Monday, October 4, 2021

लोकतन्त्रकै लोकतन्त्रीकरण अपरिहार्य

लोकतन्त्रकै लोकतन्त्रीकरण अपरिहार्य: भूमिका– लोकतन्त्र महँगो र झञ्झटिलो व्यवस्था हो तर यसको विकल्प छैन । लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । त्यसैले लोकतन्त्रकै लोकतन्त्रीकरण गर्नुपर्ने खाँचो आजको नेपाली राजनीतिको हो भन्ने तथ्यका बारेमा चर्चा गर्नु यो आलेखको आशय रहेको छ । सबैभन्दा सस्तो र कम खर्चिलो शासन व्यवस्था जहानियाँ राणा शासन थियो होला । त्यो आमनेपालीका लागि उचित थिएन । पञ्चायत जचेन । संवैधानिक राजतन्त्र पनि जचेन । ज्ञानेन्द्रको शासन जचेन । सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि सात दशक लामो त्याग, बलिदान र सङ्घर्ष गरेर हजारौँ शहीदको बलिदानको मूल्यमा यो शासन व्यवस्था प्राप्त भएको छ । त्यसैले यसको विकल्प यही हो । यसको थप लोकतन्त्रीकरण नै आजको आवश्यकता हो ।

Tuesday, September 21, 2021

संविधान कार्यान्वयनको अन्तर्य

संविधान कार्यान्वयनको अन्तर्य: संविधान सभाबाट जारी भएको संविधानको सातौँ वर्ष भव्यताका साथ मनायौँ । सातौँ संविधान दिवस मनाउँदै गर्दा संविधानको कार्यान्वयन के कति भयो ? जनताप्रति गरिएका प्रतिबद्धता के कति पूरा भए ? जगाइएका अपेक्षाहरूको हालको अवस्था के छ ? लगायतका अहं प्रश्नलाई केन्द्रमा राखेर गम्भीर समीक्षा गर्न जरुरी भएको छ ।

Friday, September 10, 2021

राजनीतिक शुद्धीकरणको अवसर

राजनीतिक शुद्धीकरणको अवसर: नेपालमा राजनीतिक पार्टीहरूको शुद्धीकरणको चर्चा बाम्बार हुने गर्छ तर चाहेजस्तो शुद्धीकरण भने हुन सकेको छैन । तीस वर्षको पञ्चायतका विरुद्ध सङ्घर्ष गरेको पुस्ता स्वयंले यताको तीन दशक शासनको बागडोर समालिसकेको छ तर विकृति र विसङ्गति रोकिएको छैन । लोकतन्त्र अझै संस्थागत हुन सकेको छैन । देशले आर्थिक तथा सामाजिक परिवर्तनको गति लिन सकेको छैन । राजनीतिक शुद्धीकरणमा दलहरू चुकेको विवेचना र अब अगाडि बढ्ने बाटो के हुन सक्छ भन्ने प्रसङ्ग यो लेखको मुख्य ध्येय हो ।

Featured Post

Why presidential system?

We are in historical moment. After a six decade long struggle Nepal became able to have an election of Constituent Assembly. Issue of Consti...