Tuesday, June 17, 2025

‘हिप्पोक्रेसी’बाट आक्रान्त राजनीति


https://www.onlinekhabar.com/2025/06/1704579/politics-plagued-by-hippocracy 

  • आलेखले ट्रम्प–मस्कका साथै नेपाली नेताहरूको सम्बन्धलाई स्वार्थ र उपयोगितामा आधारित हिप्पोक्रेसीको उदाहरणका रूपमा चित्रण गर्दछ।
  • नेपाल र विश्वव्यापी राजनीति स्थिर विचारधाराभन्दा व्यक्तिगत फाइदामा केन्द्रित भएको बताइन्छ।
  • विचारको अन्त्य र हिप्पोक्रेसीले लोकतन्त्र र पारदर्शितामा चुनौती पैदा गरेको विश्लेषण गरिएको छ।
  • यसबाट पार पाउने उपाय भनेको विचारको विकास, विचारको बहस र विचारकै प्रतिस्पर्धा हो । तर आज त्यही चिजको खडेरी छ ।
  • आलेखमा हिप्पोक्रेसी आजको समस्या हो भनिएको छ ।

Friday, May 30, 2025

जनताको खोस्ने, बिचौलियालाई पोस्ने पुलिन्दा जनताको सपनामा चिसोपानी खन्याउने बजेट


https://khabarhub.com/2025/30/796843/  आर्थिक वर्ष २०८१/८२ को बजेट संघीय संसदका संयुक्त वैठकमा विहीबार पेश भएको छ । सरकारले पेश गरेको बजेटमा १९ खर्व ६४ अर्व ११ करोडको अंक समावेश छ ।बजेटमा साधारण खर्च झण्डै १० खर्ब विन्यास गरेको छ भने विकास खर्च ४ खर्बमा सीमित छ । माओवादी नेतृत्वको सरकारले पेश गरेको चालु आर्थिक वर्षको भन्दा १८ प्रतिशतले ठूलो आकारको बजेट पेश गर्दा प्रदेश र स्थानीय तहलाई दिने अनुदानमध्ये समानीकरण अनुदान र सशर्त अनुदानमा उल्लेख्य वृद्धि नगरेर विशेष अनुदानमा भने झण्डै तीन गुणा बढाइएको छ । त्यसैगरी वैदेशिक सहायता झण्डै दोब्बर प्राप्त गर्ने अपेक्षा राखेर बजेट पेश गरिएको छ । गत वर्ष साढे १२ खर्ब राजश्व उठने अनुमान गरेकोमा सो को ६० प्रतिशत प्रगति हासिल गर्न नसकेको सरकारले यस वर्ष झण्डै १५ खर्ब राजश्व उठाउने वाचा गरेर बजेट पेश गरेको छ ।

विचौलिया खुशी पार्ने पुलिन्दा

एक वाक्यमा भन्नुपर्दा यो बजेटले देशको उत्पादनशीलता, श्रमिकको सम्मान, भूमिहीन किसानको हक, संघीयताको आत्मा, र जनयुद्धको सपना सबैलाई धोका दिएको छ । समृद्धि भन्ने नारालाई अगाडि सारेर ल्याइएको बजेट वास्तवमा जनताको सपनामाथि कुठाराघात गर्ने गरी आएको छ भन्न वाध्य छौं । थोरै धनीहरूलाई अझ धनी बनाउने, गरिबीलाई बाँकी नै राख्ने नवउदारवादी अर्थनीतिको यो पराकाष्ठा हो । गणतन्त्र, संघीयता, समावेशी लोकतन्त्र, र सामाजिक न्यायका लागि रगत बगाएका जनताको सपना यो बजेटले पैतालामुनि पारिदिएको छ । बजेटमा संघीयताको आत्मा हराएको छ । प्रदेश र स्थानीय तहहरूलाई दिइएको अनुदान देखावटी मात्र छ । आफुखुशी दिन पाउने विशेष अनुदान भने तीन गुणा वृद्धि गरेर आफ्नालाई पोस्ने, अर्कालाई खोस्ने नीति प्रदर्शन गरिएको छ । अधिकार, स्रोत र निर्णयको शक्ति यो बजेट मार्फत केन्द्रीय सरकारले आफ्नो हातमा राखेको छ । यस्तो केन्द्रीकृत संरचनाले स्थानीय सरकारहरूलाई जनताको सरकार होइन, केवल बजेटको सन्देश वाहकमा सीमित बनाउँछ । साना किसान विरुद्ध एग्री पार्क 

अर्को खतरनाक कुरा भनेको कृषिमा देखिएको बजारमुखी हस्तक्षेप हो । मल छैन, पानी छैन, सस्तो कर्जाको पहुँच छैन, अनि बजारको ग्यारेन्टी पनि छैन । यस्तो अवस्थामा बाँच्न संघर्ष गरिरहेका साना किसानहरूलाई सहायता गर्नुको सट्टा, ‘एग्री पार्क’ का नाममा ठूला कम्पनीलाई जमिन हस्तान्तरण गर्ने योजना बजेटमार्फत नै बनाइएको छ । यो भूमिसुधार होइन, भूमिको व्यापारीकरण हो ।

भूमिहीन किसानलाई जमिन दिनुपर्नेमा उल्टै पूँजीपतिको स्वामित्व विस्तार गर्नेखालको यो नीतिले संविधानमा परिकल्पना गरिएको समाजवादउन्मुख अर्थतन्त्रको पनि धज्जी उडाएको छ । यो जनयुद्धका आधारभूत आदर्शप्रतिको धोका त हुँदै हो, जनआन्दोलन र नेपालको संविधानको समाजवादी परिकल्पनाको पनि उपहास हो ।

युवा विदेश पलायन गराउने बजेट रोजगारीको हक मौलिक हक हो । रोजगारी दिन नसके बेरोजगार भत्ता दिने संविधानको प्रतिवद्धता हो । रोजगार सिर्जनाको नाममा खाली नाराजस्तै कार्यक्रमहरू घोषणा गरिएको देखिन्छ । उत्पादनमूलक उद्योग खोल्ने, स्थानीय स्रोत र सीपको उपयोग गरी युवालाई काम दिने भनिएको त छ तर कुनै ठोस कार्यक्रम छैन । बरु, यो बजेटले युवालाई विदेश पठाउने नियत राखेर, श्रमको पलायनलाई संस्थागत गर्न खोजेको प्रष्ट देखिन्छ । स्टार्टअप, सीपमूलक, उद्यमशीलता प्रवद्र्धन भनिएका कार्यक्रमहरू खोक्रो नारा बाहेक केही होइनन् ।

 घट्यो शिक्षामा बजेट कुल बजेट प्रस्तुत गर्दा शिक्षामा जम्मा २ खर्ब ११ अर्व १७ करोड छुटयाइएको छ, जुन आजसम्मकै कम ९ प्रतिशतको हाराहारीमा पुगेको छ । जबकि हालकै आवश्यकताका आधारमा पनि कुल बजेटको १७ प्रतिशत रकम आवश्यक पर्ने यसअघिका शिक्षामन्त्रीहरुले भन्दै आएका थिए । शिक्षा स्वास्थ्य रोजगार जनताका अधिकार राज्यको दायित्व संविधानको घोषणा हो तर बजेटले शिक्षा र स्वास्थ्यमा राज्यको लगानी झनै घटाइएको छ । गरिबका छोराछोरी पढ्न सकून्, बिरामी हुँदा उपचार पाऊन् भन्ने कुरा अब सपना जस्तै बन्न थालेको छ ।निजी क्षेत्रलाई कर छुट, सहुलियत, लगानी प्रवद्र्धनका नाममा प्रोत्साहन दिइएको छ, तर सरकारी अस्पतालहरू खिइँदै छन्, सरकारी विद्यालयहरू बन्द हुँदै छन् । बजेटले शिक्षा र स्वास्थ्य व्यापारको वस्तु बनाउने बाटो समातेको छ ।

बिचौलिया ठेकेदार प्रधान पूर्वाधार 

पूर्वाधारमा देखिएको बजेटको तामझाम पनि झूटको खेती हो । साना किसान, खुद्रा व्यापारीको जमिन खोसिने, वातावरण विनाश हुने, र पारदर्शिताविहीन योजनाहरूमा भ्रष्टाचारको आशंका झन् बलियो हुने सम्भावना देखिन्छ । यो बजेटले विचौलिया तथा ठेकेदार–दलालको गठबन्धनलाई बलियो बनाउने पृष्ठभूमि तयार गरिएको छ । बजेट आन्तरिक ऋण र वैदेशिक अनुदानमा अत्यधिक निर्भर छ । जबकि गत वर्ष व्यापार घाटा नियन्त्रण गर्ने, निर्यात बढाउने, स्वदेशी उत्पादनलाई सबल बनाउने थुप्रै कार्यक्रमहरु हटाइएको छ र यस क्षेत्रमा यसपटकको बजेटमा कुनै गम्भीर प्रयास उल्लेखसम्म पनि गरेको देखिँदैन । आयात–निर्भर अर्थतन्त्रलाई बलियो पार्ने यस्तो नीति देशलाई आर्थिकरूपमा आत्मनिर्भर बनाउने होइन, ऋणको दलदलमा फसाउने हो ।त्यसो त संविधान जारी गर्दा जम्मा ७ खर्ब रहेको ऋण अहिले २७ खर्ब पुगेको छ । दश वर्षमा २० खर्ब ऋण कहाँ गयो भनेर प्रश्न सोध्ने हो भने जवाफ शून्य प्रायः छ ।अझ दुःखद त के भने, कर प्रणालीमा पनि असमानता मौलाएको छ । ठूला आयातकर्ता, भूमिपति र धनी व्यापारीलाई छुट दिइएको छ, तर साना किसान, श्रमिक, खुद्रा व्यवसायीलाई करको चाङ थोपरिएको छ । प्रगतिशील कर प्रणाली, जसले धनीले बढी र गरीबले थोरै तिर्छ भन्ने सिद्धान्तमा आधारित हुनुपर्ने हो, त्यो त यो बजेटमा विल्कुलै हराएको छ ।

भाषणमा ‘समावेशिता’, ‘समानता’, ‘संविधानको मूल्य’ जस्ता शब्दको प्रयोग भए पनि कार्यक्रम र बजेट विनियोजनमा हेर्दा त्यो सबै कुरा खोक्रो देखिन्छ । धनीमुखी सोचले गर्दा यो बजेट व्यवहारमा नवउदारवादको प्रतीक बनेको छ ।यो बजेट समाजवादी होइन, सुसज्जित पुँजीवादको कार्ययोजना हो भनियो भने समर्थकहरुले पनि चित्त दुःखाउने ठाउँ छैन ।

अन्त्यमा यस्तो अवस्थामा मुलुकले गरेको जनयुद्ध, जनआन्दोलन, मधेस जनजाति लगायतका आन्दोलनहरुका जगमा बनेको संविधानको समाजवादी मर्मको आलोकमा विकल्प देखाउनु जरुरी छ । त्यसैले भन्नै पर्छ– विस्तृत शान्ति सम्झौतामा वाचा गरिएको वैज्ञानिक भुमिसुधार गर्न उच्चस्तरीय आयोग गठन गरी साँचो भूमिसुधार गरौं, जमिन विचौलिया दलालका नाममा हैन, जोत्नेका नाममा होस् । सहकारी, सामूहिक कृषि, स्थानीय उद्योगहरूलाई बढावा दिँदै स्थानीय स्रोत र सीपको उपयोग गर्ने वातावरण बनाउँ । शिक्षा, स्वास्थ्य, रोजगारमा राज्यको प्रत्यक्ष लगानी होस् । दुई थरी शिक्षाको अन्त्य होस् । कर प्रणाली जनमुखी र प्रगतिशील (धेरै कमाउनेले धेरै तिर्ने कम कमाउनेले कम तिर्ने) होस् । विदेशी ऋण र आयातको साटो आत्मनिर्भर अर्थनीति स्थापना गरौं । त्यसो हो भने यो बजेटलाई सशक्तरूपमा अस्वीकार गर्न जरुरी छ । यो जनताको बजेट होइन, बिचौलिया, दलाल पुँजीपतिको हित गर्ने बजेट हो । जनताको शासन, श्रमिकको सम्मान, उत्पादनको स्वराजका लागि वैकल्पिक नीति ल्याउन जरुरी छ । सददेखि सडकसम्म निरन्तर संघर्ष गर्ने पंक्ति मूकदर्शक होइन परिवर्तनको संवाहक हो भन्ने पुष्टि गर्न जरुरी छ ।

(वरिष्ठ अधिवक्ता देवकोटा संविधानसभा सदस्य एवं नेकपा माओवादी केन्द्रका नेता हुन्)

 

Wednesday, May 28, 2025

मेजर सर्जरीको अवसर खोज्दै नेपाली राजनीति


  • विश्वव्यापी लोकतान्त्रिक आन्दोलन र दक्षिणपन्थी अधिनायकवादको बढ्दो प्रभावले विश्व र नेपालको राजनीतिक वातावरणलाई चुनौती दिएको छ।
  • नेपालले संविधान र संघीयता कार्यान्वयनमा ढिलाइ र संस्थागत कमजोरीको सामना गरिरहेको छ, जसले राजनीतिक स्थिरता र विश्वासलाई असर गरेको छ।
  • आगामी दिनमा राजनीतिक सुधार, जवाफदेही शासन र पारदर्शितामा जोड दिन आवश्यक रहेको विश्लेषकले बताए।

विश्वको लोकतान्त्रिक आन्दोलनले धक्का खाइरहेको छ । र, ट्रम्पिजमको बढ्दो दक्षिणपन्थी अधिनायकवादको मुस्लोमा रुमलिएको छ । भूराजनीतिक पुनर्संरचना सहितको विश्व व्यवस्थाको संकटबाट गुज्रिएको वर्तमान विश्व–राजनीतिमा अग्रगामी राजनीतिक रूपान्तरणको जबर्जस्त आवश्यकता बोध हुँदैछ । नेपालको लोकतान्त्रिक गणतन्त्र पनि यी प्रवृत्तिहरूबाट मुक्त छैन ।

यस आलेखमा वर्तमान विश्वव्यापी राजनीतिक वातावरणको आलोचनात्मक विश्लेषण गर्दै नेपालको आफ्नै राजनीतिक यात्राका आगामी चुनौतीका बारेमा चर्चा गर्ने कोशिश गरिएको छ । आगामी दिनमा लोकतान्त्रिक सुदृढीकरण, जनउत्तरदायी शासन र दिगो शान्तिलाई बढावा दिन आवश्यक रणनीतिक सूत्रका बारेमा प्रस्ताव समेत गर्ने प्रयत्न गरिएको छ ।

विश्व–राजनीति

समकालीन विश्व–राजनीतिक परिदृश्य अनिश्चितता, लोकप्रियतावादी उतारचढाव र उदार लोकतान्त्रिक मान्यताहरूको क्षयीकरणको तीव्र चपेटाबाट गुज्रिएको छ ।

सन् १९९० को दशकको शीतयुद्धपछि विकसित घटनाक्रमले स्थापित संस्थाहरूमा वैधताको संकट, सामाजिक–आर्थिक असमानताको खाडल गहिरो हुँदै गएको, जलवायुजन्य संकट र बहुआयामिक द्वन्द्वहरूलाई पुनर्ताजगी गराएको छ ।

यस भिन्न प्रकारको विश्व राजनीति र भूराजनीति एवं जलवायु परिवर्तनको संकटका सन्दर्भमा, नेपाली समाजले भने बढ्दो लोकतान्त्रिक आकांक्षा र कमजोर संरचनात्मक अवस्थाको प्रतिनिधित्व गर्दछ ।

विश्वव्यापी राजनीतिक प्रवृत्ति र अशान्ति

दक्षिण अधिनायकवादीहरूको पुनरुत्थान र उदार लोकतान्त्रवादीहरूको अवसान यतिबेलाको विश्व–राजनीतिको पहिलो चरित्र बन्न पुगेको छ । विगत एक दशकमा विश्वले उदार लोकतान्त्रिक स्वतन्त्रतामा उल्लेखनीय गिरावट देखेको छ ।

फ्रिडम हाउसको २०२४ को प्रतिवेदन अनुसार, धेरै देशले लाभभन्दा नागरिक स्वतन्त्रतामा गिरावट बेहोरेका छन् । संयुक्त राज्य अमेरिका जस्ता परम्परागत लोकतन्त्रहरूले पनि आन्तरिक ध्रुवीकरण र बाह्य वैधता संकटको सामना गरिरहेका छन् । ठिक १२ वर्षअघि हार्वर्डका प्राध्यापक जोसेफ नायरले भविष्यको शक्ति पश्चिमबाट पूर्व सर्दैछ भन्ने आशयको पुस्तकले इंगित गरेअनुसार एशियामा, चीनको राज्यकेन्द्रित पूँजीवादले हाँकेको अधिनायकवादी मोडेल र भारतको निर्वाचित अधिनायकवादले उदार लोकतन्त्रलाई चुनौती दिएको छ र उदार लोकतन्त्रको विकल्प प्रस्तुत गर्दछ ।

राजनीतिक संसारमा आएको यो प्रवृत्तिले कमजोर हुँदै गएका लोकतान्त्रिक संस्था र तिनका शासन प्रणालीहरूलाई भीमकाय चुनौती खडा गरेको छ ।

गठबन्धन संस्कृतिको अभावका कारण राजनीतिक अस्थिरता जस्ता परिघटनाले दलहरूमा जनताको विश्वास हराउँदै गएको छ ।

दोस्रोे चरित्रका रूपमा तीव्रतर रूपमा भइरहेको भूराजनीतिक पुनर्संरचना र बहुध्रुवीयताको विकास हुन पुगेको छ । अमेरिकी प्रभुत्व अन्तर्गत एकध्रुवीय विश्व व्यवस्थाले प्रतिस्पर्धी चीन सँगसँगै उदीयमान रूस, टर्की र इरान जस्ता क्षेत्रीय मध्यम शक्तिहरूको बढ्दो दृढताका साथ प्रतिस्पर्धात्मक बहुध्रुवीयतालाई मार्गप्रशस्त गरिरहेको छ ।

दक्षिणले थप स्वायत्तता दाबी गरिरहेको छ । ब्रिक्स विस्तार पश्चिमी प्रभुत्वलाई चुनौतीका रूपमा खडा भएको छ । तैपनि, यो संक्रमणले अस्थिरता, प्रोक्सी द्वन्द्वहरू (जस्तै; सुडान, गाजा, युक्रेनमा), र कमजोर बहुपक्षीय संस्थाहरूलाई पनि जबर्जस्त द्वन्द्वमा सहभागी हुन आमन्त्रण गरिरहेको छ ।

तेस्रो प्रविधिप्रतिको अति निर्भरता एवं निगरानी र गोपनीयताको क्षय र भय अर्को चरित्र हो । डिजिटल अधिनायकवाद तीव्रतामा विस्तार हुँदैछ । प्रविधि मार्फत संवेदनशील क्षेत्र र विन्दुहरूको पहिचान गर्दै आक्रमणको निशाना बनाइँदै त छँदैछ एआई–सञ्चालित प्रचार र कुप्रचारले गलत जानकारीलाई युद्धरत पक्षहरूद्वारा हतियार बनाइँदैछ ।

नक्कली भिडियोहरू र एल्गोरिथमिक हेरफेरको उदयले लोकतान्त्रिक विचार–विमर्श र स्वतन्त्र पहिचान र छनोट गर्ने सत्व र अस्तित्वमाथि गम्भीर खतरा पैदा भएको छ ।

चौथो संकटका रूपमा जलवायु संकट र राजनीतिक पक्षघात देखा पर्छ । जलवायु संकटले बसाइँसराइ, द्वन्द्व, शरणार्थी समस्या र स्रोतको अभाव खडा गरिदिएको छ । तर अर्थपूर्ण राजनीतिक हस्तक्षेप अपर्याप्त देखिएको छ ।

कोप जस्ता विश्वव्यापी शिखर सम्मेलनहरू प्रभावकारी कार्यान्वयन गर्ने संयन्त्रहरू भन्दा बढी घोषणाहरूमा सीमित हुने गरेका छन् । वातावरणीय न्याय अब एक स्वाभाविक राजनीतिक प्रश्न हो, जुन विश्वव्यापी असमानता र अपरिहार्य जिम्मेवारीसँग बल्झिएको छ ।

नेपाल राजनीतिक संक्रमण र स्थिरताको दोसाँधमा

विश्वव्यापी रूपमा देखा परेका संकटका बीचमा नेपालको राजनीति गुज्रिएको छ । १० वर्षे द्वन्द्व र द्वन्द्वोत्तर समाजले भोग्नैपर्ने रूपान्तरणका कार्यभार र संस्थागत अक्षमता नेपालका प्रमुख समस्या हुन् ।

सन् २००६ को विस्तृत शान्ति सम्झौतापछि, नेपालले शान्ति र अग्रगामी राजनीतिक रूपान्तरणमा महत्वपूर्ण प्रगति गरेको छ । संविधानसभाबाट संविधान, सेना समायोजन, संविधान बमोजिमका नियमित चुनाव र संघीयता कार्यान्वयन गर्ने कार्यभार उत्साहका साथ सम्पन्न गरिरहेको छ । यद्यपि, संस्थागत कार्यसम्पादनमा ढिलाइ भएको छ ।

संसद् प्रायः गतिहीनता, अवरोध र अकर्मण्यताको बन्दी बन्ने गरेको छ । बाध्यात्मक गठबन्धन तर गठबन्धन संस्कृतिको अभावका कारण राजनीतिक अस्थिरता जस्ता परिघटनाले राजनीतिक दलहरूमा जनताको विश्वास हराउँदै गएको छ ।

एकात्मक शासन व्यवस्थालाई विस्थापित गर्दै हासिल गरेको संघीयता प्रभावकारी कार्यान्वयनको अभावका कारण तनावमा छ । समावेशीकरण, शक्तिको निक्षेपीकरण र विकास सुनिश्चित गर्ने संघीयताको प्रतिज्ञा अझै पूर्ण रूपमा साकार हुनसकेको छैन ।

प्रदेशहरू क्षमता विस्तारमा बजेट अवरोध र अधिकार क्षेत्रको ओभरल्यापिङ जस्ता समस्याले आक्रान्त छन् । चुनावी अभियानका बेला बाहेक स्थानीय सरकारहरूलाई सशक्त बनाउन राजनीतिक इच्छाशक्तिको अभाव खट्किएको छ ।

न्यायिक स्वतन्त्रता र कानूनको शासनमा आएको क्षयीकरण अर्को समस्या हो । न्यायपालिका कथित पक्षपात र ढिलाइको लागि काफी रूपमा आलोचनाको तारोमा परेको छ । राजनीतिक भागबण्डामा भएका नियुक्तिहरू र जवाफदेहिताको अभावले न्यायिक विश्वसनीयतालाई कमजोर बनाएको छ ।

राजनीतिको पुनर्संरचना र पुनर्कल्पना आजको आवश्यकता हो । वर्तमान राजनीतिक परिवेश परम्परागत थेत्तरवादको चंगुलमा नराम्ररी फसेको छ भने अत्याधुनिक अराजकताको भुमरीमा पिल्सिएको छ

संक्रमणकालीन न्याय संयन्त्रहरू भर्खर गठन भएका छन् तर सरकारको गणितीय अहंकारले पीडितहरूलाई विश्वास दिलाउने आवश्यकता ठानिरहेको छैन । जसले पीडितहरूको अधिकार र शान्ति प्रक्रियामा जनताको विश्वासलाई कमजोर बनाएको छ ।

युवाहरूको भ्रम र विकल्पहरूको उदय अर्को सम्भावना भने हो । प्रणालीगत भ्रष्टाचार र सत्ता र शक्तिकेन्द्रित कमाउधन्दामा लिप्त राजनीतिक अभिजात वर्गबाट निराश भएर धेरै युवा अराजनीतिक वा प्रतिगामी वा पुनरुत्थानवादी रुझानतिर लहसिन थालेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी जस्ता दलहरूको उदयले परम्परागत पार्टीहरूलाई चुनौती खडा गर्दै संस्थापन पक्षीय विकृतिका विरुद्ध स्वच्छ शासनको चाहना दुवैलाई प्रतिविम्बित गर्छ । यद्यपि, यस्ता आन्दोलनहरूमा पनि काफी समस्या र प्रायः वैचारिक स्पष्टताको अभावले गाँजिएका छन् ।

विश्व राजनीति र नेपाली संकट : समानता र भिन्नता

धेरै विश्वव्यापी लोकतन्त्रहरूमा जस्तै नेपालमा पनि बढ्दो ध्रुवीकरण, पहिचानमा आधारित आन्दोलन र लोकप्रियतावादी अभ्यासबाजी भइरहेको छ । यद्यपि, नेपालमा हंगेरी वा अमेरिका जस्ता मुलुकमा देखिएको संस्थागत आधारको भने कमी छ ।

यसैगरी लोकतन्त्रको प्रतिबद्धताप्रतिको क्षयीकरण विश्व र नेपालमा बराबरी जस्तै भएको छ । नेपालले आधारभूत लोकतान्त्रिक संरचनाहरू कायम राखेको भए तापनि, तिनीहरूको वास्तविक गुणस्तर क्षय हुँदै गइरहेको छ । विश्वव्यापी लोकतान्त्रिक अभियानमा आएको मन्दीलाई नेपालका परिघटनाहरूमा पनि राम्रै प्रतिविम्ब देखा परेको छ ।

संक्रमणकालीन थकान विरुद्ध लोकतान्त्रिक अभ्यासको स्खलन अर्को संकट भन्न सकिन्छ । नेपालको अवस्था द्वन्द्वोत्तर अर्थात् द्वन्द्वपश्चात्को समाजका अपेक्षाहरू पूरा नहुनुमा निहित छ । तर विश्वव्यापी सन्दर्भहरूमा भने लोकतान्त्रिक संरचना संस्कार र अभ्यासमै आएको स्खलनको परिणाम हो, जसले राजनीतिक वैधताको संकटलाई प्रतिविम्बित गर्छ ।

आगामी बाटो

नेपाली समाज र नेपालको राजनीतिको विकल्प भनेकै गुमेको राजनीतिक विश्वास पुनर्जीवित गर्नु हो । लोकतान्त्रिक अभ्यासका माध्यमबाट यसको गहनतामा इँटा थप्ने र राजनीतिक जवाफदेही पुष्टि गर्ने बाहेक अर्को बाटो नै छैन ।

यसैगरी विश्वव्यापी आन्दोलनका रूपमा उदाएको सामाजिक सञ्जाल, स्वतन्त्र मिडिया, एआई सुसज्जित शिक्षा र आलोचनात्मक नागरिक समाजको सतर्कता मार्फत लोकतान्त्रिक मान्यताहरूलाई सुदृढ पार्नुमै कल्याण छ । राज्य र राज्यका सबै निकायहरूलाई जवाफदेही बनाउन घरेलु, क्षेत्रीय र अन्तर्राष्ट्रिय संस्थाहरूको विश्वसनीयता, निष्पक्षता र जवाफदेहितामा अभिवृद्धि गरी जनमैत्री भूमिका निर्वाह गर्न सक्षम बनाउन सके मात्रै पनि निराशा आशामा परिणत हुने अपेक्षा गर्न सकिएला ।

अझ नेपालको सन्दर्भमा देखा परेको निष्ठाको हैन, दलीयकरणको दलदलबाट राज्यका निकायहरूको उन्मुक्ति; पद, पैसा, प्रेस्टिज र पावरका लागि जे पनि गर्न तत्पर रहने आदत, धन देख्दा महादेवका तीन नेत्र भने झैं घुस खाने हैन, हसुर्ने प्रवृत्तिबाट मुक्ति दिलाउन पारदर्शिता र निष्पक्षताका साथ काम गर्ने अख्तियार जस्ता संवैधानिक अंगहरूको निर्मलीकरण सहितको सकारात्मक सक्रियता आजको आवश्यकता हो ।

विगत ७० वर्षको त्याग र बलिदानको परिणामस्वरूप प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानको इमानका साथ कार्यान्वयन अर्को जरूरी महत्वको कुरा हो । यसका लागि राजनीतिक नेतृत्वको प्रतिबद्धता र कर्मचारी तन्त्रको इमानदारिताको सख्त खाँचो छ । यी कुराको सार्थकताका लागि राजनीतिक रूपान्तरण नेतादेखि नागरिकसम्मबाटै शुरू हुनुपर्छ ।

निष्कर्ष

राजनीतिको पुनर्संरचना र पुनर्कल्पना आजको आवश्यकता हो । वर्तमान राजनीतिक परिवेश परम्परागत थेत्तरवादको चंगुलमा नराम्ररी फसेको छ भने अत्याधुनिक अराजकताको भुमरीमा पिल्सिएको छ । न परम्परा धान्न सक्ने न आधुनिक युगको आवाज बोक्न सक्ने, टोक्नु न बोक्नुको अवस्थाबाट गुज्रेको नेपालको राजनीतिले मेजर सर्जरीको अवसर खोजेको छ । यो सम्भावित रूपान्तरणको अमूल्य अवसर पनि हो ।

वर्तमान संकट केवल संस्थाहरूको होइन, प्रवृत्ति र पात्रहरूको हो । राजनीतिलाई अभिजात वर्गको सौदाबाजीको सट्टा सामूहिक सशक्तीकरणको औजारमा कसरी परिणत गर्न सकिन्छ भन्ने नै यतिबेलाको चिन्ताको विषय हो । यसको लागि दूरदर्शी नेतृत्व, सहभागितामूलक शासन र समानता, मर्यादा र न्यायको लागि नवीकरणीय प्रतिबद्धता आवश्यक छ । तब मात्रै संकटको समाधान गर्न सकिएला । अन्यथा, भर्सेलै परोस् । यही नै नेपाली राजनीतिलाई यतिबेलाको समयको सन्देश हो भन्न सकिन्छ ।

(देवकोटा संविधानसभा सदस्य तथा वरिष्ठ अधिवक्ता हुन् ।) 

https://www.onlinekhabar.com/2025/05/1689268/nepali-politics-looking-for-opportunities-for-major-surgery 

AI Podcast of "Leadership Crisis: Concepts, Theories, and Methods, an Anthropological Perspective"

https://www.academia.edu/ai_podcast/43853388 

Friday, April 18, 2025

संक्रमणकालिन न्यायको सकस

संक्रमणकालिन न्यायको सकस: विस्तृत शान्ति सम्झौताको एउटा पाटो संक्रमणलीन न्यायलाई टुंगोमा पुर्‍याउने हो । शान्ति सम्झौताको आठ वर्षपछि

Featured Post

Why presidential system?

We are in historical moment. After a six decade long struggle Nepal became able to have an election of Constituent Assembly. Issue of Consti...