भर्खरै सार्वजनिक भएको एक तथ्यांकका अनुसार संसार भरका आधा जनसंख्यासंग भएको सारा सम्पत्ति वरावरको सम्पत्ति जम्मा ८५ जना व्यक्तिको हातमा छ । संसारको आधाभन्दा वढी जनसंख्या भारत र चिनमा मात्रै वस्छ तर भारत र चिनको मुल्य मान्यता विशवव्यापि मुल्य मान्यता हुदैन । लोकतन्त्र भनेको वहुसंख्यक जनताको मत हो भनेर परिभाषा गर्ने तर वहुमत जनताको हातमा न शाक्ति छ न साधन श्रोत छ न सत्ता छ न सरकार छ केही पनि छैन । संसारका ८५ जना व्यक्तिको हातमा विश्वको अर्थतन्त्र सिमित छ । यी ८५ जना व्यक्तिले संसारको अर्थात लगभग सात अरव जनताको भाग्यको र भविश्यको निर्धारण गरिदिन्छन् । हिजोको वास्तविकता वदलिएको छ वदलिएको वास्तविकता नवुझने मानिसहरु यसलाई वदल्ने अभियानमा हिडेकाछन् । मुख्य कुरा वदल्ने हो भनेर माओले भने तर वदल्नलाई वुझन पनि पर्छ भनेर माओले भनेको कुरामा त्यतिधेरै ख्याल गरिदैन । यो विडम्वनाका वीचवाट समाजवादी क्रान्तिको तयारी गर्न परेको छ ।
तर यतिवेला नेपाली समाजको वास्तविकता भने भिन्दै छ । राजनैतिक वहसका रुपमा स्थानीय निर्वाचन कि संविधान निर्माण ? सरकारको उपहार , मुल्य वृद्धिको मार ? जस्ता जनसरोकारका विषय छन् एकातिर भने अर्कोतिर गतहप्ता मात्रै माअेवादी वरिष्ठ नेता डा बाबुराम भटटराईले नया शक्तिको खाचो भन्ने आलेख सार्वजनिक गरे पछि राजनैतिक वृत्त विल्कुलै नया ढंगले तातेकोछ । संविधान छाडेर स्थानिय निर्वाचनको गुडडी हाक्ने जनतालाई राहत दिने डिड हाक्दै मुल्य वृद्धि गर्ने सरकारका विरुद्ध सडकमा र यसका पक्षमा धेरैजसो दरवारमा वहस र चर्चाले ठाउ पाएको छ । काम कुरो एकातिर कुम्लो वोकी ठिमीतिर भने झै नहोस स्थानीय चुनावको चर्चा । चुनावी खर्चको कमिशन आकार ठुलै होला चुनाव गराउने नै जानुन तर जनतलाई यतिवेला संविधान चाहिएको छ नगर्ने जेठको स्थानीय चुनावको चर्चा वन्द गरी राहत चाहिएको जनतालाई मुल्यवृद्धि फिर्ता लियोस यत्ति नै भनौ ।
अव नया शक्तिको खाचोका वारेमा चलेको वहसको कुरा गरौ यसका पनि दुई कोणहरु छन् एउटा पुरानै कोण जसले क्रान्तिकारी आन्दोलनको कुनै पनि नया अभियानलाई रुचाएन र पत्याएन र पचाएन पनि । तिनकालागि यो खासै चासोको विषय पनि वनेको छैन चर्चा छैन । यसैको अर्को संस्करण यो वा त्यो माओवादी नेताहरुलाई क्रान्तिकारी आन्दोलनको नेता नमानी पनि भएको छैन र औपचारिक रुपमा उनीहरुकामा स्वीकारोक्ति हत्तपत्ति जनाईहाल्दैन त्यो प्रवृत्तिले माओवादी आन्दोलनमा फेरि फुटको संकेत अमुक नेता पार्टीमा नवस्ने र अर्कै पार्टी खोल्ने जस्ता दुष्प्रचारमा पनि आफुलाई व्यस्त वनाएको छ । तर साचो के हो भने माओवादी आन्दोलनकै परिणाम स्वरुप मुलुक गणतन्त्र संघीयता धर्मनिरपेक्षता समावेशीतामा आईसकेको अवस्थामा भिन्न ढंगले नया जनवादी क्रान्ती मुलभुत रुपमा पुरा भएको र अव समाजवादी क्रान्तिको तयारी गर्न पर्ने वेला भएकाले पार्टी पुननिर्माणको अभियान थाल्न पर्ने गरी गत केन्द्रिय समितिको वैठकमा अध्यक्ष कमरेड प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदन पारित भए पछि माओवादी नै फेरि नया शक्तिका रुपमा आउन पर्ने त्यसो हुन सकेन भने अरु नै नया शक्तिले यो अवसरलाई छोप्न सक्ने संभावना औल्याएकै थियो त्यही भाव वमोजिम नया शक्तिको खाचो यतिवेला चर्चाको शिखरमा छ ।अवको नया शक्तिका कार्यभारका वारेमा चर्चा गर्ने प्रयत्न गरिएको छ ।
१ अवको नया शक्तिले समाजवादी क्रान्तिको सम्पन्न गर्ने हो । यसकालागि राजनैतिक वैचारिक काम पहिलो हुनेछ । त्यही राजनैतिक वैचारिक लाईन वमोजिमको संगठन निर्माण गर्ने यसको अर्को कार्यभार हुनेछ त्यस पछि त्यो संगठनले काम गर्ने विधि कस्तो हुने हो भन्ने वारेमा ठोस गर्नु अर्को आवशयकताको विषय हुनेछ । यतिकाम गर्न सक्दा नया शक्रिको औचित्यसंगै नया क्रान्तिको खाका पनि सामुन्नेमा आउनेछ जसले जनतामा छाएको निराशालाई फेरि आशामा वदल्ने काम गर्नेछ ।
२ माक्र्सवाद भनेको ठोस परिस्थितिको ठोस विश्लेषण हो । ठोस परिस्थिति कितावमा मात्रै खोज्ने हैन वरु जमिनमा खोज्ने हो । यसो गर्दा यतिवेला नेपाली समाजमा आएको परिवर्तनलाई ख्याल गर्न जरुरी छ । राजतन्त्रको अन्त भै गणतन्त्र आई सकेको यो परिवेशमा अव कमसेकम नेपाल अर्धसामन्ती समाज रहेन । पुजिवादी समाजमा प्रवेश गर्ने अवस्थामा रहेको नेपाली समाजको चरित्र विश्लेषण यतिवेलाको खाचो हो । यसका चरित्रहरुका आधारमा क्रान्तिका रणनीति र कार्यनीति वनाउने कुरा नै यतिवेलाको मुख्य कार्यभार हो । यसो गरिरहदा यतिवेलाको माक्र्सवादको विकास कसरी भएको छ त्यसको प्रयोगको उपयुक्त विधि के हुन्छ हेर्न पर्ने र एकिन गर्न पर्ने पहिलो आवशयकता हो त्यसकासाथै यतिवेलाको साम्राज्यवाद जो संगै लडेर मात्रै नेपाली क्रान्ति पुरा हुनेवाला छ भने त्यसको अवस्था कस्तो छ र त्यसकालागि भर पर्ने वर्ग र सो को विश्लेषणको अवस्था के छ भन्ने वारेमा विहंगम विश्लेषण नगरीकन निष्कर्षमा पुग्न पनि सकिदैन र त्यसरी पुगियो भने त्यो असफल हुने वाटो वाहेक केही हुने छैन ।
३ यतिवेलाको राजनैतिक अर्थशास्त्रको शव्दावलीको कुरा गर्दा उदारवाद, नवउदारवाद एकातर्फ जसले व्यक्ति वाहेक अरु केही पनि हैन भन्ने ठान्यो अर्का तर्फ समाजवाद राज्य वाहेक अरु केही हैन भन्ने ठान्यो । व्यक्ति वाहेक अरु केही हैन भन्ने नवउदारवाद आज विश्वका आधाभन्दा वढी जनसंख्या संग भएको सम्पत्ति ८५ जना व्यक्तिका हातमा केन्द्रित गर्दै सारा विश्व व्यवस्था ध्वस्त हुने ठाउमा पुरायो भने राज्य वाहेक केही हैन भन्ने समाजवाद व्यक्तिहरुको सत्वलाई ख्याल नगर्दाका परिणाम व्यक्तिहरुको असहयोगका कारण आज आफैलाई रक्षा गर्न नसक्ने अवस्थामा पुग्दै एक पछि अर्को समाजवादी सत्ता ढल्दै आएको अवस्था हो यस्तो परिवेशमा व्यक्तिका सत्वहरुलाई पनि उचित स्थान र सम्मान दिदै ढल्दै गरेका समाजवादका दुर्गुणहरुको पहिचान गर्दै नया अर्थ व्यवस्था सहितको नया राज्य व्यवस्थाको खाचो यतिवेलाको हो । नया शक्रिको खाचो औल्याउदै गर्दा यस तर्फ ध्यान केन्द्रित गर्न जरुरी छ ।
४ वर्गहरुको प्रश्न नै प्रमुख प्रश्न हो नेपाल कृषि प्रधान देश तर कृषि आयले राजश्वमा उल्लेख्य भुमिका पनि खेल्न सक्दैन र कृषिमा निर्यात हैन आत्मनिर्भर पनि हैन आयात गरेर पेट पाल्ने हालतमा छ । यसकारण किसानहरुको क्रान्तिकारी शक्तिका वलमा क्रान्ति गर्ने स्थिति पनि छैन । मजदुर क्रान्तिको अर्को सहारा नेपालमा औद्योगिक क्रान्ति नै नभएका कारणले व्यवसायीक मजदुरहरुको प्रचुरता पनि छैन । वरु जो मजदुर नेता छन् तीनी वास्तविक मजदुर छैनन यस्तो अवस्था छ भने मध्यम वर्ग ढुलमुले वर्ग क्रान्तिको भरपदौृ शक्ति हैन भन्ने सदियौ देखिको व्याख्या आज पनि कायम छ तर परिस्थितिले कोल्टे फेरेको छ । मध्यमवर्ग निर्णायक वनेको छ र समाजवादी क्रान्ति फेरि मध्यमवर्गको सहारा विना सम्पन्न गर्न सकिदैन । यस्तो स्थितिमा नारामा हैन नेपाली समाजको वर्गहरुको परिवर्तित रुपको आकार आधार र शक्ति को हो सोको ठोस पहिचान पनि यतिवेलाको खाचो हो ।
५ हामी आज पनि विश्वव्यापि रुपमा स्वीकार्य सिद्धान्त आदर्श मान्यताहरु भनेर पश्चिमा मान्यतालाई नै शिरोधार्य गर्दै आएका छौ । जवकि पश्चिमा विद्धान र नेताहरु पनि अव भविश्यको शक्ति पश्चिमवाट पुर्वतर्फ सर्दै गरेको तथ्यहरु सार्वजनिक गरिरहेकाछन् । देखिएको तथ्य पनि के हो भने विश्वको आधाभन्दा वढी जनसंख्या पश्चिममा हैन पुर्वमा छ त्यसमा पनि भारत र चिनमा मात्रै छ । यही क्षेत्र आर्थिक राजनैतिक र सामरिक सवै हिसावले उदाउदो क्षेत्र पनि हो । जसले मानव समाजका मुल्य मान्यता र आदर्शहरुमा पनि पुरै परिवर्तन गर्न सक्ने तागत राख्दछ । यस्तो परिस्थितिमा हामी नेपाली समाजमा जनवादी क्रान्ति पुरा गर्दै समाजवादी क्रान्ति गर्ने कुरा गरिराखेका छौ भने नया शक्रिको खाचो यसै पनि छ नया शक्ति नामको भएर भएको छैन साच्चैको कामको नया शक्ति हुन जरुरी भएको यसकालागि पार्टीगत सागुरो दायरा भित्रवाट मात्रै सोचेर हुदैन त्यो भन्दा फरक र अझै वढी उचाईवाट सोच्न जरुरी छ ।
६ उपरोक्त अवधारणाका आधारमा नया शक्तिको खाचोको महशुश गरिरहदा सवैभन्दा पहिला समाजको विश्लेषण गर्न जरुरी भएको छ । समाजको विश्लेषणका आधारमा क्रान्तिका रणनीति र कार्यनीतिहरुको विकास गर्न जरुरी छ । विकसित राजनैतिक वैचारिक कार्यदिशाका आधारमा सो कार्यदिशालो माग गरे वमोजिमको संगठनको निर्माण गर्न जरुरी छ र सो खालको संगठन निर्माण भै सकेपछि सो संगठनले खेल्ने भूमिकाका वारेमा र उसका कार्यशैलिका वारेमा पनि नया पन आउन जरुरी छ । यतिका सवै कुरा गर्नकालागि पहिला आफैवाट शुरुवात गर्न जरुरी छ । आपफैलाई वदलेर आफै नया मान्छे वनेर नया शक्रि निर्माण गर्ने अभियानमा लाग्ने हो भने समयले र परिस्थितिले नया शक्रिका् खाचो महशुश गरेकै छ त्यही खाचो मात्रै पुर्ति गर्ने दिशानिर्देश मात्रै गर्न सक्यो भने यो पुस्ता भावी पुस्ताका नजरमा धन्य हुनेछ अन्यथा यो पुसताको साख धरापमा पर्नेछ ।
No comments:
Post a Comment