Sunday, September 26, 2010

Unsuccess CA

नेपाली जनताले आफनो संविधान आफै लेख्नकालागि थालेको संविधानसभाको अभियानले छ दशकमा सफलता हासिल गरेको छ । संविधानसभाको निर्वाचनले सो अभियान सही थियो भन्ने पुष्टि गरेको छ । दुई वर्षमा संविधान लेख्ने ईच्छाशक्ति राजनैतिक दलहरुले देखाएकै कारणले अन्तरिम संविधानमा सो कुरा उल्लेख भएको हो । हठात जनताका आशाहरु निराशामा परिणत भए । दुई वर्षभित्र संविधान लेख्न सकिएन । सो को म्याद थप्न परयो । एक वर्ष म्याद थप्दा थपिएको अवधिमा कुनै पनि हालतमा संविधान लेख्ने ईच्छाशक्ति दलका नेताहरुमा राम्ररी देख्न सकिन्थ्यो । तर विडम्वना नै भन्नु पर्छ थपिएको म्याद मध्य एक तिहाई व्यतित भैसकेको छ । तर यो अवधिमा संविधान लेखनको वांकी काममा एउटा मात्रै ईटा पनि थप्न सकेको कुरा जनताले जान्न पाएनन् ।


तोकिएको अवधिभित्र संविधान नलेखे ६०१लाई वाधेर लडाउने जागिरको म्याद थप्न नदिने नागरिक समाजको हुकार राम्रै सुनियो । तर जव २०६७ जेष्ठ महिना लाग्यो खवरदार संविधानसभा भंग गर्न पाईदैन भन्ने आवाजले संविधानसभा भवन पुरै घेरावन्दीमा परयो भने संविधानसभा भित्र पनि महिला सभासदहरु नारावाजीमा उत्रिए । तर आज न संविधानसभा घेर्ने आवाज न भित्रको नारावाजी कतै केही चहलपहल छैन । सवैले विसाई मारे जस्तै भएको छ । यो अनुकुल वातावरणमा दलका नेताहरु पनि संविधानसभाको छलफलमा हैन सरकारको छलफलमा अन्तहिन र अविराम लागिराखेका छन् संविधान लेख्न थपेको एकतिहाई म्याद वितेको पत्तै छैन ।

आखिर यस्तो किन भयो होला प्रश्नहरु तेसर्िएकाछन् । हाम्रो शान्ति प्रकृया जुन गतिमा अघि वढयो त्यही गतिमा संस्थागत हुन पाएन । जे जति कुरा गरियो विश्वासमा गरियो । विश्वास कायम छदासम्म न सहमतिलाई लिपिवद्ध गर्न आवश्यक ठानियो न समझदारीलाई न तिनलाई आफनै नेता कार्यकर्ता र जनताको पक्तिसम्म सम्प्रेषण गर्न आवशयक ठानियो । अझ सहमति पनि कार्यान्वयन भए पछि मात्रै जानाकारीमा आउन थाले । थुप्रै संवेदनशिल सहमतिहरु अलिखित त केही निकै संवेदनशिल संझौताहरु लिखित तर सार्वजनिकभन्दा गोप्य तवरमा भएका रहेछन् भन्ने पनि तथ्यले पुष्टि गरे । आज विश्वासमा संकट पर्दा ती अलिखित समझदारीहरु वेवारिसे वने भने लिखित संझौताहरु पनि आफु अनुकुलको व्याख्या हुन थाले त्यसले समग्र शान्ति प्रकृयामा समस्या पैदा गरयो । विस्तारै यो समस्या शाक्ति वाडफाडमा सरयो तव संविधान लेखन प्रकृया अवरुद्ध नै हुन पुग्यो ।

शान्ति संझौता वास्तवमा दुवै आन्दोलनकारी पक्षहरु वीच भएको थियो । १२ वुदे यसको जग हो भने त्यतिवेला सवै विद्रोही थिए । कोही शहरमा निषेधाज्ञा तोडने कोही गाउ वस्तीमा पुराना सत्ताको जग भत्काउने यो अभियानमा सशस्त्र र निशस्त्र दुवै तरिकाले विद्रोह संगठित भएको थियो । जसको सोझो निशाना राजतन्त्र थियो । राजतन्त्रसंग भिडनकालागि विद्रोहीहरु मिल्नै पर्ने थियो । यो वाध्यात्मक मिलाईंको परिणाम संविधानसभा पनि संभव भयो । गणतन्त्र पनि संभव भयो । तर नया संविधान लेख्ने वेलामा साझा शत्रुको अभाव भयो । तव मिल्नै पर्ने वाध्यात्मक अवस्थाको अन्त भएको भ्रम दल र दलका नेताहरुलाई परयो । त्यस मानसिकताले संविधान लेखनमा समस्या पैदा भएको हो ।

दलहरुले जोखिमको लेखाजोखा गर्नमा कमि गरे वा ध्यानै दिएनन् । लगभग २४० वर्षसम्मको राजतन्त्र ढलको थियो तर सामन्तवादका अवशेषहरु कायमै थिए । ती अवशेषहरुको अन्तकालागि निकै मेहनत गर्न पथ्र्यो । ती अवशेषकहरुको के ताकत हुनसक्छ भन्ने कुराको आकलन गर्न सक्नु पथ्र्यो । त्यस तर्फ ध्यान पुरयाएको देखिएन । अव लामो समयदेखिको सामन्ती राजतन्त्र सदाकालागि हटेकोले अव हाम्रो देखिने शत्रु छैन भन्ने मनोविज्ञानले आफै भित्र शत्रु खोज्ने धुनमा दलहरु तल्लिन वनेको परिणाम सामन्ती अवशेषहरु निस्तेज हुने तर्फ हैन तिनले त खनी खोस्री मल जल गरे जस्तो अनुभूत गर्न थाले यो भयंकर गल्ती थियो । यसकारणले पनि संविधान लेखनमा समस्या पैदा भएको छ ।

समस्याको उठान जुन चेतना र स्तरवाट भएको हो समाधान त्यही चेतना र स्तरवाट खोज्न असंभव छ भन्ने अल्वर्ट आईन्स्टाईनको भनाई यहा राम्ररी लागु हुन्छ । दलहरु वीचका समस्या दलहरु आफैले सिर्जना गरेका समस्या हुन् । यिनको समाधानकालागि दलका नेताहरु समस्या सिर्जना गरेकै स्तरवाट माथि नउठी समाधान भेटिने छैन । पटक पटक समाधानको प्रयत्न विफल हुनुको पछाडि कारण यही हो कि समस्या सिर्जना गरेकै स्तरमा समाधान खोजिएको छ जो संभव नै छैन । तसर्थ समाधान समस्याको उठानको चेतनाभन्दा माथि उठनै पर्दछ । यसो गर्दा नेताहरुको दल व्यक्ति र समुह विशेषकालागि घाटा होला आम जनतालाई र देशलाई अवश्य फाईदा हुनेछ । तसर्थ दलका नेताहरुले आफूलाई शान्ति संविधान र आर्थिक सामाजिक रुपान्तरणको कार्यभार ऐतिहासिक रुपमा यसै पटकका र यिनै नेताहरुलाई मात्र प्राप्त भएको छ भन्ने वोध भयो भने तत्काल अपृय लागे पनि दिर्घकालकालागि फाईदा हुने अभियानमा लाग्ने छन् हैन भने अवसर पाएर पनि वोध गर्न नसक्ने र चुम्न नसक्ने पुस्ताका रुपमा आफुलाई वदल्ने छन् । यो सत्यलाई नेताहरुले वोध गर्नै पर्छ ।

संक्रमणकाल यसै पनि पिडा दायक हुन्छ त्यसमा पनि विश्व राजनीति त्यसमा पनि मुख्यतः विश्व साम्राज्यवादको फेरिएको चरित्रका कारण र भूमण्डलिकृत विश्व राजनीतिले आफना साझा स्वार्थका निम्ति मानवीय विवेक सम्म पनि वचाउन नसकेका वेला विश्वको कुनै पनि भूमि शक्ति राष्ट्रहरुको संयुक्त वा एकल परेड खेल्ने स्थान हुने खतरा प्रवल हुने गर्दछ । ईतिहासको काल खण्डमा शितयुद्धको अन्त पछि यो परिस्थिति यति नै वेला आई परेको छ । श्रीलंकाको नरसंहारमा विशाल छिमेकी मुलुक तैचुप मैचुप भए झै आफना स्वार्थकालागि विदेशीहरु हैकम जमाउने अवसर खोजेर वसेका छन् यो वेला वाह्य हस्तक्षेप भैहाले पनि धेरै चर्चाको विषय नवन्ने खतरा हुन्ासक्दछ । तसर्थ यो कसैको मनोगत चाहनाको कुरा भन्दा पनि वस्तुगत परिवेशको प्रश्न हुन पुग्दछ तसर्थ आफनो थैलीको मुख वलियो वाध्नु अर्कालाई चोर नलगाउनु भन्ने उखान अवलम्वन गर्न जरुरी छ ।

फेरि संविधान लेखन तर्फ फर्कदा अन्तरिम संविधान लेखनका वेला समय र प्रकृतिका दृष्टिले पनि होला वाह्य हस्तक्षेपको अंश न्यून थियो । तर यो संविधान स्थायी र जनताले वनाउने संविधान हुदा यहा हस्तक्षेपका संभावना वढि छ त्यसमा पनि तोकिएको दुई वर्ष वितेर थपिएको यो वर्ष त्यसमा पनि पछिल्ला दिनमा अझ वढी हुनेछ । शक्ति राष्ट्रहरु आफनो हित नेपालको संविधानमा खोज्न तछाडमछाड गर्ने छन् आफनो मोडेल सेल गर्नकालागि भएको लगानी संविधान सभाको लगानीको तुलनामा धेरै गुना वढी भएवाटै अनुमान गर्न सकिन्छ तर यसवाट पैदा हुने खतराको सामना गर्न त देशले दलहरुले र नेताहरुले तयारी गरेकै देखिदैन जो सामान्यतया पाच्य कुरा होईन ।

नया संविधान शक्ति सन्तुलनको पनि दस्तावेज हो क्रान्ति विद्रोह र आन्दोलनको पनि दस्तावेज हो संक्रमणकालको व्यवस्थापन गर्ने भएकाले यो संझौताको पनि दस्तावेज हो । हामीसंग संविधान अन्तरिम छ अन्तरिम संविधान अन्तर्गतका सवै अंगहरु अन्तरिम छन् यिनलाई जनयुद्ध जनआन्दोलन मधेश आन्दोलनको भावना मुताविक रुपान्तरण गर्ने यो राम्रो अवसर पनि हो । यो अवसरलाई चुम्न सकिनौ भने यी सवै अवसरहरु समय वितेपछि चुनौतिका रुपमा खडा हुनेछन् । र अवसर चुम्न ढिला भैसकेको हुनेछ । अवसर चुम्न नसक्ने राजनीतिक दल र नेताहरुका कारणले देश र जनताले कालान्तरसम्म पनि दण्डित हुन वाध्य हुनेछन् त्यस खालको कलंक व्यहोर्न र पिडा भोगाउन कसैलाई नपारौ यतिवेलाको सही कदम यही हुनेछ ।

अन्तमा अघिल्ला पुस्ताले सुम्पेको जिममेवारी निर्वाह गर्दा भावी पुस्ताको हितलाई हेर्न सक्ने गरी विगतदेखिका आन्दोलन क्रान्ति र विद्रोह तिनमा वगेको आसु पसिना र रगतलाई स्मरण गरी नेपाली समाजका अन्तरविरोधहरुको हल गर्ने दस्तावेजका रुपमा नया संविधान लेख्न सकिएन भने यो पुस्ता त दुत्कारिने छ नै भावि दिनमा हुने सामाजिक अन्तरविरोधवाट पैदा हुने क्रान्तिको आधिवेरीमा हामी सवैलाई वढारेर लैजाने छ । त्यस्तो अवस्था आउन नदिउ समय छ वेलैमा नेपाली समाजका अन्तरविारे्ाधहरुको हल गर्ने नया संविधान वनाउने काममा जुटौं । अन्यथा समयले कसैलाई माफ गर्ने छैन । 

No comments:

Featured Post

Why presidential system?

We are in historical moment. After a six decade long struggle Nepal became able to have an election of Constituent Assembly. Issue of Consti...