Saturday, March 13, 2021

कम्युनिष्ट पार्टी विघटन गर्ने हर्कतका विरुद्धमा एक सन्देश

 कम्युनिष्ट पार्टी विघटन गर्ने हर्कतका विरुद्धमा एक सन्देश

नेपाली कम्युनिष्ट आन्दोलनको विघटनको दौडमा खडग प्रसाद ओली लागेको हेक्का एमाले र माओवादी एकिकरण लगत्तै भएको थियो । जव खडग प्रसाद एकै पटक पार्टी अध्यक्ष र प्रधानमन्त्री वने त्यसै दिन देखि उनलाई पार्टी अध्यक्ष वनाउने पार्टी पनि घाडो भएको र प्रधानमन्त्री वनाउने संसद पनि घाडो भएको अभिव्यवक्ति र व्यवहार वारम्वार दोहोराउदै आएका थिए । सकभर पार्टी वैठक नवस्ने वस्न खोजे वस्न नदिने, वैठक वसीहाले निर्णय हुन नदिने निर्णय भैहाले कार्यान्वयन गर्न नदिने उनको प्रयत्न रातो दिन रहेको तथ्य जगजाहेर छ । अन्यथा कम्युनिष्ट पार्टीको विधानले निर्देश गरे वमोजिम महिनामा एक पटक वस्न पर्ने वैठक दुई वर्षसम्म पनि नवस्ने, पार्टी सदस्यता वितरण र नविकरण पनि नगर्ने, पार्टी लेवी नतिर्ने र पार्टीको सर्कुलर वैठक वसेर पढने हैन अनलाईन पढने यस्तै खाले पार्टीलाई कम्युनिष्ट पार्टी भन्छन् भन्ने परिभाषा उनले स्थापित गर्न खोजे । कम्युनिष्ट पार्टीको वैठक शहिदप्रति श्रद्धान्जली गरेर हैन अन्तराष्ट्रिय गीत गाएर पनि हैन राजाले क्याविनेट चलाए जसरी अर्थात उनैले क्यविनेट चलाए जसरी चल्न थाल्यो । मनपरी निर्णय गर्ने अनि यस्तो कुरा कहा निर्णय भयो भनेर प्रश्न गर्दा मलाई प्रश्न गर्ने तपाई को ? म पार्टी हो ? मैले गरेका चिज पार्टीका हुन्छन तपाई प्रश्न गर्ने भए पार्टी छोडेर जानोस यहा निर्णय मान्न पाईन्छ नमान्न पाईन्न । यहा जवाफ सुन्न पाईन्छ प्रश्न गर्न पाईन्न । मेरालागि प्रश्न गर्ने पार्टी र संसद नभए सरह नै हो प्रश्न गर्ने पार्टी, कार्यकर्ता र संसद त म विघटन गरिदिन्छु । यो भनाई उनले प्रत्यक्ष परोक्ष रुपमा आफना आसेपासे हरुका विचमा वालुवाटार प्रधानमन्त्री निवासमा व्यक्त गरेका हुन् ।

यस्तो विचार व्यक्त गर्ने पार्टी अध्यक्ष महान भन्ने आजिवन खडग ओलीका हनुमानहरुको कमि त्यहा थिएन तर भयंकर रिक्तता पुर्ति गर्न भनेर होला सायद नयाँ जोगीहरुको पनि प्रवेश भयो । आजिवन एमाले जोगाएकाहरु पजनीमा परे । को कता परे त्यो चिन्ताको विषय भएन तर नेपालको कम्युनिष्ट आन्दोलन विसर्जन गर्ने पार्टीहरु विघटन गर्ने जिम्मा स्वीकारेका खडग ओली र उनका कोटरीलाई ईतिहासले माफ दिने छैन । 

जव भारतवाट खुवीया एजेन्सी र का प्रमुख सामन्त गोयल नीजि विमान लिएर वालुवाटार छिरे उनीसंग एकलै वार्ता गरे र संसद विगटन देखि नेकपा विघटन र अन्तमा एमाले विघटनसम्मको भारी वोकाएर गए आज उनी त्यही काम फत्ते गर्दैछन् । झण्डै दुई तिहाईको कम्युनिष्ट पार्टी सवैभन्दा वढी टाउको दुखाईको विषय विस्तारवादी भारत र साम्राज्यवादी अमेरिकालाई मन परेको थिएन । त्यसै गरी कालापानी लिम्पीयाधुरा लिपुलेक समेटिएको नक्शा पारित गर्ने संसद भारतकालागि मुटुको किल्ला वनेको थियो त्यसै गरी एमसिसि पारित नगर्ने संसद अमेरिकाकालागि खुटटाको खिल वनेको थियो । त्यही खिल फालिदिने काम खडग प्रसादले गरे एकै पटक भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको सदिच्छा पुरा गर्ने काम गरे । 

नेपाली जनताको ईच्छा र आकंक्षा विपरित राष्ट्रघातका पक्षमा काम गर्ने खडग ओली राष्ट्रवादी टोपी ओडेर दुनियालाई ठग्दै हिडेको देख्दा कुरी कुरी भन्न मन लाग्छ । उनको यो राष्ट्रघातलाई नदेख्ने देखेर पनि केही वोल्न नसक्ने हुतिहाराहरुको जति निन्दा गरे पनि पुग्दैन अझ यतिका अपराधका वावजुद पनि उनैको पिछलग्गु वनेर हिडने मानिसहरु विवेकहिन यन्त्र मानव हुन वा त्यो टिम पुरै विदेशी एजेन्सीहरुको जालमा उम्कनै नसक्ने गरी परेको छ भन्ने कुराको निक्र्योल आगामि दिनले गर्ने नै छ । वाकी समिक्षा गर्ने जिम्मा भविश्यलाई दिदै हिम्मत र साहसका साथ देश र जनताका पक्षमा स्वाभिमान वचाउदै शिर ठाडो पारेर वसौ र इृतिहासले सुम्पेको जिम्मेवारी धैर्यताकासाथ पुरा गरौं । 


No comments:

Featured Post

Why presidential system?

We are in historical moment. After a six decade long struggle Nepal became able to have an election of Constituent Assembly. Issue of Consti...