http://kantipur.ekantipur.com/news/2015-10-08/20151008081019.htmlhttp://kantipur.ekantipur.com/news/2015-10-08/20151008081019.html
भट्टराईको पार्टी परित्याग र प्रश्नहरु
आश्विन २१, २०७२- पार्टी विचारका आधारमा बन्छन्, विचारको बहस पार्टीमा हुन्छ। यो आम मान्यता हो। तर विचारको कुरा गर्नासाथ षडयन्त्रको सिद्धान्त हावी भएको हाम्रोजस्तो मुलुकमा विचारको कुरा उठाउनेहरू यात अव्यावहारिक या विदेशीको प्रभावमा परेको वा यस्तै केही भन्ने गरिन्छ। पञ्चायतकालमा ‘सीआईडी’ भनिदिएपछि टन्टै खलास हुन्थ्यो। यतिबेला पनि ‘पार्टी विरोधी’, ‘विदेशीको इसारामा गरिएको’ भनिदिएपछि आम मानिसहरूको ध्यान केन्द्रित गर्न पनि सकिने र आफू विचारको बहसको झन्झटमा पर्न र मिहेनत गर्न पनि नपर्ने सहज बाटो रोज्ने प्रवृत्ति हामीकहाँ हावी भएको छ। यसखाले प्रवृत्तिसँग सम्बन्धविच्छेद गर्ने हिम्मत गरेमात्रै भावी चुनौती सामना गर्ने योजना बन्ला, अन्यथा भन्न सकिन्न। को के हो भन्दै गर्दा आफू को हो भन्ने कुरा पनि ख्याल गर्न जरुरी छ। अरुलाई चोरऔंला देखाउँदै गर्दा बाँकी चार औंला आफैंतिर फर्केको पनि बिर्सनु हुँदैन।
प्रसंग एमाओवादी पार्टी परित्याग गरेका डा. बाबुराम भट्टराईको हो। उनको कदम, शैली र समय मिल्यो/मिलेन, त्यो अलग पाटो हो। उनको सबै कुराको समर्थन वा सबै कुराको विरोध गर्नुपर्छ भन्ने मान्यताको म एकदमै विरोधी हुँ। तथ्यका आधारमा समर्थन र विरोध गरौं, तर्क गरौं कुतर्कको सहारा नलिऊँ भन्नेमात्रै मेरो आग्रह हो। जेसुकै कारणले होस्, उनी यतिबेला चर्चाको शिखरमा छन्। संवाद समितिको सभापतिको जिम्मेवारी पुरा गरेर संविधान जारी गरेर अब ऐतिहासिक कार्यभार पुरा भयो भन्ने ठानी भद्र र संक्षिप्त पत्रकार सम्मेलन गरी पार्टी र संविधानसभाको सदस्यता त्याग गरेर उत्पीडित मधेसी र थारुहरूको जायज मागलाई सम्बोधन गर्ने उपायसहित सहजीकरणका लागि देश दौडाहामा निस्केका उनीमाथि यतिबेला हजार आरोपहरू बर्सिएका छन्। उनी सरहका मानिसहरूले कुर्सीका निम्ति कुनचाहिँं दौडाहा बाँकी राखे होलान्?
त्याग्ने भन्ने कुरा नेपाली राजनीतिमा नसिरुद्दिनको कथा सावित भएको अवस्थामा एकजना त्यागीको एउटा कुनामा सम्म पनि सकारात्मक मूल्यांकन गर्न नसक्ने प्रवृत्ति के राम्रो प्रवृत्ति हो? त्यसो हो भने मुलुक दोहन गर्ने जायज वा नाजायज प्रतिस्पर्धामा बिना कुनै अपवाद सबै लाग्नुपर्ने हो? वा उनको त्यो कदमले समकालीन नेताहरूलाई असह्य व्यंग भएको कारणले पचाउनसकेका छैनन् वा के हो? तर राज्य स्थानहदको आदेशकै शैलीमा अमूक ठाउँमा नजान आग्रह गर्छ, पार्टीहरू उनलाई सहभागी नगराउन फर्मान जारी गर्छ र कतिपय मानिसहरू उनलाई अमूक देशको प्रभावमा परेको भन्न र परम्परागत शैलीमै आक्षेप लगाउन पनि पछि पर्दैनन्।
छिमेकी मुलुक भारतले अन्यायपूर्ण तरिकाले नाकाबन्दी गर्छ, उनी भत्र्सना गर्छन्। अरु नेताहरू नाकाबन्दी खोलिदिन आग्रह गर्छन्, भत्र्सना गर्ने हिम्मत गर्दैनन्। तैपनि आफूलाई भारतको प्रभावमा नपरेको अरुलाई प्रभावमा परेका भन्न छुटाउँदैनन्। सबभन्दा उदेकलाग्दो कुरा त के हो भने उनले पार्टी परित्याग गरे, पार्टी फुटाएनन्। आफ्ना समर्थकहरू कसैलाई पनि आफूसँगै आउन आग्रहसम्म गरेनन्। तर उनले किन पार्टी परित्याग गरे होलान्? भनेर ठन्डा दिमागले सोच्ने कष्ट कमैले मात्रै गरे। पार्टी नफुटाएको सकारात्मक अर्थ लगाउन पनि कन्जुस्याइँ गरे। बरु उल्टै अझै पनि उनकै विरुद्धमा छापाहरू रंगाएर नेताहरू आत्मरति गर्नथाले, अब प्रश्न गर्ने बेला भयो कि नेताजी तपाईंको बाबुरामको बदख्वाइँ गर्ने बाहेक अरु कुनै एजेन्डा नै छैन कि तपाईंको ल्याकत नै त्यति हो? यदि उनको बदख्वाइँ नै राजनीति हो भने यो संविधानको कार्यान्वयन तपाईंको हातबाट सम्भव छैन। तपाईंको विकल्प देश र जनताले खोज्नेछन्।
इतिहासको निर्ममतापूर्वक मूल्यांकन गर्नैपर्छ। तर भविष्यको मार्गप्रशस्त नहुने इतिहासको खोतल्याइँले केही लछारपाटो लाग्दैन। संविधान जारी भैसकेपछिको मुलुकको अवस्था अब भिन्न भएको छ। राजनीतिक रूपमा एक युगको अन्त्य भएर नयाँ युगको आरम्भ भएको छ। समाज तीव्र रूपमा रूपान्तरित भएको छ र जसलाई पुँजीवादमा पाइला टेकेको भनिएको छ र अबको राजनीति विकासको राजनीति र जनताको जीवनस्तर उठाउने राजनीति भनिएको छ। त्यसका लागि कुन राजनीतिक दल र नेतामा के छ खाका, यतिबेला मानिसहरूले हेर्न चाहेका छन्। अब कति वर्ष जेल बसेको र कसले कसलाई कति चर्को स्वरमा गाली गर्न सक्यो भनेर पार्टीमा मूल्यांकन हुने अवधि पनि समाप्त भयो। जनवादी क्रान्तिकालमा त्यो जरुरी पनि थियो, अब समाजवादी क्रान्तिका लागि भावी योजनाको खाँचो छ। पुरानै आदत, चरित्र, बानी–व्यहोरा सहितको नेतृत्व र पुरानै ढर्राको पार्टी संगठन, त्यसको सञ्चालन तरिकालाई बपौती ठानेर बचाइराख्ने कर्म गरियो भने समयले पर्खिने छैन। पतन अवश्यंभावी छ। त्यसैले यतिबेला संविधान कार्यान्वयन गर्ने चुनौतीका बारेमा प्रत्येक नेता, कार्यकर्ता र पार्टीहरूमा स्पष्ट खाका चाहिएको छ। त्यो खाका वैज्ञानिक, व्यावहारिक र विश्वासिलो पनि हुनुपर्यो, कोरा कल्पना, भावना वा अरुको सत्तोसराप यतिबेलाको राजनीतिको चुरो कुरा हुँदै होइन।
नयाँ संविधानले जीवन पाओस्, दुर्घटना व्यहोर्न नपरोस्। कसैलाई आरोप–प्रत्यारोप हैन, सबै जिम्मेवार बनौं। नयाँ संविधान, नयाँ विचार, नयाँ शैली सहितको संगठन र नयाँ नेपाल निर्माणको अभियानमा जुटौं।

प्रकाशित: आश्विन २१, २०७२
No comments:
Post a Comment