Wednesday, September 22, 2021
Tuesday, September 21, 2021
संविधान कार्यान्वयनको अन्तर्य
संविधान कार्यान्वयनको अन्तर्य: संविधान सभाबाट जारी भएको संविधानको सातौँ वर्ष भव्यताका साथ मनायौँ । सातौँ संविधान दिवस मनाउँदै गर्दा संविधानको कार्यान्वयन के कति
भयो ? जनताप्रति गरिएका प्रतिबद्धता के कति पूरा
भए ? जगाइएका अपेक्षाहरूको हालको अवस्था
के छ ? लगायतका अहं प्रश्नलाई केन्द्रमा राखेर गम्भीर समीक्षा गर्न जरुरी भएको छ ।
Monday, September 20, 2021
Friday, September 10, 2021
राजनीतिक शुद्धीकरणको अवसर
राजनीतिक शुद्धीकरणको अवसर: नेपालमा राजनीतिक पार्टीहरूको शुद्धीकरणको चर्चा बाम्बार हुने गर्छ तर चाहेजस्तो शुद्धीकरण भने हुन सकेको छैन । तीस वर्षको पञ्चायतका विरुद्ध सङ्घर्ष गरेको पुस्ता स्वयंले यताको तीन दशक शासनको बागडोर समालिसकेको छ तर विकृति र विसङ्गति रोकिएको छैन । लोकतन्त्र अझै संस्थागत हुन सकेको छैन । देशले आर्थिक तथा सामाजिक परिवर्तनको गति लिन सकेको छैन । राजनीतिक शुद्धीकरणमा दलहरू चुकेको विवेचना र अब अगाडि बढ्ने बाटो के हुन सक्छ भन्ने प्रसङ्ग यो लेखको मुख्य ध्येय हो ।
Monday, August 30, 2021
राजनीतिक परिदृश्यमा नेतृत्व सङ्कट
राजनीतिक परिदृश्यमा नेतृत्व सङ्कट: यतिबेला विश्व राजनीति गम्भीर सङ्कटबाट गुज्रिएको छ । अमेरिका–चीनबीचको बढ्दो असमझदारी, चीन, रुस र अमेरिकाबीचको भ्याक्सिन प्रतिस्पर्धा एवं कोरोना सङ्क्रमणपश्चात्को अर्थतन्त्रको सङ्कटलाई समाधान गर्ने चुनौतीजस्ता विषयले चुलिएको विश्व राजनीतिको सङ्कट अफगानिस्तानमा पोखिएको छ । विश्व राजनीतिबाट प्रभावित नेपाली राजनीति भने झनै घरेलु राजनीतिक सङ्कटमा रुमल्लिएको छ । पार्टीका भेला, सम्मेलन, महाधिवेशन गर्ने वा नगर्ने, गर्न सक्ने वा नसक्नेजस्ता झिनामसिना विषयका कारणले पनि राजनीतिक पार्टीहरू एक प्रकारको सङ्कटबाट गुज्रेका छन् । यिनै विश्व राजनीति र नेपाली घरेलु राजनीतिको सङ्क्षिप्त चर्चासँगै नेपाली राजनीतिका भावी दिनका बारेमा चर्चा गर्ने यस आलेखको आशय रहेको छ ।
á विश्व राजनीति
Tuesday, August 10, 2021
नयाँ सरकारका ऐतिहासिक कार्यभार
नयाँ सरकारका ऐतिहासिक कार्यभार: संविधान सभाबाट संविधान जारी भएपछिको निर्वाचित प्रतिनिधि सभाबाट गठन भएको यो दोस्रो सरकार हो । यो सरकारले बहुमत होइन, दुईतिहाइ पुग्ने गरी विश्वासको मत प्राप्त गरिसकेको छ । संविधान विपरीत छ महिनाको अन्तरालमा दुई पटक प्रतिनिधि सभा विघटन र पुनस्र्थापनाको खेलका विरुद्धमा यो सरकार र प्रतिनिधि सभा पूर्ण कार्यकालका सारथि हुनेछन् । संविधान जोगाउने, संसद् जोगाउने र सांसदहरूको पूरा आयु जियाउनेसँगै यो सरकारका काँधमा इतिहासले सुम्पेका थुप्रै गुरुत्तर कार्यभार छन् ।
Tuesday, July 27, 2021
संविधानप्रतिको भ्रम र वास्तविकता
संविधानप्रतिको भ्रम र वास्तविकता: यतिबेला नेपालको संविधानको चर्चा शिखरमा छ । देशभित्र र बाहिर, पार्टीभित्र र बाहिर, राष्ट्रपति कार्यालयदेखि प्रधानमन्त्री कार्यालयसम्म, अदालतदेखि सैन्य अड्डासम्म सर्वत्र नेपालको संविधानको चर्चा छाएको छ । त्यसमा पनि मुख्यतः धारा ७६(५)को चर्चा चुलिएको छ ।
Tuesday, July 13, 2021
राजनीतिक क्रान्तिको हलाल विरासत
राजनीतिक क्रान्तिको हलाल विरासत: नेपाली राजनीतिले यतिबेला बेहोरिरहेको पीडाका विभिन्न कारणमध्ये एक हलाल क्रान्ति पनि हो भन्न सकिन्छ । पात्र बदलियो प्रवृत्ति बदलिएन, व्यवस्था बदलियो अवस्था बदलिएन । विगतमा जे गल्ती गरियो ती अब दोहोरिने छैनन् भनेर जनतासमक्ष माफी माग्ने र जनतामा गुमेको विश्वास पुनः जगाउने प्रयत्न नभएको होइन । जिन्दगीभर आफ्नो व्यक्तिगत चाहनाभन्दा देश र जनताका निम्ति समर्पित जीवन व्यवहार बनाएका नेताहरूको देश र जनताको भलाइबाहेक अर्को कुनै उद्देश्य छैन भन्ने पनि नगरिएको होइन । राजनीति पेसा होयन यो त सेवा हो भन्ने पनि गरियो । देश र जनताको सेवा र स्वार्थका निम्ति ज्यान खुकुरीको धारमा राखेर हिँडेका नेताहरू भएका कारणले देश र जनताको हित हुने काम नगराँैं भन्ने कुनै पनि नेताको दिल दिमागमा होला भन्ने कल्पनासम्म पनि गर्न सकिन्न । तर पनि किन देश र जनताका हितका पक्षमा अपेक्षाकृत काम हुन सकेन ?
Subscribe to:
Posts (Atom)
Featured Post
Why presidential system?
We are in historical moment. After a six decade long struggle Nepal became able to have an election of Constituent Assembly. Issue of Consti...
-
SECURITY SECTOR REFORM Democratization of Nepal Army By Hari Krishna Devkota Submitted to Nepal Transitio...
-
1 Single and open fact: Medical debt is an especially notable phenomenon in the United states the US being the world's only develope...