Tuesday, April 29, 2014

एमाओवादी राष्ट्रिय सम्मेलनको पुर्वसन्ध्यामा

खिमलाल  देवकोटा

एमाओवादी पार्टीको राष्ट्रिय सम्मेलन विराटनगरमा हुदैछ । यो सम्मेलनवारे निर्णय गर्ने केन्द्रिय समितिको वैठकमा यो पक्तिकारले पार्टी व्रेक फेल भएको गाडि जस्तो छ तैपनि चालक मस्तछ वरपर वस्ने स्टाफहरु भ्mन मस्त छन् यात्रीहरु केही चालकलाई खवर गर्ने र कोही हामफालेर ज्यान जोगाउने भन्नेमा विभाजित छन् भनेको थियो । आज कमरेड प्रचण्डले एमाओवादीको अव काम छैन यसलाई विघटन गर्न मन छ भनेपछि ढिलै भए पनि मेरो अनुनय काम लागेछ भन्ने लागेको छ । र दडग परेको छु । तर चिन्ता के मा छ भने एमाओवादी विघटन गरेर मात्रै दायित्व पुरा हुदैन । पछि फर्केर हैन, अघि वढेर, क्रान्तिको वाकी कार्यभार पुरा गर्ने नया शक्ति, नया पार्टीको खाचोलाई पुरा गर्ने स्पष्ट मार्गचित्र रहितको खाका दिन जरुरी छ । यस दिशामा सवै माओवादीहरु र गैरमाओवादीहरु पनि जो समाजवादोन्मुख नया संविधानलागि तयार छन् तयार छन् कि छैनन् प्रश्न यही निर छ । यसैको सेरोफेरोमा चर्चा गर्ने प्रयास गरेको छु ।

पुननिर्माणकालागि एमाओवादी विघटनः

माओवादी पार्टीले ईतिहासमै कसैले नगरेको साहस जनयुद्धको थालनी गरेरै गरयो । मुलुकलाई गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रकालागि तयार पारयो । यसकालागि जनआन्दोलनको माध्यमवाट अरु पार्टीहरुको पनि त्यतिकै भूमिका रहयो । तर सामन्ती राजतन्त्रका विरुद्ध जनयुद्धको तरिकाले लडन तयार गरेको पार्टी गणतन्त्र प्राप्तीको सात वर्ष पश्चात पनि आफनो पुरानो शैली र संरचनामा फेरवदल ल्याउन असफल रहयो । त्यसैकारणले संविधानसभाको दोश्रो निर्वाचनमा अनपेक्षित असफलता त हात पारयो नै । त्यस पछि पनि चेत नखुलेझे गरी पार्टी भित्र पुरानै प्रवृत्ति हावी हुदै जान थाल्ने र पार्टी विपरितहरुको एकत्व हैन एकमना एकताको खोजीमा पार्टी कव्जा गर्ने मिहिन अभ्यासहरु हुन थाले । यही अभ्यासको परिणाम कतिपय जिल्लामा सम्मेलन सम्पनन हुनै सकेनन । कतिपयमा सन्तोषजनक ढंगले काम अघि वढेनन् । जसले अन्तत पार्टी विघटनलाई सघाउ पुराउथ्यो । क प्रचण्डले विराटनगरमा घोषणा नगरे पनि हुने त एमाओवादी विघटन नै हो । तर सो अगावै विघटन गर्न सके आफनै पहलकदमीमा हुने र फेरि पुननिर्माण गर्न सहज हुने छ । यस तर्फ ध्यान जानु सकारात्मक नै हो । यस कदमको सवैले स्वागत गरौं ।

नया निर्माणकालागि नया माओवादी ः

पुरानोको ध्वस र नयाको निर्माण यो साश्वत नियम नै हो । तर सवै पुराना नराम्रा र सवै नया राम्रा भन्ने कुरा नामकै कारणले हुन सक्दैन । त्यसैले त्यो पुरानाले वोकेको विजातिय तत्व नयाले ईन्कार गर्न सक्छ कि सक्दैन । पुरानो पात्र र प्रवृत्तिमा फेर वदल आउछ कि आउदैन प्रश्न त्यहा छ । पात्र उही प्रवृत्ति उही रहयो भने नाम मात्रैको नया ले नया पन दिने छैन । यस तर्फ गंभिरताकासाथ सोच्न जरुरी छ । यसो भनेर हिजोका मानिस सवै फेर्ने र नया लोकका मानिसहरुको पार्टी वनाउने कुरा गर्न खोजिएको पनि हैन र खोज्न पनि हुदैन । त्यसो भयो भने त्यो कामयावी पनि हुदैन । वरु पुरानो पात्रले प्रवृत्ति वदलेर आफुलाई नया वनाउन सक्न पर्छ । सो को अनुभूति दिलाउन सक्न पर्छ । र लोकले त्यो कुरा महशुश गर्न पनि पाउन पर्छ । यसो भयो भने नया 
पार्टी निर्माण दुरुह विषय वन्ने छैन ।

माक्र्सवादका आधारभूत मान्यताभित्रैवाट नया पार्टीः

नया पार्टी गैर माक्र्सवादी वनाएर त्यसले नेपाली समाजको रुपान्तरणको कार्यभार पुरा गर्न सक्दैन । यो दुनियामा माक्र्सवाद वाहेक अरु कुनै वैज्ञानिक समाज विज्ञानको आविष्कार भएको छैन । माक्र्सवादका कटटर विरोधीहरु प्नि माक्र्सवादका अंश अंश सापट लिएर आफनो समाज सम्वृद्ध गरेकाछन् । त्यसैले नेपाली समाज कम्युनिष्ट चेतनाले भरिएको छ  । माक्र्सवादप्रति अगाध श्रद्धा पनि छ । त्यसैले माक्र्सवादका आधारभूत मान्यताकै आलोकमा तर एक्काईसौ शताव्दीको आवश्यकतालाई संवोधन गर्ने स्वरुप र आकारमा नया पार्टी निर्माणको अभ्यास आरम्भ गर्नु उपयुक्त हुनेछ । 

नेपाली समाज अनुकुलको विचार र राजनीतिः

एक्काईसौ शताव्दीको माक्र्सवादको आलोकमा नेपाली समाजको ठोस विश्लेषणका आधारमा तयार हुने ठोस निष्कर्षलाई संवोधन गर्ने गरी नेपाली विचार र राजनीतिको विकास यतिवेलाको खाचो हो । माक्र्सवादलाई धर्मशास्त्रका रुपमा लिने पण्डितहरु वा माक्र्सवादलाई जन्मजात शत्रु देख्ने प्रवृत्तिहरु नछोडदासम्मजतिसुकै कोशिस गरे पनि यो अभियानका अन्तिम गन्तव्यसम्म पुग्ने सहयात्री हुन सक्ने छैनन । यो कुरालाई हेक्का राखदै तत् तत् स्थानमा समाजका पात्र र प्रवृत्तिहरुको क्षमतालाई सदुपयोग गर्ने नै गरी योजना निर्माण गर्न जरुरी छ ।त्यो भन्दा पनि पहिला नेपाली समाजको चरित्रको विश्लेषण गर्ने यहाको वास्तविक अन्तविरोधको पहिचान गर्ने र सो को समाधानको मार्गचित्र कोर्ने यो काम नया पार्टीको दोश्रो कार्यभार हुन पर्नेछ । 

जनविश्वास पैदा गर्ने सांगठनिक संरचनाः 

पार्टी संगठन कैलै पनि स्थायी संरचना हैन । यो आवश्यकतामा वन्ने र अनावश्यक हुदा भत्कने नै चिज हो । तर सो संयन्त्र पार्टीको विचार वोक्ने साधन पनि हो । त्यसैले यो साधन यस्तो वनोस नया पार्टी निर्माणकालागि तयार गरिएको विचार र राजनीति वोक्न सक्षम वनोस । युद्धकालिन सांगठनिक संरचना चुनावी प्रतिस्पर्धामा खरो उत्रन पर्ने शान्तिकालिन कार्यभारको आवशयकतामा वदल्न सकियोस वदल्न संभव छैन भने पुरानो संगठन विघटन गर्न र नया विचार र राजनीतिका आधारमा नया सांगठनिक संरचना निर्माणको थालनी गर्ने हिम्मत नेतृत्वले गरोस भन्ने पनि यतिवेलाको अपेक्षा हो । नया पार्टी संगठन जनताको आकर्षणको केन्द्र वनोस । सदस्यताकालागि फोस्रा आश्वासन हैन लामवन्दी र जनताको घेरावन्दी वनोस ।

जनविश्वास आर्जन गर्ने आचार विचारः

कम्युनिष्टहरु ईमान्दार हुन्छन् । जनताको ईच्छा विपरित उनीहरु सित्तैमा केही पनि लिदैनन् । वगैचामा फलेका फल खाए पछि वस्तु अनुसारको मुल्य वापतको दाम सोही वोटमा राखेर हिडछन् । यस्ता कुराहरु यतिवेला एकादेशको कथा भए । वरु विना लगानी नाफा खाने र विना श्रम ऐयाशी जीवन जिउने को हो भन्दा कम्युनिष्टहरु भन्न पर्नेमा वदलिएको अवस्थामा जनताको विश्वास आर्जन गर्न कठिन भएकोछ । जनताको वहुमत हिस्सा नै स्वय कम्युनिष्ट विचारप्रतिको आश्थाका कारणले मात्रै थुप्रै कम्युनिष्ट पार्टी नामका पसलहरु चलेकाछन् । तर ती पसलहरु कम्युनिष्ट पार्टी तिनका नेता र कार्यकताको क्षमताका कारणले चलेको हैन भन्ने स्पष्ट छ ।  आजको दुनियामा नेता र कार्यकर्ताप्रति जनताको विश्वास गुमेको छ । सो गुमेको विश्वास आर्जन गर्न अरु कसैको सहयोगवाट भन्दा पनि कम्युनिष्ट आफै आफनो आचार व्यवहार परिवर्तन गर्न तयार हुन पर्छ । अव आयो नया पार्टी र कम्युनिष्ट आदर्शको पार्टी भन्ने पुरै विश्वास जगाउन नसक्दा सम्म नया पार्टीको खाचो भए पनि सफलताको ग्यारेण्टी भने गर्न सकिदैन ।

उल्टो यात्रा सुल्टाउन जरुरीः

एमाओवादी यतिवेला स्वीकार्नै पर्छ उ उल्टो यात्रामा छ । चुनाव पछिको केन्द्रिय समितिको वैठकले नेताहरुको कार्यशैली सुधारको निर्णय गरयो । ठीक्क वोल्ने, पाएसम्म घर सर्ने, सचिवालय व्यवस्थित गर्ने,आर्थिक कारोवार मुल नेतृत्वले नगर्ने आदि आदि कुरा माघ महिनामै गरयो । ठीक दुई महिनाको ब्रेक पछि वैशाखमा संगठन वनाउने अभियानमा कस्सिएकोछ । अवका ठीक केही महिना पछि विचार राजनीति र कार्यदिशा परिमार्जन गर्ने विशेष महाधिवेशनको घोषणा विराटनगरवाट हुने छ । यो यात्रा जानेमानेको र भन्दै आएको वैज्ञानिक विचार, विचार अनुकुलको संगठन र सोही अनुसारको कार्यशैली भन्ने शुत्रको पुरै विरुद्धमा छ । यस्तो अवस्थामा अव कि त नया का नाममा उल्टै यात्रा सही निर्धक्क त्यसै गर्न जरुरी छ हैन भने विना कुनै हिचकिचाहट उल्टो यात्रा सुल्टयाउन जरुरी छ ।

राष्ट्रिय महत्वको तात्कालिन कार्यभारः

विगत साठी वर्षको नेपाली जनताको सपना दश वर्षको जनयुद्ध १९ दिने जनआन्दोलन र मधेश विद्रोह समेतको साझा लक्ष संविधानसभावाट संविधान जारी गर्ने कुरा यतिवेलाको राष्ट्रिय प्राथमिकताको एजेण्डा हो । यसकामकालागि छुटटयाईएको संविधानसभाको समितिको कार्यभार एमाओवादीको काधमा नै आईपरेको छ । जसकालागि कम्युनिष्टहरुको मात्रै एकताले पुग्दैन । गैर कम्युनिष्ट हरुलाई पनि सहमत गराउनै पर्छ । अर्थात उनीहरुलाई पनि नेतृत्व दिन सक्न पर्छ । यस्तो अवस्थामा पहिला आफनो पार्टी संगठित गर्ने त्यसपछि विचार मिल्ने कम्युनिष्टहरुको एकतालाई सुदृढ गर्ने त्यसपछि गैर कम्युनिष्टहरु तर एजेण्डा मिल्नेहरुसंग मोर्चा वनाउने र अन्तमा गैर कम्युनिष्टहरुसंग समझदारी कायम गर्दै मुलुकलाई नया संविधान दिने कार्यभार यतिवेलाको हो । विराटनगरमा पुरानो एमाओवादी विघटन गर्दा र नया कम्युनिष्ट केन्द्र निर्माण गर्दै गर्दा राष्ट्रिय प्राथमिकताको यो कार्यभारले चर्चा र महत्व पाएन भने राष्ट्रिय र अन्तरािष्ट्रय रुपमा पनि एमाओवादी सम्मेलन आन्तरिक किचलो व्यवस्थापनको प्रयास वा भागवण्डा जस्तो कर्मकाण्डी सभामा विलय हुनेछ । देश जनता र दुनियाले खासै चासो राख्ने छैनन् । त्यसैले देश जनता र दुनियाको चासोको संवोधन गर्न र सोकलागि आवश्यक ध्यान खिच्नकालागि पनि यो एजेण्डा महत्वकासाथ उठाउन जरुरी छ । हाम्रो विडम्वना नै कस्तो छ भने अघिल्लो संविधानसभाको कार्यकालका वखत असी प्रतिशतभन्दा वढीको प्रतिनिधित्व गर्ने दलहरुको महाधिवेशन हप्तौ लगाएर सम्पनन गरे तर कसैले पनि राष्ट्रिय महत्वको ऐतिहासिक कार्यभार संविधान निर्माणका वारेमा एक शव्द वोलेनन् । छलफल त कता हो कता त्यो विडम्वना विराटनगर सम्मेलनले दोहोराउने छैन । 

अन्तमा

सवै सम्मेलन आफैमा ऐतिहासिक हुदैनन् वरु तयसले गर्ने निर्णय र समाजमा पार्ने प्रभाव यसका मापक हुन हेटौडा सम्मेलनको जो उचाई थियो कार्यान्वयनमा अपेक्षा पुरा गर्न नसक्दा त्यसको महत्ववोध हुन सकिराखेको छैन त्यसैगरी यो सम्मेलन पनि हेटौटा महाधिवेशनको प्रस्तावलाई संवृद्ध गर्दै अघि वढने शर्तमा हातेमालो फेरि पनि सकारात्मक नै हुनेछ कतै समाचारमा आएजस्तै पछि फर्केर हातेमालो गर्न कोशिस गरिए फेरि उल्टो यात्राको पुष्टि हुनेछ पछि हटेर हैन अघि वढेर नै सवैलाई समेटन पनि सकिने ऐतिहासिक कार्यभार पनि पुरा हुने छ यही सफलताको विन्दुमा विराटनगर सम्मेलन पुगोस यही शुभकामना व्यक्त गरौ ।

पजष्mबिमिभखपयतब२नmबष्।िअयm

No comments:

Featured Post

Why presidential system?

We are in historical moment. After a six decade long struggle Nepal became able to have an election of Constituent Assembly. Issue of Consti...