Monday, June 19, 2023

समाजवादी माेर्चा नेपाललाइ वधाइ


समाजवाद चाहनेहरूकालागि खुशीकाे खवर नेपालमा समाजवादी माेर्चा नेपालकाे घाेषणा भएकाे छ । यद्पि नेपालकाे संविधान घाेषणा भएकाे ८ वर्ष पछि याे माेर्चा गठन भएकाे छ । नेपालकाे संविधानले समाजवाद उन्मुख राज्य व्यवस्था र समाजवादी अर्थतन्त्रकाे अाधार तयार गर्ने कुरा गरेकाे छ । संविधानकाे याे मर्म पुरा गर्न याे माेर्चालाइ सफलता मिलाेस अाजका दिनमा  दिने सुभकामना यही नै हुनेछ । याे माेर्चा समाजवादकाे दिशामा  विमुख हुनेहरूकालागि चुनाैति र समाजवादीहरूकालागि अवसरकाे संयन्त्र वन्ने छ । यसै माेर्चाका माध्यमवाट समाजवादी यात्रा नजिकिनेछ । दलाल पुजिवादीहरूकालागि याे माेर्चा भारी पर्नेछ । समाजवादीहरूकालागि सहारा वन्ने छ ।

No comments:

Featured Post

Why presidential system?

We are in historical moment. After a six decade long struggle Nepal became able to have an election of Constituent Assembly. Issue of Consti...