संस्कृति सांस्कृतिक रुपान्तरण र बौद्धिक समुदाय
खिमलाल देवकोटा
भ्ाूमिका
हामी संस्कृतिलाई धर्मसंग जोडेर हेर्ने गर्दछौ धर्म संस्कृति दुवैलाई एक अर्काको पूरकका रुपमा जसरी नै वुझने गरेको पनि हामी पाउछौ। । संस्कृतिलाई अरु धर्मसंग हैन हिन्दु धर्मसंग जोडेर हेर्ने गरेको पनि पाउछौ। त्यसै गरी चाड पर्वहरुलाई पनि संस्कृतिका रुपमा र संस्कृतलाई धर्मका रुपमा र धर्म हिन्दुका रुपमा यो दिनचर्या हामी नेपालीहरुको हुने गरेको छ र यसै सेरोफेरोमा बौद्धिकहरुको पनि वहस र छलफलको दायरा हुने गरेको पाउछौं । यसै विषयको सेरोफेरोमा रहेर चर्चा गर्ने जमर्को गरेको छु ।
चाडपर्व र संस्कृतिको सम्वन्धः
चाड पर्व र संस्कृेतिलाई सम्वन्ध वनाउदा अर्थात यिनीहरु वीच गहिरो सम्वन्ध छ भनेर व्यक्त गर्दा यसको आधार के हो केलाउन जरुरी हुन्छ । हामी चाड पर्व सनातनदेखि चलिआएको मान्यताका आधारमा मनाउछौं तर त्यसो गर्दा यसको आधार धर्म शास्त्र हुने गर्दछ यसको आधार हिन्दु धर्म हुने गर्दछ अनि यसको आधार अन्धविश्वास र धमान्धता हुने गर्दछ जव हामी यसैलाई संस्कृति मान्ने गर्दछौ त्यहा अर्को भुल हुने गर्दछ त्यसै गरी संस्कृतिमाथिको अन्याय र संस्कृतिमाथिको गलत वुझाई समेत हुने गर्दछ । जव हामी संस्कृतिको कुरा गर्दछौं हामी परम्परागत संस्कृति र आधुनिक संस्कृतिमा विभाजित हुन पुग्दछौ। परम्परागत संस्कृतिले धर्मको सेवा गर्ने र आधुनिक संस्कृतिले मनोरन्जन दिने कुरामा हामी विश्वास गर्दछौं । दशैमा खसी काटने कुरा परम्परागत आधारमा भन्दा देवतालाई वली चढाउने कुरासंग मात्र सम्वन्धित छ भने आधुनिक मनोरन्जनको कुरा गर्दा मासुका परिकार खाने कुरासंग जोडिएकोछ । यसैगरी टिका र जमराको प्रतिक धार्मिक र परम्परावादी हिसावले अर्को रुपमा लिईन्छ त्यसै गरी आधुनिकतामा ढाल्दै गर्दा राम्रा र महंगा फुलको संकलन र प्रयोग अर्को स्वरुपमा भेटिन्छ । धार्मिक हिसावले दशै जस्तो पर्वलाई हेर्दा सोह्र दिनको श्राद्ध नौ दिनको नव दुर्गा पुजा र दशैको दिनमा विजय प्राप्त गरेको खुशियालीमा टिका र जमराको श्रृखला भेटिन्छ भने उता आधुनिकतामा त्यसको पहिचान गर्दा दशौ दिन सम्म खान पिन घुमफिर रंग रमितामा परिणत भएको पाईन्छ ।
धर्म र आधुनिक संस्कृित
आधुनिक संस्कृतिले धर्म मान्दैन । धर्म अन्धविश्वासमा आधारित छ । धर्मले निरन्जन निराकारको कुरा गर्दछ धर्मले काल्पनिक स्वर्गको कुरा र अदृश्य शक्ति र देवताको कुरा गर्दछ तर आधुनिक संस्कृतिले तथ्यलाई मात्र मान्दछ । आधुनिकताले जे अगाडि छ त्यसलाई मान्छ जे निराकार छ त्यसलाई अनेक कल्पना गरेर ईश्वर र आश्था र विश्वासको पहाडलाई मान्न ईन्कार गर्दछ । धर्मको गन्तव्य कष्टमा सुख देख्छ त्यो कष्ट उत्पादनमा हैन फगत लगानीमा विश्वासमा धर्ममा र आश्थामा यसले मान्ने गर्दछ । आधुनिकताले यसलाई सहजतामा सरलतामा र मनोरन्जनमा यसलाई अंगिकार गर्ने गर्दछ ।
संस्कृतिलाई धर्मवाट अलग गर्ने अभियानः
कुनै जमानामा राजनीतिलाई धर्मवाट अलग गर्ने अभियान नै चलेको थियो । लामो समयको अथक परिश्रम र मेहनत पछि मात्र सो विषयले कार्यरुप प्राप्त गरयो । लामो समय पछि खास गरी वेलायतमा कि्रश्चियानीटिलाई राजनीतिवाट अलग राखियो धर्म अलग हो र राजनीति अलग हा भन्ने कुरा स्थापित नै गरियो ठीक यसै गरी अव संस्कृतिलाई धर्मवाट अलग गर्ने र सभ्यताको रुपमा विकास गर्ने कुराको खाचो छ । संस्कृति भनेको तत्कालिन परिवेशको मानवजातिको जनजीवनको झलक हो । मानव सभ्यताको स्वरुप हो । तसर्थ संस्कृतिलाई धर्मवाट अलग गरेर अध्ययन गरियो भने मात्रै त्यसलाई सहज रुपमा वुझन सकिन्छ अन्यथा धर्मले संस्कृतिलाई च्याप्दै लैजान्छ र संस्कृति भनेको पनि धर्म नै हो भन्ने निष्कर्षमा पुरयाईदिन्छ । अनि जीवन व्यवहार आधुनिक तर मान्यता पुरातनवादी हुन पुग्दछ । यसो गर्दा न सन्तुष्टि न आश्था र विश्वास कसैको पनि पूर्णता प्राप्त हुन सक्दैन । यस्तो अवस्थाले अन्तत मानिसहरुलाई उत्साहमा हैन निराशामा पुरयाउछ । निराशा मानिसहरुको सवैभन्दा ठूलो कमजोरी र शत्रु हुने गर्दछ । यतिवेला न सभ्यता न संकृति न धर्म र न आश्था केही पनि प्राप्त हुने छैनन् ।
संस्कृतिलाई सभ्यतामा परिणत गर्ने अभियान
हामी हाम्रो संस्कृतिलाई कसरी वुझन खोज्दैछौ यो मुख्य कुरा हो । हाम्रो संस्कृति चाढ पर्व हो वा हाम्रो संस्कृति धर्मआश्था र विश्वास हो अर्थात हाम्रो संस्कृति हाम्रो सभ्यता हो यस वारेमा वहसको थालनी गर्न जरुरी छ । संस्कृतिलाई सभ्यतामा परिणत गर्न प्रयत्न गर्नु पर्दछ । हाम्रो संस्कृति हामै जीवन पद्दति हो वा त्यो वाहेक अरु केही हो यस वारेमा पनि वहसको थालनी गर्नु पर्दछ । हाम्रा वहसले हामीलाई पश्चागामी हैन अग्रगामी वनाउन जरुरी छ । हाम्रा जीवन शैली र व्यवहारहरुलाई हामीले हाम्रा संस्कृतिका रुपमा र हाम्रा जीवन शैली र व्यवहारलाई सभ्यताका रुपमा परिणत गर्ने गरी व्यख्या र पहिचान गर्ने कुरा त्यस पछि विकास गर्ने कुरा यतिवेलाका मुखय कार्यभार हुन् । हामीले हाम्रो संस्कृति र व्यवहारलाई सभ्यताको रुपमा विकास गर्न अभियानकासाथ लाग्न जरुरी छ । अन्यथा हामी संस्कृतिलाई सभ्यताका रुपमा आत्मसात गर्न नसक्दासम्म त्यो संस्कृतिले जीवन्तता प्राप्त गर्नै सक्दैन ।
दशै तिहार र हाम्रो भूमिका
दशै र तिहार विशुद्ध धार्मिक चाड हुन् हिन्दुहरुको मुख्य चाडका रुपमा यिनलाई मनाउने गरिन्छ । कुनै वेला मुलुक हिन्दु अधिराज्य थियो तर आज मुलुक धर्म निरपेक्ष पनि भयो र राजतन्त्रको अन्त गरेर गणतन्त्र घोषित पनि भयो यो अवस्थामा हाम्रा पुराना चाड पर्व जो विशुद्ध हिन्दु धर्ममा आधारित थिए तिनमा के कस्तो असर पर्दछ असर पर्न पर्छ कि पर्दैन हामीले गंभिरताकासाथ छलफलको थालनी गर्न पर्दछ । यतिवेलाको दशै बौद्धिकहरुकालागि चुनौतिको विषय हने गर्दछ । हिन्दु अधिराज्य भएका वखत पनि हिन्दु धर्ममा विश्वास नगर्नेहरुकालागि यो चाड असजिलो थप्दै आउने गर्दथ्यो र कसो कसो आफै जान्थ्यो पनि त्यति वेला त वाहान थियो मुलुकको धर्म नै हिन्दु हो के गर्नु तर यतिवेला त्यस्तो छैन मुलुक धर्म निरपेक्ष भएको छ धर्ममा आश्था राख्ने मानिसहरु वाहेक अरुकालागि कुनै वाध्यता अव रहने छैन वाध्यता नहुदा पनि अवलम्वन गर्ने भनेको फेरी धर्मभिरु हुनु नै हो । यस्तो अवस्थामा गुजि्रएको बौद्धिक समुदायले दशै र तिहारलाई परिवर्तन र परिमार्जन गर्न नेितृत्वदायी भुमिका निर्वाह गर्न सक्दछ या सक्दैन परिक्षाको घडी आएको छ । हामी यसलाई परिमार्जन गर्न सक्छौं कि सक्दैनौ परिमार्जन गर्ने भनेको यसलाई समय सापेक्ष वनाउने हो व्यवहारिक वनाउने हो सवैकोलागि स्वीकार्य हुने खालको वनाउने हो । यसकालागि हामी कति सहमत छौ र कति सक्षम रहने छौं यसकै आधारमा समाज रुपान्तरणमा हाम्रो। के भुमिका रहने हो निकर्योल हनेछ ।
गलत अभ्यासहरुको अन्त गर्न
दशै दशा वनेर नआओस र त्यसै गरी नफर्कोस यो हाम्रो कामना चाहना मात्रै हैन यो त हाम्रो जिम्मेवारी वन्नु पर्दछ । यसो गर्न हामी सक्छौ कि सक्दैनौ । जाने पनि नजाने पनि सके पनि नसके पनि दशै दहै्र गरी मनाउन पर्ने आजसम्मको हाम्रो वाध्यता वनेको छ । यसलाई सामान्य औपचारिकताका रुपमा मात्रै मनाउने भन्दा पनि यसले नेपाली समाजको वास्तविकतालाई आत्मसात गर्न सकोस नेपाली समाजमा विकास भैरहेको नया संस्कृति र सभ्यताको वोध गराउन सकेास यसो भएमा मात्रै दशैको परिमार्जन सहितको सार्थकता हुनेछ । धर्म निरपेक्ष मुलुक हुनुका नाताले परम्परागत रुपमा मनाउदै आएको दशैको अर्को स्वरुप प्रस्तुत हुनेछ । जे होस दशैका नाममा हुने गलत अभ्यासहरुलाई अन्त गर्न हामी मन्जुर छौं यदि हामी मन्जुर छौं भने हाम्रो प्रयत्न आरम्भ गर्नै पर्छ ।
फजुल खर्ची र अनावश्यक शिष्टाचार यसका अरु खराव पक्षहरु हुन यस्ता गलत व्यवहारलाई रोक्न हामी के सक्छौं यस प्रश्नको सकारात्मक जवाफ हामीले दिनै पर्छ । हामीले कुनै पनि धर्म संस्कृति वा चाड पर्वका वाहानामा फजुल खर्ची र आफनो वुताले धान्नै नसक्ने भारी शिष्टाचार हामीले रोक्नै पर्छ त्यसलाई उन्मुलन गर्नै पर्छ तव मात्रै नया संस्कृतिको जग वसाल्न सकिन्छ अन्यथा परिवर्तनको गुन्जायस पनि छैन ।
मुख्य कुरा त भावी पुस्तालाई कस्तो संस्कृति दिने
हामी अनावश्यक अवैज्ञानिक अव्यवहारिक र अन्धविश्वासयुक्त संस्कृति भावी पुस्तालाई सुम्पिने कि वैज्ञानिक तथ्य संगत र यथार्थ यो विवाद पनि हामीले छिनोफानो गर्न पर्ने भएको छ । हामी धर्म निरपेक्ष मुलुकमा गयौं हामी विज्ञानमा रुचि राख्छौ सत्य र तथ्यमा विश्वास पनि गर्छौ तर अन्धविश्वास कुरिति र रे रे मा विश्वास गर्ने संस्कृतिको पाठ भावी पुस्ताहरुलाई पनि दिन खोज्दै छौं भने सायद त्यो न्यायोचित हुने छैन । हामीले धर्मका वारेमा कुरा गर्दा कसैको आश्था र विश्वासलाई चोट नपुरयाउला तर कसैको वा कुनै अवोध नावालगको अनावश्यक अनविज्ञताको दुरुपयोग पनि गर्ने छैनो भन्यौं भने न्यायपुर्ण होला ।
वर्तमानमा कस्तो संस्कृतिको पक्षमा उभिने
दशैका वारेमा धेरै चर्चा गर्न आवशयक छैन । यो केवल उदाहरण मात्रै हो । अरु पनि धर्ममा आश्था राख्ने मानिसहरुले मनाउने गरेका चाड पर्वका अवैज्ञानिक पक्षहरुका वारेमा सोच्न उत्तिकै जरुरी छ । अज्ञानतामा हामीले जे गरयो त्यो अर्को कुरा हो ती सवै क्षम्य होलान तर जानी जानी गर्ने कुरा मेरो विचारमा त्यति उपयुक्त हुने छैन त्यसकारण जव हामी अवैज्ञानिक संस्कृतिका वलमा हामीले मनाउदै आएको चाड पर्वहरुका वारेमा सोच्ने वेला आएको छ भने निसन्देह हामीले विज्ञानसम्मत संस्कृति र सभ्यताका पक्षमा उभिनै पर्छ त्यसकालागि परम्परागत मान्यतामा कति कटौति गर्नु पर्छ त्यसकालागि तयार हुनु पर्दछ । यसो गरेर मात्रै सही संस्कार र संस्कृतिको जगेर्ना गर्न सकिन्छ । सही र गलत को पक्षधरता पनि स्पष्ट हुनेछ । यतिवेलाको हाम्रो दायित्व यही हुन्छ ।
अवसरका रुपमा उपयोग गर्ने कुरा
हामी परम्परावादी नै भए पनि दशै मनाउने अवसरमा उपस्थित छौं त्यही परम्परागत चाले नै भए पनि हामीलाई जमघट गराएको छ भने यस अवसरलाई हामीले सदुपयोग गर्न सक्दा यसको औचित्य पनि पुष्टि हुने र हाम्रो दायित्व वोध पनि हुने संगम जुटेको छ यसलाई यसै स्तरमा सदुपयोग गरौं । नया सभ्यता र संस्कृतिको परिचायकका रुपमा चाड पर्वहरुलाई परिमार्जन गरौं सवैका आश्था र विश्वासमा वैज्ञानिक तथ्यहरुको संचार गरौं ।
निष्कर्षमा
हामी नया संस्कृतिको विकास गर्दैछौ भने कतिपय अवस्थामा यसको समुल नष्ट गरेपछि मात्रै यो संभव हुन्छ भने कतिपय अवस्थामा यसमा मात्रात्मक परिवर्तन गरेर पनि संभव तुल्याउन सकिन्छ । वैकल्पिक चाड पर्व प्रस्ताव गर्न नसकेको अवस्थामा यसको समुल नष्ट कठिन हुने छ भने मात्रात्मक परिवर्तन गर्ने कुराले यसको औचित्यमा नै प्रश्न चिन्ह पनि लगाउन वेर लाग्ने छैन । त्यस तर्फ समुचित ध्यान पुरयाउदै नया संस्कृति निर्माण गर्न तर्फ लागौं त्यही नया संस्कृतिले नया सभ्यताको शुरुवात गर्ने छ ।
Tuesday, September 8, 2009
Subscribe to:
Post Comments (Atom)
Featured Post
Why presidential system?
We are in historical moment. After a six decade long struggle Nepal became able to have an election of Constituent Assembly. Issue of Consti...
-
SECURITY SECTOR REFORM Democratization of Nepal Army By Hari Krishna Devkota Submitted to Nepal Transitio...
-
1 Single and open fact: Medical debt is an especially notable phenomenon in the United states the US being the world's only develope...
No comments:
Post a Comment