्व वहुध्रुवीय विश्वमा परिणत भयो । तर फेरि त्यो वहुध्रुव विस्तारै फेरि उही पुरानो दुई ध्रुवमा फर्किएकोछ । त्यसैको प्रभाव नेपालमा पनि परयो र वाम र लोकतान्त्रिक गठवन्धनहरु वने भन्ने आम चर्चा चुलिएकोछ । नया संविधान जारी भएको तिन वर्ष वित्यो । तर राजनैतिक दलहरुको वृद्धि र सरकार वनाउने र भत्काउने वाहेक राजनैतिक नेतृत्वको ध्यान अन्त गएन । जनताका जनजिविकाका सवालहरु संकटमा छन् । हिजो राजालाई दोष दिएर फुर्सद पाईन्थ्यो आज राजाका ठाउमा धेरै राजाहरु आए तर हाम्रा दुख मेटिएनन भनने जनताको मत व्यापक भएको छ । नया संविधान जारी भए पछि पनि करिव आठ दश दर्जन पार्टी निर्वाचन आयोगमा दर्ता भए । तिसभन्दा वढी पार्टी संसदमा छन् उनीहरुको काम सरकार वनाउने र ढाल्ने वाहेक अरु देखिएन भन्ने जनताकोे खरो टिप्पणी छ । यसैविच निर्वाचनको मुखैमा दलहरु गठवन्धन वनाउन उद्दत देखिए । वाम गठवन्धन वनेको भोलिपल्टै लोकतान्त्रिक गठवन्धन वन्यो । यी गठवन्धन विश्व राजनीतिमा देखा परेका दुई ध्रुवकै प्रतिनिधि हुन वा नेपाली आवश्यकताका उपज हुन जवाफ दिन पर्ने भएको छ । 

दलका आफनै कमजोरी 

विगत ७० वर्षको नेपालको राजनीति विविधताले भरिएकोछ । उतार चढाव छन् तर संघर्षका गाथाहरुले भरिएको छ । यो अवधि राजनीतिले व्यवस्था वदल्न खर्चियो । अवस्था वदल्न सकेन अव अवस्था वदल्ने वेला आएको छ । यी गठवन्धन अवस्था वदल्दे चेतकासाथ वनेका हुन कि आफाने सत्ता स्वार्थकालागि मात्र वनेका हुन भन्ने वारेमा आम जिज्ञाशा पनि त्यतिकै छ । व्यवस्था विरुद्ध लडदै गर्दा सम्म दलहरुप्रतिको जनताको अगाध आश्था श्रद्धा र विश्वास थियो । तर व्यवस्था वदलिए पछि अवस्था वदल्ने वेलामा दलहरु सरकार वदल्ने मात्रै खेलमा सिमित भैदिदा व्यापक आशंका पैदा भएकोछ । सत्ताको स्वाद प्राय सवै दलले चाखिसकेको सन्दर्भमा दलहरु सत्ता केन्द्रित हुनु स्वभाविकै थियो । तर सत्ता ढाल्ने र वनाउने मात्रै दलहरुका व्यवसाय भएका कारणले दलहरुप्रतिको जनताको नकारात्मक टिप्पणी वढदै जाने र सत्ता पनि टाढा भाग्दै जाने अवस्थाको आकलन दलहरुले गर्न थाले । यस्तो अवस्थामा तत्काल सत्तामाथिको हालिमुहाली असंभवप्राय वन्दै जाने निश्चित प्राय देखिन थाल्यो । जनताको आस्था हराउदै जाने,दलहरु आफै निराश वन्दै जाने अवस्थाले  जुटनुको विकल्प छैन भन्ने विश्वास पैदा गरायो यसै कारण यी गठवन्धनहरु वन्न पुगे भन्न सकिन्छ । 

विकास र समृद्धि अवको राजनीतिः 

व्यवस्था वदल्ने अभियान सकियो अवस्था वदल्ने अभियान आरम्भ भएकोछ । देश र जनताको अवस्था वदल्ने भनेको विकास र सम्मृद्धिको वाटो वाट मात्रै हो । विकास र समृद्धिकालाथि दलहरुले छुटटा छुटटै चुलोमा दाउरा वाल्न पर्दैन भन्ने हेक्का राम्ररी भएकोछ । विकास र समृद्धिकाागि हिजोका जस्तै पार्टी संगठनको जरुरत पर्दैन । ध्वसको हैन निर्माणको अवको खाचो हो । निर्माणकालागि लडाकु संगठनको दरकार पर्दैन र अरु पार्टीहरुसंग शत्रुतापुण सम्वन्ध राख्न पनि जरुरी छैन । सवैसंग मित्रताका आधारमा र विकास र समृद्धिको ऐजेण्डामा सहमत हुने दलहरुको एउटै सामmा मोर्चा वनाउन सकिन्छ र कालान्तरमा पार्टी एकता पनि गर्न सकिन्छ भन्ने निष्कर्षमा दलहरु पुगेको परिणाम यी गठवन्धनहरु वने भन्ने निष्कर्ष निकाल्नु सही हुनेछ । 

चिन र भारतले वनाए गठवन्धन भन्ने आरोपः

नेपाली राजनीतिमा यसै हप्ता घटेका गठवन्धन राजनीतिको घटनालाई केहीले उत्साहका रुपमा केहीले आशंकाका रुपमा हेरेको पाईएको छ । कतिपयका दृष्टिमा यी गठवन्धन चिन र भारतले आफनो स्वार्थ सिद्धिकालागि वनाईदिए भन्ने गरेकाछन् भने कसै कसैले दलहरु आफनै सत्ता स्वार्थको रक्षाकालागि निर्माण गरेका हुन भन्ने गरेकाछन् । कसैले यी गठवन्धन एक अर्काका वीचमा फुटाउ र राजगर भन्ने मान्यताका आधारमा वनेका हुन भनेकाछन् त कतिले त कति दल र कति नेतालाई व्यवस्थापन गर्नु हैरानै भैसक्यो वरु गठवन्धन वनायो कम्तिमा दुई दल र केही नेताको मात्रै निगरानी गरे पुगिहाल्यो नि भन्ने पनि मत देखा परेको छ । सत्य जे सुकैहोला मानिसहरुले अनेक अडकल गरेकाछन् । 
सत्य केहो भने नेपाल तिन तिरवाट भारतले घेरिएको छ । यसो हुनुको कारण नेपालमा भारतीय प्रभाव वाक्लै छ । भारतले राजनीतिमा मात्रै प्रभाव जमाएन हरेक मामलामा माईक्रो म्यानेजमेण्ट पनि गर्न थाल्यो भन्ने व्यापक गुनासो छ जुन कुरा अर्को छिमेकी चिनलाई विल्कुल मन परेको छैन । चिन आफुलाई मन नपरेका कुरा अभद्र तरिकाले व्यक्त गर्दैन तर उसले आफनो प्रभाव पनि नपारी छाडेको छैन । यो परिस्थितिमा जन्मेका दुवै गठवन्धनका सामु सवैभन्दा पहिला गठवन्धनको औचित्य सावित गर्न पर्ने भएको छ । यी गठवन्धन कसैका स्वार्थमा वनेका हैनन हाम्रै आफनै चेतना र आवश्यकताले वनेका हुन भनेर व्यवहारिवाटै पुष्टि गर्न जरुरी छ । 
पहिला त हाम्रा आफनै आवश्कताले वनाईएको हो भन्ने कुराको पुष्टि गर्नुछ भने दोश्रो यी दुवै गठवन्धन कसैका विरुद्ध प्रयोग हुदैनन भन्ने कुराको ग्यारेण्टि गर्न जरुरी छ । तेश्रो यी गठवन्धन नेपालमा राजनैतिक स्थिरताकालागि विकास र सम्मृद्धिकालागि वनाइएका हुन भन्ने कुरा व्यवहारवाटै प्रमाणित गर्न जरुरी छ । यसो नगर्दा सम्म आशंका गरिरहन्छन् । 
सर्ससर्ती हेदा नेपाली राजनीतिमा भारतको हस्तक्षेपलाई अस्वीकार गर्ने हिसावले वाम गठवन्धन वन्यो र सोको प्रतिवाद गर्न अर्को लोकतान्त्रिक गठवन्धन वन्यो भन्ने कुराको पन सकारात्मक र रचनात्मक जवाफ दिन जरुरी छ । साचो कुरा के हो भने विश्व राजनीति वदलिएकोछ । हिजो चिन रुसी खेमामा थियो आज उ अमेरिकी खेममा उभिएको छ भने हिजो सुशुप्त अवस्थामा रहेको चिन आज महाशक्ति वनेकोछ र हिजोको रुसको स्थान उसले ग्रहण गरेको छ । भारत आफैेले आफनो धुरी परिवर्तन गरेसंगै छिमेकी नेपालले पनि आफनो धुरीको पक्षमा लागोस भन्ने चाहना गर्ला । तर उता हालैमात्र नया धुरीको नेतृत्व गरेको चिनीयाले पनि विकसित घटनाक्रमलाई सजगतापुर्वक निहालिरहेको वताएकोछ । यसै क्रममा उस ले पनि विश्वभरी नै आफनो कुटनैतिक गतिविधि वढाएकोछ । नेपालमाथिको प्रभाव उसको पनि प्राथमिकतामा पर्न थालेकोछ । हिजोदेखि एकलौटि हालीमुहाली गरिआएको छिमेकी भारतलाई चिनको यो उपस्थिति सैह्य भएको छैन । त्यसैले उसले आफनो शक्तिको वैधताको दावा गरेकोछ भने अर्को छिमेकी भारतको अति हस्तोध उसलाई मन परेको छैन । 
देशभित्र गठवन्धन वन्ने आफना कारणभन्दा पनि छिमेकीको कारण वन्ने कुरा विडम्वनाको कुरा हो । 

सत्ता प्राप्ती र पुनप्राप्तीको साधन नवनोस गठवन्धनः

विगत सत्तरी वर्षका अवधि दलहरुले संघर्ष त्याग र वलिदानमा खर्च गरेपनि पछिल्ला दिनहरु भने सत्ताकै वरिपरि नै विताए । सत्ताको स्वाद दलका नेता कार्यकर्ता र पहुचवाला समर्थक शुभचिन्तक सम्म सवैले चाखे । तर जनता भने आजित भए । व्यवस्थाका विरुद्ध लडने अभियानसम्म खासै जनताको गुनासो थिएन । व्यवस्था परिवर्तन पश्चात अवस्था परिवर्तनमा लाग्न पर्ने दलहरु त्यस तर्फ चासो नदेखाउदा जनताका ध्यान दलहरुप्रति सकारात्मक वनेका छैनन् । जनताको आश्था खस्किएको अवस्थामा दलहरुकालागि सत्ता प्राप्ती र पुनप्राप्ति संभव छैन भन्ने लाग्नु स्वभाविक हो । सत्ताको सुनिश्चितता शक्ति विना संभव छैन त्यसकारण पनि गठवन्धनको खाचो परेको हो भन्ने मानिसहरुको वुझाई छ । दलहरुका सामु यो गठवन्धन केवल सत्ताकालागि मात्रै हैन विकास र समृद्धिकालागि हो भन्ने पुष्टि गर्न जरुरी छ । 

अन्तमाः

विश्व विभाजित छ समाज विभाजित छ यसमा विवाद छैन तर देश विभाजन नहोस यो सवैको चासको विषय हो । दुई परस्पर विरोधी गठवन्दन वन्दै गर्दा एक अर्काका विचमा तिक्ततापुर्ण सम्वन्धको विकास हुने अस्वस्थ प्रतिस्पर्धाको अवस्था आई लाग्ने र यसैलाई प्रयोग गरेर विदेशी शक्ति खेल्ने काम गरे भने त्यो भन्दा दुर्भाग्य अर्को हुनेछैन । जे होस यी दुई गठवन्धन स्वस्थ प्रतिपर्धाका वाहक वनुन । विकास र सम्मृद्धि जनाताको चाहना हो भन्ने कुरालाई साझा मानुन र प्रतिस्पर्धामा जनताको ईच्छा र आकांक्षा पुरा गर्ने वातावरण वनोस दुवै गठवन्धनलाई यही सुभकामना । 

नेपाली राजनीतिमा गठवन्धनले ल्याएको तरंग

नेपाली राजनीतिमा गठवन्धनले ल्याएको तरंग
खिमलाल देवकोटा

भुमिकाः

दशै लगत्तै नेपाली राजनीतिमा गठवन्धन भुकम्प गएकोछ । लामो समयदेखि विभाजित अवस्थामा रहेका र एक अर्काप्रति आरोप र प्रत्यारोपमा मात्रै यस्त रहेका पक्षहरु वीच आपसी समझदारी मात्रै भएकोछैन पार्टी एकिकरण सम्मै पुग्ने गरी वाम र लोकतान्त्रिक गठवन्धन वनेकाछन् । प्राकृतिक भुकम्पलेले नेपालमा संविधान दियो रानीतिक भुकम्पले गठवन्धन दिएर गएको छ । वाम गठवन्धन वनेको भोलिपल्टै लोकतान्त्रिक गठवन्धन वन्न पुगेको छ । गठवन्धनका वारेमा भएका टिप्पणीहरुका वारेमा चर्चा गर्ने प्रयास यस आलेखमा गरिएकोछ । 

ट्रम्प र पिड ले नेतृत्व गरेको विश्व राजनीतिः 

सवैलाई थाहा भएकै कुरा हो कि यतिवेला विश्व दुई ध्रुवमा संगठित भएको छ । एउटा धुरीको नेतृत्व चिनका राष्ट्रपति सि जिड पिडले गरेकाछन् भने अर्को धुरीको नेतृत्व अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेकाछन् । यिनै दुई धुरीमा विश्वका अरु राष्ट्रहरु लामवद्ध वनेकाछन् । हिजो सोभियत धुरीमा रहेको भारत आज अमेरिकी धुरीमा पुगेकोछ भने सोभियत कालमा खासै चर्चामा नरहेको चिन आज समाजवादी धुरीको नेतृत्व गर्ने स्तरमा पुगेकोछ । अमेरिकाले यतिवेला भारतको साथ पाएकोछ भने चिनले अफ्रिकी मुलुकहरु सहित दक्षिण एशियाका भारत र भुटान वाहेकका सवै मुलुकहरुको साथ पाएको छ । युरोपियन यूनियनवाट छुटिटएर वेलायत अमेरिकी धुरीमा छ भने सिंगो यूरोपियन युनियन भने समाजवादी चिनको निकटता तर्फ अघि वढदैछ । दुवै ध्रुवहरु आफना समर्थकहरु जम्मा गर्दैछन् । शित युद्ध ताका असंलग्न राष्ट्रका रुपमा परिचय वनाउन सफल नेपाल केही समयदेखि औपचारिक रुपमा दुवै छिमेकीको निकटतामा रहन चाहेको भनिए पनि भारतको पोल्टामा रहेको प्रष्टै थियो । निकटको छिमेकी भारतको पोल्टामा जानु अर्को छिमेकीकालागि पाच्य थिएन । त्यसैले वेला वखतमा यो वा त्यो धुरीमा ढल्केका खवर आउने गर्दथे । अन्तत दुवै छिमेकीले आफना पक्षमा पार्न कोशिश गरिरहेका वखत यी गठवन्धन वन्न पुगे भन्ने चर्चा पनि वजारमा उत्तिकै छ । यसको पुष्टि भएको छैन भावी दिनका गठवन्धनका कर्महरुले नै पुष्टि गर्नेछन् । 

गठवन्धनको खाचो किन परयो ः

पंचायती कालमा दलमाथिको प्रतिवन्ध लागेको भएतापनि लामो समयदेखि नेपाली राजनीति दलिय पद्दतिमा आधारित छ । वहुदल यसको विशेषता हो । लगभग सयको हाराहारीमा निर्वाचन आयोगमा राजनैतिक दलहरु दर्ता हुने स्थिति र झण्डै तिन दर्जन दलहरुले संसदमै उपस्थिति जनाउने अवस्थाले संसद वहुरंगी त थियो नै विकृति विसंगतिको थलोका रुपमा पनि परिणत भएको थियो । वहुदलको उपहार विकृति र विसंगति सहितको संस्कार विहिन सरकार भन्ने आम धारणा वनिरहेकोथियो । यी सवै दलहरुका आफनै कमजोरी थिए । यनिको अन्त गर्ने ईच्छा राजनैतिक दलहरुले राख्न पर्ने र त्यसकालागि पनि मत मिल्ने र मन मिल्ने दलहरु एकिकृत हुन जरुरी थियो । यो धेयले गठवन्धन वन्न जरुरी थियो । यतिवेलाका गठवन्धन यी धेयले वने कि वनेन आफनो ठाउमा होला तर अस्थिर र अल्पायुका सरकार र विकास र समृद्धिको योजना वनाएर पनि कार्यान्वयन नहुने अवस्थाको सिर्जना भएकै थियो । कमसेकम सत्ता हातमा पारिराख्नकैलागि भए पनि गठवन्धनको खाचो थियो । धेरैले गठवन्धनलाई सत्ताको स्वार्थका कारण वनेको भन्ने अभिमत प्रकट गरेकाछन् जे होस गठवन्धनको कारण दलहरु आफै र दलहरुका विकृतपुर्ण व्यवहार र संस्कारहरु हुन भने जनताको समृद्धिको चाहना परिपुर्ति गर्ने साधन वनुन भन्ने पनि आम मानिसहरुको चाहना वन्न पुगेकोछ । 

व्यवस्था वदल्ने गठवन्धन जस्तै अवस्था वदल्ने गठवन्धन वनुन ः

राणा शासन वदलियो पंचायत वदलियो र निरंकुश राजतन्त्र पनि वदलियो । नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र भएकोछ । लामो मेहनत कठिन संघर्ष वलिदानका कारणले व्यवस्था वदलिएको हो । पंचायत फाल्ने आन्दोलन एक्ले संभव भएन । त्यसकालागि वाम र लोकतान्त्रिक दुवै शक्तिको जरुरत परयो । त्यसैगरी गणतन्त्रको प्राप्तीकालगि गरिएका आन्दोलन पनि शान्तिपुण र सशस्त्र संघर्षको मोर्चा दुवैको खाचो परयो । संविधान सभावाट संविधान वनाउन पनि वमा लोकतान्त्रिक गठवन्धनकै खाचो परयो । यसैले ईतिहास साछी छ व्यवस्था वदल्न पनि गठवन्धनहरु भएका हुन । व्यवस्था वदल्न गठवन्धन गरिएजस्तै अव अवस्था वदल्न यी गठवन्धनहरु कामयावी वनुन यो पनि जनताको चाहनाछ । देश र जनताको अवस्था वदल्ने भनेको विकास र सम्मृद्धिको वाटो वाट नै हो । विकास र समृद्धिकालाथि दलहरुले छुटटा छुटटै चुलोमा दाउरा वाल्न पर्दैन । विकास र समृद्धिकाागि हिजोका जस्तै पार्टी संगठनको जरुरत पर्दैन । ध्वसको हैन निर्माणको अवको खाचो हो । निर्माणकालागि लडाकु संगठनको दरकार पर्दैन र अरु पार्टीहरुसंग शत्रुतापुण सम्वन्ध राख्न पनि जरुरी छैन । सवैसंग मित्रताका आधारमा र विकास र समृद्धिको ऐजेण्डामा सहमत हुने दलहरुको एउटै सामmा मोर्चा वनाउन सकिन्छ र कालान्तरमा पार्टी एकता पनि गर्न सकिन्छ भन्ने निष्कर्षमा दलहरु पुगेको परिणाम यी गठवन्धनहरु वने भन्ने निष्कर्ष निकाल्नु सही हुनेछ यसमा जनताको शुभकामना पनि छ ।

गठवन्धन निर्माणमा वैदेशिक चासोः 

गठवन्धन वनेर घोषणा भैसक्दा राज्यको चौथो अंग भनिने पत्रकार जगतले पनि सुईको पाएन । आम जनताकालागि यो वाम गठवन्धनको घोषणा त आश्चर्य नै थियो ।दलका शिर्ष नेताहरु वाहेक यसै अभियानमा पहल गर्ने मानिसहरुलाई छाडेर अरुले सुईको समम पाएनन भने गठवन्धन नै विदेशी शक्तिले वनाईदिएको भन्ने कुराको कुनै तुक छैन । तर यो पनि साचो हो कि सिंगै नेपाललाई अमेरिकी लवीमा प्रवेश गरेको भारत आफो पकडवाट गुमाउन चाहदैन भने समाजवादी धुरीको नेतृत्व गरेको  महाशक्ति चिनले पनि नजिकको छिमेकी आफनै समर्थनमा आओस भन्ने चाहना राख्नु विल्कुल अनौठो कुरा थिएन । सिंगै मुलुक आफनो पक्षमा पार्न नसक्दा दुवैले गठवन्धन मार्फत आफाने स्वार्थ पुरा गर्न पाईयोस भनेर चाहना राखनु अनौठो कुरा भएन । तर वाम गठवन्धनको घोषणा हुनासाथ लोकतान्त्रिक गठवन्धन वन्ने र कुटनीतिक सकृयता अस्वभाविक रुपमा वढनु र एक अर्काले एक अर्कालाई चिन वा भारतले वनाईदिएको गठवन्धन भन्ने जस्ता अभिव्यक्तिहरुले वैदेशिक चासोलाई प्रष्ट त गर्छ नै त्यसका अलावा पनि यिनै गठवन्धनका कारण दक्षिणको छिमेकी प्रधानमन्त्रीको नेपाल भ्रमण स्थगित हुनुले गहिरो अर्थ राख्छ । अन्तराष्ट्रिय संचार माध्यमले दिएको महत्वले पनि गठवन्धन निर्माणको अन्तराष्ट्रिय चासो र महत्वलाई उजागर गर्दछ । खाली गठवन्धन आफनो स्वार्थमा केन्द्रित हुन्छन् कि विदेशी स्वार्थ पुर्ति गर्ने साधन वन्छन् त्यो चाहि हेर्न वाकी छ । आम जनताको कोटी कोटी कामना छ राष्ट्रको आवश्यकता परिपुर्ति गर्नमा गठवन्धन केन्द्रित वनुन । 

सत्ता प्राप्तीको मात्रै साधन नवनोस गठवन्धनः

राजनैतिक दलहरुको इृतिहास गर्व गर्न लायक छ । दलहरुको अगुवाईमा जनताले गरेको संघर्ष त्याग र वलिदानको चर्चा जति गरे पनि कमै हुन्छ । तर व्यवस्था वदलेपछि अवस्था वदल्न लाग्नुपर्ने वेलामा दलहरु सत्ता स्वार्थमा नै रुमलिए आफना सम्पुर्ण दिनहरु सत्ताकै वरिपरि नै विताए । सत्ताको स्वाद दलका नेता कार्यकर्ता र पहुचवाला समर्थक शुभचिन्तक सम्म सवैले चाखे । तर जनता भने सुख सुविधावाट सदा झै वंचित नै भए । सत्ताको सुनिश्चितता शक्ति विना संभव छैन त्यसकारण पनि गठवन्धनको खाचो परेको हो भन्ने मानिसहरुको वुझाई छ । यस पटकको गठवन्धनले विगतमा जस्तै परिवर्तनकालागि गठवन्धन भन्ने जो मान्यता स्थापित गरेकाछन् यसपटक पनि दलहरु चुक्न हुदैन । दलहरुका सामु यो गठवन्धन केवल सत्ताकालागि मात्रै हैन विकास र समृद्धिकालागि हो भन्ने पुष्टि गर्न चुनौति छ । यो चुनौतिको दृढतापुर्वक सामना गरेर मात्रै गठवन्धनको औचित्य पुष्टि हुनेछ । 

अन्तमाः

विश्व दुई भागमा विभाजित हैन आफना स्वार्थ र स्वाभाव अनुसार संगठित छ । त्यसै गरी समाज विभाजित छैन आ आफना स्वार्थ रक्षाकालागि दुई भागमा संगठित छ । त्यसै गरी गठवन्धनहरु पनि दुई भागमा विभावित हैन संगठित छन् भन्ने सन्देश प्रवाह गर्न जरुरी छ । यसो भयो भने गठवन्धनमा विभाजित मुलुक भौगोलिक रुपमा पनि विभाजन हुने हो कि वा एकापसमा गठवन्धनहरुलाई प्रयोग गरेर देश विभाजनको संघारमा पुरयाईदिने पो हुन कि भनने संसय पनि त्यतिकै छ । त्यसैले दुवै परस्पर विरोधी गठवन्दनहरु राष्ट्र विभाजनकालागि समाज विभाजनकालागि हैन राष्ट्र निर्माणकालागि समृद्धि र विकासकालागि भन्ने सन्देश प्रवाह गर्न जरुरी छ । दुई भागमा संगठित अलग अलग गठवन्धनको विकास र समृद्धिको योजनामा प्रतिस्पर्धा वनोस । शुसानका वारेमा प्रतिस्पर्धा वनोस यही शुभकामना ।

Thursday, October 5, 2017

राजनीतिक नेतामा ‘लिडरसिप क्राइसिस’का आधा दर्जन कारण

राजनीतिक नेतामा ‘लिडरसिप क्राइसिस’का आधा दर्जन कारण

person access_timeअसोज १९, २०७४ chat_bubble_outline0
‘लिडरसिप क्राइसिस’ । राजनीतिक नेतामा ‘लिडरसिप क्राइसिस’ रहेको बेलाबखत चर्चा हुने गर्छ । ३६ वर्षदेखि राजनीतिमा संलग्न नयाँ शक्ति पार्टी पूर्वप्रवक्ता डा. खिमलाल देवकोटा राजनीतिक नेतासँग ‘लिडरसिप क्राइसिस’ रहेको जिकिर गर्छन् । ‘राजनेता त भएनन् भएनन्,’ पूर्वसांसदसमेत रहेका नेता देवकोटाले दाबी गरे, ‘नेतासम्म भएनन् । उनीहरू ‘बाइमिस्टेक’ नेता भइदिए ।’ 
योजनाबद्ध राजनीतिमा नआएकाले विभिन्न राजनीतिक दलसम्बद्ध नेतामा ‘लिडरसिप क्राइसिस’ रहेको उनको भनाइ छ । राजनीतिक नेतामा ‘लिडरसिप क्राइसिस’ रहनुका कारण यस्तो छ ।
पहिलो कारण
‘हाम्रा नेताहरू निर्णय ठिकठिकै गर्छन्,’ उनले व्यंग्य गरे, ‘तर, ठीक समय बितिसकेपछि निर्णय गर्छन् । त्यसको अर्थ रहँदैन ।’ ठीक सयममा निर्णय गर्न नसक्नु भनेकै ‘लिडरसिप क्राइसिस’ हो । नेतृत्वले ठीक समयमा ठीक निर्णय गर्न सकेन भने अनर्थ हुन्छ ।
‘४० प्रतिशत सदस्य रहेको बेला संविधान बनाउनुपर्छ भन्दा माओवादीले हुन्न भन्यो । ४० बाट १४ प्रतिशतमा झर्दा संविधान जसरी पनि बनाउनुपर्छ भनियो,’ उनले उदाहरण पेस गरे, ‘जतिबेला संविधान बनाउनुपर्छ भनियो त्यतिबेला हुन्न भनियो, बनाउनुहुन्न भनेको बेला संविधान बनाइछाडियो ।’ 
दोस्रो कारण
राजनीतिक नेता राजनीति गर्ने भनेर योजनाबद्ध आएका होइनन् । ‘सबै बाइडिफल्ट नेता हुन् । लिडरसिपका लागि कोही ग्रुम भएका होइनन्,’ उनले गुनासो गरे, ‘लोकसेवा आयोग फेल भएर नेता भएका नै पटक÷पटक प्रधानमन्त्री भएका छन् । कोही घरव्यवहार चलाउन नसकेर, कोही व्यापार व्यवसाय डुबाएर, कोही जागिर नपाएर त कोही जागिरबाट निकालिएपछि नेता भएका छन् ।’ गर्दै जाउँ भोलि जे होलाहोला भनेर राजनीति गर्ने भएकाले नै ‘लिडरसिप क्राइसिस’ देखिएको हो । 
तेस्रो कारण
नेपाल राजनीतिक रूपमा स्वतन्त्र छैन । राजनीति गर्ने हो भने शक्तिकेन्द्रको आडभरोसा चाहिन्छ भन्ने जबरजस्त संस्कार बसेको छ । ‘त्यसो भएपछि समस्या हुन्छ,’ उनको मान्यता छ, ‘आफ्नो होइन, अर्काको सुरमा हिँड्ने प्रत्यक्ष तथा अप्रत्यक्ष संस्कार बनेको छ । त्यसले नेता बन्न दिँदैन । त्यो शक्तिकेन्द्रको फलोअरमात्रै बनिरहन्छ ।’ 
चौथो कारण
नेपालको ‘पोलिटिकल ट्रान्जिसन’ यथावत् छ । ‘ट्रान्जिसन मेनेज’ साँच्चैका नेताले मात्रै गर्न सक्छ । पुटिन, महाथिर महम्मद, ली क्वानले ‘ट्रान्जिसन मेनेज’ गर्न सकेकाले नेता भए । ‘त्यसो गर्न नसकेको भए आजको रूस नेपालभन्दा गएगुज्रेको हुन्थ्यो,’ नेता देवकोटाको बुझाइ छ, ‘त्यसैले ऊ अमेरिकासँग सिंगौरी खेल्न सक्ने भएको हो । नेपाल पनि त्यस्तै हुन्थ्यो, साँच्चैका नेता भइदिएको भए ।’ 
पाँचौं कारण
राजनीतिलाई नजानिदोपारामा पेसा÷व्यवसाय बनाइँदै छ । राजनीतिलाई रोजीरोटीसँग जोड्नबित्तिकै सम्बन्धित नेता इमानदार बन्न सक्दैन । ‘राजनीति उद्योगका रूपमा फस्टाउँदै गएको त छँदै छ,’ उनले दुःखेसो पोखे, ‘राजनीति अवैध धन्धा गर्ने वैधानिक संस्था बन्न पुगेको छ । यो डरलाग्दो संकेत हो ।’
हुन पनि हो, पछिल्लो समय व्यापारी कुनै न कुनै राजनीतिक दलसँग नजिक छन् । नजिकमात्रै होइन, खुलेर दलीय राजनीतिमा संलग्न छन् । ठुल्ठूला घरानका मानिस सांसद हुन रहर गर्छन् । उनीहरूले रहर पूरा गरेका छन् ? किन त्यस्तो रहर गर्छन् ? उत्तर सजिलो छ, ‘कालो धनलाई सेतो बनाउने सजिलो उपाय त्यही त हो ।’ 
छैटौं कारण
कसैको दबाबले ‘पोलिटिकल क्राइसिस’ होला कि नहोला ? ‘होला भन्न सकिन्छ,’ उनले सुझाए, ‘प्रतिबद्ध नेता हुने हो भने दबाब झेल्न सक्नुपर्छ । दबाब त नेताले झेल्ने हो नि । दबाबलाई चुनौनी दिने क्षमता हुनुपर्छ ।’ 
तर, मलाई प्रधानमन्त्री, मन्त्री बनाइदिनुपर्यो म तपाईंका सबै स्वार्थ पूरा गरिदिनेछु भनेपछि ऊ दबाबमा परिहाल्छ । केही पनि माग्दैन भने उसलाई कसैले दबाब दिँदैनन् । नेता जनता कि प्रभुको भर पर्ने प्रस्ट हुनुपर्छ ।

Featured Post

Why presidential system?

We are in historical moment. After a six decade long struggle Nepal became able to have an election of Constituent Assembly. Issue of Consti...