Thursday, October 22, 2009

ईन्डोनेशियाको यात्रा, संविधान निर्माणमा धर्म निरपेक्षताको वहस

गत अक्टुवर १२ देखि १६ सम्म ईण्डोनेशियाको राजधानी जाकार्तामा संविधान निर्माणमा दक्षिण दक्षिणको अनुभव विषयक कार्यशालाको आयोजना भयो । असंलग्न राष्टंहरुको आन्दोलनको संविधान निर्माण ईकाई र आईडिया ईण्टरनेशनलको संयुक्त आयोजनामा यस क्षेत्रका संविधान निर्माताहरु वीचको अनुभव आदान प्रदान गर्नुका साथै गतिला पाठहरु सिकाउने अवसर उपलव्ध गराउनु पनि सो कार्यशालाको उद्देश्य थियो । विश्वका दुई दर्जनभन्दा वढी मुलुकका संविधानविदहरुको जमघट गराएर आयोजकले एकै थलोमा संसारका अनुभवहरु सुन्ने र सुनाउने अवसर जुटाईदिएको थियो । त्येा कार्यशाला गोष्ठीमा नेपालको तर्फवाट तिनजना सहभागी मध्य यो पंक्तिकार पनि थियो । अरु सहभागीहरुमा सभासद सुनिलवावु पन्त र संविधानविद डा विपिन अधिकारी हुनुहुन्थ्यो ।



ईण्डोनेशिया नेपालमा दुतावास नभएको मुलुक नेपालमा मात्र हैन भारतमा पनि उसको दुतावास छैन नेपालीहरुले त्यहा जानकालागि या त वंगलादेश या त थाईल्याण्ड जानु पर्छ । मुश्लिम मुलुक भिसाकालागि अलि कठिन रहेछ एकै दिनमा भिसा दिने प्रचलन रहेनछ तयसैले थाईल्याण्ड वा वंगलादेश जतावाट गए पनि अरु केही दिन लम्विने निश्चित थियो तर दिन लम्व्याएर जान नसकिने मेरो अवस्था त्यसैले कार्यपत्र पठाएर पनि तुरुन्तै जान सकिने भए मात्रै जाने अन्यथा नजाने मानसिकता वनाएर वसेको थिए आयोजकको अथक मेहनत पछि भिसा अन अराईभल पत्र प्राप्त भयो जानुभन्ा एक दिन मात्रै पहिला त्यो पनि शुक्रवार आईतवार त उडनु नै पर्छ । कुनै तयारी विना नै ईण्डोनेशियाको राजधानी जाकार्ता जाने भईयो । सोझो उडान थिएन त्यसैले िसंगापुर हुदै जानु पर्ने भयो हामी हिडयौ । पाच घण्टा सिगापुर त्यसपछि डेढ घण्टाको उडान पछि जाकार्ता यात्रा लामो थिएन । जेन तेन जाकार्ता पुगियो ।



पुगेकै भोलीपल्ट कार्यक्रम शुरु हुने थिएन त्यसैले म्यूजियम घुम्न जाने तयारी भयो तर विदाको दिन परेछ तैपनि म्यूजियम घुमियो । म्यूजियमकम कमाण्डर मिस्टर डानियलको फूर्ति पुरातन जेल गृह र फर्टिलिटी क्यानलको व्यख्या ज्यादै मार्मिक थिए । रेष्टराको लन्च मेन्यूको पछाडि तस्विरहरु कामदारहरुको पेशागत दक्षता र पेशा प्रतिको प्रतिवद्धता प्रगतिको अर्को उदाहरण हो । साझ कार्यक्रम शुरु भयो उदघाटन डिनरवाट । लगातार चार दिनसम्मको उक्त कार्यशाला घनिभूत थियो । विभिन्न मुलुकका संवैधानिक विकास र प्रचलनका अनुभवहरु साटासाट गर्नुकासाथै नेपालको संविधान निर्माण प्रकृयाका वारेमा पनि चासोकासाथ छलफल भएको थियो । कार्याशालाको एउटा विषय थियो धर्म निरपेक्षता । हिन्दु अधिराज्य नेपाल गणतन्त्र र धर्मनिरपेक्ष भएको छ । धर्मनरिपेक्ष धोषणा हुनुको कारण र प्रभाव के थियो भन्ने वारेमा पनि चासोकासाथ छलफल भएको थियो ।



ईण्डोनेशिया मेरो दिमागमा भारतको मध्यम शहर सरह होला भन्ने थियो । तर स्थिति अर्कै रहेछ । जाकार्ता नया दिल्ली पनि हैन सिगापुर वा वैकक सरह पो रहेछ । गगनचुम्वी महलहरु सफा र सुन्दर शहर कानून कुनै पनि शर्तमा नतोडने नागरिकहरुको संस्कृति ईण्डोनेशियाका अनुकरणीय पक्ष हुन् ।



जाकार्ता स्थित अन्तराष्ट्रिय विमानस्थलवाट झण्डै एक घण्टाको मोटर यात्रावाट पुगिने मुख्य शहरमा अवस्थित फोर सिजन होटल एण्ड रिसोर्टको भव्य आतिथ्य र घनिभूत कार्यक्रम एक अर्काका परिपुरक थिए ।



एक सय अमेरिकी डलर साटदा नौलाख छव्वीस हजार रुपया हुने रहेछ तर खाना खान झण्डै एकलाख तिर्नु पर्ने अनौठो रहेछ । एकसय यूरो टयाक्सीकालागि तिर्दा पनि मलाई त्यस्तो केही लागेको थिएन तर एकलाख पेटभरी भातकालागि भनेर संझिदा मलाई अनौठो लाग्यो । एक दिन डिपार्टमेण्टल स्टोरमा खाना खान गयौ सामान्य खाना थियो भात माछा र तरकारी तिन आईटम तिनजनाको एकलाख चारहजार डर लाग्दो रुपया तिरियो भनने लाग्यो तर डलरमा हिसाव गर्दा त दश डलर नेपालीमा हिसाव गर्दा सात सय त्यति औधि त हैन मुग्लिनको भात जस्तै हो भैपनि मानसिकता अर्कै वनाईदिदो रहेछ ।



पाच दिनको वसाई पछि जाकार्ता छोडनु पर्ने भयो । विमानस्थलमा प्रत्येक मानिसले डेढलाख रुपया तिर्नु पर्ने रहेछ तिरियो । त्यस पछि विजनेश क्लासको टिकट भएकाले विजनेश लाउन्जमा पसेर चिया नास्ता गरेर विमानस्थलमा रहेका सपिड सेन्टरमा किनमेल गर्न खुव घुमियो तर चकलेट हेरेको पचासहजार रुपया सर्ट हेरेको त्यस्तै हामी कहा रंगी चंगी र प्राय पिकनिक जादा लगाउने झाले माले सर्ट ईण्डोनेशियाको औपचारिक पोशाक मानिने रहेछ । त्यसैले धेरै केही खरिद गर्न सकिएन हार खाएर वाकी इण्डोनेशियन रुपया साटेर िसंगापुरकालागि रवाना भईयो । डेढ दुई घण्टामात्रको यात्रामा िसंगापुर पुगियो । िसंगापुरमा एक दिन वस्नु पर्ने भएकोले अध्यागमन जाच गरेर वाहिर निस्कने सोच गरियो ।



िसंगापुर अर्को अनौठो । विमानस्थलमै मोवाईल गरेर टिकट काटी सटटल वस आइपुगिहाल्यो । सवै जाने गरेको मुस्तफा सपिड सेन्टरमा गईयो । वाटो पुरै वगैचा जस्तो छ । समुद्री किनारा झकिझकाउ वस्ती गगनचुम्वी महल सडकमा न फोहर छ न किसंगर पात खस्ने चान्स पनि छैन । हेदैै रहर लाग्दो ंिसंगापुर सपिड सेन्टरको भव्यता र विशालता वयान गरेरै साध्य छैन पेटभरी घुमियो आफनो ईच्छा अनुसारको किनमेल पछि टयाक्सी चढेर फर्कियो तर वसभन्दा पनि सस्तो पर्छ वा केही भन्नै नसकिने ।



मुस्तफा सपिड सेन्टर मानिसको घुईचो छ तर टवाईलेट वाथरुम सफा छ यथोचित सावुन पानी टवाईलेट पेपरको व्यवस्था छ । सूचना लेखिएको छ सावुन चोरलाई कडा अपराध मानिने छ यसकालागि जरिवाना र सात वर्षसम्म कैद हुनेछ । िसंगापुरको यो सुचना र जाकार्तामा लेखिएको लागु औषधको कारोवारीलाई मृत्यूदण्ड हुनेछ भनेर जताततै लेखिएको सूचना यो यात्राका उल्लेखनीय जानाकारी रहे ।



ईण्डोनेशियामा आचे विद्रोहीहरुको समस्याथाईल्याण्डमा दक्षिणी भूभागको विद्रोह छलफलका मुख्य विषय थिए । केन्याको संविधान अझै लागु हुन नसकेको घटना फिजीको समस्या र पुरै दक्षिणमा कुनै पनि मुलुक समस्या विहिन नरहेको छलफलको मुख्य सार थियो ।



ईण्डोनेशियाको ग्राण्ड ईण्डोनेशिया डिपार्टमेण्टल स्टोर त्यहाको भव्यता िसंगापुरको आथित्यता अर्को विशिष्ठता थिए । नेपाली नागरिकहरु िसंगापुर पुलिसमा भएका कारणले पनि नेपालीहरुलाई विशिष्ट रुपमा लिने गरेको पनि हुनसक्छ । टयाक्सी कुरेर वसेका वखत गोर्खाली भगवती गुरुडसंग भेट जसले िसंगापुरमै होटल व्यवसाय गरेर वसेको कुरा खास उल्लेखनीय विषय थिए ।



सवैभन्दा अनौठो कुरा त के थियो भने नेपालीहरुको राजनैतिक विकास र उपलव्धी विश्वकै लागि उदाहरण भएको छ । अढाईसय वर्ष पुरानो राजतन्त्र विना कुनै रक्तपात विदा भएको छ । साठी वर्षदेखिको संविधानसभाको चुनाव सम्पन्न भएको छ । खासगरी माओवादीहरुको दुर दृष्टि र विचारमा वैज्ञानिकता सवैकालागि अनौठो भएको अनुभव सवैले साटासाट गरेका थिए । अझै अनौठो कुरा त के भएछ भने आईडिया ईन्टरनेशनल कै नेपाल प्रमुख लिना रिकिला तामाडसंग विदेशीहरुले नेपालवाट कति जना आएका छन् र माओवादी आएकाछन् कि छैनन् उनीहरुको लगातारको प्रश्न रहेछ । जवाफमा नेपालवाट तिनजना प्रतिनिधि आएका र त्यसमा माओवादी प्रतिनिधि पनि आएको भन्नासाथ माओवादी प्रतिनिधि को हो भनेर सेाधेछन् । त्यसपछि मलाई माओवादी भनेर देखाउदा उनीहरु छक्क परेछन् किनभने म त टाई सुटमा सजिएको थिएं । माओवादी अनि सुटेट वुटेट । उनीहरु अचम्म परेछन् । जंगलवाट आएको माओवादी अनि नेपाली माओवादी प्रतिनिधि सुट टाईमा जे होस नेपालका वारेमा माओवादीका वारेमा उनीहरुको सुनाई उनीहरुको दिमागमा भरिएको चिज विल्कुल भिन्न रहेछ । कार्यक्रमको अन्तसम्म आउदा मेरो प्रस्तुती र छलफल पश्चात प्राय सवैले मसंग भेटने परिचय गर्ने विजनेश कार्ड साटासाट गर्ने र विदा हुने प्रकृया चालु रहयो । मलाई गहिरो अनुभूति भयो कि माओवादी वारेमा विश्वभर एउटा अत्यन्त कुरुप तस्विर प्रचार गरिएको छ । त्यसलाई सशरिर उपस्थित भएर माओवादीको विचारका वारेमा पनि भ्रामक कुरा पस्किएको छ । त्यसलाई व्याख्या विश्लेषण गरेर दुनियाको चित्त वुझाउनै पर्छ । यसले मलाई एकजना माओवादी र एकजना संविधान र कानूनको विद्यार्थी पनि भएका कारणले मलाई गंभिर वनाएको छ । माओवादीका सामु चुनौति पनि हो यसको सहजताकासाथ सामना गर्न जरुरी छ । जाकार्ता भ्रमणले विषयवस्तुको वारेको अनुभव त छदै छ तर समग्र विषयमा पनि नया अनुभूति भएको छ । नया संविधान वनाउदै गर्दा नेपालले आजसम्मका अनुभवहरुको सार खिच्नु पर्ने संसारकै मोडेल संविधान वन्नु पर्ने आर्थिक संकटका कारणले राजनैतिक दर्शनको संकटलाई नै अभिव्यक्त गरेको यो घडीमा २१औ शताव्दी सुहाउदो राजनैतिक प्रणाली आवलम्वन रोज्न सक्नुपर्ने अवसर पनि हाम्रा सामु आएको छ यसलाई गुम्न दिन हुदैन भन्ने कुरा मलाई अनुभूति भएको छ ।



विदेश भ्रमण केवल रंग रमिता मात्रै हैन । यो त पहिचानको कुरा पनि हो । कस्तो पहिचान र प्रभाव छाडने र हिजो अनुमान गरिएको गलत मानसिकता र चित्र मेटन सक्ने वा त्यसैलाई पुष्टि गर्ने भन्ने पनि यतिवेलाको मुख्य प्रश्न हुने गरेको छ । मेरा लागि जाकार्ता यात्रा सुखानुभूति र प्रेरणाको श्रोत दुवै वनेको छ ।

2 comments:

ratanji said...

new delhi indonesian embassy bhayako ta dherai aghi ho. ma last year ADB ko meeting ma Bali jada ki delhi ki burma ma visa apply garnu bheneko thiyo pachhi on arrival visa paya pachhi delhi gaiyan . http://www.indonesianembassy.in/

ratanji said...

really interesting yatra sasmaran !

Featured Post

Why presidential system?

We are in historical moment. After a six decade long struggle Nepal became able to have an election of Constituent Assembly. Issue of Consti...