नेपाली समाज सामन्तवादको भर्खर अन्त्य गर्दै पुँजीवादमा प्रवेश गरेको छ । राजनीतिक रूपमा सामन्ती राजतन्त्रको अन्त्य र गणतन्त्रको आरम्भ भएको कारणले यो निष्कर्ष निकालिएको हो । यसैगरी उत्पादन सम्बन्धका हिसाबले उत्पादनका साधनमा सामन्तको एकाधिकार बिस्तारै तोडिँदै पुँजी र श्रमतर्फ विस्तारित हुँदै गएका कारण सामन्ती उत्पादन प्रणालीबाट पुँजीवादी उत्पादन सम्बन्धमार्फत पुँजीवादमा प्रवेश गरेको भन्ने निष्कर्ष निकालिएको हो । आर्थिक सम्बन्धका आधारमा राजनीतिक प्रणालीको निर्धारण हुने भएका कारण तदनुकूल नै राजनीतिक दल बन्ने र भत्कने प्रक्रिया आरम्भ भएको हुनुपर्छ । तिनै राजनीतिक दल निर्माणको प्रक्रियालाई आधार मान्दै नेपालमा पार्टी निर्माणको समस्याबारे चर्चा गर्ने प्रयास यस आलेखमा गरिएको छ ।
पञ्चायतकालमा पार्टी निर्माण
पञ्चायत कालमा पार्टी निर्माण एक दुरुह कार्य थियो । त्यसो त २००७ देखि २०१७ का दश वर्षलाई छाडेर त्यसअघिको अवधि त झनै राजनीतिक हिसाबले कालरात्रि नै थियो । सो अवधिमा पार्टी निर्माणको प्रश्न सर्वाधिक महत्वको तर जटिल थियो । राणाकालमा राजनीति गरेको आरोप नै फासीको सजायका लागि काफी थियो भने पार्टी प्रतिबन्धका कारण पञ्चायतका राजनीतिक क्रियाकलाप र पार्टीका कुनै पनि गतिविधिलाई सामान्यतः राजद्रोह र राजकाज अपराध एवं शान्ति सुरक्षाको विषय बन्ने गथ्र्यो । राजपरिवारको गाथ गादी ताकेको भन्ने आरोप मिश्रित राजगद्दीको मामिलामा भने मृत्युदण्डकै व्यवस्था थियो । त्यसैले त्यतिवेलाको पार्टी निर्माण प्रक्रिया एक दुस्साहस वा अत्यन्तः साहसिक कार्य मानिन्थ्यो । यतिका जोखिम मोलेर पनि पार्टी कार्यमा लाग्ने कामलाई समाज परिवर्तनका लागि लागेको अभियानका रूपमा आत्मसात् गर्दै समाजमा छुट्टै आकर्षण र सम्मान भाव पनि थियो । राज्यका तर्फबाट अराष्ट्रिय तत्वका रूपमा र परिवर्तनका पक्षधर समाजका तर्फबाट भने समाज सुधारकका रूपमा लिइन्थ्यो । यिनै दोसाँधका बीचबाट पार्टी निर्माण भएका थिए । अवसर र चुनौती दुवै अर्थमा पार्टी निर्माणको कार्यलाई लिइन्थ्यो । यतिवेला पार्टी पद्धतिमा प्रणाली, विधि र मान्यताको विकास हुने कुनै सम्भावना रहेन । परिवर्तनको एउटै मान्यता र मिसनमा सहभागिता हुने हिम्मत गर्नु नै उसको योग्यता, क्षमता र पुँजी बन्न पुग्यो ।

बहुदलकाल र पार्टी निर्माण
जब प्रतिबन्ध फुक्यो, तब दलहरू स्वतन्त्र भए र आफ्ना गतिविधि सार्वजनिक रूपमा गर्न सक्ने भए । अब पार्टीमा सहभागी हुनेहरूको ताँती लाग्न थाल्यो । पार्टी बिस्तारै अवसरको थलो बन्न पुग्यो । पार्टी शक्ति र शासनको स्रोत बन्न पुग्यो । यतिवेला पनि पार्टी निर्माणको प्रश्नले फेरि पनि प्राथमिकता पाएन । पार्टीनीति, विधि र पद्धतिले चल्नुपर्छ भन्ने मान्यताले कहिल्यै महत्व पाएन । फलतः पार्टीहरू आफ्नै गतिमा चल्न थाले । नेताहरूका लागि पनि यो अवधि जोखिमको होइन, अवसरको अवधि बन्न पुग्यो, तब अवसरको उपभोग गर्ने हिसाब र हैसियतमै नेताका प्राथमिकता तोकिन थाले । यस अवधिमा दलमाथिको प्रतिबन्ध फुकुवा भए पनि राजतन्त्र भने कायमै थियो । राजनीतिमा राजतन्त्रको भूमिका कहीँ–कहीँ महत्वपूर्ण नै थियो । पछिल्लो चरणमा संविधानकै आडमा ज्ञानेन्द्रको ‘कु’मार्फत सम्पूर्ण सत्ता आफ्नो हातमा लिने काम पनि भयो । त्यसपछि पार्टीका गतिविधि निस्तेज बने । नेताहरू गिरफ्तार बन्ने अवस्था आयो । फेरि पनि त्याग र बलिदान नै पार्टी निर्माणको आधार बन्यो । विद्यमान सत्ता भत्काउने प्रश्न नै यतिवेला पनि प्रमुख बन्यो । तब पार्टीनीति विधि मान्यताको प्रश्न धरापमै रह्यो ।

गणतन्त्रकाल र पार्टी निर्माण
राणा, राजा र पञ्चायतविरुद्ध लड्नु राजनीति हो । विद्यमान सत्ता भत्काउनु यतिवेलाको केन्द्रीय प्रश्न हो । यसका लागि जे पनि गर्न तयार हुनुपर्छ । यसका लागि जे–जे गरिन्छ, त्यही नै राजनीति हो भन्ने सपाट परिभाषा नेपाली राजनीतिको बन्न पुग्यो । जब राजा, राणा, पञ्चायत सबै गए, अब लड्नुपर्ने संस्था वा व्यक्ति वा व्यवस्था केही बाँकी रहेन । त्यसैले राजनीतिक पार्टीको या त परिभाषा बदल्नुपर्ने या त राजनीतिक पार्टीहरू निकम्मा बन्नुपर्ने दोसाँधमा राजनीति आइपुग्यो । राजनीतिको हिजोको परिभाषा र कार्यसूची बदलिएको तथा राजनीतिकर्मीको भूमिका र हैसियत पनि बदलिएको अवस्थामा अब पार्टी निर्माणको विषयमा गम्भीर बहस थालनी हुन जरुरी छ । तर, गणतन्त्र प्राप्तिका दश वर्षपछि पनि यो अवस्थामा सुधार आएन । फलतः पार्टी निर्माणको मान्यतामा विकास हुन नसक्नुचाहिँ विडम्बना हो । हिजो पञ्चायत थियो, आज संघीय लोकतान्त्रिक गणतन्त्र छ । तर, हिजो राजा थिए, आज पार्टीनेता छन् । पार्टीनेता आआफ्नो मर्जीले भन्दा शक्ति केन्द्रको मर्जीले चल्ने गर्छन् । जब राजतन्त्रको स्थान नेतातन्त्रले लिन थाल्छ, तब लोकतान्त्रिक विधि, मान्यता र पद्धति ओझेल पर्छ । अहिले राजनीतिक पार्टीहरूको हालत यही भएको छ । सत्ताविरुद्ध लड्न तयार गरिएका पार्टी संरचना तदनुकूल विकास गरिएको नेतृत्व प्रणाली परिस्थितिमा आमूल परिवर्तन भएर गइसकेपछि तदनुकूल रूपान्तरण पार्टी निर्माणका सन्दर्भमा हुन सकिरहेको छैन । यही नै यतिवेलाको पार्टी निर्माणको मुख्य समस्या हो ।

पार्टी निर्माणमा अबको बाटो
राजनीतिले नै व्यवस्था बदलिदिएको छ । अब अवस्था बदल्ने यात्राको थालनी भएको छ । व्यवस्था बदल्न प्रयोग गरिएका पार्टी मूल्य–मान्यता, संरचना, नेतृत्व प्रणाली कुनै पनि अबको परिस्थितिमा जस्ताको तस्तै काम लाग्दैनन् भन्ने तथ्यलाई आत्मसात् गर्न जरुरी छ । त्यसपछि मात्र अबको राजनीतिको बाटो के हो भन्नेमा निश्चिन्त हुन सकिन्छ । हिजो ध्वंसको राजनीति प्रधान थियो, आज निर्माणको राजनीति प्रधान छ । हिजो संघर्ष प्रधान थियो, आज माने पनि नमाने पनि सहमतिको बाटो प्रधान छ । हिजो शासन प्रणालीमा फेरबदलको कुरा थियो, आज जनताको अवस्थामा फेरबदलको कुरा प्रधान छ । यिनै आलोकमा पार्टी निर्माणको मार्ग तय गर्न जरुरी छ ।

मुख्य चुनौती सामन्ती संस्कार
आजको दिनमा पनि पार्टी निर्माणको मुख्य समस्या भनेकै सामन्तवादी संस्कार, चिन्तन शैली र प्रवृत्ति हो । जिन्दगीभरि समान्तवादविरुद्ध लडेका नेताहरू सामन्तवादी संस्कारसँग परिचित मात्र होइन, सो संस्कार आफैँमा सहवरण गर्न पुगेको विडम्बनापूर्ण अवस्था छ । सत्तामा भएका वा नभएका नेतामा दुनियाँले कसरी सोचेको छ, मेराबारे टिप्पणी के गर्छन्, त्यतातिर कुनै चिन्ता चासो र सरोकार छैन । आफैँले बोलेको अन्तिम सत्य हो भन्नेतर्फ अभ्यस्त भएका छन् । अर्को र फरक कोणबाट हेर्नेतर्फ ध्यान छैन । यो प्रवृत्ति आजको २१औँ शताब्दीको दोस्रो दशकमा पाच्य छैन । समाज बदलियो, नेताहरूको आदत बदलिएन । पुरानो पुस्ताको यही पिँढी राजनीतिमा हाबी हुँदासम्म समयले मागेको जस्तो पार्टी बन्न कठिन छ ।

शक्तिकेन्द्रको चलखेल
विगतदेखि आजसम्म देशी–विदेशी शक्तिकेन्द्र नेतावरिपरि खेले । नेताका छोराछोरी शिक्षादीक्षा निजी जीवनको व्यवस्थापन र स्वास्थ्योपचारका लोभमा र मन्त्री, प्रधानमन्त्री वा कुनै लाभको पद पाउने आशमा आत्मसमर्पण गर्ने प्रवृत्ति नेतृत्वमा हाकाहाकी नै देखा प¥यो । यो अवसरको फाइदाका लागि शक्ति केन्द्रहरूले आफ्नो स्वार्थमा प्रयोग गर्ने अवस्थाका कारण पार्टी निर्माणमा समस्या देखा परेको छ । आत्मसमर्पणवादी धार वा देशभक्तीय धारको परीक्षणमा देशभक्तिको धार त केवल कल्पनाको मात्रै विषय बन्न पुग्ने विडम्बना नेपाली राजनीतिले भोगिरहेको आजको यथार्थ हो । यस्तो अवस्थामा सही ढंगको पार्टी निर्माणको सम्भावना निकै क्षीण हुने गर्छ । यो परिघटना विभिन्न पार्टीमा देखा पर्ने गरेको फुट वा एकीकरण ध्रुवीकरणमा नांगै देखा पर्छ । आफ्नै बलबुतामा न पार्टी फुट्छन्, न एकीकरण सम्भव हुन्छ भन्ने मनोविज्ञान लगभग स्थापित छ ।यसलाई तोड्न नेपाली नेताले आपैmँले चाहेको गर्न सक्छन् भन्ने पुष्टि गर्न जरुरी छ । तब मात्रै सही ढंगको पार्टी निर्माणको प्रश्नको सही जवाफ भेटिनेछ ।

राजनीतिलाई विकाससँग जोड्ने पार्टी
अबको राजनीति देश र जनताको अवस्था बदल्ने धेयको बन्नु जरुरी छ । त्यस्तो राजनीति हाँक्न सोहीबमोजिमको पार्टीको खाँचो छ । हाम्रो देश विकासका दृष्टिले धेरै पछि परिसकेको छ । चेतना पदार्थको उपज हो भन्ने मान्ने हो भने अर्थात् भौतिक वस्तु र परिवेशले मानिसको चेतमा फरक पार्छ भन्ने साँचो हो भने विकास र समृद्धिले मानिसको चिन्तन शैलीमा अवश्य प्रभाव पार्छ । विकासको दर जति उच्च भयो, मानिसको चेतनाको दर पनि त्यति नै उच्च हुने भौतिकवादी मान्यताका आधारमा पनि अबको राजनीति विकास र समृद्धिलाई जोड्ने दिशामा केन्द्रित हुनुपर्छ । यस्तो राजनीतिलाई जोड्न त्यसैअनुरूपको पार्टी पनि बन्न जरुरी छ । यस्तो पार्टी बनाउन सक्नैपर्छ । त्यसो गर्न सक्दा मात्रै राजनीति समयानुकूल हुने र राजनीति टिकाउ हुने गर्छ । हिजो विकासका कुरा गर्नेलाई नेता होइन विकासे कार्यकर्ता भन्थे । नेताले त मर्ने मार्ने कुरा गर्नुपर्छ भन्ने मान्यता थियो । आज समय बदलिएको छ । बदलिएको समयमा अब राजनीतिलाई बदल्न सक्नुपर्छ । राजनीति बदल्ने भनेको विकाससँग राजनीतिलाई जोड्नु हो ।

निष्कर्ष
नेपालमा पार्टी निर्माणका लामा र तीतामिठा अनुभव छन् । तिनै अनुभवका आधारमा विगतका गल्ती नदोहोर्याउने गरी पार्टी निर्माण अभियान थाल्न जरुरी छ । यसका लागि सामन्ती संस्कार त्याग्नैपर्छ । यो पहिलो सर्त हो । शक्ति केन्द्रको निर्देशनलाई प्रतिवाद गर्ने हिक्मत गर्नैपर्छ, यो दास्रो सर्त हो । त्यसैगरी विकास र समृद्धि आजको आवश्यकता भन्ने तथ्यलाई आत्मसात् गर्नु अनिवार्य छ, यो तेस्रो सर्त हो । यति सर्त पूरा गर्दै तदनुकूल जनता गोलबन्द गर्ने अभियान थालनी गर्न सकियो भने मात्रै आजको तात्कालिक आवश्यकताको पार्टी निर्माणको खाका कोर्न सकिन्छ ।
(देवकोटा नयाँ शक्ति पार्टीका प्रवक्ता हुन्)

No comments:
Post a Comment