Wednesday, June 4, 2014
Sunday, June 1, 2014
http://epaper.gorkhapatraonline.com/epaper-%E0%A4%97%E0%A5%8B%E0%A4%B0%E0%A4%96%E0%A4%BE%E0%A4%AA%E0%A4%A4%E0%A5%8D%E0%A4%B0-%E0%A4%A6%E0%A5%88%E0%A4%A8%E0%A4%BF%E0%A4%95/book/1035-gp-jeth-15-2071/2-2013-02-14-10-43-26.html
Copyright © 2012, Gorkhapatraonline.com. All rights reserved. | Developed by: IT Home / Himalayan Web
Thursday, May 29, 2014
गणतन्त्र दिवसका सन्दर्भमा
गणतन्त्र दिवसका सन्दर्भमा
खिमलाल देवकोटा
कुनै वेला गणतन्त्रको कुरा गर्नासाथ मानिसहरु जिव्रो टोक्थे, गणतन्त्रको कुरा गर्नेहरुलाई अराष्ट्रिय तत्व भनिन्थ्यो र राजकाज राजगद्दी राज्य विप्लव लगायतका मुद्दा लगाईन्थ्यो र शान्ति सुरक्षाका नाममा थुना पनि भोग्न पथ्र्यो । जे होस राजतन्त्र जोगाउन भए जतिका हथकण्डा अपनाईन्थ्यो तर जति हथकण्डा अपनाईयो त्यति राजतन्त्र नामको विष वृक्ष धराशायी वन्दै गयो । तैपनि राजतन्त्र कैले निकै सुदृढ हुन कोशिस गर्ने र कहिले कमजोर देखिने अवस्था रहदै गर्दा जन्मजात गणतन्त्रकानिम्ति जन्मेका पार्टीहरु पनि संवैधानिक नामको जामाभित्र राजतन्त्रको पक्षमा वकालत गर्ने पक्षमा उभिने अवस्था वन्यो । तर जव जनयुद्धको प्रकृया आरम्भ भयो त्यसले सामन्तवादको नाईकेका रुपमा रहेको राजतन्त्रका जराहरु गाउ गाउवाट काटदै छिनाल्दै गर्ने अभियानले तिव्रता प्राप्त गरयो । यसो गर्दै गर्दा जन्मदा नै संवैधानिक राजतन्त्रको आदर्श वोकेको पार्टी पनि गाणतन्त्रको पक्षमा उभिन वाध्य भयो । विधिवत २०६५ साल जेष्ठ १५ गते अन्तरिम संविधानको व्यवस्था वमोजिम राजतन्त्रको भविश्यका वारेमा निर्णय भयो र नेपाल संघीय गणतन्त्र नेपाल घोषित भयो । नेपालमा राजतन्त्र विरोधी आन्दोलन जव एकाकार भयो तव गणतन्त्रको घोषणा भयो । गणतन्त्र घोषणा हुनु अघि सम्म पनि कतिपय कम्युनिष्ट नाम गरेकै पार्टीहरु पनि यो संभव छैन त्यसैले यो मुर्खता नगरौं भन्ने सन्देश प्रवाह गरिनै रहेका थिए तर जनताको व्यापक समर्थनमा उठेको आन्दोलनको राप तापलाई कसैले अन्यथा गर्न सकेन र सो जनलहरलाई रोक्न सक्ने त कुनै ताकत नै थिएन । तयही वलमा नेपालमा राजतन्त्रले सदाकालागि विदा लिएको हो ।
नेपालको गणतन्त्र दश वर्षको जनयुद्धको जगमा २०६२ ६३को संयुक्त जनआन्दोलनको वलमा प्राप्त भएको थियो । यसकालागि मधेश आन्दोलन जनजाति आन्दोलन र यस्तै अरु पनि आन्दोलनहरुको वल अवश्य प्राप्त थियो ती सवैको एकता र सो एकतावाट प्राप्त वल सह्रायिन नै थियो । धेरैलाई विश्वास नभएको यो परिघटनामा विदेशी मित्रहरुको चाहना पनि थिएन उनीहरुले गणतन्त्रको कल्पना पनि गरेको पाईएन । राजतन्त्र जोगाउन संसदवादी दलहरुको समेत सहमतिमा गरिएको भनिएको वैशाख आठ गतेको शाही घोषणाको प्रसंग र सो घोषणामा समर्थन गर्न विदेशी र स्वदेशीहरुको पनि दवाव अर्थपुर्ण नै थियो । त्यसो हुदा निकै लामो समय सम्म गणतन्त्र जो चाहदैनथे उनीहरुको समर्थन रहेन त्यसैले गणतन्त्रको संस्थागत विकास गर्ने कुरामा केही वाधाहरु प्नि रहेका हुन तर अव लगभग आधा दर्जन वर्ष काटिसकेको अवस्थामा यसले परिपक्वता प्राप्त गर्न पर्ने आवश्यकता वन्दै गएको छ ।
राजतन्त्र कुनै वेला धेरैको समर्थन कुनै वेला थोरैको मात्रै समर्थन कुनै वेला कसैको पनि समर्थन प्राप्त नगरेको अवस्थाका कारणले ढल्यो तर भन्नै पर्ने कुरा के हो भने राजतन्त्र कुनै वेला सवैको साझा दुश्मन वन्यो वाकी सवै राजतन्त्रका विरुद्ध एक जुट भए गणतन्त्र संभव वन्यो । तर गणतन्त्र प्राप्त भए पश्चात दलहरु आ आफनै एजेण्डामा फर्किए र शक्ति छिन्न भिन्न भयो । खुशीले गणतन्त्रको पक्षमा नलागेका हरु मनले चाहेर पनि गणतन्त्रको पक्षमा खुलेर लाग्न नचाहेका मानिसहरु फेरि पनि गणतन्त्रको विपक्षमा लाग्ने वातावरण तयार गर्न तयार लागेका कारणले र मुख्यत गाणतन्त्रका पक्षधरहरुको गाणतन्त्र पछिको योजना के भन्ने वारेमा स्पष्ट हुन नसकेका कारणले पनि निकै अलमल भएको देखिन्छ । राजतन्त्रको विकल्प गणतन्त्र पछिको प्रतिकको रुपमा स्थापना गरिएको संस्था राष्ट्रपतिका कतिपय काम कारवही राजतन्त्रकै पछयाउने गरेका कारणले पनि गणतन्त्रको महिमामा धेरथोर आघात पुगेको छ । हिजो राजाले जे गरे आज राष्ट्रपति भएकै कारणले तिनै काम गर्ने हो भने राजाका ठाउमा राष्ट्रपति वनाएकै भए पनि पुगिहल्थ्यो नि भन्ने खालका भनाई पनि आउन थालेका छन् । राजतन्त्रले स्थापना गरेका संस्कृतिमा नै परम्परा धान्ने नाममा राष्ट्रपतिलाई सामेल गराउने कामले गणतन्त्रको मर्मवोध हुन सकिराखेको छैन । गणतन्त्रको छुटटै संस्कृतिको विकास आजको अवश्यकता हो ।
गणतन्त्रको घोषणा संगै सोही रापताप र उत्साहमा संविधानसभावाट संविधान जारी गर्न सक्न पथ्र्यो । सो काममा सफलता प्राप्त गर्न नसक्नु दलहरुको महा भुल त हुदै हो गणतन्त्रलाई संस्थागत विकास गर्ने कुराको प्रतिवद्धतामा आएको कमि पनि हो । यही कमजोर कडिमा खेलेर राजावादीहरुको हैसियत विस्तारै वढदै जाने अवस्था आएको पनि हो । राजतन्त्रीय संस्कार छोडदै जाने र गणतन्त्रीय संस्कार विकास गर्दै जाने कुरामा रहेको गंभिर कमजोरीका कारणले देशलाई यथोचित दिशामा लैजानमा कमि रहेको अवस्था देखा परिराखेको छ ।
विगत साठी वर्षको लम्वे अभियानका रुपमा रहेको संविधानसभाको यात्रा निकै ठुलो त्याग वलिदान र समर्पणका कारणले प्राप्त भएको थियो जति लागानीका कारण प्राप्त भएको थियो त्यति नै माया ममता र स्यहार संभार प्राप्त गर्न सकेन संविधानसभाले र सो संविधानसभा लगभग गणतन्त्रप्रति खुशी नदेखिएको प्राय राजतन्त्रवाटै नियुक्त भएका न्यायालयका केही मानिसहरुको निशाना वन्यो अन्तत संविधानसभा त्यही कारणले पनि संविधान जारी गर्नु अगावै अवसान भयो । यो अवसानलाई जोगाउन दलहरु जो दह्रो संग उभिन पथ्र्यो उनीहरु नै पनि केही हदसम्म उनीहरुकै उक्साहटमा परे र संविधानसभा जोगाउन गरिएको प्रयत्नलाई कामयावी हुनै दिएनन् संविधानसभा विरोधीहरु गणतन्त्र विरोधीहरु र संघीयता विरोधीहरुको एक्यवद्धतामा पहिलो संविधानसभाको अवसान गराईयो तथापि संविधानसभाको विकल्प संविधानसभा नै हुन्थयो त्यो फेरि अर्को चुनाववाट भए पनि आएको छ एकपटक गुमेको संविधानसभा नेपाली जनताले अर्कै रुपमा भए पनि पाएका छन् अवको दायित्व यो संविधानसभालाई जोगाएरै प्राप्त गणतन्त्रलाई संस्थागत गर्नु नै हो ।
गणतन्त्र प्राप्त भयो राजनैतिक हिसावले ठुलो उपलव्धी पनि प्राप्त भयो । राजनैतिक हिसावले एउटा युगको अन्त भएर अर्को युगको आरम्भ भएको छ । यस्तो घडीमा नया युग आरम्भ भएको यस घडीमा पुराना नीति नेता पार्टी र पार्टीका कार्यक्रमहरु सवै पुराना भएका छन् । राजतन्त्र अन्त गर्न वनाईएको विचार वा राजतन्त्रसंगै मिलेर जानुको विकल्प छैन भनेर वनाईएको विचार अव काम लाग्दैन विचारमा विकास गर्न जरुरी छ यसै गरी राजतन्त्रका विरुद्ध लडनकालागि वनाईएको पार्टी संरचना पनि अव काम लाग्दैन त्यसले अवको आवश्यकता वमोजिमको पार्टी संगठन र संरचनाको माग गर्दछ त्यसैगरी हिजो युद्धका वेला गरिने व्यवहार आज काम लाग्दैन त्यसैले अव नीति नेता पार्टी संगठन र कार्यशैली फेर्न नचाहनेहरु जीव विज्ञानमा डाईनोसार लोप भएर गए झै लोप हुने छन् त्यसैले अवको आवश्यकतालाई वोध नगर्ने वा गर्ने भन्ने आधारमा हिजोका नेता नीति र पार्टीको औचित्य रहने वा नरहने भनने कुराको टुगो लाग्नेछ । यही नै परिक्षाको घडी वनेको छ ।
गणतन्त्र प्राप्त भयो राजनैतिक हिसावले निकै ठुलो उपलव्धी पनि हासिल भयो तर सामान्य जनताका जीवनमा के प्राप्त भयो भनेर प्रश्न गर्दा जवाप सकारात्मक भेटिदैन । त्यसैले जनताको जीवनमा सकारात्मक प्रभाव दिनकालागि हिजो राजतन्त्रले दिएन गर्न सकिएन भन्ने गरिएको भए पनि अव त्यो वाहाना काम लाग्ने भएको छैन । जनताको जीवनमा परिवर्तन ल्याउने भनेको आर्थिक विकास नै हो जवसम्म जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सकिदैन तवसम्म राजनैतिक रुपमा प्राप्त भएका उपलव्धीहरु पनि यथावत जोगाउन कठिन हुन्छ जनताले स्वामित्व ग्रहण नगरेको कुनै पनि प्रणाली दिगो हुन सक्दैन । यसको अर्थ जनता गणतन्त्रको विपक्षमा जान्छन भनन खोजिएको पटककै हैन तर जनताले गणतन्त्र प्राप्त भए पछिको आफनो जीवनमा परवर्तन आएको देख्न चाहन्छन गणतन्त्रको वोनस चाहन्छन जनता यसो गर्न सकिएन भने फेरि जनता र नेता वीचको दुरी वढने खतरा रहनेछ यसतर्फ सवैले ध्यान दिन जरुरी छ ।
गणतन्त्र प्राप्त भए पछि राज्य संचालनको मोडेल विकासको मोडेल र संस्कार संस्कृतिको मोडेल फेर्न जरुरी छ । विविधतायुक्त मुलुकले आज सवैको पहिचानलाई आत्मसा तगर्न जरुरी भएको छ भने एक भाषा एक जाति एक वर्ग एक संस्कृतिको राज गर्ने प्रवृत्तिको अन्त गर्न जरुरी भएको छ । यस्को गंभिरतालाई वुझिएन र हिजोकै निरन्तरतामा लैजान खोजियो भने फेरि पनि यसले गणतन्त्रको भाव पनि दिदैन । वरु राजतन्त्रकै गन्धलाई निरन्तरता दिनेछ । यस वारेमा उच्च तहवाट कार्यक्रमिक हिसावले खासै ध्यान दिएको पाईएको छैन । त्यसकारण जनता त्यति धेरै स्वस्थ र स्वच्छ एवं उन्मुक्त ढंगले गणतन्त्र प्रति गर्व गर्दा गर्दै पनि यसले हामीलाई के दियो भन्ने प्रश्न गरेकै छन । यसको सकारात्मक जवाफ दिन जरुरी छ ।
गणतन्त्रले धेरै कार्यसुचि राजनैतिक दलहरुलाई सुम्पेको छ । राजतन्त्रसंग मिलेर जाने योजनाका दलहरुलाई भन्दा गणतन्त्रकोलागि निर्णायक आन्दोलनको अगुवाई गर्ने दलहरुलाई अझ वढी दायित्व र कार्यसुचि सुम्पेको छ । यस तथ्यलाई आत्मसा तगर्दै राजतन्त्रीय विकृतिको सिको गर्ने हैन गणतन्त्रीय चेतको हेक्का राख्ने र विकास गर्ने र तदनुकुलको व्यवहार गर्ने कुरा आजैका दिनवाट आरम्भ गर्न जरुरी छ । हैन भने सामान्य जनताको कटु टिप्पणी छ एउटा राजको विदायी संगै थुप्रै राजाहरुको पुनर्वहाली भएको छ । थुप्रै राजाहरुको वहाली भएको छैन गणतन्त्रमा राजा हुदैनन् र राजशी व्यवहार पनि हुदैन भन्ने कुरा जनतामा सप्रशण मिठा भाषणमा हैन व्यवहारम ागर्न जरुरी छ । यही गंभिर कार्यसुचि आजको गणतन्त्र दिवसले सुम्पेको छ । यो कार्यसुचिलाई प्रत्येक जिम्मेवार राजनैतिक दल व्यक्ति र संघ संस्था विशेषले पनि ग.भिरतापुर्वक पालना गरौ कार्यान्वयन गरौ र नेपाली जनतामा रहेको गणतान्त्रिक चेतलाई विकास र प्रवर्धन गरौ यसैमा देश र जनताको हित कल्याण र मुक्ति छ ।
पजष्mबिमिभखपयतब२नmबष्।िअयm
Tuesday, May 27, 2014
Monday, May 26, 2014
Alert against raid
|
Thursday, May 15, 2014
Monday, May 12, 2014
Bhattarai-faction takes strong exception to Dahal's remarks
http://myrepublica.com/portal/index.php?action=news_details&news_id=74555
Bhattarai-faction takes strong exception to Dahal's remarks | ||
| ||
REPUBLICA
The Bhattarai-led faction accused Dahal of distorting the facts by saying that there was no difference in theoretical as well as organizational issues between the party establishment and Bhattarai-led group. "Everyone knows that Bhattarai presented seven-point comments clearly explaining his differences with Dahal´s political paper at the national convention in Biratnagar," Khimlal Devkota, who is close to Bhattarai, told Republica. "Similarly, Bhattarai and his team decided not to join the central committee mainly because of the theoretical differences with the chairman´s political line." Devkota said Dahal´s claim that Bhattarai had changed his stance overnight despite having no differences on theoretical and organizational issues was baseless. According to him, Bhattarai has taken serious exception toward Dahal´s tendency of undermining Bhattarai-team´s absence. "The party chairman has not taken the issue seriously even as one of the architects of the 10-year-long people´s war and those comrades, who fought together during the war, aren´t in the central committee," said Devkota. "It shows that he [Dahal] isn´t ready to transform himself and the party and he is leading the party toward its dissolution." Devkota said this after talking to Bhattarai, over telephone in China. Former Prime Minister Bhattarai is currently in China visit for the last | ||
Published on 2014-05-11 21:50:35
|
Friday, May 9, 2014
पार्टी फुट्दैन, महाधिवेशनमा जान्छ : देवकोटा
विराटनगर सम्मेलनपछि एमाओवादी झन् झन् विवाद र किचलोमा फस्दै गएको छ । पार्टीको केन्द्रीय कमिटि निर्माणका क्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहालले पक्षपातपूर्ण र हचुवाको भरमा दस्तावेज निर्माण गरेको भन्दै डा. बाबुराम भट्टराईसहितको एक समूहले सम्मेलन नै बहिस्कार गर्दै केन्द्रीय कमिटिमा नबस्ने घोषणा गरेको छ । एमाओवादीमा बढ्दै गएको विवाद र यसको समाधानको पाटोलगायतका विषयमा सम्मेलन बहिस्कार गर्नेमध्येका एक नेता खिमलाल देवकोटासँग लुम्बिनी टाइम्सका लागि कान्ति चुँदालीले गरेको कुराकानी ।
विराटनगर सम्मेलन अगाडिसम्म वैद्य माओवादी तथा अन्य वामपन्थीहरुसँग पनि एकताको प्रक्रियामा जाने कुरा गर्दै हुनुहुन्थ्यो अहिले आफै–आफै नै मिल्न सक्नुभएन । नयाँ पार्टी खोल्ने कुरा समेत सार्वजनिक हुन थाले, पहिले देखि नै योजनाबद्ध ढंगले सम्मेलन बहिस्कार गरिएको हो ?
पार्टीको राजनीतिक दस्तावेज केन्द्रमा छलफल नगरी आयो, जुन पहिले नै तयार भएर केन्द्रमा छलफल भएर मात्र आउनुपर्ने थियो । तर त्यस्तो भएन । अध्यक्ष कमरेड प्रचण्डले एकलौटी रुपमा व्यक्तिगत दस्तावेज लिएर आउनुभयो, जहाँ वैद्यसँग पनि मिल्ने र एमालेसँग पनि मिल्ने कुरा अगाडि सार्नुभयो । जुन कुरा अस्वाभाविक थियो किनकि त्यहाँ मूल सार नै थिएन । बदलिएको समाजअनुसार विचार पनि अपडेट गर्नुपर्ने हुन्छ, तर हामीकहाँ त्यस्तो चलन छैन, दस्तावेजमा सुझाव, सल्लाह लिने, स्वीकार्ने चलन पनि छैन, त्यसैले यस्तो भएको हो । मिल्न नसकेको भन्दा पनि हामी बदलिएको समाजअनुसार अपडेट हुनुपर्छ भनेका छौं, त्यो हुन नसक्दा बहस मात्र पैदा भएको हो । जहाँसम्म पार्टी नै नयाँ खोल्ने भन्ने कुरा छ, त्यसो होइन, पार्टी फुटाउने र नयाँ पार्टी खोल्ने भन्ने कुरा सत्य होइन । हामी पार्टी पुनर्निर्माण गर्ने भन्ने कुरामा जोड दिएका छौ । केही समय पहिले बाबुरामजीले सम्मेलनपछि नयाँ शक्तिको रुपमा पार्टी अगाडी आउँछ भन्नुभएको थियो । त्यसैले पनि धेरैले नयाँ पार्टी खुल्न लागेको हो की भन्ने आशंका गरेका थिए । तर त्यसो होइन । बाबुरामजीले यही पार्टी नै एकीकृत र नयाँ शक्तिको रुपमा अगाडि बढाउने भन्नुभएको हो, बुझाई गलत हुन गएको मात्र हो । यही पार्टीलाई पुर्ननिर्माण गर्ने भनेको हो ।

बाबुराम भट्टराईको पारिवारिक भनिएको चीन भ्रमण पनि नयाँ पार्टी खोल्नका लागि पूर्वतयारी हो भन्ने कुरा आएको छ नि, चीनका कम्युनिष्ट नेताहरुसँग छलफल गर्नका लागि भ्रमण केन्द्रीत हुन्छ भन्ने जस्ता कुरा के हुन् ?
बाबुरामजीको भ्रमण डेढ महिना अगाडि नै तय भैसकेको भ्रमण हो । चीनियाँ सरकारको निम्तोमा पूरा परिवारसहितको भ्रमण हो यो । चीनियाँ सरकारको नै निम्तोमा गइसकेपछि भेटघाट, छलफल त भैहाल्छ । नेपाली क्रान्तिलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर पनि छलफल भएको छ । अरुहरु व्यक्तिगत भ्रमण भनेपछि घुम्ने, रमाउने मात्र सोच्दछन् तर उहाँले नेपाली क्रान्तिलाई अगाडि बढाउन के गर्न सकिन्छ भनेर चीनबाट सिकेर आउदैहुनुहुन्छ । साथै, उहाँ मानसरोवर पनि जानुभयो । उहाँको वृद्ध बुवा पनि सँगै जानुभएको छ । उहाँको आर्कषणको केन्द्र पनि भयो मानसरोवर । पर्यटकीय क्षेत्रको रुपमा घुम्न मात्र जानुभएको हो त्यहाँ । यसरी तपाईले भनेजस्तो पार्टी खोल्ने छलफलका लागि होइन, बरु नेपाली क्रान्ति के कसरी अगाडि बढाउने भन्ने बारे केही पाठ सिक्न भने अवश्य हो ।

त्यसो हो भने, यति धेरै हंगामा के का लागि गर्नुभएको तपाइँहरुले, जहाँ छलफलबाट विवाद समाधान गर्न सकिन्थ्यो, राष्ट्रिय सम्मेलनमा नबसेर सम्मेलन नै वहिष्कार गरेर बाहिरिनुभयो, अनि केन्द्रीय समितिमा पनि बस्दैनौं भन्दैहुनुहुन्छ, तपाइँहरुको मुख्य असन्तुष्टि के हो ? कि पदमा भागवण्डा नमिलेर हो ?
पहिलो कुरा त हामीले बन्दसत्र बहिष्कार गरेको होइन । अर्को कुरा भागवण्डा नमिलेको पनि होइन । यदि भागवण्डा नै भएको भए त हामीले हामीलाई यति चाहियो उति चाहियो भनेर भन्थ्यौं होला, तपाइँहरुले थाहा पाइहाल्नुभयो, हामीले त्यो पनि भनेनौं । हामी पदमा नबसेरै पनि जिम्मेवारी पूरा गर्छौं भनेका र्छौं । पार्टी पूनःनिर्माण गर्ने भन्ने तर पूरानै केन्द्रीय समितिबाट १ सय ५१ सदस्यीय बनाउने कोशिस गर्ने, नाम फरक पारेर केन्द्रीय समितिलाई नै केन्द्रिय परिषद् आदि आदि नाम दिएर यथास्थितिलाई नै निरन्तरता दिने काम भयो । हाम्रो असन्तुष्टि त्यसमा हो । पार्टी पुनःनिर्माण हुने स्प्रीट नबनेकोले हामी बाहिरिएका हौं । अर्को कुरा, युद्धकालमा युद्धका निम्ति पार्टी निर्माण गर्यौ । तर युद्धकालबाट शान्तिकालमा आउँदा शान्तिकालमैत्री पार्टी बनाउन सकेनौं । संविधानसभाको दोश्र्रो चुनावमा पनि युद्धकालको पार्टीलाई चुनावकालीन पार्टी बनाउन नसकेरै हार व्यहोरेको कुरा हामीले स्वीकारीसकेका छौं । र, अहिले पनि शान्तिकालमैत्री पार्टी बनाउन हामी चुक्यौ । तेस्रो कुरा, विश्वका कम्युनिष्ट पार्टीमा पनि र नेपाली कम्युनिष्ट पार्टीमा पनि केही विचार बहस गर्न थाल्यो भने पाटी फुटाउन थाल्यो भनेर प्रतिक्रियावादीले हल्ला फैलाउन थाल्छन् तर त्यो सहि होइन । हरेक पार्टीमा विचार बहस भन्ने कुरा भैरहन्छ ।
चौथो कुरा, देशभरिका पार्टी कार्यकर्ताहरुलाई बोलाएर सम्मेलन गरियो । राज्यसमिति सदस्यलाई जिल्लामा तथा जिल्ला सदस्यलाई गाउँ कमिटिमा झारियो, तर केन्द्रमा बसेका भने त्यही पदमा बस्नुपर्छ भन्ने भाव सबैमा भयो । यो वा त्यो नाममा केन्द्रमै टाँसिरहने प्रवृद्धि हावी भयो । तर तल्लो तह सप्रिएन भनेर तल गाली गर्ने पनि गरियो यो अलिक चित्त नबुझ्दो कुरा भयो नि । त्यसैकारण हामीले त्यो कदम चाल्न बाध्य भएका हौं । हामी संगठन बिगार्ने हैन कि सपार्ने मार्गमा पार्टी अघि बढाउनुपर्छ भन्ने मान्यता राखेका छौं ।

तपाईहरु पदमा नबस्ने भन्दै हुनुहुन्छ ? पदमा नबसी कसरी पार्टीलाई राम्रो बनाउन वा तपाइकै शब्दमा पार्टीलाई सपार्न कसरी सकिन्छ ?
हो, विश्व कम्युनिष्ट पार्टीमा पनि र नेपाली कम्युनिष्ट पार्टीमा पनि सबै कुरा पदले नै जान्दछ भन्ने अवधारणा विकास भएको छ । यहाँ पदले नै पैसा, मानसम्मान, ज्ञान बुद्धि सबै पदले दिन्छ भन्ने धारणा सबैमा छ । तर त्यसो होइन पद नभइ पनि पार्टीकोे लागि काम गर्न सकिन्छ भन्ने कुरा हामी देखाउदैछौ । पद नभए पनि यो हाम्रो पनि पार्टी हो । पार्टी पुर्ननिर्माणको लागि काम गर्छौ । अहिले हामी केन्द्रिय समितिमा पनि बस्दैनौ ।

एउटा पक्ष तपाइँहरुलाई पनि समेटेर लैजान्छौं भन्छ, तपाइँहरु जाँदैजाँदैनौं भन्नुहुन्छ, यस्तो अवस्थामा अब पार्टी सुध्रिन वा क्रान्तिको बाटोमा अघि बढ्न संभव छ ?
हामी पार्टी पुनःनिर्माणको प्रक्रियामा छांै । अब हामी विशेष महाधिवेशन गर्छौं । त्यो बेला समग्र वैचारिक, राजनीतिक, सांगठनिक विश्लेषण गरेर पार्टीलाई नयाँ ढङ्गबाट अगाडि बढाउनेछौं । विचार र संगठनलाई अपडेट गरेर बदलिदो समाजअनुरुपको पार्टी बनाउछौ । बदलिदो समाजअनुसार अघि बढ्न र पार्टीमा परिवर्तन ल्याउन कसैले रोक्ने कुरा हैन, र यो रोकेर रोकिदैन पनि । हामी आफ्नो विचारमा अडिग छौं ।

सम्मेलन अगाडि पनि यही कुरा भन्नुहुन्थ्यो, अब विशेष महाधिवेशनपछि पार्टी पुनःनिर्माण भई नयाँ दिशामा अगाडि बढ्छ भन्नुहुन्छ, त्यसका आधारहरु के के हुन् ?
होइन, अघिल्लो चुनाव हारेपछि पार्टीमा १५ दिन सम्म छलफल भयो । पार्टी विघटन भैसकेको छ, यस्तो पार्टी लिएर चुनाबमा जादाँ हार बेहोरियो, अब फेरि पुनःनिर्माण गर्न नसके पार्टीको कार्यभार पूरा गर्न सकिदैन भन्ने कुरा भएको थियो । अब विचार र संगठनमा अपडेट गर्नुपर्छ भनेरै राष्ट्रिय सम्मेलन भएको हो । तर सम्मेलनबाट त्यसो हुन सकेन । अब त्यो ऐतिहासिक जिम्मेवारी पूरा गर्नैपर्छ । त्यसका लागि विशेष महाधिवेशन गर्नुपर्छ । समाजवादी क्रान्तिका लागि आवश्यक पर्ने कार्यनीति, र हेटौडा महाधिवेशनले तय गरेको सांगठनिक सिद्धान्तको विकास गर्न नयाँ विचार र संगठनको खाका तयार गर्छौं । अब विचार र संगठन दुवैमा अपडेट हुनुपर्ने बेला आएको छ । विशेष महाधिवेशनको तयारी आजैबाट गर्छौं । सांगठनिक, वैचारिक, राजनीतिक तयारी गर्छौ ।

त्यसो भए, विशेष महाधिवेशन कहिलेसम्म हुन्छ त ?
विशेष महाधिवेशनको मिति त राष्ट्रिय सम्मेलनले नै तोक्नुपर्ने हो, तर त्यसो हुन सकेन । अब केन्द्रिय समितिले नै मिति तय गर्ला । तर १ वर्ष भित्रमा विशेष महाधिवेशन गरेर उत्पन्न विषयवस्तुको हल गर्नुपर्छ । सम्मेलनमा अध्यक्षले राजनीतिक दस्तावेज तयार पार्नुभयो । तर त्यसको खाका अन्तिम दिनसम्म पनि थिएन । तर अब त्यस्तो हुदैन । सबैले राजनीतिक तथा सांगठनिक खाका तयार गरेर खाका सहित महाधिवेशनमा जान्छौ । यथास्थीतिलाई निरन्तरता दिदैनौं र त्यहाँबाट रित्तो फर्कने कुरा पनि हुदैन । विशेष महाधिवेशन भएन संगठन र विचार यथास्थीतिबाट माथि उठेन भने पार्टी विर्सजनमा पुुग्छ, त्यसैले पनि पार्टी विर्सजन हुनुअघि नै विचार र संगठनमा अपडेट गर्न विशेष महाधिवेशन गर्नुपर्छ ।

Subscribe to:
Posts (Atom)
Featured Post
Why presidential system?
We are in historical moment. After a six decade long struggle Nepal became able to have an election of Constituent Assembly. Issue of Consti...
-
SECURITY SECTOR REFORM Democratization of Nepal Army By Hari Krishna Devkota Submitted to Nepal Transitio...
-
1 Single and open fact: Medical debt is an especially notable phenomenon in the United states the US being the world's only develope...