Saturday, September 18, 2010

राष्टीय आवश्यकता र क्रान्तिकारी पार्टीको कार्यभार




थालनीःनेपाल यतिवेला राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा सकारात्मक तथा नकारात्मक दुवै हिसावले चर्चामा छ । ऐतिहासिक १२ वुदे संझौता हुदै अन्तरिम संविधान संविधानसभाको निर्वाचन र गणतन्त्र सम्म पुरयाउन सक्ने दलहरु समयमा शान्ति संविधान र आर्थिक सामाजिक रुपमान्तरणमा सफलता हात पार्न सकिरहेका छैनन् । राट्रका सामु ऐतिहासिक र युगिन कार्यभार सामुन्नेमा भएका वखत सो कार्यभार सम्पन्न गर्न ध्यान केन्द्रित गर्न पर्ने वेलामा दलहरु सरकार गठनको गन्तव्यहिन खेलमा रुमलिएर समय वरवाद गर्दै देश भित्र आफनो साख गुमाउने होडमा तल्लिन छन् । यसैगरी अन्तराष्ट्रिय रुपमा संयुक्त राष्ट्र संघ प्रति देखाएको शत्रुतुल्य व्यवहारले राष्ट्रको नुर गिराएको छ र कुटनीतिक अपरिपक्वता र वचकनापन देखिएकेा छ । देश भित्र र वाहिर आफनो कद घटाउने काम अरु कसैका कारणले नभएर आफनै कारणले भएको छ । दल र तिनका शिर्ष नेतृत्वकै कारणले भएको छ । तसर्थ विवाद र वहसका मुद्दा अनावश्यक रुपमा फेरिएकाछन् र फेर्ने केाशिश गरिएको छ । आफनो अपरिपक्व अदुरदर्शी एवं असफल राजनीतिक दाउपेचवाट उत्पन्न परिस्थितिलाई सामना गर्नुको सटटा आफनो गल्ती कमजोरी ढाकछोप गर्न शान्ति र संविधानको मुद्दा ओझेल पारेर देश परदेश र जनताको ध्यान अन्यत्र मोडने कोशिश गरिएको छ । यो नेपालको ईतिहासमा छुटटै परिघटनाका रुपमा अंकित गर्न लायक छ ।
साहसिक कदमःठीक यसैवेला महिनौ लामो माओवादी केन्द्रिय समितिको वैठकले तिन फरक प्रतिवेदनका वावजुद पनि राष्ट्रिता शान्ति र संविधान सुनिश्चित गर्न एक महिने आन्दोलन घोषणा गरेको छ भने त्यसै वैठकको निर्देशानुसार माओवादी पार्टीको तर्फवाट अध्यक्ष प्रचण्डले प्रधानमन्त्री पदको आफनो उम्मेदवारी फिर्ता लिने घोषणा गरेर निकै ठूलो त्याग र राजनैतिक परिपक्वता प्रदर्शन गर्नु भएको छ तर यो परिपक्वताको यात्रा केवल यतिमै सिमित रह्यो भने नेपाली राजनीतिमा यो घटना पानीको फोका सरी विलाएर जानेछ भने अरु दलहरुले यसवाट सिर्जना भएको सकारात्मक परिस्थितिलाई हार्दिकतापूर्वक स्वीकार गर्ने हिम्मत गर्नँुका सटटा फेरि अर्को शर्त राख्ने काम गरियो भने पनि राजनीतिमा त्यो भन्दा वचकनापन अरु कुनै कुरा हुने छैन । जसलाई अन्तराष्ट्रिय समुदायले पनि राम्ररी नियालेकोछ भन्ने कुरा विस्रन हुदैन ।
अन्तराष्ट्रिय परिस्थिति वा पात्रहरु एवं देशभित्रैका अरु पात्रहरु सहायक हुन । देशको सवभन्दा ठूलो पार्टी र आफनो एजेण्डा स्थापित गर्न सफल पार्टीको भूमिका नै मह्त्वपूर्ण हुन्छ । त्यसमा पनि उसको आन्तरिक पक्ष नै प्रधान हुन्छ । यो परिस्थितिको डटेर सामना गर्न पार्टी तयार हुन्छ कि उ पनि विभिन्न वाहानावाजी गरेर आफना कमजोरी ढाकछोप गर्न अरु काल्पनित तथ्यहरुको सहारा लिन्छ भन्ने कुरा महत्वपूर्ण छ र यसैलाई जनताले पनि गंभिरताकासाथ हेरेकाछन् ।
हार्न नहुने कार्यभारःक्रान्तिकारीहरुलाई हार्ने छुट हुदैन भन्ने कुरा गत केही वर्षदेखि माओवादी पार्टीका अध्यक्ष लगायत प्राय सवै शिर्ष नेताहरुले दोहोरयाउदै आएको वाणी हो । त्यसो हो भने शान्ति र संविधानको यो व्याटल हामीले जित्यौ वा जित्ने योजना वनाउदै छौ वा हामीले हारयौ वा हार्ने भयौ वा हार्ने भएका कारणले यो एजेण्डावाट भाग्ने तानावाना वुन्दै छौ । यो महत्वपूर्ण कुरा हो । हामी शान्ति र संविधानको लडाई जित्दैनौ भने अरु पनि हामी जित्दैनौ । फेरि लडाई रोजेर लडन पनि त पाईदैन आफुले जित्ने मात्रै लडाई जितेर पनि समग्र युद्ध कहा जितिन्छ र फेरि आफुले जित्ने मात्रै लडाई लडन कहा पाईन्छ र लडाई हार्ने होस वा जित्ने अगाडि जे आउछ उ संग लडनु पर्छ र अरुलाई हार्ने छुट होला क्रान्तिकारीलाई जित्ने वाहेक अरु कुनै छुट वा विकल्प हुदैन यस्तो परिघटनाका रुपमा यतिवेला शान्ति र संविधानको लडाई सामुन्नेमा आएको छ । सामुन्नेमा आएको यो लडाई जुनसुकै शर्तमा पनि हामीले जित्नै पर्छ यो माओवादीका काधमा आएको ऐतिहासिक जिम्मेवारी पनि हो ।
स्वाधिनता र आफै संविधान लेखनको तादात्म्यताःशान्ति र संविधान र आर्थिक सामाजिक रुपान्तरण यतिवेलाका राष्ट्रका प्राथमिक एजेण्डा हुन जसले राष्ट्रिय स्वाधिनताको लडाईलाई जित्ने आधार तयार पार्छ । शान्ति र संविधान एकातर्फ र राष्ट्रियताको लडाई अर्को तर्फ वनाउने र भिन्न विषयका रुपमा वुझने र वुझाउने प्रवृत्ति या त वचकना छ या त खतरनाक छ । विगतमा लोकतन्त्र र गणतन्त्रलाई यसरी नै छुटयार वुझने गल्तीवाट देश र जनता दण्डित हुन पुगेको कुरा ईतिहास साछी छ । ईतिहासमा आफनो संविधान आफै लेखेर मात्र नेपाली जनता साचो अर्थका सार्वभौम हुन्छन सार्वभौमिकताको लडाई जितेको स्थापित नगरीकन राष्ट्रियताको लडाई लडने र जितने कुरा कसैले गर्छ भने त्यो भन्दा कटौले तर्क अरु केही हुदैन सार्वभौम जनताले मात्रै आफनो राष्ट्रियताको रक्ष ागर्न सक्छन पराधिनहरुले हैन यतिवेला स्वाधिन जनताको प्रमाणित आफनो संविधान आफै लेख्ने कुराले मात्रै गर्दछ । त्यसकारण जनमुक्ति सेनाको समायोजन सहितको शान्ति र जनसंविधान महान जनयुद्ध जनआन्दोलन र मधेश विद्रोहका तात्कालिक गन्तव्य हुन तात्कालिक गन्तव्यमा नपुगी अन्यत्रको गुडडी हाक्ने कुरा फेरि पनि जनताको जनादेशको अपमान नै हुने छ । यस तर्फ पनि चनाखो हुन जरुरी छ ।
क्रान्तिकारी निर्णयको सम्मानःऐतिहासिक दोश्रो राष्ट्रिय सम्मेलन र चुनवाड वैठक हुदै कामी डाडा वैठक वालाजु पहिलो र दोश्रो खरिपाटी भेला र वैठकका सन्देशलाई एक पटक आत्मसात गर्न जरुरी छ सवैको एउटै सार हो एक्काईइसौ शताव्दीको नेापाली क्रान्तीको यो विकसित मोडेल सारत सही छ यसैको आलोकमा नेपाली क्रान्ति पूरा गर्ने संभावना काफी छ । जनयुद्ध जनआन्दोलन कुटनीति र वार्ताको औचित्य यतिवेला पनि वांकी छ । वरु यस तर्फ गंभिर हुन सकिएन भने प्राप्त उपलव्धी पनि गुम्ने खतरा छ । प्राप्त उपलव्धी गुम्दा हिजोको ठाउमा रहिने छैन हामी हारेको हुनेछौ हामीले यतिवेला हार्ने भनेको धेरै ठूलो क्षतिको सामना गर्नुपर्ने अवस्था हो त्यतिवेला हामी समिक्षा वा झगडा गर्ने स्थितिमा नै रहेका हुने छैनौ ।
विज्ञान सम्मत संभव दृष्टिकोणःक्रान्तिकारी पार्टी हुनाका नाताले यो कुरा स्पष्ट छ कि माओवादी पार्टी जनवाद सामाजवाद र साम्यवाद स्थापना नहुदासम्म निरन्तर क्रान्तिमा विश्वास गर्न र क्रान्तिकारी मार्ग पक्डीरहन्छ । तर यसो भन्दैमा वेला न कुवेला क्रान्ति र विद्रोहको पाठ गर्दैमा क्रान्तीकारी भईन्छ भन्ने मोहनविक्रम स्कूल असफल सिद्ध भैसकेको तर्फ पनि हेकका राख्नै पर्छ किनकी माक्स्रवाद ठोस परिस्थितिको ठोस विश्लेषणको विज्ञान हो । त्यसैले यतिवेलाको आवश्यकता के हो शक्ति सन्तुलन के हो आन्तरिक र वाह्य शक्तिको आकलन के हो यसका आधारमा हामीले के कुरा गर्दा क्रान्तिवाट प्राप्त उपलव्धीलाई वचाउदै थप उपलव्धी क्रान्तिकारी ढंगले नै प्राप्त गर्न सकिन्छ भन्ने कुरामा विशेष ख्याल गर्न जरुरी छ । क्रान्तिकारी हुने भनेको जिम्मेवार हुने पनि हो । क्रान्तिको विज्ञानलाई पकडने कुरा पनि हो । आज आत्मसात गरेको लाईनले परिणाम दिन्छ कि दिदैन भन्ने कुरा पर्खन धेरै दिन पर्खनै पर्दैन भन्ने कुरा विगतका थुप्रै वैठकहरु त्यसमा पनि मुख्यत चुनवाड वैठकले प्रमाणित गरिदिएको छ । चुनवाड वैठक सकिदा नसकिदै लोकतान्त्रिक गणतन्त्रको माहौल वनिसकेको थियो । अव पनि वैठक सम्पन्न भएको प्रेस विज्ञप्ती जारी हुदासाथ पूरै राष्ट्रलाई प्रभावित गर्न सक्ने क्षमता राख्न सक्न पर्दछ । त्यसकालागि आर्थिक सामाजिक रुपान्तरण सहितको शान्ति र संविधान वाहेक अर्को कुनै उपाय छैन ।
आधारभूत प्रश्नको ठेगानःराजतन्त्रको अन्त पछि सामन्तवादको नाईके समाप्त भएको छ तर अवशेषहरु वाकी छन् अवशेषहरुले आफनो नेता सत्तामा भए पनि नभए पनि चुनिसकेको छ भन्ने कुरालाई नजरअन्दाज गरेर हैन त्यसलाई पनि ध्यान दिएर प्रधान अन्तरविरोधका वारेमा वहस चलाउनु श्रेयस्कर हुने छ । कुनै पनि अर्थमा मात्रात्मक परिवर्तनलाई आधारभूत परिवर्तन ठान्ने गल्ती गर्न हुदैन । सो कुरा गणतन्त्र प्राप्तीको कुराका हकमा जति लागु हुन्छ त्यति नै प्रधान अन्तर विरोधको परिवर्तनका हकमा पनि लागु हुन्छ । सामन्तवादको प्रतिनिधिपात्रको अन्तले हजारौ वर्षदेखिको सामन्तवाद पूरै अन्त भयो भन्ने निष्कर्षमा पुग्नु पनि हतार हुन सक्छ । भारतीय विस्तारवादद्धारा पालित पोषित सामन्त दलाल र नोकरशाही वर्ग अझै पनि प्रमुख दुश्मनका रुपमा रहेकै छन् जसले नेपाली समाजको रुपमान्तरणकालागि वाधा हालेका छन् । यसपटक पनि विगतमा जस्तो प्रधान र सहायक छुटयाउन विस्रन हुदैन । तथापि यो संक्रमणकालमा प्रधान अन्तरविरोध जस्तो विषय महाधिवेशन वाहेक अरुले टुग्याउन खोज्ने र त्यसैकानिम्ति विभाजित हुने कुरा युक्ति संगत देखिदैन ।
निष्कर्षमा ल्ोाकतन्त्र र राष्ट्रियता परिपुरकःल्ााेकतन्त्र र राष्ट्रियतालाई फेरि छुटयाउने एक अर्कालाई अन्तरविारोधी देखाउने पुरानो रोग फेरि वल्झिन लागेको हो कि भन्ने आभाष भएको छ जसले विगतका पाच दशक व्यर्थमा विते त्यही रोगको सही निदानका आधारमा यो उपलवधी हासिल भएको छ । फेरि त्यही रोग वल्झियो भने प्राप्त उपलव्धी गुम्ने निश्चित छ । जे होस आन्तरिक जनवादको अभ्यास जिम्मेवारी वोधका साथ भयो भने निष्कर्षमा पुगिन्छ आग्रहले सही ठाउमा कैलै पुगिदैन । एकता संधर्ष फुट हैन एकता संघर्ष रुपान्तरणको विज्ञानलाई आत्मसात गर्न फेरि पनि जरुरी छ । गोलमेच सम्मेलन अन्तरिम सरकार र संविधानसभाको नारा २१ औ शताव्दीको जनवाद र प्रचण्डपथ एवं पछिललो पटक लोकतान्त्रिक गणतन्त्र र जनसंविधानको कार्यदिशा क्रान्तिकारी त्याग वलिदान र उत्सर्गका उच्चतम किर्तिमान हुन भने तिनको मर्म र भावनालाई पनि यथोचित स्थान दिनै पर्छ अन्यथा गौरवशाली एवं क्रान्तिकारी ईतिहास प्रति न्याय त हुदैन नै अझ अन्याय त मालेमावाद र प्रचण्डपथ जिन्दावाद भन्दै हासी हासी जीवन उत्सर्ग गर्ने महान शहीदहरु र वेपत्ता हुन तयार रहने महान वेपत्ता योद्धा एवं जनक्रान्तिका घाईते अपांग कमरेडहरुप्रति हुनेछ ।

No comments:

Featured Post

Why presidential system?

We are in historical moment. After a six decade long struggle Nepal became able to have an election of Constituent Assembly. Issue of Consti...