Tuesday, July 13, 2021

राजनीतिक क्रान्तिको हलाल विरासत

राजनीतिक क्रान्तिको हलाल विरासत: नेपाली राजनीतिले यतिबेला बेहोरिरहेको पीडाका विभिन्न कारणमध्ये एक हलाल क्रान्ति पनि हो भन्न सकिन्छ । पात्र बदलियो प्रवृत्ति बदलिएन, व्यवस्था बदलियो अवस्था बदलिएन । विगतमा जे गल्ती गरियो ती अब दोहोरिने छैनन् भनेर जनतासमक्ष माफी माग्ने र जनतामा गुमेको विश्वास पुनः जगाउने प्रयत्न नभएको होइन । जिन्दगीभर आफ्नो व्यक्तिगत चाहनाभन्दा देश र जनताका निम्ति समर्पित जीवन व्यवहार बनाएका नेताहरूको देश र जनताको भलाइबाहेक अर्को कुनै उद्देश्य छैन भन्ने पनि नगरिएको होइन । राजनीति पेसा होयन यो त सेवा हो भन्ने पनि गरियो । देश र जनताको सेवा र स्वार्थका निम्ति ज्यान खुकुरीको धारमा राखेर हिँडेका नेताहरू भएका कारणले देश र जनताको हित हुने काम नगराँैं भन्ने कुनै पनि नेताको दिल दिमागमा होला भन्ने कल्पनासम्म पनि गर्न सकिन्न । तर पनि किन देश र जनताका हितका पक्षमा अपेक्षाकृत काम हुन सकेन ?

No comments:

Featured Post

Why presidential system?

We are in historical moment. After a six decade long struggle Nepal became able to have an election of Constituent Assembly. Issue of Consti...